Category: समाचार

  • अर्गली बहुमुखी क्याम्पसमा कमल कृष्ण गैरेले ३ वर्षका लागी अध्यक्ष पद समाल्दै

    अर्गली बहुमुखी क्याम्पसमा कमल कृष्ण गैरेले ३ वर्षका लागी अध्यक्ष पद समाल्दै

    चुरामणि तिमिल्सिना  माघ  १९  रुरु धाम

    अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले अभिभावक भेला  गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संचालक समितिका अध्यक्ष पदम प्रसाद भट्टराईको अध्यक्षतामा सन्चालित सभाले १५ सदस्यिय क्याम्पस सन्चालन समिति गठन गरेको हो।

    । भेलाले कमल कृष्ण गैरेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्षमा दधिराम न्यौपाने सदस्यहरुमा सोभाखर भट्टराई कमल राना राधिका थापा , बिष्णु रेग्मी रमेश प्रसाद न्यौपाने ,कृष्ण पाण्डे , घनश्याम पाण्डे लक्षमण पाण्डे नारायण प्रसाद नेपाल भिम ढेगा रहनु भएको छ समितीमा क्यापस प्रमुख सदस्य सचिव लक्षमण रेग्मी रहनु भएको छ ।
    यस्तै भेलाले ५ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ जस्मा श्रीधर प्रसाद भट्टराई , दुर्गा दत्त रेग्मी , पर्सुराम भट्टराई , पदम प्रसाद भट्टराई र भानुभक्त पाण्डे रहनु भएको छ क्याम्प लाई दिगो पन दिन बिद्यार्थीको संख्यामा वृद्धि शैक्षिक बिकास लाई गुणस्तर बनाउन र विद्यार्थी को नतिजा लाई माथि उकासन्न आफ्नो ३ वर्ष कार्यकाल रहने नव गठित समितिका अध्यक्ष कमल कृष्ण गैरेले प्रतिबद्धता जायर गर्दै सभामा आफ्ना भनाइ व्यक्त गर्नु भयो।

    यस्तै आफ्नो कार्य कालपनि शैक्षिक बिकास गर्दै निर्माण गतिलाई पनि सम्पन्न गराउदै बितेकोले सबैलाई सहयोग गरेको भन्दै अध्यक्ष भट्टराई धन्यवाद व्यक्त गर्नुभयो। यस क्याम्पसमा पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची बाट अहिले बिद्यार्थी नियामित पठन पाठनको निम्ति आउने गरेकोले केही लाई अध्यानमा लाग्ने खर्च पनि क्याम्पले सहजीकरण गर्दै आएको क्याम्पस प्रमुख लक्षमण रेग्मीले बताउनु भयो।

  • सार्वजनिक  कुकुर लाई  रुरुमा  गरियो बन्ध्याकरण

    सार्वजनिक कुकुर लाई रुरुमा गरियो बन्ध्याकरण

    चुरामणि  तिमिल्सिना  रिडी

    रुरुक्षेत्र गाँउपालिका गुल्मीको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँघरमा कुकुर बाट हुन सक्ने दुर्घटना ,जोखिम तथा यस्ले निम्त्याउने समस्याले यो अभियान निरन्तरता प्रदान गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवाली जानकारी दिनुभयो।

    गाउँघरका कुना कुनामा कुकुरको संख्यामा वृद्धि देखिएको थियो र अहिले अनि यस कार्यक्रमलाई अगाडी सार्दै बन्ध्याकरण लाई सम्पन्न गरिएको पशुबिकास अधिकृत अमित ज्ञवालीले वताउनु भयो।

  • सार्वजनिक  कुकुर लाई  रुरुमा  गरियो बन्ध्याकरण

    सार्वजनिक कुकुर लाई रुरुमा गरियो बन्ध्याकरण

    चुरामणि तिमिल्सिना  रिडी

    रुरुक्षेत्र गाँउपालिका गुल्मीको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँघरमा कुकुर बाट हुन सक्ने दुर्घटना ,जोखिम तथा यस्ले निम्त्याउने समस्याले यो अभियान निरन्तरता प्रदान गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवाली जानकारी दिनुभयो।

