Category: समाचार

  • अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

     

    गुल्मी , चैत्र -१३ । अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
    त्यस कार्यालयका प्रहरी निरीक्षक बिष्णु पौडेलले सितगङ्गा नगरपालिका – २ को भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको पुष्टि गर्दै घाईतेको संख्या एकिन नभई सकेको जानकारी दिएका हुन ।

    घटना स्थलमा ठाडा प्रहरी चौकीको टोलि पुगेको र उ बाट थप विवरण लिने काम भईरहेको प्रहरी निरीक्षक पौडेलले बताए । उनले बसका यात्रु कहाँबाट आएको भन्ने समेत नखुलेको बताए ।

    उनले सुपादेउरालीको दर्शन गर्न आएका यात्रुहरु फर्किने क्रममा दुर्घटना भएको , तीन जनाको मृत्यु भएको तर बसका यात्रु कहाँ बाट आएको , सवार कति जना थिए र घाईते कति जना भन्ने कुरा नखुलेको बताए ।

    घटना स्थलमा ठाडा प्रहरी चौकीको टोलि पुगेको र उ बाट घटना विवरण लिने काम भईरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

  • बगनासकालीमा रूखबाट लडेर मृत्यु

    बगनासकालीमा रूखबाट लडेर मृत्यु

    बगनासकालीमा रूखबाट लडेर मृत्यु

    पाल्पा – पाल्पाको बगनासकालीमा रुखबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली—७, नाच्नेडाँडाका स्थानीय ४२ वर्षका दिलप्रसाद भट्टराई रहनुभएको छ ।
    बुधबार बिहान ८ बजे घाँस काट्न घर नजिकैको रुखमा चढ्नुभएका भट्टराई एक्कासी रुखबाट लडेको प्रहरीले जनाएकाे छ ।
    रुखबाट लडेर गम्भीर घाइते हुनुभएका भट्टराईको घटनास्थलमै मृत्यु भएको र हाल पोष्ट मार्टमका लागि शव तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको अस्पतालले जनाएकाे छ ।

  • आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै

    आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै

    बुटवल । आजदेखि माध्यमिक क्षिा परीक्षा (एसइई) सुरु हुँदै छ । आज बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

    परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिँदै छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पूरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ’उनले भने, ‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तु मा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

    परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

    मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गरेका छन्। उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरेका छन् । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
    मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गरेका छन् ।

  • रामनवमीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

    रामनवमीमा सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं, चैत ६ गते । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

    बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरेको छ ।

    सरकारका निर्णयहरु

    « अघिल्लो समाचार |
    प्रतिक्रिया दिनुहोस !
    सम्बन्धित खबरहरु

    सांसद शर्माले गरे स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

    ५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी

    गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

    माधवकुमार नेपाल म्यानमार प्रस्थान

    नेपाल-कम्बोडिया सिधा हवाई उडान गर्न छलफल

  • रामकोट आधारभुत बिद्यालय रुपाकोट  गुल्मीको  १७ औं वार्षिकउत्सव  सम्पन्न

    रामकोट आधारभुत बिद्यालय रुपाकोट गुल्मीको १७ औं वार्षिकउत्सव सम्पन्न

    चुरामणि  तिमिल्सिना

    फागुन  १६ रिडी  रामकोट आधारभुत बिद्यालय चन्द्रकोट गाउँपालिका वडा ७ रुपाकोट गुल्मीले आफ्नो स्थापना कालको १७ औं जन्मउत्सव समारोह सम्पन्न गरेको छ । बिद्यालयको जन्मउत्सव समारोहलाई सम्बोधन गर्द कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती गुल्मिका प्रमुख दोर्ण बहादुर खत्रीले बिद्यालयको गुणस्तर लाई वृद्धि गर्न सबैभन्दा बढि दायित्व शिक्षक, अभिभावक र विद्यार्थी खटिदा गुणस्तर निरन्तर कायम हुने बताउदै अबको समयमा साना बिद्यार्थी भाइबैनिहरुलाई प्राबिधिक धार सङ्गै अगाडि बढाउन सिङ्गो राज्यनै लाग्न पर्ने बताउनु भयो । उहाँले थप्दै भनु भयो हरेक आधारभुत तहमा अङ्ग्रेजी माध्यम बाट अध्यापन गराउदा विद्यार्थीमा थप टेवा पुगेको समेत बताउनु भयो।
    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सन्चालित कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक फर्णिन्द्रराज अर्याल , यस्तै वडा न ७ का वडा अध्यक्ष अनन्त राम भण्डारीको विशिष्टता आथित्यता रहेको थियो। यस्तै कार्यक्रममा राजनीतिदलका तर्फबाट माधव भण्डारी , खिमराज भण्डारी ,बुद्धि प्रसाद भण्डारी , डिल्लिराज भण्डारीले हरेक बिद्यार्थी सित अदुभत क्षमता भएकाले आजका बालबालिकाहरु भोलिका कर्णधार हुनभन्ने भनाइ लाई आत्मसात गर्दै शिक्षा प्रदान गर्न सबै जना लाई आग्रह गनु भयो। कार्यक्रममा कार्यपालिका सदस्य बिष्णुकला थापा निवर्तमान वडा अध्यक्ष लक्ष्मी भण्डारी ,रेडक्रसका तर्फबाट सभापति युवराज भण्डारी शिक्षण सस्था बाट नमुना ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मी भण्डारी ,शारदा माध्यमिक बिद्यालय रुपाकोटका प्रधानाध्यापक कृष्ण भण्डारी , यस्तै सल्लाहकार समितिका तर्फबाट खिमलाल भण्डारी ,बितीय सस्थाका सुमन न्यौपानेले बिद्यालयले जन्मउत्सव मनाउदै गर्दा हरेक वर्ष नतिजा गुणस्तरमा वृद्धि भएको र विद्यार्थीको पढाइमा समेत सुधारत्मक अवस्था प्रतिबेदन सार्वजनिक हुँदा बोडीङ भन्दा आफुहरु अब्बल भएको र शिक्षामा कमजोर नभएको महसुस गरेको बक्ताले बताउनु भयो।

    यस्तै बिधालयकी प्रधानाध्यापक बसन्ति न्यौपानेले ५५ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत् गर्नु भएको थियो। कार्यक्रममा शिक्षिका सिता भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सन्चालन शिक्षिका अनिता भण्डारीले गर्नु भएको थियो।

  • घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु

    घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु

    घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु
    गुल्मी, फागुन १२ – घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीकाे आयाेजनामा रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १, भट्कुवामा ४१ जना महिलाहरूका लागि सात दिने उद्यमशिलता विकास तालिम सुरु भएकाे छ। तालिम उद्घाटन समारोहमा कार्यालय प्रमुख राजीव अर्याल, वडा न १ का वडा अध्यक्ष नवराज वि.क., स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रममा बोल्दै अध्यक्ष राजिव अर्यालले महिलाहरूलाई उद्यमशिलतामा प्रोत्साहन गर्दै स्वरोजगारको अवसर सिर्जना गर्न यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनु भएको थियो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भयो।
    कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष नवराज वि.क.ले स्थानीय स्तरमै रोजगार सृजना गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू फलदायी हुने उल्लेख गर्दै गाउँपालिकाले पनि उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउनु भयो।
    तालिममा स्थानीय स्तरमा पाइने स्रोतसाधनको उपयोग गरी व्यवसाय सञ्चालन गर्ने तरिका, वित्तीय व्यवस्थापन, बजार प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार जस्ता विषयमा प्रशिक्षण केन्द्रीत रहने छ ।
    उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरूले तालिममा सहभागी महिलाहरूलाई उत्साहित बनाउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव समेत दिनु भएको छ ।
    सात दिनसम्म सञ्चालन हुने यो तालिमबाट महिलाहरूलाई स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।तालिमकाे प्रशिक्षण उद्यमशिलता विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली तथा विभिन्न विज्ञबाट हुने समाचारमा उल्लेख गरिएको छ ।

