Blog

  • पाल्पा कार दुर्घटना  हुँदा  ३ जनाको मृत्यु

    पाल्पा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

    पाल्पाबाट बुटवल फर्किएकाे कार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
    पाल्पा – पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
    पाल्पाकाे नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
    दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

  • चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    पालिका पेज

    मिति  २०८१  जेष्ठ  ३०

    विश्व बालश्रम विरुद्ध दिवस-२०८१ तदनुसार १२ जुन, २०२४ को अवसरमा चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा `बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका´ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक तह (कक्षा ९-१०) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। चन्द्रकोट गाउँपालिका गुल्मीका लै.स.सा.स. समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी को अध्यक्षतामा संचालित कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश चन्द्र शर्मा, वडा अध्यक्षहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    वक्तृत्वकला प्रतियोगितामा गाउँपालिकाभित्रका माध्यामिक विद्यालयहरुबाट ११ जना विद्यार्थिहरुले सहभागिता जनाएका थिए। जसमा शारदा मा.वि सराङ्गकि छात्रा रितिका गौतम प्रथम, शारदा मा.वि रुपाकोटका छात्र शुसिल नेपाली द्वितीय, ग्वाघा मा.वि ग्वाघाका छात्र सुगम कार्की तृतीय र उदय मा.वि शान्तिपुरका छात्र सुदिप खत्री सान्त्वना भएका हुन।

    विजयी प्रतियोगिहरूलाई क्रमश: रु दश हजार, सात हजार, पाचँ हजार र तिन हजार नगद सहित ट्रफि तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो।

  • तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

    तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

     

    तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित
    चन्द्रकोट गाउँपालिकाद्धारा नगद,मायाको चिनो,सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान

    गुल्मी ३०जेठ
    खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पु¥याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता नवराज खरेललाई सम्मान गरिएको छ । उनलाई नगद, मायाको चिनो, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानगरिएको छ ।
    चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुर, गुल्मीले चन्द्रकोट गाउँपालिका तथा समग्र मुलुकको खेलकुद क्षेत्र एबं सामाजिक कार्यको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्गका स्थायी बासिन्दा खरेललाई अन्तर वडा स्तरीय दोसो अध्यक्षकप भलिवल प्रतियोगिता २०८१ को अवसरमा नगद पुरस्कार रु.२० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
    खरेलको संक्षिप्त जीवनी चन्द्रकोट गाउँपालिकाले प्रकाशित गरेको हाम्रो चन्द्रकोट पुस्तक पालिकामा पदाई हुँदै पनि आएको छ ।
    पालिकाले आगामी दिनमा समेत सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर योगदानको अपेक्षा गरेको जनाएको छ ।
    उनलाई पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष घनश्याम खरेल, वडा अध्यक्ष कमल केसीलगायत ८ वटै वडाका वडा अध्यक्ष हरु प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका थिए ।
    स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त समेत रहेका स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।

  • चन्द्रकोटमा  अध्यक्ष  कप सकियो

    चन्द्रकोटमा अध्यक्ष कप सकियो

    गाउँपालिका पेज   जेष्ठ   २८

    चन्द्रकोट गाउँपालिका गुल्मीले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु-याउने उद्देश्यले जेठ २७ गतेदेखि संचालन गरेको दोस्रो अध्यक्षकप (चन्द्रकोट गाउँपालिभित्रका अन्तर वडा स्तरीय) खुला पुरुष भलिवल प्रतियोगिताको आज समापन भएको छ।

    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित समापन शत्रमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडा अध्यक्षहरू , शिक्षा अधिकृत, प्रास लगायतका कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न क्लव तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

    चन्द्रकोट गाउँपालिका अन्तर्गतका ८ वटा वडाबाट कुल ८ समूहको प्रतिस्पर्धा रहेको प्रतियोगितामा वडा नं. ८ तुराङको समूह प्रथम, वडा नं. २ बिशुखर्कको समूह द्वितीय तथा वडा नं. ४ शान्तिपुरको समूहले तृतीय स्थान हासिल गरेका थिए। प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो। त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार , उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    सोही प्रतियोगिताको अवसरमा भएको जनप्रतिनिधि तथा कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा विजेता कर्मचारीको समुहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।साथै सोही अवसरमा चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्ग, गुल्मी निवासी ITF तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक एवम तेक्वान्दो खेलाडी श्री नबराज खरेलज्यूलाई नगद पुरस्कार रु. २०००० (अक्षरेपि बीस हजार) सहित यो सम्मान गरिएको थियो।

