तनहुँ को शुक्ला गण्डकी नगरपालिका २ गोर्ते।
मा रहेको खोला मा माछा मार्ने क्रममा बाबु छोरा को ज्यान गएको छ ।
आमा घाइते हुनु भएको हो ।
विद्युतिय तार प्रयोग गरेर माछा मार्न लाग्दा पाल्पाको निस्ति गाउपालिका घर भइ शुक्ला गण्डकी नगरपालिका २ गोर्ते मा बङ्गुर फर्म मा काम गर्दै आएका २२ बर्षिय चित्रबहादुर डाम्वो र उहाँका ९ महिने छोरा को ज्यान गएको प्रहरि नायक उपरीक्षक युवराज खड्का ले बताउनु भएको छ ।करेन्ट लागेर १९ बर्षिय दिलमाया डाम्वो घाइते हुनु भएको छ ।चित्र बहादुर र उहाँका छोरा को उपचार को क्रममा पोखरा मा रहेको गण्डकी मेडिकल कलेज मा गएराति ज्यान गएको प्रहरि ले बताएको छ ।डाम्वो को श्रीमति दिलमाया को उहीँ अस्पताल मा उपचार भैरहेको छ ।।