  • गन्डकी कोटिहोममा ११ हजार कलश पुजन हुने

    गन्डकी कोटिहोममा ११ हजार कलश पुजन हुने

    पोखरा । ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञका प्रमुख आकर्षणहरु सार्वजनिक भएको छ । सार्वजनिक कार्यक्रम तालिका यस्तो रहेको छ ।

     

    १. संगीतमय श्रीमद् भागवत कथा वचन हुने।
    २. श्रीराम कथा वाचन हुने।
    ३. शिव महापुराण कथा वाचन हुने।
    ४. श्री हनुमत् कथा वाचन हुने।
    ५. श्रीमद् देवी भागवत कथा वाचन हुने।
    ६. लाखौँको ब्रतवन्ध, विबाह, चौरासी पूजा, तुलादान जस्ता कर्म गरिने।
    ७. प्रत्येक नेपालीको नाममा कोटि दीप प्रज्ज्वलन हुने।
    ८. ३०० भन्दा बढी ब्राह्मण गुरुहरु द्वारा नियमित हवनमा सहभागी हुने।
    ९. लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने।
    १०. १ करोड पार्थिव शिव लिङ्ग निर्माण गरी १ करोड वेल पत्र द्वारा पूजन गरिने।
    ११. राष्ट्रिय भजन प्रतियोगिताको आयोजना हुने जसमा उचित पुरस्कार तथा सम्मानको पनि व्यवस्था गरिने।
    १२. कवि तथा सन्त सम्मेलन हुने।
    १३. धार्मिक संघ/ संस्थाको सम्मेलन हुने।
    १४. विशेष धर्म सभाको आयोजना गरिने।
    १५. ११ हजार कलश पूजन गरिने।
    १६. २५ हजार नरिवल यज्ञ भगवान तथा तालबाराही मातालाई भोग लगाएर आम भक्तजनहरुलाई प्रसाद स्वरुप बाडिने।
    १७. गण्डकी प्रदेशका ३ देखि ९ वर्ष सम्मका हजारौं बालिकाहरुको कन्या पूजन गरिने।
    १८. ७० वर्ष भन्दा माथि उमेर पुग्नुभएका गण्डकी प्रदेशका सम्पूर्ण ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिने।
    १९. गण्डकी प्रदेशका १००० भन्दा बढी स्रष्टालाई सम्मान गरिने।
    २०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको आगमन हुने।
    २१. रामलीला, कृष्णलीला आदिको प्रस्तुति हुने।
    २२. शालिग्राम पूजन महामहोत्सवको आयोजना गरिने।
    २३. धार्मिक क्षेत्रहरुको चित्र निर्माण गरी चित्रकला प्रतियोगिता हुने।
    २४. गण्डकी सभ्यता, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, दामोदर कुण्ड तथा यहाँका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक विषयहरुलाई लिएर वक्तृत्वकला हुने र विजयी हुनेलाई विशेष पुरस्कार तथा सम्मानको व्यवस्था गरिने।
    २५. वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने।
    २६. विभिन्न भजन मंच, ज्ञान मंच, विचार मंच जस्ता विभिन्न मंचहरुमा अलग अलग कार्यक्रमहरु आयोजना पनि गरिने।
    २७. तण्डुलाचल, धान्याचल पर्वत निर्माण पनि गरिने।
    २८. गण्डकी प्रदेशका धार्मिक संघ/ संस्था, मठ मन्दिर, आमा समूह आदिका पदाधिकारीहरु तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएकालाई विशेष सम्मान तथा अभिनन्दन गरिने।
    २९. गण्डकी प्रदेशका धार्मिक तथा सामाजिक अभियन्ताहरुलाई छुट्टै सम्मान पत्र, अभिनन्दन पत्र, कदर पत्र, प्रशंसा पत्र आदिले नागरिक अभिनन्दन गरिने ।
    ३०. शंकराचार्य, जगद् गुरु, विभिन्न अखडाका महन्त, विश्व प्रसिद्ध कथा प्रवक्ताहरु, धर्म गुरुहरुको आगमन हुने ।
    ३१. विभिन्न धार्मिक संस्था, गुरुकुल, गौशाला, धर्मशाला, मठ मन्दिर आदि संचालन गरी सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेलाई पनि छुट्टै सम्मानको व्यवस्था पनि गरिने ।
    ३२. गण्डकी प्रदेशका तीर्थ स्थलहरुको फोटो प्रदर्शनीहरु गर्दै त्यहाँको महत्त्वता बारे प्रचार/ प्रसार गरिने ।
    ३३. हिन्दु, बौद्ध, जैन, किराँत, मष्टो लगायत विभिन्न धर्म सम्प्रदायमा आस्था राख्ने सबैलाई जमघट गरी सनातन संसद, धर्म संसद आदिको कार्यक्रम आयोजना गरिने ।
    ३४. ठुला ठुला सन्त, महन्त, विद्वान पण्डितहरुको समुह बनाई उहाँहरुको हस्ताक्षरबाट विभिन्न मान, पदवी, उपाधि तथा विभूषण पनि प्रदान गर्ने ।
    ३५. गण्डकी क्षेत्र भित्रका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गरी गण्डकी प्रदेशमा विभिन्न धार्मिक, साँस्कृतिक लगायतका अन्य विषयलाई गण्डकी क्षेत्रको बारेमा कुनै पनि कविता, गजल, गीत, भजन, मन्तब्य आदि कुनै पनि विषयमा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कारको व्यवस्था पनि गरिने ।
    ३६. नेपालका सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरी करिव ५०० भजन समुहलाई आमन्त्रण गरी प्रतिस्पर्धा गराएर उच्चतम पुरस्कार समेत प्रदान गरी गण्डकी राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गरिने ।
    ३७. प्रत्येक घरबाट आफ्नो जमिनको माटो ल्याएर भूमि पूजन गरी दोष निवारण गरिने ।
    ३८. २१ फिट रुद्राक्षको शिव लिंग निर्माण गरिने ।
    ३९. धार्मिक पुस्तकहरुको प्रदर्शनी गरिने ।
    ४०. दु:ख निवारण तथा मनोकामना पूर्ति यज्ञको आयोजना समेत गरिने ।