  • गुल्मीको  चन्द्रकोटमा कर  शिक्षा  कार्यक्रम  प्रभावकारी रुपमा सम्पन्न

    गुल्मीको चन्द्रकोटमा कर शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

    गाउँपालिका पेज   जेष्ठ  २६

    “मेरो कर मेरै लागि, स्वस्थ र शुद्ध खाद्यमार्फत स्वस्थ नागरिक” भन्ने मूल नारा सहित चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजना तथा उद्योग बाणिज्य संघ शान्तिपुरको सह-आयोजनामा स्थानिय तहमा करको दायरा फराकिलो बनाउने, करदाता लाई कर सम्बन्धी सचेतना बढाउने साथै स्वच्छ र शुद्ध खाद्य मार्फत स्वस्थ नागरिक बनाउने उदेश्यले आयोजित करदाता शिक्षा तथा नागरिक सचेतना कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीज्यू, बिशिष्ट आतिथ्यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माज्यु, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीज्यू, गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेज्यू, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक राजन भुजेलज्यू, अतिथिहरु चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलज्यु घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्याल उद्योग बाणिज्य संघ शान्तिपुर तथा मजुवाका प्रमुख तथा प्रतिनिधिज्युहरु, उद्योगी, व्यवसायी, कर्मचारी लगायत सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्यालले प्रस्तुतीकरण मार्फत सहजीकरण गर्नु भएको थियो ।

    कार्यक्रममा सहभागीहरूले करका विषयमा चासो राख्दै कुन प्रकारको सामान बेच्दा कुन प्रकारको कर बुझाउने संस्था दर्ता प्रक्रिया यस्तै पसल दर्ता वाणिज्य संघ दर्ता लगायतका आफूलाई शङ्का लागेका विषयमा कार्यक्रम समक्ष प्रस्तुतकर्ता समक्ष जिज्ञासा राख्नुभएको थियो।

  • गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी

    गुल्मीको दौगामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड खर्ज्याङ शाखाको आयोजनामा कार्यक्रम गरिएको हो।
    साइन साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड गुल्मीका अपर कलस्टर हेड कृष्ण हरि भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका गुल्मीका वार्ड नम्बर ६ का वडाध्यक्ष नारायण रेश्मी को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा खर्ज्याङ शाखाका प्रबन्धक विष्णु विकेले बैंक तथा वित्तीय बैंक तथा वित्तीय संस्थाहरूले गर्ने काम कर्तव्य अधिकार यसको क्षेत्र यसले प्रदान गर्ने कर्जा ब्याज हुन सक्ने क्षति र यसले ग्रामीण भेगमा पुर्याएको योगदानको विषयमा चर्चा गर्दै बैंकमा कारोबार गर्दा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरालाई समेत जानकारी गराउनु भएको थियो।

    उहाँले प्रशिक्षण गर्दै पछिल्लो समय विभिन्न स्थानमा सहकारी हरू डुबेका प्रशस्तै उदाहरणहरु पनि जोड्दै सहकारी र बैंक बीचको भिन्नता का विषयमा चर्चा पनि गर्नुभएको थियो।
    कार्यक्रममा जनप्रतिनिधि महिला समूह आमा समूह क्लब बौद्धिक वर्ग व्यापारी बुद्धिजीवी र शाखा कार्यालयमा खातावाला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    । कार्यक्रममा आफ्ना भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नारायण रेश्मीले यो कार्यक्रम यस ग्रामिण भेगमा अत्यन्तै उपयोगी भएकोले ५ /७ महिनाको फरकमा सञ्चालन गरिदिने हो भने कुनै पनि दिदीबहिनीहरु र स्थानीय बौद्धिक व्यक्तित्वहरु बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा ढुक्क तरिकाले कारोबार गर्न सक्ने बताउनुभयो।

  • रुरुक्षेत्र गाउँपालिकामा तिन दिने  तालिमको शुभारम्भ

    रुरुक्षेत्र गाउँपालिकामा तिन दिने तालिमको शुभारम्भ

    चुरामणि तिमिल्सिना

    जेष्ठ   २२

    गुल्मीको क्षेत्र गाउँपालिकामा तीन दिने तालिमको शुभारम्भ गरिएको छ। आधारभूत तह कक्षा १ देखि ५ सम्मका गणित तथा विज्ञान विषयका शिक्षकहरूका लागि क्षमता विकास तालिमको शुभारम्भ गरिएको हो।

