Category: समाचार

  • पाल्पाको रिब्दीकोटमा सार्वजनिक  सुनुवाई  कार्यक्रम

    पाल्पाको रिब्दीकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम

    रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    पाल्पा । रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९,०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिका मार्फत चाल् आर्थिक वर्षमा गाउँपालिका मार्फत भएको सेवाप्रवाह र प्रभाव सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अर्यालले गाउँपालिकाको सेवाप्रवाह र सुशासन, आर्थिक प्रशासन तर्फ भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले कृषि शाखा, पशु सेवा शाखा, स्वास्थ्य शाखा, आर्युवेद औषधालय, शिक्षा युवा तथा खेलकूद शाखा मार्फत भएका मुख्य मुख्य कार्यक्रम र ती कार्यक्रमहरुको प्रभाव समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै पूर्वाधार विकासको अवस्था, बोलपत्रद्धारा गरिएका कार्य विवरण र प्रगति, निर्माण कार्यको भौतिक प्रगति, गाउँपालिका मातहतमा संचालित अन्य आयोजनाहरु, पालिका भित्रका सबै वडाहरुको भौतिक तथा बित्तिय प्रगति समेत उहाँले प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले प्रदेश सरकार मार्फत संचालित योजना, संघबाट सञ्चालित योजना, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव, गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमको प्रभाव, सञ्चालनमा रहेका व्यवसायिक तालिमहरुको अवस्थाबारे समेत जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले पञ्जीकरण सेवा इकाई मार्फत भएका कामहरु, सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, घटना दर्ताको अवस्था, लक्षित कार्यक्रमको प्रभाव, सहकारी क्षेत्रमा भएको काम, राजश्व संकलनको अवस्था, विपद् व्यवस्थापनको तथ्यांक र न्यायिक समिति मार्फत सम्पादन भएका कामहरुको विवरण समेत प्रस्तुत गर्नुभयो ।
    कार्यक्रममा सेवा ग्राही तथा सरोकारवालाहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले पालिका मार्फत हुँदै आएका शिक्षा, स्वास्थ्य, कृषि पशुपालनका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनुपर्ने, योजनाहरुको अनुगमनमा वडाध्यक्ष पनि सहभागी भई जादा वडाको सेवाप्रवाह प्रभावित हुने गरेका, शिक्षा क्षेत्रको प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने, विद्यार्थीहरुको दिवाखाजा बापतको रकम ज्यादै कम भएकोले पालिकाले पनि केही रकम थप गर्न सक्ने प्रभावकारी हुने, बढ्दो बेरुजु न्युनीकरणका लागि पहल गर्नुपर्ने, पालिका स्तरीय कृषि उपज संकलन केन्द्र बनाई किसानहरुको उत्पादन सिधै बजारसम्म पुग्ने बातावरण बनाउनुपर्ने, बढ्दो बसाई सराई न्युनीकरणका लागि ठोस कार्यक्रम बनाउनुपर्ने लगायतका जिज्ञाशा तथा सुझावहरु राखेका थिए ।

    सेवाग्राहीहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबैको सुझाव सल्लाह बमोमिज पालिकाले आगामी वर्षको नीति कार्यक्रम बनाउने बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाइको समयमा मात्रै नभएर अन्य समयमा पनि

    जेष्ठ  ३६ पालिकालाई सुझाव दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले पालिका स्तरमा अहिले म बनाउँछु मेरो रिब्दीकोट लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन हुँदै आएको बताउनु्भयो ।
    गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाल, योजना शाखा प्रमुख काशीनाथ आचार्य, वडाध्यक्षहरु सोमकुमार कार्की र दान बहादुर कुवर, भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेल लगायतले सेवाग्राहीहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो ।
    रिब्दीकोट गाउँपालिकाले पालिका स्तरीय सार्वजनिक सुनुवाई गर्नु अघि वडा स्तरमा पनि सार्वजनिक सुनुवाई गरेको थियो । पालिका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडियो कुटुम्बका स्टेशन संयोजक नारायण न्यौपानेले गर्नुभएको थियो ।

  • स्याङ्जाको पुर्व वडा अध्यक्ष क्षेत्रीको  डोजरको ठक्कर बाट मृत्युु

    स्याङ्जाको पुर्व वडा अध्यक्ष क्षेत्रीको डोजरको ठक्कर बाट मृत्युु

    स्याङ्जा जेष्ठ   २६

    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।

    आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।

    डाेजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।

    अहिले उहाँकाे शव पाेस्टमार्टमका लागि वालिङकाे गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ । क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष रहनुभएको थियो ।

