Blog

  • गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न

    गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न

     

    गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न ।

    नवीन कार्की  गुल्मी
    गुल्मीको गुल्मीदरबार गाउँ पालिकाले विभिन्न कारणले अविवाहित महिला र पुरुषलाई जनही मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
    गुल्मीदरबार गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ को वार्षिक स्वीकृति सामाजिक सुरक्षा कार्यक्रम शिर्षकमा विनियोजित भएको बजेट बाट २०८० साल साउन देखि पुस सम्मको अविवाहित महिला १८ जना र पुरुष १६ जना गरि गाउँपालिका भित्रका ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको हो ।

    उक्त कार्यक्रममा बोल्दै सभाका सभापति गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले यस्तो कार्यक्रम विरलै स्थानिय तह हरुमा मात्र भएको बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले तपाईं हरुलाई दिएको यो सेवा नहटाउने प्रतिबद्धता ब्याक्त गर्दै बजेटले भेटे सम्म अझ बढी सेवा दिने बताउनु भएको थियो।

    सो कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी सातै बडाका बडा अध्यक्ष कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिका सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरेले गर्नु भएको थियो।

  • शिवरात्रिमा भगवान  शिव लाई  पुजा गर्दा तथा के के चढाउदा फल कस्तो पाइन्छ

    शिवरात्रिमा भगवान शिव लाई पुजा गर्दा तथा के के चढाउदा फल कस्तो पाइन्छ

    #महारात्रि_महाभिषेक महाशिवरात्री#विशेष
    यस वर्ष फाल्गुण २५ शुक्रवारको दिनमा महाशिवरात्रि परेको छ । यो दिन शिवजीको पूजा गर्नका लागि विशेष दिन मानिएको छ । धर्मशास्त्र अनुसार यो दिनमा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।
    शिवजीलाई प्रसन्न बनाउने केही उपायहरु शिवपुराणमा वर्णन गरिएकोछ ।
    १-शिवजीलाई रुद्राभिषेक गरी चामल(अक्षता) चढाएमा धनलाभ,
    २-रुद्राभिषेक गरी तिलार्पण गरेमा पापबाट मुक्ति ,
    ३-रुद्राभिषेक गरी जौ अर्पण गरेमा सुख समृद्धि,
    ४-रुद्राभिषेक गरी गहुँ अर्पण गरेमा सन्तान सुख,
    ५-जलले रुद्राभिषेक गर्दा रोगबाट मुक्ति ,
    ६-चिनि मिश्रित दुधले रुद्राभिषेक गर्दा मस्तिष्क तेज,
    ७-उखुको रसले रुद्राभिषेक गरेमा सर्वसुख प्राप्ति,
    ८-गंगाजलले रुद्राभिषेक गरेमा भोग र मोक्ष प्राप्ति,
    ९-महले रुद्राभिषेक गरेमा रोगबाट मुक्ति (टि.वि.) ,
    १०-गौघृतले रुद्राभिषेक गरेमा शारीरिक दुर्बलता हट्ने,
    ११-रुद्राभिषेक गरी मदारको फूलले पूजन गरेमा मोक्षप्राप्ति,
    १२-रुद्राभिषेक गरी चमेलीको पुष्पले पूजन गरेमा बाहन सुख,
    १३-रुद्राभिषेक गरी शमीपत्रले पूजन गरेमा मोक्षप्राप्ति ,
    १४-रुद्राभिषेक गरी बिल्वपत्रले पूजन गरेमा सुन्दर बर/बधु प्राप्ति,
    १५-रुद्राभिषेक गरी जुहीपत्रले पूजन गरेमा अन्नवृद्धि,
    १६-रुद्राभिषेक गरी कनेरपुष्पले पूजन गरेमा नवीन वस्त्रको प्राप्ति,
    १७-रुद्राभिषेक गरी हरसिंगारपुष्पले पूजन गरेमा सुख सम्पत्ति प्राप्ति ,
    १८-रुद्राभिषेक गरी धत्तुरपुष्पले पूजन गरेमा सुयोग्य पुत्र प्राप्ति,
    १९-रुद्राभिषेक गरी दुबोले पूजन गरेमा आयुवृद्धि हुन्छ ।

  • एकाएक बन्द भएको फेसबुक, मेसेन्जर र इन्स्टाग्राम सुचारु

    एकाएक बन्द भएको फेसबुक, मेसेन्जर र इन्स्टाग्राम सुचारु

    फागुन २३

    गए राति करिब ९ बजेपछि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम एकाएक स्वतः लगआउट भए ।

    कतिपय प्रयोगकर्ताले हतार हतार पासवर्ड परिवर्तन गर्ने प्रयाससमेत गरे । अधिकांशले आफ्नो सञ्जाल ह्याक भएको अनुमान समेत गरे ।

    तर, साढे नौ नबज्दै फेसबुक, मेसेन्जर र इन्टाग्राम नेपालमा मात्रै नभई, विश्वभरि नै ‘डाउन’ भएको समाचार सार्वजनिक भयो ।

    त्यसको करिब आधा घण्टापछि गुगल लगायत अन्य ठूला वेबसाइटमा समेत समस्या देखियो ।

    अन्ततस् करिब एक घण्टा बढी डाउन भएपछि फेसबुक, मेसेन्जर र इन्टाग्रामको सेवा सुचारु भयो । यो समस्या प्रबिधिक कारणले भएकको बताइएको छ ।

  • महाशिवरात्रिको दिन शिवको पुजा गरे कस्तो फल प्राप्त  हुन्छ

    महाशिवरात्रिको दिन शिवको पुजा गरे कस्तो फल प्राप्त हुन्छ

    महारात्रि_महाभिषेक महाशिवरात्री  विशेष
    यस वर्ष फाल्गुण २५ शुक्रवारको दिनमा महाशिवरात्रि परेको छ । यो दिन शिवजीको पूजा गर्नका लागि विशेष दिन मानिएको छ । धर्मशास्त्र अनुसार यो दिनमा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।
    शिवजीलाई प्रसन्न बनाउने केही उपायहरु शिवपुराणमा वर्णन गरिएकोछ ।
    १-शिवजीलाई रुद्राभिषेक गरी चामल(अक्षता) चढाएमा धनलाभ,
    २-रुद्राभिषेक गरी तिलार्पण गरेमा पापबाट मुक्ति ,
    ३-रुद्राभिषेक गरी जौ अर्पण गरेमा सुख समृद्धि,
    ४-रुद्राभिषेक गरी गहुँ अर्पण गरेमा सन्तान सुख,
    ५-जलले रुद्राभिषेक गर्दा रोगबाट मुक्ति ,
    ६-चिनि मिश्रित दुधले रुद्राभिषेक गर्दा मस्तिष्क तेज,
    ७-उखुको रसले रुद्राभिषेक गरेमा सर्वसुख प्राप्ति,
    ८-गंगाजलले रुद्राभिषेक गरेमा भोग र मोक्ष प्राप्ति,
    ९-महले रुद्राभिषेक गरेमा रोगबाट मुक्ति (टि.वि.) ,
    १०-गौघृतले रुद्राभिषेक गरेमा शारीरिक दुर्बलता हट्ने,
    ११-रुद्राभिषेक गरी मदारको फूलले पूजन गरेमा मोक्षप्राप्ति,
    १२-रुद्राभिषेक गरी चमेलीको पुष्पले पूजन गरेमा बाहन सुख,
    १३-रुद्राभिषेक गरी शमीपत्रले पूजन गरेमा मोक्षप्राप्ति ,
    १४-रुद्राभिषेक गरी बिल्वपत्रले पूजन गरेमा सुन्दर बर/बधु प्राप्ति,
    १५-रुद्राभिषेक गरी जुहीपत्रले पूजन गरेमा अन्नवृद्धि,
    १६-रुद्राभिषेक गरी कनेरपुष्पले पूजन गरेमा नवीन वस्त्रको प्राप्ति,
    १७-रुद्राभिषेक गरी हरसिंगारपुष्पले पूजन गरेमा सुख सम्पत्ति प्राप्ति ,
    १८-रुद्राभिषेक गरी धत्तुरपुष्पले पूजन गरेमा सुयोग्य पुत्र प्राप्ति,
    १९-रुद्राभिषेक गरी दुबोले पूजन गरेमा आयुवृद्धि हुन्छ ।

  • रुरु धाममा दुई पालिकाको साझेदारीमा  बन्ने भयो बिश्राम स्थल  ,स्थलको आज शिलान्यास

    रुरु धाममा दुई पालिकाको साझेदारीमा बन्ने भयो बिश्राम स्थल ,स्थलको आज शिलान्यास

    फागुन   २२  रुरु

    रूरूक्षेत्र गाउँपालिका र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको लागत साझेदारीमा पवित्र तिर्थस्थल रुरुक्षेत्र गाउँपालिका १ रिडीधाममा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी रूरूक्षेत्र-छत्रदेव विश्रामस्थल (शौचालय, खानेपानी र बस्नेस्थल) को आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे , छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे , ईन्जिनीयर साजन पाण्डे , वडाध्यक्ष नवराज वि.क , भिमलाल खनाल , निवर्तमान वडाध्यक्ष रामलाल वि क , गाउँपालिकाका कर्मचारी , स्थानीय , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

    शिलान्यास कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवलीले पूनित कार्यको लागि सहयोग र संरक्षण गर्न सबैलाई अनुरोध गर्नुभयो ।

    यस्तै , छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले सबै मिलेर धार्मिक कार्यमा लाग्नुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा ईन्जिनीयर साजन पाण्डेले निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।  कालीगण्डकी  नदिको तटमा बन्ने   यो   बिश्राम स्तल   करिव दुई  महिनामै आफुले सक्ने    योजनाका साथ आजै बाट काम गर्ने  कार्यक्रममा प्रतिबद्धता  जायर गर्नु भयो।

  • महाशिव रात्रीको अवसरमा होटल  पौवामा धार्मिक  कार्यक्रम  आयोजना  हुदै

    महाशिव रात्रीको अवसरमा होटल पौवामा धार्मिक कार्यक्रम आयोजना हुदै

    चुरामणि तिमिल्सिना  फागुन २२रिडी

    शिवरात्रीको अवसरमा पौवा रेसुङ्गाले ग्राहक नचाउदै
    होटेल पौवाले शिवरात्री को अवसरमा होटेलमा आउने पाहुनाहरुलाइ भजन किर्तनमा नचाउने भएको छ ।शिवरात्रीका दिन पौवाका १२ वटै शाखामा विशेष पुजाआजा गर्दै दिउँसो देखिनै भजन किर्तन कार्यक्रम राखियको होटेल पौवा रेसुङ्गाका शाखा प्रमुख प्रदीप घिमिरे ले बताए ।
    शिवरात्रिको प्रसाद ,पौवाको स्वाद।सस्कृतिको संरक्षण ,भजन किर्तनको उल्लास भन्ने मुल नाराको साथ सदाका वर्षमा जस्तै यस वर्षपनि सबै शाखाका कार्यक्रम आयोजना गरिएको होटेल पौवाले जनाएको छ ।
    पौवाले नेपालमा मनाइने हरेक चाडपर्व हर्सोउल्लासका साथ आफ्ना अतिथि पाउनाहरु सङसङै मनाउने र रमाइलो प्रदान गरि सस्कृतिको जगेर्ना गर्दै आएकोघिमिरे जानकारी दिए।
    यसैगरी यसबर्षको शिवरातत्रिमा पनि भजन किर्तन मार्फत सम्पूर्णलाइ सेवाप्रदान गरिने भएकोले सबैजना उपस्थित भइदिनहुन होटेल पौवाले अनुरोध पनि गरेको छ ।
    सास्कृति महत्त्व राख्ने दिनहरूमा परम्परा र सस्कृती अनुसार ग्राहकलाइ परिकार खुवाएर परम्परागत रैथाने खानाको संरक्षण गर्न अभियान थालेको छ।माघ १ गतेपनी पौवाले विशेष परिकार तयार गरि ग्राहकलाई सेवा दिएको थियो ।

