Category: समाचार

  • तनहु मा माछा मार्ने क्रममा करेन्ट लागेर बाबू छोरा को मृत्यु आमा घाइते ।।

    तनहु मा माछा मार्ने क्रममा करेन्ट लागेर बाबू छोरा को मृत्यु आमा घाइते ।।

    तनहुँ को शुक्ला गण्डकी नगरपालिका २ गोर्ते।
    मा रहेको खोला मा माछा मार्ने क्रममा बाबु छोरा को ज्यान गएको छ ।
    आमा घाइते हुनु भएको हो ।
    विद्युतिय तार प्रयोग गरेर माछा मार्न लाग्दा पाल्पाको निस्ति गाउपालिका घर भइ शुक्ला गण्डकी नगरपालिका २ गोर्ते मा बङ्गुर फर्म मा काम गर्दै आएका २२ बर्षिय चित्रबहादुर डाम्वो र उहाँका ९ महिने छोरा को ज्यान गएको प्रहरि नायक उपरीक्षक युवराज खड्का ले बताउनु भएको छ ।करेन्ट लागेर १९ बर्षिय दिलमाया डाम्वो घाइते हुनु भएको छ ।चित्र बहादुर र उहाँका छोरा को उपचार को क्रममा पोखरा मा रहेको गण्डकी मेडिकल कलेज मा गएराति ज्यान गएको प्रहरि ले बताएको छ ।डाम्वो को श्रीमति दिलमाया को उहीँ अस्पताल मा उपचार भैरहेको छ ।।

  • नेकपा एसको निर्वाचन केन्द्रीत ३ दिने विशेष प्रशिक्षण कार्यक्रम गुल्मीमा सुरु हुँदै,,, पुर्व प्रधान मन्त्री खनाल सहितका विशिष्ट नेताहरुले प्रशिक्षण दिँने

    नेकपा एसको निर्वाचन केन्द्रीत ३ दिने विशेष प्रशिक्षण कार्यक्रम गुल्मीमा सुरु हुँदै,,, पुर्व प्रधान मन्त्री खनाल सहितका विशिष्ट नेताहरुले प्रशिक्षण दिँने

    टोपराम केसी
    भाद्र,२ ,२०७९
    तम्घास ,गुल्मी।
    नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा यज्ञशालामा सञ्चालन हुने भएको छ।नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेशकुमार भण्डारीका अनुसार उक्त प्रशिक्षण कार्यक्रम भाद्र ४ गते शुक्रवार देखि ६ गते सम्म चल्नेछ।३ दिने विशेष प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मान्नित नेता एवम् पुर्व प्रधानमन्त्री झलनाथ खनाल,पुर्व सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सचिव रामकुमारी झाँक्री ,वामपन्थी नेता युवराज पन्थी,पार्टीका केन्द्रीय स्कुल विभागका सचिव अशेष घिमिरे,नेकपा एसका लुम्विनी प्रदेश कमिटी सचिव राजु गुरुङ,लुम्बिनी प्रदेश स्कुल विभागका प्रमुख टिकाराम रिजाल लगाएतका विशिष्ट नेताहरुले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादी गुल्मीले जनाएको छ।
    नेकपा एकीकृत समाजवादी गुल्मीका संयोजक नरेशकुमार भण्डारीका अनुसार पार्टीको दर्शन,वर्तमान राजनीति र आगामी कार्यदिशा ,शिद्धान्त र व्यवहार विचको एकरुपता ,जनवादी केन्द्रियता,मार्क्सवादी अर्थसाष्त्र,श्रम तथा पुँजीवजार,द्वन्द्धवादको नियम लगाएतका विषयमा प्रशिक्षण दिईनेछ।यस्तै जिल्ला अध्यक्ष भण्डारीका अनुसार राजनितिक शव्द र परिचय,राष्ट्रिय एवम् अन्तराष्ट्रिय परिस्थिति ,पार्टी संगठन तथा शिद्धान्त,साँस्कृतिक रुपान्तरण लगाएतका अन्य समसामयिक विषयमा समेत प्रशिक्ष दिने कार्यक्रम रहेको वताईएको छ।प्रशिक्षण कार्यक्रम तय भैसकेकाले सम्मानित नेता खनाल, र पुर्व मन्त्री झाँक्री लगाएतका अन्य विशिष्ट नेताहरु गुल्मी आउने तयारीमा रहेको पार्टी स्रोतले जनाएको छ।आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्मुखमा हुनलागेको सो प्रशिक्षणले जिल्लामा पार्टीको संगठन थप मजवुत हुने नेकपा एकीकृत समाजवादी गुल्मीको विस्वास छ।

  • नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा  गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न

    नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न

    टोपराम केसी
    श्रावण-२९,२०७९
    छत्रकोट गाउँपालिका गुल्मी ।
    नेकपा एमाले निकट नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ।

    उक्त भेला हिजो नेकपा एमाले छत्रकोट गाउँकमिटीको कार्यालय भेडुवामा सम्पन्न भएको हो।

    नेपाल वुद्धिजीवि परिषद गुल्मीका सह-ईन्चार्ज शोभाकर पन्थको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले लुुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् नि.वर्तमान छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आतिथ्यता रहेको थियो।

    यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा नि.वर्तमान छत्रकोट गाउँपालिका कि उपाध्यक्ष नर्मदा भण्डारी ,प्रदेश कमिटी सदस्य होमनाथ कंडेल,लोक वहादुर ज्ञवाली ,नेकपा एमाले छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्वर अर्याल,छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली,गाउँकमिटीका सचिव एग्य पाण्डे लगाएतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

    खुला सत्रमा नेकपा एमाले लुम्बिनी प्रदेश का सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मधुकृष्ण पन्त,प्रदेश कमिटी सदस्यहरु नर्मदा भण्डारी ,होमनाथ कंडेल,लोक वहादुर ज्ञवाली,लुम्बिनी प्रदेश स्ततरीय स्कुल विभागका सदस्य सम्भु ज्ञवाली,नेकपा एमाले गुल्मी जिल्ला कमिटीका सदस्य एवम् छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्वर अर्याल, लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो।

    आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पनतको स्वागत मन्तव्य रहेको खुला सत्र कार्यक्रमको सञ्चालन नेकपा एमाले वुद्धिजीवि परिषद गुल्मीका सदस्य तथा वडा नम्वर ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीले गर्नु भएको थियो।

    उद्घाटन कार्यक्रम सम्पन्न पश्चात् बन्द सत्रको आयोजना गरिएको थियो।

    बन्द सत्रले टंक पन्तको अध्यक्षतामा ३७ सदस्यीय छत्रकोट गाउँपालिका स्तरीय नेपाल वुद्धिजीवि परिषद कमिटीको गठ गरेको नेकपा एमाले छत्रकोट गाउँकमिटिका सचिव एग्य पाण्डेले जानकारी दिनु भयो।

    पाण्डेका अनुसार उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,सचिवमा थम्मन घिमिरे,सह-सचिवमा गंगा पन्थ,कोषाध्यक्षमा जुद्ध वहादुर पछाई लगाएत चयन हुनु भएको छ ।

    कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुकोसपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको थियो।

    सपथ ग्रहण पश्चात् नवनिर्वाचित परिषद्का अध्यक्ष टंक पन्तले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो भने,नेपाल वुद्धिजीवि परिषदका केन्द्रीय सदस्य गोविन्द गौतमले सम्पुर्ण नव निर्वाचित पदाधिकारीहरुलाई वधाई एवम् शुभकामना दिनु भएको थियो।

    भेलामा गाउँपालिका भरवाट करिव ८०-९० जना वुद्धिजीविहरुको सहभागिता रहेको नेकपा एमाले छत्रकोट गाउँकमिटीले जनाएको छ।

  • शिक्षकलाई तलब खुवाउन नसकेपछि रेसुंगा बहुमुखी  क्याम्पसमा आर्थिक संकटकाल घोषणा

    शिक्षकलाई तलब खुवाउन नसकेपछि रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

    गुल्मी समाचारदाता। गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले अचम्मको निर्णय गरेको छ । मन्त्रीदेखि सांसद र ठूला नेताहरू भएको जिल्लाको सबैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ । विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ ।

    सोमबार बसेको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

    सञ्चालक समितिको बैठकले आठ महिनाको पारिश्रमिक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरूको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरेको अध्यक्ष भलामीले जानकारी दिए ।संचित विदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सञ्चालन हुने परीक्षाको सुविधा सहयोग माग्ने निर्णय बैठकले गरेको छ ।