    गाउँघरका कुना कुनामा कुकुरको संख्यामा वृद्धि देखिएको थियो र अहिले अनि यस कार्यक्रमलाई अगाडी सार्दै बन्ध्याकरण लाई सम्पन्न गरिएको पशुबिकास अधिकृत अमृत ज्ञवालीले वताउनु भयो।

  • छत्रकोट गाउँपालिका गुल्मी आफनै भवन बनाउदै

    छत्रकोट गाउँपालिका गुल्मी आफनै भवन बनाउदै

    छत्रकोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास,संघिय सरकारको अनुदानमा अन्यौलता
    माघ १८

    छत्रकोट गाउँपालिका गुल्मीकोे प्रशासकीय भवनको शिलन्यास गरिएको छ । हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भवनको शिलन्यास गर्नु भएको हो ।

    अहिले निर्माण सुरु भएको भवन ०८२ साल मंसिर महिनाभित्र सकिसक्नुपर्नेछ । भवनको कुल लागत नौ करोड ११ लाख १७९ रुपैँया रहेको छ ।

    भवन निर्माण हुने रकम ६० प्रतिशत संघीय सरकार र ४० प्रतिशत पालिकाले व्यहोर्ने गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । संघीय सरकार बाट प्रप्त हुने ६० प्रतिशत रकम प्राप्त नभएको पनि अध्यक्ष पाण्डेले बताउनु भयो ।

    छत्रकोट गाउँपालिका वडा नम्बर ३ भेडुवामा बन्न थालेको भवनको जग्गा छ रोपनी रहेको छ । भेडुवा बजारमाथीको हरियाली सामुदायिक बनले पालिकालाई उपलब्ध गराएको जग्गामा बन्दै छ । जग्गा प्राप्तीको लागि पालिकाले बिभिन्न प्रक्रिया पुरा गदै सामुदायिक बन बाट प्राप्त गरेको हो ।

    यसको लागि स्थानिय समाजसेबी झक बहादुर मिधुनले ६ रोपनी निजी जग्गा निशुल्क बनलाई सट्टामा उपलब्ध गराउनु भएको थियो । छत्रकोट गाउँपालिकाले जग्गादाता मिधुनप्रती आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गरेको छ ।

  • कृष्ण  बहादुर कुवरको पुराणमा  के छ ? नामक  पुस्तक रुरुमा बिमोचन  सम्पन्न

    कृष्ण बहादुर कुवरको पुराणमा के छ ? नामक पुस्तक रुरुमा बिमोचन सम्पन्न

     

     

      चुरामणि  तिमिल्सिना  रिडी  माघ  १३

    रुरु क्षेत्र धाम रिडीमा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको अर्खलेमा जन्मनु भएका कृष्ण बहादुर कुवरले लेख्नुभएको “पुराणमा के छ ?” नामक पुस्तक मन्दिर परिसरमा रुरुका जेष्ठ नागरिक अजुमान श्रेष्ठ र विशिष्ट अतिथिले बिमोचन गर्नुभएको हो । मानव कल्याण वृद्धआश्रम रिडीका अध्यक्ष जिवन कुमार कसजुको अध्यक्षमा कार्यक्रम भएको हो । यस्तै कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अजुमान श्रेष्ठ रहनु भएको थियो । समारोहमा मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई, मानव कल्याण वृद्ध आश्रम गुल्मीका आजिवन सदस्य तथा वडा न १ का पुर्व वडा अध्यक्ष रामलाल बिक , समजसेवी ओम प्रसाद अमात्य, मन्दिर सचिव पदम प्रसाद भट्टराई मेघराज रिजाल, शिक्षा प्रेमि धनन्जय भण्डारी , साधक दुर्गा दत्त पौडेल विशिष्ट अतिथि रहनु भएको थियो।


    कार्यक्रमका अध्यक्ष जिवन कुमार कसजुले कार्यक्रममा स्वागत गर्दै कुवरले गरेका सामाजिक काम संघसस्था लाई पुर्याउनु भएको योग्दान र पुस्तकका विषयमा चर्चा र परिचर्चा गर्नुभएको थियो।


    कार्यक्रममा मेघावाट रिजालले पुस्तकका विषयमा समेटीएका विषयवस्तु लाई चर्चा र परिचर्चा गर्दै लेखक तथा प्रकाशलाई धन्यवाद ब्यक्तगर्नु भयो।
    पुस्तकमा १८ पुराण गङामाता गाइको महत्त्व रुद्राक्ष को महिमा, पाप तथा धर्म दान जप तप जस्ता महत्त्वपूर्ण विषय समेटीएको छ। कार्यक्रमको आयोजना मानव कल्याण वृद्ध आश्रम रिडी गुल्मी र रुरु धार्मिक सेवा संचार प्रालि रिडीले गरेको थियो।

  • जनता मा .वि अस्लेवामा भजन कृतन प्रतियोगिता हुँदा अभिभावक खुशी

    चुरामणि तिमिल्सिना  माघ  १३  गुल्मी

    जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनात्मक रुपमा भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । ४ सदनको सहभागीरहेको प्रतियोगितामा पृथ्वी सदन प्रथम , मंगल सदन, द्वितीय शुक्र सदन, तृतीय र बुध सदनले सान्त्वना स्थान हासिल गरेका हुन ।बिद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो।
    जिल्लामा अतिरिक्त क्रियाकलापमा नयाँ कार्यक्रम देखेर उपस्थित भएका अभिभावकले यस्ता संस्कृति संरक्षणका कार्यक्रम हरु बिधालयले सन्चालन गर्दा बिद्यार्थीमा समेत धर्मकर्मको प्रभाव पर्ने हुँदा यस्ता कार्यक्रम अन्य बिधालय तहमा पनि सन्चालन गर्न आग्रह गर्नु भएको थियो।
    कार्यक्रममा कृष्ण चरित्र रामचरित्र , शिव लिला महाभारतका भजन तथा झाक्री प्रस्तुत भएका थिए। बिद्यालयमा यो कार्यक्रम नौला हुँदा बिद्यार्थी समेत खुशी हुदै भजनमा तालमा ताल मिलायर नाचगानमा सहभागी भएका थिए ।

    कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक अध्यक्ष पाण्डेले यो अभ्यास जिल्लामा नै पहिलो भएको , विद्यार्थीलाई नैतिक शिक्षा संस्कृति शिक्षा लोप हुन लागेका बाजा गाजा भजन कृतन पनि देखाउन अनि गाउँ घरमा घन्किने मादल र मजुरा लाई पहिचान संगै संरक्षण गर्न सिकाउने अवसर प्रदान गर्न यस्ता कार्यक्रमले प्रत्यक्ष फाइदा पुग्ने हुँदा यो भजन प्रतियोगिता संचालक गरेको बताउदै आगामी दिनमा पनि यस्ता रचनात्मक धार्मिक कार्यक्रम गरिने बताउनु भयो। कार्यक्रमको सञ्चालन – अतिरक्त क्रियाकलाप संयाेजक लिलाधर ज्ञवालीले गर्नु भएको थियो।

  • सदाचारी राजनीति  गरेको भन्दै डा. भण्डारी  नगद सहित  सम्मानित

    सदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित

    सदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित, पुरस्कारको रकम जलन अस्पताललाई दिने भण्डारीको घोषणा

    भुवन भुसाल, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं डा. चन्द्र भण्डारी नगद सहित सम्मानित हुनुभएको छ । निष्ठापुर्ण सदाचारी राजनीति गरेको भन्दै वहाँलाई विश्व हिन्दु महासंघले आज एक भव्य समारोहका निलप्रसाद भण्डारी स्मृति पुरस्कार २०८० प्रदान गरेको हो ।

    राष्ट्रिय प्रजातान्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिंङ्देन, महासंघका कार्यवाहक सभापती राजेन्द्र कुमार भण्डारी र निल फाउन्डेसनका संरक्षक खुदलक्ष्मी भण्डारीले यो पुरस्कार प्रदान गर्नुभएको हो ।

    महासंघले नगद २५ हजार सहित वहाँलाई सम्मान एवं पुरस्कृत गरेको हो । पुरस्कार प्रदान गर्दै विश्व हिन्दु महासंघले नेपालको वर्तमान विषम राजनीतिक परिस्थितिका बिचमा पनि संघिय साम्सद डा. चन्द्र भण्डारीले नेपाली माटोको सुगन्ध, नेपाली राष्ट्रियता र सनातन धर्म, सस्कृतिको पक्षमा मन वचन र कर्मले सधै निष्ठापुर्ण सदाचारी राजनीतिक जीवन द्वारा नेपाली समाजमा निरन्तर आशाको दियो प्रज्वलित गरिरहेको बताएको छ ।

