गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

गुल्मी ।
जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

मालिका ६ राहले कुमाल पँधेरा नजिकैको जंगलमा ती महिलालाई जबर्जस्ती करणी गरेर ति युवक फरार भएका थिए ।

उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *