गुल्मीको रुरु क्षेत्रमा औपचारिक रुपमा सुपथ मुल्यको खरिदबिक्री केन्द्रको उत्घाटन

रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने ।

पुस ८

रुरुक्षेत्र गाउँपालिकामा सुपथ मुल्यको खरिद बिक्री केन्द्रको उद्घाटन, मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउने ।
पुस ८

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा खरिद बिक्री केन्द्रको सुरुवात गरेको छ ।

केहि दिन देखि रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा रहेको कृषी भवन बाट बिक्री गरिरहे पनि आज एक समारोहकाबिच केन्द्रको उद्घाटन गरि औपचारिकरुपमा खरिद बिक्री सुरु गरेको हो ।

 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले खरिद बिक्री केन्द्रको उद्घाटन गर्दै केन्द्रका कर्मचारिले यसको दिगोपनाको लागि तदारुपतका साथ काम गर्नु पर्ने बताउनु भयो । उहाले सामानको आपूर्ति ब्यवस्था चुस्तदुरुस्त खाख्नुृ पर्ने बताउनु भयो । ठूलो संघर्ष र प्रयास पछि रुरुक्षेत्र गाउँपालिकामा केन्द्र स्थापना भएकोले यसको दिगो पनाको लागि पालिका बाट पनि आवस्यक सहयोग रहने बताउनु भयो ।

बिशेष अतिथी गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले बजारमा प्रतिसप्रधा भए ब्यापारी उपभोक्ता सबैलाई राम्रो हुने बताउनु भयो । केन्द्रले निरन्तर सेवा दिदै उपभोक्ताको मन जित्नु पर्ने बताउनु भयो । कार्यक्रमका अतिथी प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेययले ब्यापार कम्पनी भएकोले स्थानिय ब्यापारि संग समन्वय गरेर नागरिकलाई अधिक्तम सेवा दिन आग्रह गर्दै पालिकको अन्य ब्यापारिक केन्द्रमा पनि समन्वय गरेर जान आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका देबेन्द्र मल्ल, उद्योग बाणिज्य संघका कमल प्रसाद श्रेष्ठ लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत गर्दै खरिद बिक्री केन्द्रकी प्रमुख एलिना देबकोटादे खरिद बिक्री केन्द्रले स्थानिय ब्यापारिलाई कमिसनमा बिक्रीको ब्यवस्था मिलाउने बताउदै उपलब्ध हुने सामाग्री र गुणस्तरका बारेमा जानकारी गराउनु भएको थियो ।

गुल्मी शाखा कार्यालयका बरिष्ठ सहायक बिष्णु कडेलले उपथित अतिथीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख एवं उद्घाटन समारोहकी अध्यक्ष पुष्पा पाण्डेयले समारोहमा उपस्थीत सबैलाई धन्यबाद दिदै, नियमानुसारको सेवाका बारेमा कसैले संका नगर्न आग्रह गर्दै, आवस्यकता र मागका आधारमा बस्तु र सेवा उपलब्ध गराउन शाखा सक्षम रहेको बताउनु भयो । कार्यक्रम गाउँपालिकाका दामोदर ज्ञवालीले संचालन गर्नु भएको थियो ।

नागरिकलाई खाद्यान्न उपलब्ध गराउने सरकारको उद्देश्य र स्थानिय तहको योजना अनुसार मंसिर १ गते बाट गुल्मीमा सेवा सुरु गरेको खाद्य ब्यवस्था तथा तथा ब्यायापार कम्पनी लिमिटेडले, रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारको कृषी भवन, रेसुङ्गा नगरपालिका तम्घासमा हाटबजार, मालिका गाउँपालिकाको वडा नं. ४ अर्खबाङ्ग र मदाने गाउँपालिकाको वडा नं. २ बाँझकटेरी औद्योगिक ग्राम बाट पहिलो चरणमा ३ प्रकारका चामल बिक्री सुरु गरेको छ ।

अहिले चाड पर्वको सुपथ मूल्यमा बिक्री गरिने योजना अनुसार स्टीम जिरा मसिनो,अरुवा सावा र अरुवा मोटो चामल प्रतिक्युन्टलमा ७ सय छुटमा चामल बिक्री भईरहेको र आगामी दिनमा दैनिक उपभोग्य बस्तु बिक्रीको लागि थप्दै जाने बताईएको छ

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102