Category: समाचार

  • कोटीहोममा राधिका दासीको  आगमन  देवी प्रतिभाको बिदाई  हुने

    कोटीहोममा राधिका दासीको आगमन देवी प्रतिभाको बिदाई हुने

    कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई आज हुनेछ ।

    मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटीहोममा जेठ १७ देखि २६ गतेसम्म राधिका दासीले श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

    ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला ।’

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।

    देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

    कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

    शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् ।

    प्रचार-प्रसार संयोजक ढकालका अनुसार बिहीबार मात्रै दुई लाख भक्तजन कोटीहोममा सहभागी भए । कोटीहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटीहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

    कोटीहोमका भक्तजन लिएर हिजो साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा बढी गाडी पोखरा भित्रिएका छन् । जसले आज भक्तजन अझै बढ्ने अपेक्षा गरिएको छ ।

    संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।

    कोटीहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।

    देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।

    थापाका अनुसार कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

    एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

    पाल्पा, जेष्ठ  १६ मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे । एकदिने स्वास्थ्य शिविरमा पशुबस्तुहरुको निःशुल्क चेकजाँच तथा निदान भएका रोगहरूको निःशुल्क औषधि वितरण, रेबिज खोप सेवा, गोबर परीक्षण, माटो परीक्षण, थुनेलो परीक्षण जस्ता बिषयहरूमा सेवा प्रदान गरिएको थियो।

    ।समुदायमा कृषि खेती तथा पशुपालन गरिरहेका कृषकहरूकाे समस्या र समाधान बारेमा परामर्श सहित प्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थी विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाइ अभ्यास गराउने उद्धेश्य राखी शिविर आयोजना गरिएको हाे।

    शिविरमा खेती तथा पशुपालनमा देखिने समस्याहरुका बारेमा पहिचान गराउने उद्देश्य अनुरुप शिविर संचालन गरिएको हो । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूकाे व्यवहारिक, प्रयाेगात्मक ज्ञानदिने हेर्तुले “कृषकसँग प्राविधिक” नाम दिइएको याे कार्यक्रम प्राविधिक शिक्षालयले नियमित रुपमा गर्दै आएको छ ।

    मदनपाेखरा बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरमा डा.रजिना दाहाल, डा.सुदीप न्यौपाने, पशु सहायक दानबहादुर रम्तेलले पशुवस्तुको समस्याहरुका बारेमा उपचार तथा निदान गर्नुभएको थियो । शिविरमा यस्तै गरी बालीनालीमा देखिने समस्याहरुका बारेमा प्रतिमा ढकाल, विशाल अधिकारी र मनोज यादवले परामर्श सेवा दिनु भएको थियो ।

  • कोटिहोममा देवि प्रतिभाको प्रवचनलले  भक्तजन  मन्त्रमुग्ध

    कोटिहोममा देवि प्रतिभाको प्रवचनलले भक्तजन मन्त्रमुग्ध

    कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

    जेष्ठ   १४   पोखरा

    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।

    देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।

    सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।

    भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।

    ‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’

    कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।

    बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।

    कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।

    आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

    कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

    कोटिहोममा आर्थिकसँगै जग्गा दान गर्दै भक्तजन

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् ।

    केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भए पछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने उद्घोषले पनि पोखरेली भक्तजनमा उत्साह छाएको छ, जसका कारण आर्थिकसँगै जग्गा दान गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

    कोटिहोममा जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौं सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

    ‘यो कोटिहोमका विषयमा केहि अनर्गल प्रचार गरियो जसले गर्दा भक्तजनलाई निराश छाएको महिले महशुष गरेको थिए’ उनले भने, ‘अनर्गल प्रचारका बाबजुद पनि सम्पूर्ण भक्तजनको उत्साहका साथ सहभागी भएर कोटिहोम दर्शन गर्न आउनुभयो म सबै प्रति आभारी छु । तपाईँहरूको यो उपस्थिति मेरा लागि ऊर्जा हो ।’

    त्यसैले त बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भन्ने गरेका छन्–‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु, महायज्ञका पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ ।’कोटिहोमा स्व. सूर्य व. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ दान गरेकी छन् ।

    कोटिहोममा आज देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    प्रतियोगितामा देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।

    कोटिहोम शनिवार देखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कोटिहोममा आज चर्चित गायक थानेश्वर गौतमसँगै विभिन्न भजन प्रस्तुति रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्रीसूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • रुरुक्षेत्र गा.पा.मा सञ्चालित पालिका स्तरीय भजन प्रतियोगितामा ग्वादी भजन समूह प्रथम