    प्रमुखलाई प्रशासनिक काम उपप्रमुखहरूलाई राजीनामा दिन आग्रह

    रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समिति बैठकले क्याम्पसको सबै प्रशासनिक काम क्याम्पस प्रमुखले गर्ने र सहायक क्याम्पस प्रमुखहरूलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ। सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरूको उमेरहद घटाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ । आर्थिक संकटकालपछि सुविधा कटौती र सहयोग माग्ने विषयमा गरिएका निर्णयहरू कार्यान्यवन गर्न क्याम्पस एवं कर्मचारीहरूसँग समन्वय गर्न सञ्चालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा तीनसदस्यीय समितिसमेत गठन गरिएको छ ।

  • गुल्मीको  रुरु क्षेत्र  गाउँपालिकामा  आर्थिक  बर्ष    २०७८/ ०७९को  गाउँपालिका स्तरीय १ दिने   बार्सिक   समिक्षा  गोष्ठी    कार्यक्रम   सम्पन्न

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आर्थिक बर्ष २०७८/ ०७९को गाउँपालिका स्तरीय १ दिने बार्सिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आर्थिक बर्ष २०७८/ ०७९को गाउँपालिका स्तरीय १ दिने बार्सिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।पालिका अध्यक्ष तथा कार्यक्रमका सभापती यदु ज्ञवालीले कार्यक्रममा यश पालिकाका हरेक कार्यक्रमहरु जनताको घरदैलोमा पुग्नु पर्ने सेवा प्रवाहामा कमि नगर्ने टोल तथा घर घरमा स्वास्थ सेवा पुर्याउने उपलब्धी कामहरु लाई डाटा तयारी गरि दस्ताबेजका रुपमा राख्ने खोप देखि बिमाका कार्यक्रम लाई प्रभाबकारी रुपमा सन्चालन गरिने ,कर्मचारी अभाव हुन नदिने हरेक स्वस्थ्य कर्मचारी लाई तालिम प्रदान गर्ने पोस्टमाटको लागि तत्काल नै डाक्टर लाई तालिमको ब्यबस्थापन गर्ने बताउदै कार्यक्रम प्रभावकारी भएको बताउनु भयो।

    कार्यक्रममा पालिकाका सवै वडाका स्वास्थ सस्थाहरुले गरेका कामको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै पालिका अध्यक्ष , र स्वास्थ साखालाइ समस्या का विषयलाई जानकारी गराउनु भएको थियो।

    कार्यक्रममा पालिकाकी उपाध्यक्ष मिना गौतम , जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य , जिल्ला अस्पताल गुल्मीका प्रमुख उत्तम पच्या स्वास्थ साखा प्रमुख छत्र् बहादुर अधिकारी यस्तै वडाका अध्यक्षहरु लगायतको विशिष्ट आथित्यता रहेको थियो।

    कार्यक्रममा स्वास्थ साखा प्रमुख अधिकारीले अबका कार्यक्रमहरु चरण बद्द रुपमा सन्चालन गर्न योजना बनाइसकियकोले महिला स्वास्थ स्वयम् सेबिका स्वास्थ चैकी र सरोकार वाला शीत छलफल पनि अगाडी बढाइएको बताउदै हरेक घर धुरिमा स्वास्थ् सस्थाको टिम उपचारमा खट्ने बताउनु भयो।
    यस्तै कार्यक्रममा भनाइ राख्दै प्रमुख प्रशासकीय अधिकृत मदु कृष्ण पौड्यालले हरेक सस्थाहरुले गरेका कामको प्रगति सुन्दा खर्च गरे अनुसारको प्रगती सन्तोस भएको , आयुर्वेद सस्थामा जनताले बढी बिस्वास मानेर उपचार गर्न गयको र अन्य सस्थामा भन्दा आयुर्वेद बाट बढी सेवा लिएकोमा खुसी व्यक्त गर्नु भयो । कार्यक्रमको सहजीकरण अमृत ज्ञवालीले गर्नु भएको थियो।

  • तिज मिलन कार्यक्रम अर्गलिमा सम्पन्न

    तिज मिलन कार्यक्रम अर्गलिमा सम्पन्न

    नेपाल महिला संघ अर्गली पाल्पाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै कार्यक्रममा नगर उपप्रमुख प्रतीक्षा सिङजाली अर्गली पाटी सभापती दधिराम न्यौपाने महिला संघ जिल्ला सभापती गङ्गा पौडेल , पाटि प्रेमी माधव नेपाल नेपाली कङ्र्से जिल्ला सचिव सुनिता अधिकारी , केन्द्रिय सदस्य रमा पन्थ गिता भट्टराई सुमित्रा राना , रेखा रेग्मी लगायतको आथित्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले चार्डपर्वहरु मनाउदा आफ्नो शक्ति अनुसार मनाउ, पर्वलाई भट्किलो नबाउन भन्दै तिजको पर्वको लागि शुभकामना समेत प्रदान गर्नु भयो ।

