Blog

  • गुल्मीको रुरुक्षेत्रमा अरिंगालले टोकेर एक युवाको ज्यान गयो

    गुल्मीको रुरुक्षेत्रमा अरिंगालले टोकेर एक युवाको ज्यान गयो

    भुवन भुसाल, गुल्मी । गुल्मीका एक युवाको अरिंगालले टोकेर मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी याडुङ्गका ३५ वर्षिय हरी कुंवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

    बिहिबार घर नजिकै बारीको छेउमा रहेको सालको रुखमा अरिंगाल पोल्दै गर्दा कुंवरलाई अरिंगालले टोकेको थियो । उहाँको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा आज शुक्रबार बिहान करिब साडे ८ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।

  • रुरु क्षेत्रगाउँपालिकामा  वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    रुरु क्षेत्रगाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना

    रिडी   साउन   ११ शुक्रबार

    रूरूक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा सम्पादन गरेका विभिन्न कार्यक्रम, योजना तथा सेवा प्रवाहको सम्बन्धमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पूर्व प्रतिनिधि सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य सहित कार्यालयबाट सम्पादन भएका मुख्य उपलब्धीहरूको बारेमा जानाकारी गराउनु भएको थियो ।
    कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम , राजनीतिक दल, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, शाखा प्रमुखहरू, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख, कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारी, पत्रकार समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा शाखा प्रमुखहरूले आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरूको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा
    सडक निर्माण , खानेपानी , शिक्षा ,स्वास्थ्य रोजगारी , भौतिक पुर्वधार , पर्यटन पुर्वधार रुरु कृषि परियोजना जस्ता महत्त्वपूर्ण कार्यक्रमहरुले रुरु क्षेत्र गाउँपालिका केन्द्र , प्रदेश ,जिल्ला हुदै पालिकामा अब्बल बन्न पुगेको प्रमुख प्रशासकीय अधिकृत पाण्डे ले बताउनु भयो। उहाँ ले कार्यक्रममा बोल्दै आगामी दिनमा पालिकाले नयाँ थप कार्यक्रमहरु पनि संचालन गरेर अगाडी बढ्ने बताउनु भयो।
    कार्यक्रममा प्रमुख अतिथि कमलराज श्रेष्ठले हरेक सामाग्री हरु आवस्यकताका आधारमा बितरण गरिनु पर्ने ,पुर्वधार निर्माण गर्दा दिगोबिकास गरिनु पर्ने , रोजगारी कार्यक्रम लाई प्रोत्साहन गर्दै दैनिकी संचालन गरिनु पर्ने , किसानका समस्याहरु वडा तहहुँदै पालिका आउँदा सहज हुने , नगद बितरण नगरेर जिन्सी सामाग्री या सहायक खटाउदा उपयुक्त हुने हुँदा यो पालिका देशकै नमुना बन्ने बताउनु भयो। कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ मेटाउदै कार्यक्रमका अध्यक्ष यदु ज्ञवालीले बहुबर्से योजना अगाडी बढीरहेको , सहकारीलाई ब्यवस्थित गर्ने , कृषकले उत्पादन गरेका सामग्री लाई बजारिकरण गर्ने , हरेक नागरिकको जिवन स्तर उकास्न फरक खालका कार्यक्रमहरु अगाडी सारीएको बताउनु भयो। यस्तै पालिकाले जेष्ठ नागरिक , अपांग , गर्भवती महिला , सुत्केरी महिला असहाय बिपन्न गरिव बर्ग लाई पनि विभिन्न कार्यक्रमहरु प्रदान गरेर जनतालाई सेवा प्रदान गरिरहेको बताउनु भयो ।

    ।यस्तै कार्यक्रममा लामो समय सम्म वडा न ३ मा कार्यरत रहदै सेवा दिनु भएका वडा सचिव बाल कृष्ण गौतम लाई सेवा निबृत हुनु भएकोमा सम्मान पत्र दोसल्ला र करुवा सहित बिदाइ गरिएको थियो।
    यस्तै पालिकामा कार्यरत १२५ जना कर्मचारीहरु मध्य रुरु ६ रिमुवामा लामो समय वडा सचिव रह्दै कार्य सम्पादन गर्दै आउनु भएका र पछील्लो समय गाउँपालिकामा सरुवा भइ आउनु भएका हरि प्रसाद न्यौपाने लाई उत्कृष्ट कर्मचारीको रुपमा छनोट गर्दै दोसल्ला , पाल्पालि टोपि र सम्मान पत्र प्रदान गरिएको थियो। यस्तै अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकिय अधिकृत बिच वर्ष भित्र भित्र गरिने कार्य सम्झौता यस्तै प्रमुख प्रशासकिय अधिकृत र अन्य शाखा प्रमुख हरु सित पनि कार्य सम्झौता कार्यक्रम गरिएको हो । कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • रैनादेविमा एकीकृत घुम्ति शिविरको उत्घाटन

