चुरामणि तिमिल्सिना
फागुन १६ रिडी रामकोट आधारभुत बिद्यालय चन्द्रकोट गाउँपालिका वडा ७ रुपाकोट गुल्मीले आफ्नो स्थापना कालको १७ औं जन्मउत्सव समारोह सम्पन्न गरेको छ । बिद्यालयको जन्मउत्सव समारोहलाई सम्बोधन गर्द कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती गुल्मिका प्रमुख दोर्ण बहादुर खत्रीले बिद्यालयको गुणस्तर लाई वृद्धि गर्न सबैभन्दा बढि दायित्व शिक्षक, अभिभावक र विद्यार्थी खटिदा गुणस्तर निरन्तर कायम हुने बताउदै अबको समयमा साना बिद्यार्थी भाइबैनिहरुलाई प्राबिधिक धार सङ्गै अगाडि बढाउन सिङ्गो राज्यनै लाग्न पर्ने बताउनु भयो । उहाँले थप्दै भनु भयो हरेक आधारभुत तहमा अङ्ग्रेजी माध्यम बाट अध्यापन गराउदा विद्यार्थीमा थप टेवा पुगेको समेत बताउनु भयो।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सन्चालित कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक फर्णिन्द्रराज अर्याल , यस्तै वडा न ७ का वडा अध्यक्ष अनन्त राम भण्डारीको विशिष्टता आथित्यता रहेको थियो। यस्तै कार्यक्रममा राजनीतिदलका तर्फबाट माधव भण्डारी , खिमराज भण्डारी ,बुद्धि प्रसाद भण्डारी , डिल्लिराज भण्डारीले हरेक बिद्यार्थी सित अदुभत क्षमता भएकाले आजका बालबालिकाहरु भोलिका कर्णधार हुनभन्ने भनाइ लाई आत्मसात गर्दै शिक्षा प्रदान गर्न सबै जना लाई आग्रह गनु भयो। कार्यक्रममा कार्यपालिका सदस्य बिष्णुकला थापा निवर्तमान वडा अध्यक्ष लक्ष्मी भण्डारी ,रेडक्रसका तर्फबाट सभापति युवराज भण्डारी शिक्षण सस्था बाट नमुना ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मी भण्डारी ,शारदा माध्यमिक बिद्यालय रुपाकोटका प्रधानाध्यापक कृष्ण भण्डारी , यस्तै सल्लाहकार समितिका तर्फबाट खिमलाल भण्डारी ,बितीय सस्थाका सुमन न्यौपानेले बिद्यालयले जन्मउत्सव मनाउदै गर्दा हरेक वर्ष नतिजा गुणस्तरमा वृद्धि भएको र विद्यार्थीको पढाइमा समेत सुधारत्मक अवस्था प्रतिबेदन सार्वजनिक हुँदा बोडीङ भन्दा आफुहरु अब्बल भएको र शिक्षामा कमजोर नभएको महसुस गरेको बक्ताले बताउनु भयो।
यस्तै बिधालयकी प्रधानाध्यापक बसन्ति न्यौपानेले ५५ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत् गर्नु भएको थियो। कार्यक्रममा शिक्षिका सिता भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सन्चालन शिक्षिका अनिता भण्डारीले गर्नु भएको थियो।