गुल्मीको भट्कुवामा सभाहल बन्दै गर्दा जनश्रम दान गर्न भिड

चुरामणि तिमिल्सिना   जेष्ठ  २३

गाउँको बिकासमा  यति खेर रुरु १ भटकुवामा जन सहभागीता गर्न भिड नै लागेको छ ।गाउँका कुना कुनामा खासै बिकास गर्न पर्दैन खासै भैतिक संरचना  आवस्यक पर्दैन भन्ने लाई भटकुवा बासिले दरिलो उदा्हण दिएका छन । रुरु क्षेत्र गाउँपालिका वडा न १ बाट आर्थिक वर्षमै सम्पन्न हुने भट्कुवा सभाहलको निम्ति रुरु क्षेत्र गाउँ पालिका वडा न १ बाट ४ लाख बिनियोजित भएको थियो उक्त रकम बाट गाउँका कार्यक्रम सम्पादन गर्न यो कार्यक्रम सम्पन गर्न लागीएको वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो ।

साबिकका ३ वडा मिलेर यो यो सुन्दर क्षेत्र भट्कुवा बनेको छ । गाउँका सामाजिक कार्यक्रम बैठक सचेतना कार्यक्रम तालिम जस्ता कार्यक्रम गर्न अहिले सम्म सभाहल नभएको भट्कुवा बासिको अनुरोधमा यसरि कार्यक्रम आयको वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो ।  भट्कुवामा  पछिल्लो समयमा   बिकासका पुर्ववधार निर्माण  गर्न  खानेपानी  सडक बिस्तार  जस्ता कार्यक्रमलाई   पनि हरेक क्षेत्रमा बजेट बिनियोजन गर्न पालिका निरन्तर  लाग्ने रुरु क्षेत्र  गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले  प्रतिबद्धता  समेत जायर गर्नु भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1112