    कमला बास्तलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सीता ज्ञवालीले राख्नु भएको थियो ।

  • गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

    गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

    तम्घास ।
    गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।

    आइतबार विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।

    ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको छ । –रासस

  • गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

    गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

    गुल्मी ।
    जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।

    गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

    मालिका ६ राहले कुमाल पँधेरा नजिकैको जंगलमा ती महिलालाई जबर्जस्ती करणी गरेर ति युवक फरार भएका थिए ।

    उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

    कृषिमा रमेका फर्सुराम :कृषिबाटै बार्षिक ८ लाख बढी आम्दानी

    चुरामणी तिमिल्सीना, रिडी ।
    गरे के हुन्न र भन्ने उदाहरण दिदै रुरु क्षेत्र गाउँपालिका वडा १ रिडीका फर्सुराम नेपालले कृषि पेसा लाई मुख्य पेसा बनाउदै आउनु भएको छ ।

    गुल्मीको रुरु गाउपालिका १ रिडीमा बसोबास गर्दै आउनु भएका नेपाल खास गरी तरकारी ,काक्रा,करेला ,केरा ,फलफूल ,कागती खेती गर्दै आउनुभएको छ ।

    यस ब्यबसायी बाट नेपालले राम्रो आम्दानी भएको बताउनु भयो । तरकारी तथा अन्य फलफुल उत्पादन गर्दा आधुनिक प्रबिधी अपनाइ कृषि उपज उत्पादन गरेको बताउनु भयो ।

    अहिले उनको खेत बारीमा ४० वटा कागतीका बोट ले फल दिदा आफै अचम्म परेका छन ।

    सिजनमा कागती उत्पादन कुन्टिवका कृवटल भन्दा माथी टिपेर सबै कागती पैचो पसल प्रा लि लाई दिदै आएको बताउनु भयो। नेपालले आफ्ना खेत बारिमा जे उत्पादन गरेपनि सबै पैचो पसललाई दिदै आयको बताए।

    नेपालले कृषि ब्यबसाय बाट झन्डै बार्सिक रुपमा ८ लाखको आम्दानी गर्दै आयका छन ।

    सिजन्मा गाजर , बन्दा गोभि बोडि घिरम्ला लौरे सेमि र अन्य उत्पादन पनि गर्ने गरेको बताए । नेपाललाई खेत बारिमा सघाउनको लागि उनकी श्रीमती राधा नेपालले सघाउने गर्दछिन ।

    आफुले फर्म सुभारम्भ मा वडा तथा स्थानीय सरकारले कागतीका बिरुवा तथा खन्जोतका उपकरणमा केही प्रतिशत छुट दिएको र पछल्लो समयमा केही आश्वासन पनि दिएको बताउनु भयो।

    कृषक नेपाल लाई थप सुबिधा प्राप्त भए यहाँको सोच कस्तो छभनेर जिज्ञासा राख्दा सिचाइको लागि पाइप तथा बिधुत्तिय उपकरणहरु, लामो समय टिक्ने खन्जोत्का सामग्री स्थायी टनेल लगायतका सामाग्री भएको भए थप तर्कारी वृद्धि हुने बताउनु भयो।

    नेपालले कृषि लाई जो अगाडी बढाउन २०७१ सालमा पि आर नमुना कृषि फर्म समेत दर्ता गरेर अगाडी बढ्नु भएको हो ।

    अहिले बारिमा तर्कारी मात्र हैन झन्डै १०० बोट जि नाइन जातको केरा बाट पनि आम्दानी लिगेको बताउनु भयो ।

    उहाँले थप्दै भनु भयो केरा बाट सबै भन्दा आम्दानी हुने संकेत देखीएकोले केरा लगाउने अभियानलाई निरन्तरता दिने बताउनु भयो।

    खासै कुनै प्रकारको तालिम नलिगेपनी उत्पादनमा कमि नभएको उहाँले बताउनु भयो।

  • कार्यसम्पादनमा जिप्रका गुल्मी  सर्वोत्कृष्ट

    कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट

    गुल्मी ।
    गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।

    बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।

    कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहनुभएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर बर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।

    सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह,लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष प्रतिवेदन तयार गर्दैैै आएको छ ।

    जसअनुुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।

    यसैगरी, हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।