  • गुल्मी दरबार गाउँपालिकामा स्वास्थ  शिविर तथा पोसाक वितरण कार्यक्रम  सम्पन्न

    गुल्मी दरबार गाउँपालिकामा स्वास्थ शिविर तथा पोसाक वितरण कार्यक्रम सम्पन्न

    नविन कार्की   जेष्ठ   २६

    लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ क्लब द्वारा पोशाक तथा स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न

    गुल्मी – गुल्मीदरबार गाउँपालिका अन्तर्गत बडा न.२ मा रहेको सुर्योदय माध्यमिक बिधालयमा अध्यानरत करिब २८० जना छात्र छात्रा हरुलाइ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ क्लबले खेलकुद पोशाक वितरण गर्नुका साथै २३४ जना मधुमेह र ४८३ जनाको आँखाको जाच गरेको छ ।
    क्लबका संस्थापक अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा रहनु भएको थियो ।

    उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले बुटवलमा रहेर
    पनि हाम्रो पालिका लाई विशेष केन्द्रमा राखेर गरेको काम प्रती आफू नतमस्तक भएको बताउनु भयो यो क्लब यस्तै सामाजिक र सत्कर्ममा अगाडी बढीरहोस भन्ने शुभकामना ब्याक्त गर्नु भयो
    उक्त कार्यक्रममा गुल्मीदरबार गाउँपालिका बडा न.२ का बडा अध्यक्ष बिस्नु गौतम सुर्योदय माध्यमिक बिधालयका प्रधानाध्यापक सन्तोष गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    सो कार्यक्रममा आफनो मन्तव्य राख्दै कार्यक्रमका सभाध्यक्ष दिपक गौतमले तपाईं हरुकै हौसलाले यस्तै पुन्यका कर्म गर्न लायन्स क्लब लाई अझै बढी शक्ति मिल्ने बताउदै अब आउने बर्ष देखि प्रत्येक जेहेन्दार विद्यार्थीलाई जनही तीन तीन हजारको छात्रवृत्ति दिने घोषण गर्नु भयो ।
    उक्त कार्यक्रमको सहजीकरण भने लायन खिला अधिकारीले गर्नु भएको थियो

  • पाल्पाका श्रेष्ठले जन्म दिन्को खर्च  धार्मिक  सस्था लाई पदान गरे

    पाल्पाका श्रेष्ठले जन्म दिन्को खर्च धार्मिक सस्था लाई पदान गरे

    चुरामणि तिमिल्सिना   जेष्ठ  २५

    समाज परिवर्तन शिल छ बिचार सबैको फरक छ युवापुस्ताहरु अहिलेको समयमा आफ्नो क्षेत्र आफ्नो समाज धार्मिक संस्था दानपुन्य सहयोगको भावना पनि बढ्दै गयको देखिन्छ। आज पाल्पा जिल्ला तानसेन नगर पालिका बजार निवासी नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय कार्यकारि सदस्य, पाल्पा उधोग वाणिज्य संघका पुर्व अध्यक्ष होटल इन्द्रेणी का सन्चालक तथा जिल्ला का विभिन्न दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध मोहन प्रसाद श्रेष्ठज्युले जन्म दिनमा गरिने खर्च कटाई धार्मिक संस्थालाई प्रदान गर्नु भएको छ।

    प्राय समाजामा ठुला ठुला पाटि ल्यालेस र होटलहरुमा अनावश्यक रुपमा गरिने फजुल खर्च संघसस्थामा दिदा पुन्य हुने र अन्य लाई समेत प्रेरणा मिल्ने भएकोले आफुले आफ्नो परिवारका सवै सदस्यको जन्म दिनमा विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्दै आयको बताउनु भयो ।

     

    उहाँले आज यो जन्म दिनमा गरिने खर्च रु २५०५ (दुई हजार पाँच सय पाँच )रुरु धार्मिक सेवा सन्चार प्रा लिको केन्द्रिय कार्यालय रिडी लाई जिन्सी सामाग्री खरिद गर्न यो रकम प्रदान गएनु भएको छ । श्रेष्ठ लाई सञ्चारका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले रुरु धार्मिक सेवा सन्चारले गरेका कामको जानकारी संगै जन्म दिनको शुभकामना व्यक्त गर्नु भयो। सन्चार सेवाले विभिन्न क्षेत्रमा काम गर्दै आयको र अन्य धार्मिक क्षेत्रको प्रचारप्रसारको स्थानीय निकाय सित सहकार्य गरिरहेको छ ।