  • अर्थ मन्त्री कार्कीद्वारा `मेरो विद्यालय मेरो दायित्व´ कार्यक्रमको सुरुवात

    अर्थ मन्त्री कार्कीद्वारा `मेरो विद्यालय मेरो दायित्व´ कार्यक्रमको सुरुवात

    अर्थ मन्त्री कार्कीद्वारा `मेरो विद्यालय मेरो दायित्व´ कार्यक्रमको सुरुवात ।
    रामकृष्ण कंडेल , २०८१ फागनु १० ।
    ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार–६, चारपाला, गुल्मीमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रमको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय धनेन्द्र कार्कीले शुक्रवार उद्घाटन गर्नुभएको भएको छ । सामाजिक बिकास मन्त्रालयको आयोजनामा आफूले अध्ययन गरेको विद्यालयप्रति दायित्व बोध गराउने उद्देश्यले लुम्बिनी प्रदेशका १७ वटा बिध्यालयमा एकैसाथ यो कार्यक्रम सुरुवात गरिएको र आफुले पढेको बिध्यालयबाट कार्यक्रम सुरुवात गरिएपनी आगामी आर्थिक बर्षमा अन्य बिध्यालयमा पनि यो कार्यक्रम बिस्तार गरिने मन्त्री कार्कीले बताउनु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले विद्यालय स्थापनाकालदेखि यस विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्र, स्वदेश तथा विदेशमा रहनुभएका भूतपूर्व विद्यार्थीहरुलाई आफूले अध्ययन गरेको विद्यालयप्रति माया र अपनत्वको भाव जगाई दायित्व बोध गर्दै सबैलाई यो महान कार्यमा जोडिन आग्रह गर्दै आफू पनि यसै विद्यालयको पूर्व विद्यार्थी रहेको कुराको जानकारी सहित आफ्ना स्वर्गीय पिताको स्मृतिमा एक लाख एकाउन्न हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकम गरिब तथा जेहन्दार बिध्यार्थीलाई प्रदान गरिने बताउनु भएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले कार्यक्रमको सफलताको शुभकामना दिँदै आफू पनि यश बिध्यालयको भुतपुर्व बिध्यार्थी र भुतपुर्व शिक्षक रहेको बताउदै आफ्नो बुवा स्व. अशोक कुमार थापाको स्मृतिमा एकाउन्न हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको थियो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक डिभिजन कार्यालय पाल्पाको मुख्य आयोजना र श्री ईश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई एकिकृत गरी आफूले अध्ययन गरेको विद्यालयप्रति दायित्व बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बिशिस्ट अतिथि बिष्णु भुसालले बताउनु भएको थियो ।

    कार्यक्रम माथी प्रकाश पार्दै लुम्बिनी प्रदेशको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष यसै विद्यालयबाट कार्यक्रमको सुरुवात गरी चरणबद्ध रुपमा विभिन्न विद्यालयमा कार्यक्रम गरिने कुरा पनि भुषालले बताउनु भएको थियो ।त्यस्तै विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा,गुल्मीदरबार गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिका प्रवक्ता तथा वडा नं.७ का अध्यक्ष शालिकराम टण्डन, गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष मुकेश थापा, गुल्मी समाज यु.के.का अध्यक्ष तथा पुर्व बिध्यार्थी रुद्र बहादुर बुचा , भूतपूर्व विद्यार्थी इन्द्र बहादुर थापा , चारपाला रुपन्देही सम्पर्क समाजका सचीव बिकाश टन्डन लगायतले आफूहरु पूर्व विद्यार्थी रहेको र विद्यालयको हितका लागि आफूहरु जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा कार्यक्रमका संयोजक हरि प्रसाद अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशेष अतिथि गुल्मी यु.के समाजका अध्यक्ष रुद्र बहादुर बुचाले कार्यक्रमको सफताको शुभकामना दिदै आफू पनि यसै बिध्यालयको भुतपुर्व बिध्यार्थी रहेको स्मरण गराउदै एक लाख एघार हजार एकार सय एकार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले समग्र विद्यालयको वस्तु स्थितिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हरि प्रसाद अर्यालको अध्यक्षतामा भूतपूर्व विद्यार्थी समाज पुनर्गठन गरिएको छ जसको उपाध्यक्षमा नारायण प्रसाद अर्याल र रुद्र बहादुर बुचा रहनुभएको छ । तेस्तै सचिव टोप बहादुर थापा सह–सचिव गणेश शाही र सुनिल बस्नेत कोषाध्यक्ष तारा खत्री , सदस्यहरुमा राजकुमार श्रेष्ठ र उमा टण्डन सर्वसम्मत चयन गर्दै हाललाई ९ सदस्यीय समिति गठन भएको र सो समिति देश तथा विदेशमा व्यापक रुपमा विस्तार गरिदै जाने बताइएको छ । उक्त कार्यक्रममा गुल्मीदरबार गाउँ कार्यपालिका सदस्यहरु, गुल्मीदरबार गाउँपालिका वडा नं. ५, ६ र ७ का जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत पदाधिकारीहरु, विभिन्न स्वास्थ्य केन्द्र प्रमुखहरु, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु, आमा समूहका अध्यक्षहरु, वडा कार्यालयका कर्मचारीहरु, अभिभावकहरु, विद्यालयमा कार्यरत शिक्षकहरु तथा भूतपूर्व विद्यार्थीहरुको आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन विद्यालयकी सहायक प्रधानाध्यापक हिमकला रानाले गर्नुभएको थियो ।

