रुरुक्षेत्र ४ रानीबासमा प्रहरी चौकी स्थापना, स्थानियको वर्षौ देखिको सपना पूरा

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा प्रहरी चौकी रुरुको स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको वडा नं ४ रानीवासमा प्रहरी चौकीको आज एक कार्यक्रमका बीच स्थापना गरिएको हो ।     रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…

चन्द्रकोटमा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय मा . वि लाई

श्रीराम गौतम चन्द्रकोट गुल्मी २०८०/०९/२१ चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा संचालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०सम्पन्न भएको छ।  उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको समापन समारोहमा  गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ति मगरज्यूको…

चन्द्रकोट गाउँपालिका गुल्मीको स्थानीय पाठ्यक्रम’हाम्रो चन्द्रकोट’विमोचन

इस्वरी  बश्याल पुष २०, गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ। गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण…

गल्याङ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम समपन्न

पुस    १५  स्याङ्जा गल्याङ नगरपालिका द्वारा आयोजित गल्याङ बजार र बजार आसपासको फोहोरमैला व्यवस्थापन ,खानेपानी ,ढल निकास आन्तरिक सडक व्यवस्थापन तथा वैकल्पिक मार्ग लगायतका समसामयिक विषयहरुमा आयोजित सर्वपक्षीय वृहत् अन्तरक्रिया कार्यक्रम गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को अध्यक्ष्यतामा…

नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन

नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन । पुस १५ नेपाली कांग्रेस रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का सभापती भास्कर ज्ञवालीको ६३ बर्षका उमेरे निधन भएको छ । मुटु तथा फोक्सोको स्वास्थ्य समस्याका कारण रुपन्देही स्थित घरमा हिजो उहाको निधन…

आजबाट छत्रकोट गाउँपालिकामा डाक्टरसहितको अस्पताल थपियो

आजबाट छत्रकोट गाउँपालिकामा डाक्टरसहितको अस्पताल थपियो । पुस १४ गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आएको छ ।   लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीले आजबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि’ नामको अस्पताल संचालनमा…

साना किसान सहकारी संस्था पाल्पाको १४ औं साधाणसभा सम्पन्न

चुरामणि  तिमिल्सिना  पुस  १४ साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १४ औं वार्षिक साधारण सभा राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । सहकारी का अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षतामा संचालन भएको सभामा वडा न…

सिजीसिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित

रामचन्द्र  रायमाझी  पाल्पा  पुस  १४ ,पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप आक्रोसित बनेका छन् । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै…

और्व सहकारी सस्था लिमिटेड ५६ औं वर्षमा प्रवेश

चुरामणि  तिमिल्सिना  पुस   १४  पाल्पा और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा वडा १४ का वडा अध्यक्ष शोभाखर भट्टराई प्रमुख…

स्याङ्जाको कालीगण्डकीमा न्यायिक समिति बिच अनुभव आदानप्रदान

चुरामणि  तिमिल्सिना  पौष १३ स्याङ्जा जिल्लाका स्थानीय सरकारका उपप्रमुख एवं न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धी तथा अनुभव आदान प्रदान कार्यक्रम कालीगण्डकी गाउँपालिकाको आयोजनामा कार्यालयको सभाहलमा  सम्पन्न  भएको  छ । कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधिश सुभाष पौड्यालको प्रमुख…