    रैनादेविमा एकीकृत घुम्ति शिविरको उत्घाटन

    २०८१ साउन १० गते बिहीवार

    रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र पत्र नवीकरण, दीर्घ रोगी भत्ता नवीकरण, गरिब परिवार परिचयपत्र वितरण तथा व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू सहित एकीकृत घुम्ति शिविर सञ्चालन भइरहेको छ ।

    एक कार्यक्रमका बिच प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले शिविर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक/गरिब घर पहिचान परिचयपत्र वितरण सम्बन्धी अनुगमन तथा सहजीकरण समितिका संयोजक युवराज थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता तथा ७ नं वडाका वडाध्यक्ष देवेन्द्र पुन, ८ नं वडाका वडाध्यक्ष रेम बहादुर रानाको आतिथ्यतामा सञ्चालन भएको थियो ।

    शिविरमा १०५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण, १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४ जनाको दीर्घ रोगी भत्ता नवीकरण, ६८ वटा गरिब परिचयपत्र वितरण, ७ वटा व्यवसाय दर्ता तथा २४ वटा नवीकरण गरिएको छ । शिविर साउन ११ गते ७ नं वडा र साउन १२ गते ६ नं वडामा सञ्चालन हुनेछ ।

  • सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

    सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

    साउन ९  काठमाडौँ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको हो ।

    दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

    विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

    बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

    अहिले उद्दारको काम चलिरहेको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

    २०८१ श्रावण २, बुधबार

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

    कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

     

     

  • कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    असा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ देउरालीका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।

    हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र बाबु हवल्दार नर बहादुर घिलेका तीन छोराहरू जेठो छोरा दीपक प्रकाश घिले, माईलो छोरा बिजय प्रकाश घिले र कान्छो छोरा जयप्रकाश घिले सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।

    बाबु इन्डियन आर्मीमा कर्तव्य पालनाको क्रममा २०४२ साल असार २७ गते ३७ वर्षको अल्पायुमा जम्मु कश्मिरमा रूखले च्यापेर ज्यान गुमाउनु भएको थियो।
    बाबु बित्दा जेठो छोरा ९ वर्षको माईलो छोरा ७ र कान्छो छोरा १५ महिनाको मात्र थिए।

    जेठो छोरो दीपक प्रकाश घिले अंग्रेजी शिक्षक मा. वि. २०७१ साल भदौ २ गते सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल भवानी मा. वि. स्याङजामा प्रधानाध्यापकको कार्यरत रहनु भएको छ। उहाँले सरकारी सेवामा सेवा अघि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

    यस्तै गरि माईलो छोरो बिजय प्रकाश घिले सशस्त्र प्रहरी जवान पदमा २०६४ साल भदौ २ गते पाल्पा ३५ नं गुल्मवाट सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल माईलो छोरा हवल्दार पदमा कार्यरत हुनुहुन्छ ।

    यस्तै गरि कान्छो छोरो जयप्रकाश घिले
    पनि २०८० चैत २९ गते प्रा. वि शिक्षकको रुपमा सरकारी सेवामा प्रवेश गर्नु भएको हो। कान्छो छोरा प्रा. वि. शिक्षकको रुपमा दरौ मा. वि. अर्जुन चौपारी स्याङ्जामा कार्यरत हुनुहुन्छ। सरकारी सेवामा प्रवेश गर्नु अघि
    उहाँ पनि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

    साविक आलमदेवी गाविस वडा नं. ६ मा तीनै भाई सरकारी सेवामा प्रवेश गरेको पहिलो रेकर्ड बनेको छ।

    साथै कालीगण्डकी गाउँपालिकाको दलित समुदाय भित्र पनि पहिलो रेकर्ड दीपक प्रकाश घिले भवानी मा वि को SLC मा  प्रथम हुने पहिलो दलित २०५३ सालमा पालिका भरिमै माध्यमिक विद्यालयको प्रधानाध्यापक हुने पहिलो दलित समुदायवाट हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा सक्रिय आलमदेवी मन्दिर पूजा व्यवस्थापन समितिमा सचिव पदमा रहेर समेत काम गर्दै आइरहनु भाएको छ।

  • पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

    पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

    पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र

    चुरामणि तिमिल्सिना

    नेपालकै चारधाम मध्ये एक धाम पशुपति क्षेत्रमा यही श्रावण १ गतेदेखि मासिक ज्ञान महायज्ञ को तयारी तीव्र पारिएको छ। प्रसिद्ध धामहरु मध्य एक धाम पशुपति क्षेत्र नेपालका आरध्य देवताको रुपमा पनि लिने गरिन्छ। भगवान पशुपतिनाथको सानिध्यमा गर्न लागिएको कोटीहोम मासिक यज्ञमा नेपालका ७७ वटा जिल्लाबाट विद्वान गुरुहरु पण्डित वर्गहरु को उपस्थिति रहेको छ। यस यज्ञमा हवन, विभिन्न पाठहरू पारायण , जप तर्पणमार्जन , निःशुल्क भण्डारा, आरती लगायतका थुप्रै कार्यक्रमहरु राखिएको आयोजक संस्थाका प्रबन्धक तथा कार्यक्रम संकल्पकर्ता बालयोगेश्वर विजयी मुर्ति महाराजज्यूले जानकारी दिनुभयो ।