    रुरुक्षेत्र गा.पा.मा सञ्चालित पालिका स्तरीय भजन प्रतियोगितामा ग्वादी भजन समूह प्रथम

    सुदर्शन पन्थ, जेठ ९, गुल्मी ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पालिका स्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ।

    रुरुक्षेत्रको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले शुक्रबार श्रृङ्गेश्वर धाम लेख गुफामा भजन प्रतियोगिता सम्पन्न भएको हो।

    पालिका भित्रका दस टोलिको सहभागीता रहेको कार्यक्रममा ग्वादी भजन समूह प्रथम, रुरुक्षेत्र भजन समूह च्युरेक द्वितीय र चौतारा भजन समूह तृतीय भएको छ। यस्तै प्रतियोगीमा श्रृङ्गेश्वर भजन कृतन सत्संग समूह सान्त्वना भएको छ भने उत्कृष्ट नृत्यको रुपमा श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहकै शान्ता अधिकारी पुरस्कृत हुनुभएको छ।

    पालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे, सम्पुर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रममा राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती पाल्पाका सचिव चुरामणी तिमिल्सिना र राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती अर्घाखाँचीका सचिव कृष्ण प्रसाद पौडेलले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो।

    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २०,०००, द्वितीयलाई नगद १५,०००, तृतीयलाई नगद १०,००० सान्त्वनालाई नगद ५,००० र उत्कृष्ट नृत्यलाई नगद २००० र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक तथा अर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो।

  • धुर्कोट गाउँपालिकाकोआयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया सम्पन्न

    धुर्कोट गाउँपालिकाकोआयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया सम्पन्न

    बासुदेव पोख्रेल / गुल्मी , ८ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–६, रजस्थलको सभाहलमा सम्पन्न भएको हो।

    गाउँपालिका भित्रका व्यवसायिक कृषकहरूको सहभागिता रहेको उक्त गोष्ठीमा व्यवसायिक कृषि प्रणाली, नवप्रविधि र व्यवहारिक ज्ञानबारे विस्तृत रूपमा जानकारी दिइएको थियो ।

    गोष्ठीको सहजीकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीका प्रमुख हुमकान्त पाण्डे र धुर्कोट गाउँपालिकाका पशु चिकित्सक सञ्जय प्रसाद भुसालले गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले गर्नुभएको थियो भने उपाध्यक्ष सीता गिरी, वडा अध्यक्षहरू, कर्मचारी तथा कृषकहरूको समेत उपस्थिति रहेको थियो।

    गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले कृषिलाई व्यवसायिक बनाउँदै आत्मनिर्भर गाउँपालिका बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो। उहाँले कृषकहरूमा सीप र चेतना वृद्धि गरी उत्पादन र आम्दानीमा सुधार ल्याउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो।

    उपाध्यक्ष सीता गिरीले कृषकहरूको सक्रियता र जिज्ञासालाई प्रशंसा गर्दै कृषि अब परम्परागत मात्रै नभई प्रविधिमैत्री र व्यवहारिक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    सहजीकरण गर्दै प्रशिक्षक हुमकान्त पाण्डेले कृषकहरूबाट उठेका जिज्ञासाहरू समाधान गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै साना सुधारले पनि व्यवसायिक कृषिमा ठूलो प्रभाव पार्न सक्ने बताउनुभयो ।कार्यक्रममा सहभागी कृषकहरूले गोष्ठीबाट महत्वपूर्ण ज्ञान प्राप्त भएको जनाउँदै यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्ने मागसमेत गरेका छन् ।

  • कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

    कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

    कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।
    युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।
    महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।
    तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन्। उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन्।
    “घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उनले भनिन्। पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन्। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ।
    त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।

    अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने आजका अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो।
    नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए। कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। उनले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताए। साथै, उनले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।
    प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।

    महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताएका छन्। जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो।
    देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन्। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ। यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ।

    कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन्। राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन्।
    खुला रक्तदान कार्यक्रममा ३०० भन्दा बढीले रक्तदान गरिसकेका छन्।
    कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, गुरु, धार्मिक तथा सामाजिक अभियन्ता, संघसंस्थाका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।
    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम को नयाँ भवनको शिलान्यास गरिसकेको छ। यसै उद्देश्यले पोखरामा कोटिहोम सञ्चालन गरिएको हो। यहाँ विभिन्न जातजातिका संस्कृतिहरूको पनि प्रस्तुति भइरहेको छ।
    कोटिहोममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुनेछ। नामावली दर्ता जेठ १० गतेसम्म खुला गरिएको छ।
    जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीले निशुल्क प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। विद्यालयस्तरका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेका छन्।
    धार्मिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई कोटिहोममा उचित स्थान दिइने संकल्पकर्ता महाराजले जानकारी दिएका छन्।

    कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ।
    जेठ १० गते दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुनेछ। उनीहरूले थाली नृत्यसमेत प्रदर्शन गर्नेछन्।

  • भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

    भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

    भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

     

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ ।

    मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ ।

    कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू अभिभावकीय जिम्मा, आजीवन सदस्य र शिलालेखमा आफ्नो नाम टिपाउनका लागि उत्साहित भएका छन् । मानव सेवामा आफूलाई समर्पित गर्न पनि यो सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

    मानव सेवा फाउण्डेसनको आश्रयमा रहेका वाल वालिका र ज्येष्ठ नागरिकको अभिभावक बन्न १ लाख भन्दा बढी, आजीवन सदस्य बन्न २५ हजार  र शिलालेखमा नाम लेख्न १५ हजार रुपैयाँ रहेको छ ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम  नयाँ भवनको शिलान्यास गरिसकेको छ ।

    मानव सेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ। ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

    ‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने ‘पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ।’

    कोटिहोममा आदियोगि गौतम स्वामी, कथा व्यास लुम्बिनीका अध्यक्ष पुरुषोत्तम बस्याल गुरुदेव, डा.एकनाथ पौडेल, नारायण प्रसाद गुरुदेव, उमा महेश्वरी मातजीको उपस्थिति रहेको थियो ।

    कोटिहोममा फिमला आमा समूह पोखरा–३ नदीपुरबाट ७७ हजार १ सय ३५, नारायण फर्निचर उद्योग पोखरा–१७ का विश्वेश्वर प्रसाद अर्याल र कणकुमारी अर्यालले ४१ हजार १ सय ५५, डा. नन्द श्रेष्ठबाट नगद २५ हजार र ७५ हजार बराबरको औषधी, पोखरा–१७ का क्या.खड्कबहादुर शाहीले ३३ हजार १ सय २०, राधाकृष्ण मन्दिर सञ्चालक समिति पोखरा– १० बाट २५ हजार ५ सय ५५, स्याङ्जाका सत्यदेव ढकालबाट १६ हजार १ सय ११ सहयोग प्राप्त भएको छ ।अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पुन पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

    यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।

    देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुन एक पटक उनका कोकिल वाणीबाट कथा श्रवण गर्ने मौका मिलेको छ । पुन पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने छ । उनले कर्णप्रिय कथाका माध्यमबाट भक्त जनलाई धर धर रुवाइछिन् र उत्ति वेलै मन्द मुस्कान साथ भक्तजन भुलाउँछिन् किनकि उनी हिन्दीमा जोडले माइकबाट कराउँछिन् ‘प्यार से बोलो ना’ । त्यसपछि भक्तजनको मुखबाट महायज्ञ गुञ्जायमान हुन्छ ‘राधे राधे’ ।

    त्यसैगरी कोटिहोममा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासीले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

    विद्यालयका विद्यार्थीहरूले पनि कोटिहोमको दर्शन गरेका छन्  यसैबीच  छोरेपाटन मावि बाट ४ सय भन्दा बढी विद्यार्थी कोटिहोम दर्शन गर्न आएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए ।

    त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    कोटिहोममा आज वरिष्ठ लोक गायिका हरिदेवी कोइराल र  लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए। कोटिहोममा ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    शनिवार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको विदाईसँगै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज र युवा दार्शनिक कथा प्रवक्ता चैतन्य कृष्ण महाराजले कथा वाचन गरेका छन् ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

    कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।

     

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

     

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

    कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

    कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।

     

    कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार देशभर बाट आउने सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम जारी रहेको छ ।

     

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज श्रीमद्भागवत कथा प्रवक्ता एवम् वरिष्ठ ज्योतिषविद् हरिशरण शास्त्री, महायज्ञ मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले सञ्चारकर्मीलाई कदर पत्र दोसल्ला ओढाई सम्मान गरेका हुन्।

    सम्मान कार्यक्रममा सम्मानित भएपछि सञ्चारकर्मीले कोटिहोमको सम्मानले आफूहरूलाई थप उर्जा प्रदान भएको बताउँदै कोटिहोमको प्रचार प्रसारमा आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

     

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले आम सञ्चारकर्मीको सकारात्मक सन्देशले नै कोटिहोमले सफलता पाएको बताए ।

    कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

     

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

     

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

     

    कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

     

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिवेला प्रवचनसँगै सङ्गीतमय वनेको छ ।
    कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको आफ्नै झाँकी र सङ्गीत समूह सहितको प्रवचन तथा चर्चित राष्ट्रिय कलाकारको सुमधुर स्वरमा भएको भजन प्रस्तुतिले पनि कोटिहोम सङ्गीतमय बनेको छ ।

    दैनिकरुपमा कोटिहोममा आउने कलाकारको प्रस्तुति र सङ्गीतमय भजनले कोटिहोममा सहभागी भक्तजनले आनन्द लिएका छन् ।
    कोटिहोममा संघिय, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, राजनितिक दलका केन्द्रीय नेताहरू, स्थानीय जनप्रतिनिधि तथा चर्चित राष्ट्रिय हास्य तथा दोहोरी कलाकारहरूको सहभागिता बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    कोटिहोममा ३१ गते बुधबार  हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को सहभागिता रहने ढकालले जानकारी दिए । कोटिहोममा जेठ १ गते चर्चित गायिका एलिना चौहान, २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने उनले जानकारी दिए । कोटिहोममा श्री श्री श्री १००८ महामण्डलेश्वर ईश्वर चैतन्यकृण्ण स्वामी महाराजको उपस्थिति रहेको थियो ।

    यसै गरी कोटिहोममा मङ्गलवार राष्ट्रिय लोकदोहोरी गायक श्याम रानाको भजन प्रस्तुतिमा भक्तजन छमछम नाचेका थिए ।
    मङ्गलवार कोटिहोम दर्शन गर्नका लागि आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले सनातन धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न कोटिहोमले सन्देश दिएको बताए ।

    उनीसँगै कोटिहोममा सहभागी भएका गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेल, द्रोर्ण कुमार कुँवर, प्रकाश बराल जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख तथा जिभि फाउन्डेसनका संस्थापक डा.जगदीश वैद्य, प्रहरी वरिष्ठ उपरीक्षक अभिमन्यु श्रेष्ठले पनि कोटिहोमको खुलेर प्रशंसा गर्दै यो ऐतिहासिक कोटिहोममा सहभागिता हुन सबैलाई आग्रह गरे ।

    कोटिहोममा मङ्गलवार नै खडादेवि फ्रेम हाउस नयाँवानेश्वर काठमाण्डौं बाट १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको संयोजक ढकालले जानकारी दिए ।

    कोटिहोममा जारी प्रतियोगितामा देशभरबाट तीन सय बढी भजन समूहले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा मङ्गलवार सम्म ८५ समूहले भाग लिइसकेका छन् । भजन प्रतियोगितामा हुने विभिन्न खालका झाकी, विभिन्न जिल्लाको भजन प्रस्तुतिले भक्तजनको ध्यान प्रतियोगिता तिर तानेको छ ।

    सिन्धुली, काभ्रे, सुनसरी, उदयपुर, अर्घाखाची लागयतका टाढा टाढा जिल्लाबाट पनि प्रतियोगितामा समावेश भएको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दैनिक १० समूहले प्रतिस्पर्धा गर्दै आएका छन्।

    प्रतियोतिामा देशभरबाट आएको प्रतियोगीले आफ्ना गाउँका भजन संस्कृतिलाई उजागर गर्ने थलो महायज्ञ वनेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।
    त्यसै गरी जारी कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा मङ्गलवार सम्म ३ सय बढीले रक्तदाताले रक्तदान गरेका छन् ।
    कोटिहोम आउने भक्तजनले आफू सक्य सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

    महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोम ज्ञान महायज्ञलाई सबैको साझा थलोको रूपमा हेर्न आग्रह गरेका छन् ।
    ‘कोटिहोममा प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय जनप्रतिनिधि राजनीतिक दलका नेताहरूको उपस्थितिले हामीलाई प्रेरणा थपेको छ’ उनले भने ‘यो ऐतिहासिक कोटिहोम सबैको साझा थलो हो, यहाँहरू सबैलाई हामी स्वागत गर्दछौ ।’

    महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटीहोममा प्रवचन गरिरहेका छन् ।

    उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।

    कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।  ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

    प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।