    पुरस्कार ग्रहण गर्दै डा. भण्डारीले आफ्नो सम्पुर्ण जीवन नेपाल देश र नेपालीका लागि व्यतित गर्ने प्रण दोहोराउनु भयो । सामाजिक संजाल फेसबुक मार्फत वहाँले पुरस्कार बापतको रकम किर्तिपुरमा रहेको जलन अस्पताललाई दिने बताउनुभएको छ । फेसबुकमा डा भण्डारी लेख्नुहुन्छ
    “नील प्रसाद भण्डारी स्मृति पुरस्कार-२०८०” द्वारा सम्मानित गर्नु गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद !! यो पुरस्कारबाट प्राप्त रकम किर्तिपुर अस्पतालमा स्थापना गरिएको जलन उपचार अक्षयकोषलाई हस्तान्तरण गरिनेछ।”

  • छत्रकोट गाउँपालिका गुल्मीको  गाउँसभाको दोस्रो  अधिवेशन  सम्पन्न

    छत्रकोट गाउँपालिका गुल्मीको गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न

    भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिकाको गाउँसभाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । पौष २६ गतेदेखी सुरु भएको बैठक आज दोश्रो बैठक बसेर समापन भएको हो ।

    गाउँ सभाले गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पेश गरेको चालू आर्थिक वर्षका लागी बिनियोजित बजेट संसोधन/ रकमान्तर प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

     

    न्यायिक समितीका सदस्य पिताम्बर अर्यालले पेस गरेको न्यायिक अर्धवार्षिक प्रतिवेदन, राजस्व परामर्श समिती संयोजक साबित्रा ज्ञवालीले पेश गरेको छत्रकोट गाउँपालिकाको आर्थिक एन २०८० संसोधन सम्बन्धि प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

    त्यस्तै, आर्थिक बिकास समिती संयोजक तेजकान्त अर्यालले पेस गरेको चालू आर्थिक बर्षको ब्ययको बिवरण, बिधायन समितीका संयोजक नारायण रेश्मीले पेश गरेको छत्रकोट गाउँपालिकाका ५ वटा कार्यबिधी एउटा ऎन पनि सर्वसम्मतीले पारित भएको छ ।

    सभाका अध्यक्ष राम प्रसाद पाण्डेयले निर्णयार्थ पेस गरेका सबै बिषय सर्वसम्मतीले पास भएका हुन । गाउँ सभामा गाउँपालिकाले संचालन गरेका योजना, त्यसको कार्यान्वयन, परिणाम लगायतका बिषयमा समेत शून्य समयमा छलफल गरिएको थियो ।

  • लाखौ भक्तजनले   रुरु धाममा लागेको  पहिलो  दिनको मेलाको अवलोकन  गरे

    लाखौ भक्तजनले रुरु धाममा लागेको पहिलो दिनको मेलाको अवलोकन गरे

    गुल्मी

    मकर सङ्क्रान्ति पर्वको अवशरमा गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो बढेको छ ।

    मकर सँक्रान्ति गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा अबस्थीत काली गण्डकी नदीमा स्नानगरि त्यस नजिकै रहेको भगवान हृषीकेष मन्दिरमा पुजाआजा गर्नाले देब ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।

    मकर सँक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्नाले आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाम मध्यको एक धामको रुपमा प्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तीन दिनलाई मकर सँक्रान्ति पर्व मानेर श्रद्धालुहरु काली गण्डकि नदिमा स्नान गर्न आउने प्रचलन छ ।

    मकर सँक्रान्ति पर्वको अवशरमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लवको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाईलो मेला समेत सञ्चालन गरिएको छ । तीन जिल्लाको संगम स्थल कालीगण्डकी नदीमा मकर संक्रान्तिको अवशर सञ्चालन हुन लागेको रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापारहुने गर्दछ ।