  • रुरु क्षेत्रमा अनुसन्धान तथा  शोध प्रस्ताव  लेखन तालिमको उत्घाटन

    रुरु क्षेत्रमा अनुसन्धान तथा शोध प्रस्ताव लेखन तालिमको उत्घाटन

    चुरामणि  तिमिल्सिना  जेष्ठ  २३

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृत बिधापीठमा अनुसन्धान तथा शोधप्रस्ताव लेखन तालिमको औपचारिक कार्यक्रमका साथ सुभारम्भ भएको छ। बिद्यापीठका प्राचार्य खगेस्वर गौतमको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि नेपाल सस्कृत विस्व विद्यालय सेवा आगोगका सदस्य प्राध्यापक मुरलीमोहन बास्तोला रहनु भएको थियो। तालिममा पाल्पा , गुल्मी, स्याङ्जा ,अर्घाखाँचीका गरि  ५० जनाको सहभागी रहेको छ।

    । तालिममा ३ दिन सम्म फरक फरक शीर्षकमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख खगेवर गौतमले जानकारी दिनु भयो ।तालिममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा कृष्णचन्द्र शर्मा , नेपाल सस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा सुधन कुमार पौडेल नेपाल सस्कृत विश्वबिद्यालयका प्राध्यापक डा लालमणि पाडे , डा बिष्णु दाहालले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।खास गरी बिद्यावारिधिस्तरीय अनुसन्धान एवम् शोध प्रस्त्वाव लेखनमा तथा सामान्य अनुसन्धानमा पनि यस तालिमले विशेष भुमिका खेल्ने आयोजकले जानकारी दियको छ ।  कार्यक्रमम विस्व बिद्यालय अनुदान  आयोगलेले सहयोग  गरेको छ ।

  • छात्राबास भवन सहित कर्मचारी आवासको उत्घाटन

    छात्राबास भवन सहित कर्मचारी आवासको उत्घाटन

    चुरामणि तिमिल्सिना  जेष्ठ २३

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृतबिद्यापीठको नव निर्मित शिक्षक तथा कर्मचारी आवस एवम् छात्रावासको नेपाल सस्कृत विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा यादव प्रसाद लामिछानेले विशेष कार्यक्रमका बिच उत्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा लामिछानेले सुसस्कृत समाजका लागि सस्कृत शिक्षा अपरिहार्य रहेको बताउदै यस बिद्यापीठलाई आवश्यक परेको सहयोग कार्यलय बाट उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो। सहप्राध्यापक लिला मणि शर्माले कार्यक्रममा स्वागत गर्नु भएको थियो ।कार्यक्रममा त्रिभुवन विश्व विद्यालय एवम् नेपाल सस्कृत विश्व बिद्यालका प्राध्यापक हरु ,स्थानीय पालिका, वडाका जनप्रतिनिधि , सुरक्षा निकाय समाजसेवी, बौद्धिक वर्ग लगायतको आतिथ्यता रहेको थियो।

    ।कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्राध्यापक डा यादव प्रकाश लामिछाने एवम् सेवा आयोगका सदस्य प्राध्यापक मुरली मोहन बास्तोला लाई अभिनन्दन गरिएको थियो।

    यस्तै दीर्घसेवा पदक बाट प्राध्यापक नवराज पाण्डे र कर्मचारी लक्षमण घिमिरे लाई सम्मान समेत गरिएको थियो।कार्यक्रमको संचालन उप प्राध्यापक बसन्त बहादुर क्षेत्रीले गर्नु भएको थियो।