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मिनादेवी गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी, शिक्षा समितिका सदस्य नारायण ज्ञवाली , कार्यक्रममा अतिथि रहनुभएको थियो। तीन दिनसम्म चल्ने तालिममा गणित विषयका प्रमुख प्रशिक्षक मोहन घिमिरे, विज्ञान विषयका टीका मल्ल र विकास चन्द्र खरेल प्रशिक्षकको रूपमा रहनुभएको छ।
    ३५ बिद्यालय का ७० जना शिक्षकहरूको सहभागिता रहेको तालिममा प्रयोगात्मक रुपमा पनि प्रशिक्षण गरिने प्रशिक्षक घिमिरेले बताउनु भयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले शिक्षालाई आमूल परिवर्तन गर्दै अगाडि बढाउने र नीति तथा बजेटमा पनि कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो।

    अध्यक्ष ज्ञवालीले थप्दै भनु भयो गाउँपालिकाका हरेक विद्यालयलाई प्रविधिमैत्री शिक्षालाई जोड्दै प्राविधिक शिक्षालाई अगाडि बढाउने र शिक्षालाई पूर्णरुपमा अगाडि बढाउन तालिममा कुनै पनि कन्जुसाई नगर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख तेजबहादुर कुमाल ले गर्नुभएको थियो। तालिम २५ गतेसम्म सञ्चालन हुनेछ।

  • राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम

    राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम

    गाउँपालिका पेज  जेष्ठ  २१

    राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना

    रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ४ नं वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे, सामाजिक अभियान्ता राजेन्द्र वि.क., कार्यपालिका सदस्यहरू महेश बराल, गिता राना, सुकमाया वि.क., वडा सदस्यहरू मुना परियार, शान्ता बम्‍रेल, दान बहादुर थामीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका १२ कक्षा उत्तिर्ण (बि+ वा माथि प्राप्त गरेका) दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई अध्यक्ष, उपाध्यक्ष लगायत अतिथिहरूले सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक महिला विकास निरिक्षक छबिता देवकोटाले गर्नुभएको थियो ।

  • गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते

    गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते

    गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते ।

    कालीगण्डकी , गुल्मी ।
    गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाट बजार नजिकै सोमबार बिहान जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    सोमबार बिहान गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको डबल क्याप जिप कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको थिए । जिप दुर्घटना पछि पुर्तिघाट प्रहरी चौकी र स्थानीयले घटना स्थलमा उदार गरेका छन् ।

  • नेपाल  प्रहरीको  अगुवाईमा धार्मिक  स्थल सरसफाइ  कार्यक्रम

    नेपाल प्रहरीको अगुवाईमा धार्मिक स्थल सरसफाइ कार्यक्रम

    चुरामणि  तिमिल्सिना
    जेष्ठ  २० रिडी
    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी हृषीकेश मन्दिर परिसर सरसफाइ गरिएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा खटेको टोलिले परिसर तथा मन्दिरका विभिन्न स्थानमा सरसफाइ गरेको हो।

    कार्यक्रममा प्रमुख प्रहरी निरीक्षक अनिल थापा , प्रहरी चौकी अर्गली पाल्पाका प्रमुख , प्रहरी कर्मचारीहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधीज्यू, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीज्यू, स्वास्थ्य संस्थाका प्रतिनिधीज्यू, स्थानिय आमा समूहका प्रतिनिधीज्यू, मन्दिरका पुजारी गुरुहरुको उपस्थिति रहेको थियो।   सरसफाइ कार्यक्रममा हृषीकेश मन्दिर तथा उक्त मन्दिर परिसर भित्र रहेका त्रिपुरेश्वर महादेव मन्दिर, दुर्गेश्वर शिवालय, शान्त मुक्तेश्वर शिवालय, सत्यनारायण मन्दिर, दान मुक्तेश्वर शिवालय, विजेश्वर शिवालय, गायत्री मन्दिर, राधाकृष्ण मन्दिर समेतका मठ मन्दिरहरुका परिसर, मन्दिरमा रहेका विभिन्न धातुबाट निर्मित वस्तुहरु, विभिन्न भगवान्-का मूर्तिहरु, पूजा पाठमा प्रयोग हुने सर-सामाग्रीहरु समेत सरसफाइ गरी उक्त सरसफाइ कार्यक्रम समापन गरिएको हो।
    सरसफाइ कार्यक्रम पछी प्रहरीलाई धन्यवाद दिदै मन्दिर समितिका सचिव पदम प्रसाद शर्माले धार्मिक स्थल लाई चासो दियर टोलि नै परिचालन गरेर सबैतिर सरसफाइ गर्नु भएकमा प्रहरी लगाएत सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो।