नबिन कार्की जेष्ठ २२
चारपाला रुपन्देही सम्पर्क समाज द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना”
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र इश्वरी माध्यमिक बिधालयको व्यवस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिङ शिल्ड अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी रहनु भएको थियो !
कार्यक्रमलाई लाई सम्बोधन गर्दै प्रमुख अतिथि मरासिनीले आफू हरु जन्म ठाँउ बाट टाढा रहे पनि आफनो जन्मेको ठाँउमा सधैं रचनात्मक कार्य गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज बाट जन्मभुमि प्रतिको लगाब कस्तो हुनुपर्दो रहेछ भन्ने कुरा आफुहरुले सिक्न पाएको बताउदै बिद्यार्थीको क्षमताम समेत फाइदा पुग्ने बताउदै यस्तै रचनात्मक कार्यक्रमहरु सन्चालन गर्न आग्रह समेत गर्नु प्रतियोगितामा शारदा माध्यमिक बिधालयले प्रथम स्थान हासिल गरेको हो। यस्तै ईश्वरी माध्यमिक बिधालय र ठुलापोखरा माध्यमिक बिधालय क्रमश द्वितीय र तृतिय भएका थिए।

संस्थाकी अध्यक्ष उषा खत्रीको अध्यक्षता रहेको कार्यक्रमको हाजिरीजवाफ प्रतियोगिता तर्फको
संचालन मिरा ट्रस्टका महासचिव रामचन्द्र पौडेल र समग्र कार्यक्रमको संचालन संस्थाका सचीव बिकास टन्ड्नले गर्नु भएको थियो ।