  • गण्डकी  प्रदेशमा उत्कृष्ट  स्याङ्जा को कालीगण्डकी गाउँपालिका

    गण्डकी प्रदेशमा उत्कृष्ट स्याङ्जा को कालीगण्डकी गाउँपालिका

    स्याङ्जा  प्रतिनिधि फागुन १ गते

    देशकै उत्कृष्ट चारमा र गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो कालिगण्डकी ।

    स्याङजाको कालिगण्डकी गाउपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ! यस्तै स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालिगण्डकी गाउपालिका, आधी खोला गाउपालिका र फेदीखोला गाउपालिका क्रमश: पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन! ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् । उत्कृष्ट काम गरेर चर्चा कमाएका कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको यो दोश्रो कार्यकाल हो ।
    स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन ! ५ नगरपालिका मध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ गल्याङ ले ६६.१ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, हरिनासले ५४.२, अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् । गण्डकी प्रदेशमै पहिलो बनेको कालीगण्डकी गाउँपालिका देशभरीका ७५३ वटा स्थानीय तहमध्ये चौँथो स्थानमा रहँदा दोस्रो बनेको आँधीखोला गाउँपालिका देशभरीबाट पाचौँ बनेको छ।

  • गुल्मीको भार्सेमा सात दिवसीय  होमइस्टे तालिमको शुभारम्भ

    गुल्मीको भार्सेमा सात दिवसीय होमइस्टे तालिमको शुभारम्भ

    चुरामणि तिमिल्सिना  माघ  १४ रिडी

    गुल्मीको सत्यवती गाउँपालिका वडा न ८ रानिबन होमस्टे भार्सेमा आइतबार देखी सात दिने होम स्टे तालिमको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार उधोग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा कार्यक्रम गरिएको हो। उत्घाटन सत्रमा सत्यवती गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो। उत्घाटन सत्रमा डिभिजन कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख नेत्र प्रसाद भुसालको अध्यक्षता रहेको थियो। यस्तै वडा न ८ का वडा अध्यक्ष होम बहादुर राना मगरको विशिष्ट आतिथ्यता रहेको थियो।

    सात दिन सम्म संचालन हुने तालिममा २१ जनाको सहभागीता रहेको छ। उत्घाटन सत्रलाइ सम्बोधन गर्दै अधिकृत भुसालले यो क्षेत्रमा धेरै मात्रमा पर्यटक लाई बासबसाउन सके मात्र पनि यहाँका दिदिबैनि ,समुह र समुदाय को जिवन स्तरमा सकारात्मक प्रभाव पर्नु का साथै आयआर्जन्मा ठुलो टेवा पुग्नेमा कुनै सन्देह नभएको बताउनु भयो। उहाँले हिजो आज सहरीय खाना भन्दा पर्यटकले ग्रामीण भेगका अर्गानिक खाना रुचाउने फरक शैलि र फरक भेषभुसा रुचाउने हुने हुदा यस कार्यक्रम लाई अगाडी बढाउन पालिकाले बजेट नै बिनियोजन गरिरहेको र थप सहयोग समेत गर्ने प्रतिबद्धता जायर गर्नु भयो। तालिममा सुरज बास्तोला, रमणि डुम्रे ,मनिषा श्रेष्ठले अतिथि सत्कार, खाना ब्यवस्थापन, मनोरञ्जन ,सरसफाइ पर्यटनलाई आकर्षण गर्ने तरिका, अर्गानिक खाना बनाउने शैलि, जस्ता विषयबस्तुहरु लाई सहजीकरण गराउने कार्यक्रम केन्द्र बिन्दु रहने छ । कार्यक्रम उत्घाटन समापन सत्रमा आफ्ना भनाइ राख्दै भुसालले तालिम महत्त्वपूर्ण भएकोले आनन्द पुर्वक सहभागी भएर प्रयोगात्मक रुपमा अभ्यास गरी अगाडी बढ्न आग्रह गदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो। तालिम १९ गते सम्म संचालन हुने छ ।