Category: समाचार

  • हसरा साना किसानको  ८ औं  वार्षिक  साधारण  सभा  समपन्न

    हसरा साना किसानको ८ औं वार्षिक साधारण सभा समपन्न

    चुरामणि  तिमिल्सिना    गुल्मी  पुस  ७

    हसरा साना किसान कृषि सहकारी संस्था लिमिटेड सत्यवती गाउँपालिका वडा न ५ हसरा गुल्मीको ८ औं साधरण सभा सत्यवती बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शोभा भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली रहनु भएको थियो । समारोहमा गाउँ कार्यपालिका सदस्य सिर्जना कुमाल , वडा सदस्य ऋषीराम भण्डारी को विशिष्ट आतिथ्यता रहेको थियो। सन्चालक समितका सदस्य गिता भण्डारी ले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएकाे थियो । कार्यक्रममा अध्यक्ष भण्डारीले बार्षिक प्रगति प्रतिबेदन , भावियोजना प्रतिबेदन प्रस्तुत गर्नुभयो। यस्तै लेखा समितिका सदस्य हिरा थापाले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभयो। सभामा ८५ वर्षकी जेष्ठ नागरिक खगिसरा भण्डारी र ८० वर्ष की महेस्वरी ज्ञवालीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
    यस्तै सेयर सदस्य कुन्ति काला लाई उत्कृष्ट बाख्रा पालकका रुपमा विशेष सम्मान गरिएको थियो। कार्यक्रममा बाल बचतको रुपमा सबै भन्दा बढि रकम बचत गर्ने दुई बालिका इसा पोखरेल र प्रिन्सा भण्डारीलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख , राजनितिक दल शिक्षाप्रेमि तथा सेयर सदस्यहरुले संस्थाको प्रगतीको लागि शुभकामना राख्नु भएको थियो । कार्यक्रमको सन्चालन ब्यवस्थापक साबित्र ढकालले गर्नु भएको थियो।

  • दुई  पालिका अध्यक्ष बाट  रुरु र सत्यवतीको बिचमा बन्ने  झोलुङ्गे  पुलको शिलान्यास

    दुई पालिका अध्यक्ष बाट रुरु र सत्यवतीको बिचमा बन्ने झोलुङ्गे पुलको शिलान्यास

    पुस  ७

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ खैरेनीलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
    एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बढिगाड खोलामा निर्माण हुनेछ । शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।
    लामा कन्ट्रक्सन प्रालीले पुल निर्माणको जिम्मा पाएको छ ।
    सडक पुर्वधार विकास कार्यालय गुल्मीको एक करोड ७५ लाख लगानीमा ६ महिना भित्रमा काम सम्पन्न हुनेछ ।

  • पालिका स्तरीय वक्तित्वकलामा शारदा सराङ्ग प्रथम

    पालिका स्तरीय वक्तित्वकलामा शारदा सराङ्ग प्रथम

    श्रीराम गौतम
    २०८०/०९/०७

    चन्द्रकोट क्षेत्रकै अग्रणी विद्यालय उदय माध्यमिक विद्यालयको ६६औ वार्षिकोत्सब समारोहका उपलक्ष्यमा आयोजित चन्द्रकोट गाउँपालिका स्तरीय “राष्ट्र निर्माणमा मेरो दृष्टिकोण” विषयक अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा ४बिद्यालयको सहभागीता रहेको थियो । जस्मा शारदा माध्यमिक विद्यालय चन्द्रकोट १सराङले प्रथम स्थान हासिल गर्न सफल भएको छ । बिद्यालयको कक्षा १२ मा अध्ययनरत अत्यन्तै मेहनती र जेहेनदार विद्यार्थी एलिश्मा वि. क.ले प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुबेदीले बताउनु भयो ।

    पालिका भित्रका ४ ओटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा शारदा माध्यमिक विद्यालयले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी इलिष्मा वि. क लाई सर्वाङ्गीण पक्षको विकास साथै शैक्षिक उन्नयनको शुभकामनाको साथमा बधाइ ज्ञापन गर्नुभएको छ । प्रधानाध्यापक सुबेदीले रूरु धार्मिक सेवा सञ्चार प्रा. ली. सङ्ग कुरा गर्दै त्यस विद्यालयले वक्तृत्वकला प्रतियोगितामा पालिका मात्रै नभई जिल्ला स्तरमा नै छुट्टै पहिचान बनाएको र गीत संगीत, मौलिक कला संस्कृति, खेलकुद, शैक्षिक क्षेत्रमा पनि अब्बल रहेको बताउनु भएको छ ।

  • पाल्पा रिब्दीकोटको  दुर्घटना  पुरा विवरण  सहित

    पाल्पा रिब्दीकोटको दुर्घटना पुरा विवरण सहित

    पाल्पा रिब्दीकोट टिप्पर दुर्घटना अपडेट…..

    पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षको विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।सूचना अधिकारी श्रेष्ठका अनुसार दुर्घटनामा दाङको घोराही उप-महनगरपालिका-१२ बस्ने ३२ वर्षको यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका-५ बस्ने हिमाल घर्ती गम्भीर घाइते भएका छ्न ।घाइतेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तानसेन रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका -२ लघुवामा कुडहर भन्ने स्थानमा रा १ ख २४०४ नम्बरको टिपर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार टिपरमा चालकसहित चार जना सवार रहेकोमा चालक बाहेक तीन जना गम्भीर घाइते भएका थिए । घाईतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरेर युनाइटेड मिसन अस्पताल तानसेन पठाइएको थियो ।टिपर सडकबाट करिब १५० मिटर तल खसेको छ । टिपर चालक भने सकुशल रहेको हुँदा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ ।

  • रुरु धाममा हुने   नबौ भजन महोत्सवको  तयारी  तीब्र  पारिदै

    रुरु धाममा हुने नबौ भजन महोत्सवको तयारी तीब्र पारिदै

    रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा नवौ भजन महोत्सव आयोजनाको तयारी तीब्र गरिदै
    मंसिर २४

    रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै नबौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो आउँदो पुस १ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।

    सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान , असल बुहारी सम्मान , उत्कृष्ट बिद्यार्थी सम्मान दाता सम्मान , दुना टपरी प्रतियोगिता शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता , विभिन्न पाठ चौरासी पुजा तुला दान , पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लि. का अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

    भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।

    साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै शिखा शुत्र प्रतियोगिता ८ बर्स देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ। कार्यक्रम लाई भब्य रुपमा सम्पन्न गर्न पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची रुपन्देही मा पुगेर कार्यक्रमको जानकारी सङै भक्तजन लाई निमन्त्रणाको अभियान पनि अगाडी बढाइएको
    प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी दिनु भयो।

    रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झना गर्दै पितृ महापुराण पाठपारायण चुरासि पुजा कालीगण्डकीमा तिन जिल्लामामै तामाको तोरण साथै खर कुस जनै तथा फुलमालाको तोरण पनि तारिने , बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।
    यस्तै कार्यक्रम लाई सफल पुर्याउन विभिन्न स्थानमा पुगेर कार्यको लागि जिम्मेवारी दिने काम पनि अंतिम चरण्मा पुगेको खेमराज ज्ञवालीले बताउनु भयो।

  • गुल्मीको  रिडीमा  सवारी  चालक  सचेतना अभिबृद्दि  कार्यक्रम  सम्पन्न

    गुल्मीको रिडीमा सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

    गुल्मीको रिडीमा १ दिने सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम होटल क्राउनमा सम्पन्न भएको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय देउखुरी दाङको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मन्त्रालयका सचिव उमेश ढुंगानाको अध्यक्षता रहेको थियो। कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले स्थानीय प्रशासनको भुमिकाका बारेमा सहजीकरण गर्दै हरेक नागरिकलाई अब डिजिटल माध्यमबाट काम अगाडी बढाउन समेत आग्रह गर्दै यो कार्यक्रम यस क्षेत्रमा अत्यन्तै आवश्यक रहेको बताउनु भयो।
    यस्तै गुल्मी जिल्लाका ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले नागरिकले ठुला सवारी साधन देखि साना सवारी चलाउदा ध्यान दिनु पर्ने कुरा जरिवाना, अनुमति पत्र सभ्य नागरिक सडक काट्ने तरिका सिट क्षमता जस्ता महत्त्वपूर्ण विषयमा सहजीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका वडा न ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता हरि प्रसाद ज्ञवालीले सवारी चालक आफै संयमित भएर सवारी साधन चलाउने , यात्रा गर्नु भन्दा पहिला सवारी साधनको सम्पुर्ण चेकजाच गर्नुपर्ने , सवारी चालकले ट्राफिक प्रहरी सित राम्रो ब्यवहार गर्नुपर्ने बताउनु भयो।

    कार्यक्रममा अध्यक्ष ढुङ्गानाले हरेक काम लाई अव केहि महिना देखि डिजिटल बनाउने अभ्यास भएको बताउदै नागरिकलाई घरै बसेर यातायातको सेवा लिन सक्ने वातावरण सिर्जना गर्न आफनो टिम लागि परेको बताउनु भएको भयो कार्यक्रममा घरेलु तथा साना उधोग कार्यालय  तम्घासको पनि आथित्यता रहेको थियो। कार्यक्रममा  सहभागीले  जिज्ञसा  समेत राखेका थिए ।

  • अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो

    अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो

    अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो ।
    मंसिर १८
    अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अपाङ्ग दिवसको अवसरमा अटिजम पाठशाला, रुरुक्षेत्र गाउँपालिका गुल्मीले हिजो अपाङ्गता दिवस मनाएको छ ।

    संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख आतिथ्यता र उपाध्यक्ष मीनादेवी गौतमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य बसन्ता ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका सामाजिक विकास मिति संयोजक शेषनारयाण पौडेल, कार्यपालिका सदस्य राजकुमारी शाह, पूर्व वडाध्यक्ष नवराज विक, रुरु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रवि मल्ल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमका सहभागि बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बिषयमा जाकारी गराउनु भएको यियो । सोहि अवसरमा अटिजमका बिषयमा पनि जानकारी गराईएको थियो । यो यस क्षेत्रको एक मात्र अटिजम पाठशाला हो । अटिजम भएकाहरु लाई ब्यवहारिक ज्ञान सिकाउने गरिन्छ । अटिजम एक प्रकारको बौद्धिक अपाङ्गता हो ।

    कार्यक्रमको अवसरमा देवदत्त पार्क समेत सरसफाई गरिएको थियो।

  • रुरुमा गौ महायज्ञ सुरु

    रुरुमा गौ महायज्ञ सुरु

    मंसिर १७
    रुरुधाम रिडी

    रुरु धाम रिडीमा हिजो शनिबार देखि गौ महायज्ञ सुरुभएको छ । गौ संरक्षण र गौसेवा आश्रमको दिगो बिकासको लागि गौ महायज्ञ गरिएको हो । रुरु गौसेवा आश्रमको आयोजमा सुरु भएको महायज्ञ २३ गते सम्म सन्चालन हुने आयोजले जानकारी दिएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि १००८ स्वामि बिबेकानन्द महारज जी ले, जहिले सम्म गौमाताको संरक्षण हुदैन तब सम्म देशमा सान्तिको परिकल्पना गर्न नसकिने बताउनु भयो । गौ माता तपाईं हामि सबैकि माता हुन यिनको संरक्षण सके राष्टको गहना समेत झल्किने हुँदा यस्ता महायज्ञमा सबैलाई हाते मालो गर्दै अगाडी बढन आग्रह गर्नु भयो ।

    आश्रमका अध्यक्ष राजु राणाको अध्यक्षता रहेको कार्यक्रममा पाल्पा गुल्मी र स्याङ्जाका जन प्रतिनिधिहरु राज नैतिक दल बौद्धिक समाजको सहभागिता रहेको थियो ।

    कार्यक्रममा आश्रमका उपाध्यक्ष सिता ज्ञवालीले स्वागत मनतव्य राख्दै गौ आश्रमको विषयमा जनकारी गराउनुु भएको थियो।

    कार्यक्रममा १ करोड संकलन भएमा गौ आश्रम दीर्घकालीन ब्यवस्थापन गर्न सकिने भएकोले यसको लागि सबै जुटनइन्जिनियर झबिन्द्र ज्ञवालीले आग्रह गर्नु भयो।

    कार्यक्रमा बाचक भिमकान्त पन्थि रहनु भएको छ

  • रुरु धाममा गौ  महायज्ञ   सुरु

    रुरु धाममा गौ महायज्ञ सुरु