  • गुल्मीको  भट्कुवामा  सभाहल  बन्दै गर्दा जनश्रम दान गर्न भिड

    गुल्मीको भट्कुवामा सभाहल बन्दै गर्दा जनश्रम दान गर्न भिड

    चुरामणि तिमिल्सिना   जेष्ठ  २३

    गाउँको बिकासमा  यति खेर रुरु १ भटकुवामा जन सहभागीता गर्न भिड नै लागेको छ ।गाउँका कुना कुनामा खासै बिकास गर्न पर्दैन खासै भैतिक संरचना  आवस्यक पर्दैन भन्ने लाई भटकुवा बासिले दरिलो उदा्हण दिएका छन । रुरु क्षेत्र गाउँपालिका वडा न १ बाट आर्थिक वर्षमै सम्पन्न हुने भट्कुवा सभाहलको निम्ति रुरु क्षेत्र गाउँ पालिका वडा न १ बाट ४ लाख बिनियोजित भएको थियो उक्त रकम बाट गाउँका कार्यक्रम सम्पादन गर्न यो कार्यक्रम सम्पन गर्न लागीएको वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो ।

    साबिकका ३ वडा मिलेर यो यो सुन्दर क्षेत्र भट्कुवा बनेको छ । गाउँका सामाजिक कार्यक्रम बैठक सचेतना कार्यक्रम तालिम जस्ता कार्यक्रम गर्न अहिले सम्म सभाहल नभएको भट्कुवा बासिको अनुरोधमा यसरि कार्यक्रम आयको वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो ।  भट्कुवामा  पछिल्लो समयमा   बिकासका पुर्ववधार निर्माण  गर्न  खानेपानी  सडक बिस्तार  जस्ता कार्यक्रमलाई   पनि हरेक क्षेत्रमा बजेट बिनियोजन गर्न पालिका निरन्तर  लाग्ने रुरु क्षेत्र  गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले  प्रतिबद्धता  समेत जायर गर्नु भएको छ ।

  • गुल्मी दरबार  गाउँपालिकामा  हाजिरी जवाफ प्रतियोगिता  सम्पन्न

    गुल्मी दरबार गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    नबिन कार्की   जेष्ठ  २२

    चारपाला रुपन्देही सम्पर्क समाज द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना”

    गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र इश्वरी माध्यमिक बिधालयको व्यवस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिङ शिल्ड अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख अतिथि  रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी रहनु भएको थियो !

    कार्यक्रमलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म ठाँउ बाट टाढा रहे पनि आफनो जन्मेको ठाँउमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज बाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्दो रहेछ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै बिद्यार्थीको क्षमताम समेत फाइदा  पुग्ने बताउदै  यस्तै रचनात्मक कार्यक्रमहरु   सन्चालन गर्न आग्रह  समेत  गर्नु  प्रतियोगितामा शारदा माध्यमिक बिधालयले प्रथम स्थान हासिल   गरेको  हो। यस्तै ईश्वरी माध्यमिक बिधालय र ठुलापोखरा माध्यमिक बिधालय क्रमश द्वितीय र तृतिय भएका थिए।


    संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता रहेको कार्यक्रमको हाजिरीजवाफ प्रतियोगिता तर्फको
    संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टन्ड्नले गर्नु भएको थियो ।

  • ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    जेष्ठ  २१

    रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित  जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को आयोजना र नेपाल नेत्रज्योति संघ गुल्मी, गुल्मी मोडल हस्पिटल प्रालि गुल्मी   नेपाल पत्रकार महासंघ गुल्मीको सहयोगमा कार्यक्रम गरिएको हो

    । सडक  खण्डमा संचालित ८५ (पन्चासी) वटा साना-ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण कार्यका साथै उक्त सवारी साधनहरुको दक्ष प्राविधिकद्वारा यान्त्रीक परीक्षण कार्य सम्पन्न गरिएको, उक्त परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या (Colour Defect) देखिएको तथा सवारीहरुमा समेत समय-समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी “आफू बाँचौ र अरुलाई पनि वचाऔं” भन्ने मुल मर्मलाई सदैव ध्यानमा राखी सवारी चलाउन सुझाव दिईएको छ ।

    । पछील्लो समयमा जिल्ला  ट्राफिक  प्रहरी  कार्यालयले  सडकमा चेक जाच   सुचना  प्रवाहा  यात्रु लाई  ट्राफिक  सचेतना  जगाउने  प्रशिक्षण कार्यक्रम लाई  निरन्तरता दिदै  आयको छ ।

  • पाल्पामा जिप दुर्घटना  ३ जनाको  मृत्यु  ११ जना  घाइते

    पाल्पामा जिप दुर्घटना ३ जनाको मृत्यु ११ जना घाइते

    पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।
    सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ ।

    रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।