    उहाँले आज सबै ब्राह्मणहरूलाई सम्बोधन गर्दै सबै ब्राह्मणहरूको चाजोपाजो मिलाएको , ब्राह्मणका निम्ति कुनै पनि समस्या नभएको ब्राह्मण गुरुहरूलाई खानपिनदेखि आवासको राम्रो सुविधा मिलाइएको जानकारी गराउनुभयो। उहाँले यस्तो कार्यक्रम नेपालमै पहिलोपटक मानव सेवा फाउन्डेसन नेपाल ले गर्न लागेको र सबै पक्षलाई साथ र सहयोग गर्न आग्रह समेत गर्नुभयो।
    विभिन्न आश्रमहरू निर्माण गर्नका निम्ति यो कोटिहोम यज्ञको आयोजना गरिएको समेत बताउनुभयो।

  • चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।

    सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

    तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।

    त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।

    अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।

  • चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

    चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

    महेश बोहरा, असार २१,

    गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

    महिला स्वस्थ्य स्वमसेविकालाई बलाग्केट करुवा सहित सम्मान पत्रले सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्र, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद र सम्मान, असल बुहारीको रुपमा देवा खराल, जमुना बिक र सुमित्रा खरेल सम्मानित हुनुभएको छ । यस्तै उत्कृष्ट शिक्षक रामप्रसाद अर्याल, डिलाराम खरेल, शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, शिर्जना बलाल, साबित्रा पौडेल सम्मानित हुनुभएको छ ।

    ad
    उत्कृष्ट निर्माण ब्याबसायी, उत्कृष्ट एवम समय अगाबै काम सम्पन्न गर्ने उपभोक्ता समिती, समाजसेवी, उकृष्ट वडा कार्यालयका कर्मचारी राजन सुनार र सब ईन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्य कर्मी बिष्नबहादुर थापा, वडाका बिद्यालय एवम विभिन्न कार्यलायबाट भरखरै मात्र अवकाश हुनुभएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शुरेन्द्र भण्डारी सम्मानित हुनुभएको थियो ।

    गाउँपालिकाको वडा नम्बर १ दिवुङ्गको वडा कार्यालय परिसरमा भएको प्रोत्साहन सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रसासकिय अधिकृत बुद्धप्रकाश पौडेल, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख शुरेन्द्र भण्डारी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नारायण घर्ती, प्रहरी निरीक्षक रामकुमार केसीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा सम्मानित हुनुभएका सबैलाई बधाई तथा शुभकामना दिदैं आगामी दिनहरुमा पनि अझै राम्रो गर्न गाउँपालिका अध्यक्ष युवराज केसीले आग्रह गर्नुभयो । वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलको कार्यक्रमको सभाध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य गोपाल अर्यालको स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडासचिब दुर्गाप्रसाद शर्माले गर्नुभएको थियो ।

  • बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

    बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

    मिलन विश्वकर्मा । पाल्पा
    स्वास्थ्य चौकी सुत्केरी गराउने अभियानलाई स्थानीय तहले प्राथमिकता दिएक छन् । बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरीलाई लोकल भाले र घ्यु उपहार दिने भएको छ । यसरी स्वास्थ्य चौकीमै पुगेर सत्केरी हुनेलाई कम्तिमा २ किलोको लोकल भाले र १ किलो घ्यु दिने गरी कार्यक्रम बनाएको वडाध्यक्ष टिकाबहादुर थापाले बताउनुभयो ।
    नायरनमतले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने देश जुनसुकै स्थानको महिलालाई पनि भाले र घ्यु दिइने छ । अहिले पनि कतिपय घरमै सुत्केरी हुने प्रवृत्ति छ । घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था नै खतरामा पर्न सक्छ । स्वास्थ्य संस्थामा आकर्षण गर्नका लागि यो अभियान थालिएको उहाँले बताउनुभयो ।

    सरकारी स्वास्थ्य संस्थामा गरिब तथा विपन्न परिवारका महिला बढी आउने गर्छन् । सुत्केरी अवस्थामा पोषणयुक्त खाने कुराको अभाव नहोस् भन्दै वडा कार्यालयले भाले र घ्यु उपहार दिन लागेको उहाँले बताउनुभयो । यस स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भवती अवस्था परीक्षण गर्न भनेका छौं । नियमित परीक्षण गरी यहीं स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई थप पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वस्थ बच्चा हुने आमालाई पनि प्रोत्साहित गर्न छुट्टै पुरस्कार दिइने उहाँले बताउनुभयो । यसका लागि १ लाख रुपैया बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

    वडा भित्रका सुनौलो हजार दिनका आमा तथा बच्चालाई पनि एक क्यारेट अण्डा, घ्यु र लिटो वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष थापाले बताउनुभयो । बगनासाकाली गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका आमालाई यातायात खर्चवापत १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो ।