अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो

 

अटिजम पाठशाला, गुल्मीले अपाङ्गता दिवस मनायो ।
मंसिर १८
अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अपाङ्ग दिवसको अवसरमा अटिजम पाठशाला, रुरुक्षेत्र गाउँपालिका गुल्मीले हिजो अपाङ्गता दिवस मनाएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख आतिथ्यता र उपाध्यक्ष मीनादेवी गौतमको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य बसन्ता ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका सामाजिक विकास मिति संयोजक शेषनारयाण पौडेल, कार्यपालिका सदस्य राजकुमारी शाह, पूर्व वडाध्यक्ष नवराज विक, रुरु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रवि मल्ल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागि बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका बिषयमा जाकारी गराउनु भएको यियो । सोहि अवसरमा अटिजमका बिषयमा पनि जानकारी गराईएको थियो । यो यस क्षेत्रको एक मात्र अटिजम पाठशाला हो । अटिजम भएकाहरु लाई ब्यवहारिक ज्ञान सिकाउने गरिन्छ । अटिजम एक प्रकारको बौद्धिक अपाङ्गता हो ।

कार्यक्रमको अवसरमा देवदत्त पार्क समेत सरसफाई गरिएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102