    मकर सँक्रान्तिमा रिडी क्षेत्रमा हजारौं श्रद्धालु भक्तजनहरु आउने भएका कारण रिडी मेलामा व्यापार गर्नकाका लागि गुल्मी, पाल्पा, अर्घाखाँची लगायत स्याङ्जा, प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा, पर्वत लगायतका ठाउँवाट समेत व्यापारीहरु रिडी आउने गर्दछन ।

    सँक्रान्तिको दिन मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञानकेन्द्रको आयोजनामा कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ । प्रर्दशनीमा घरेलु उत्पादित सामग्रि लगायत कृषि उपजका वस्तुहरु प्रदर्शनमा राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनु भएको छ ।

    मेला अबधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरुको साँगितिक प्रस्तुति समेत राखिएको छ । मेलालाई व्यवस्थीत रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जन भन्दा बढी संघ संस्थाहरुको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लवका अध्यक्ष सोबित थापाले जानकारी दिनु भएको छ ।

     

  • रुरु धाममा लाग्ने मकर सक्रान्ति   मेलाको तयारी  पुरा

    रुरु धाममा लाग्ने मकर सक्रान्ति मेलाको तयारी पुरा

    चुरामणि तिमिल्सिना   पुस  २९  रुरु धाम

    पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ।

    तिन जिल्लालाई केन्द्र बिन्दु बनाइ यो मेला लाग्ने गर्दछ ।यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तिन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। पाल्पा जिल्ला तर्फ धार्मिक कार्यक्रम भजन कृतन ,पुजा पाठ ,भण्डारा , दान पुन्य , जस्ता कार्यक्रम बढि मात्रामा गरिन्छ।

    यस्तै गुल्मी तर्फ रुरु फ्रेन्डस कलब र फ्रेन्डस क्लब तथा स्थानिय आधा दर्जन भन्दा बढि संघ सस्थाको सहयोग र वडा र पालिका संग समन्वय गरि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पूरा गरिएको रुरु फ्रेन्डस क्लबका अध्यक्ष सोभित थापाले जानकारी दिनु भयो।

     

    यस्तै स्याङ्जा तर्फ यस वर्ष पनि युवाहरुको साथ सहयोगमा दोस्रो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी पूरा भएको वडा अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि ब्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो । अध्यक्ष नवराजले मेला लाई ब्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय सित सहकार्य गरेर अगाडी बढेको बताउनु भयो।

    मेलामा पाल्पा , गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडौ, दाङ , परासि , झापा , र इटहरी बाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तीर्थ यात्रीहरु आउने गर्दछन। प्राय :गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान , जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिन्को महत्त्व झलकाउन सकिन्छ ।

    यहाँ रुकुम बाट रुकुमेलिहरु भेडाका उन बाट बनेका चार पाटे काम्ला, लम्बरि काम्ला जुम्लाका अग्रजहरुहरुले जुम्लेलि सुइटर , टोपि, उनका सुइटर , राडि पाखि , उन्का आस्कोट, बिक्री गर्न आउने गर्दछन।

    यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि,अर्घाखाँचीको निहालि पटौति , गुल्मीको लुम्पेक , सत्यवती खैरेनि बाट डाला , सुपा , नाम्ला , चाल्ना हरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनि गर्न रिडी मेलामा आउने गर्दछन । मेलामा रुकुम र रोल्पा बाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो , हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि तावा, हसिया सेल रोटि निकाल्ने जिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ ।

    यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु, गलैचा, तथा घरेलु ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।यति मात्र हैन यहाँ यस क्षेत्रकै पाहुरको रुपमा पठाइने गुल्मेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको , पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ।

    यस वर्ष स्थानीय ब्यापारीहरु झविलाल ढकाल , कृष्ण ज्ञवाली बिष्णु सापकोटा र खिम प्रसाद गौतमले करिव ३० लाख भन्दा माथिको गुड तथा खुदोको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २५ लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ। मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको सहआयोजका तर्फबाट प्रयास कसजुले बताउनु भयो । मेला लाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले बताउनु भयो । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक नन्द बहादुर शाही ले बताउनु भयो।

    खालि स्थानमा पार्किङ को ब्यबस्थापन गरिने सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ । यता तीर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिएको सोधखोज तथा परामर्श सेवा दिने तयारी पनि पुरा गरेको मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनु भयो ।