चुरामणि तिमिल्सिना माघ १९ रुरु धाम
अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले अभिभावक भेला गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संचालक समितिका अध्यक्ष पदम प्रसाद भट्टराईको अध्यक्षतामा सन्चालित सभाले १५ सदस्यिय क्याम्पस सन्चालन समिति गठन गरेको हो।
। भेलाले कमल कृष्ण गैरेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्षमा दधिराम न्यौपाने सदस्यहरुमा सोभाखर भट्टराई कमल राना राधिका थापा , बिष्णु रेग्मी रमेश प्रसाद न्यौपाने ,कृष्ण पाण्डे , घनश्याम पाण्डे लक्षमण पाण्डे नारायण प्रसाद नेपाल भिम ढेगा रहनु भएको छ समितीमा क्यापस प्रमुख सदस्य सचिव लक्षमण रेग्मी रहनु भएको छ ।
यस्तै भेलाले ५ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ जस्मा श्रीधर प्रसाद भट्टराई , दुर्गा दत्त रेग्मी , पर्सुराम भट्टराई , पदम प्रसाद भट्टराई र भानुभक्त पाण्डे रहनु भएको छ क्याम्प लाई दिगो पन दिन बिद्यार्थीको संख्यामा वृद्धि शैक्षिक बिकास लाई गुणस्तर बनाउन र विद्यार्थी को नतिजा लाई माथि उकासन्न आफ्नो ३ वर्ष कार्यकाल रहने नव गठित समितिका अध्यक्ष कमल कृष्ण गैरेले प्रतिबद्धता जायर गर्दै सभामा आफ्ना भनाइ व्यक्त गर्नु भयो।
यस्तै आफ्नो कार्य कालपनि शैक्षिक बिकास गर्दै निर्माण गतिलाई पनि सम्पन्न गराउदै बितेकोले सबैलाई सहयोग गरेको भन्दै अध्यक्ष भट्टराई धन्यवाद व्यक्त गर्नुभयो। यस क्याम्पसमा पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची बाट अहिले बिद्यार्थी नियामित पठन पाठनको निम्ति आउने गरेकोले केही लाई अध्यानमा लाग्ने खर्च पनि क्याम्पले सहजीकरण गर्दै आएको क्याम्पस प्रमुख लक्षमण रेग्मीले बताउनु भयो।