  • तानसेन नगरपालिकाकाे आयोजनामागरिएको प्रथम तानसेन महोत्सव-२०८०सुरु

    तानसेन नगरपालिकाकाे आयोजनामागरिएको प्रथम तानसेन महोत्सव-२०८०सुरु

    नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाको आयोजनामा टुँडिखेलमा हुने प्रथम तानसेन महोत्सव- २०८० आजदेखि सुरू भएको छ । दस महिनापछि फेरि पाल्पाको तानसेबजार उत्सव मय छ । बच्चा देखि बृद्धबृद्धा सम्म सबैका लागि उत्सव बनेको याे तानसेन महोत्सव उत्सवमय हुँदै छ । जिल्ला लगायत बाहिरी जिल्लाका गाउँ बस्ती टाेलहरूबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरु र ग्रामीण भेगबाट धेरै ठूलो संख्यामा मानिसहरू समय मिलाएर पाल्पा आउँदैछन् । त्यसैले तानसेन बजार यतिबेला महाेत्सवकै कारणले फेरि फरक प्रकृतिको माहोल सिर्जना हुँदैछ । केही वर्षयता सुनशान बनेको तानसेन बजार फेरि एक पटक गुञ्जायमान बन्दैछ ,महाेत्सवमय हुँनेछ। तानसेन बजारमा फेरि मानिसहरुको चहलपहल दिनहुँ बढ्दै छ र बढ्दो छ। तानसेन नगरपालिकाद्वारा आयोजना भएको महाेत्सवलाई राजधानी राइड्र्स नेपाल काठमाडौले व्यवस्थापन गरेको छ। नगरपालिकाले पहिलो पटक तानसेन महोत्सव गर्न लागेको हो । विगतका वर्षहरूमा पाल्पा उद्योग वाणिज्य संघले २०६० यता हरेक वर्ष महोत्सवकाे आयोजना गर्दै आएको थियो भने यसअघि वैशाख १४–२४ गतेसम्म १३ औं संस्करणकाे रूपमा पाल्पा महोत्सव गरेको थियो । यस पटक भने तानसेनमा महोत्सव भएको एक वर्ष नपुग्दै पुनः तानसेन महोत्सव हुन लागेको हो ।

    उक्त महाेत्सव कृषि,रोजगार, पर्यटन,उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले नगर सरकारले पहिलो पटक व्यापार प्रवर्द्धन महोत्सव गर्न लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउँनुभयाे । उहाँले महोत्सवमा पाल्पा र नगरभित्रका उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै पचास वटा स्टल रहने बताउँदै उहाँले महोत्सवमा तीन सय स्टलहरू रहने जानकारी गराउँदै महोत्सवबाट तानसेन नगरपालिकाकाे आन्तरिक राजश्वमा समेत वृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउँनुहुदै महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीयस्तरका कलाकारहरुको नृत्य, झाँकी जस्ता प्रतियोगिता हुने प्रवक्ता कार्कीले बताउँनुभयाे । त्यस्तै उहाँले महोत्सवकाे समाचार संकलन कार्यका लागि पत्रकारहरुलाई परिचयपत्र अनिवार्य गरिएको र थप पासको आवश्यक नपर्ने नगरपालिका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताउँनुभयाे । महोत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाले लक्ष्य लिएको आयाेजकले जनाएको छ । याे महोत्सवबाट पाल्पाको चौतर्फी व्यवसाय प्रवर्द्धनमा सहयोग गर्नेछ भन्ने विश्वास तानसेन नगरपालिकाले लिएको छ । सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इट्टा थप्ने नगर सरकारले विश्वास लिएको छ । यसले स्थानीय सरकार र व्यवसायी बीच सहकार्य गर्ने समेत अवसर प्राप्त गर्ने तानसेन नगरपालिकाले जनाएको छ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्रि समेत राखिने छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । तानसेन महोत्सव फागुन १९ गतेदेखि सुरु भई फागुन २९ गतेसम्म सञ्चालनमा रहने छ ।

  • गुल्मी जिल्लाकै नमुना कार्य  ग्रामीण अल्ट्रासाउन्ड सेवासहित गर्भवती सुत्केरी कोशेली भेट कार्यक्रम

    गुल्मी जिल्लाकै नमुना कार्य ग्रामीण अल्ट्रासाउन्ड सेवासहित गर्भवती सुत्केरी कोशेली भेट कार्यक्रम

    चुरामणि तिमिल्सिना   फागुन  १८ गुल्मी

    सत्यवती गाउँपालिका गुल्मीकी उपाध्यक्ष निरमाया तरामुले निति तथा कार्यक्रममा उल्लेख गरिएको एक कार्यक्रम गर्भवती तथा सुत्केरीसंँग उपाध्यक्ष भेटघाट कार्यक्रम अल्ट्रासाउन्ड सेवा सहित कोशेली भेटघाट कार्यक्रम सत्यवती गाउँपालिका वार्ड नं ५ जहाँ शुन्य होम डेलिभरी कार्यक्रम लागू भएको छ सोही वडाबाट शुभारम्भ गर्नुभएको हो।

    उक्त कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रमको समुद्घघाट्न गर्नुभएको हो भने शुभकामना मन्तव्यमा भौतिक बिकासले मात्र दिगो बिकास हुदैन सामाजिक बिकास पनि हुनुपर्छ भन्ने कुरामा जोड दिदै WHO को सुचक पूरा गर्न सबै क्षेत्रको सक्रियता हुनुपर्ने बताउनुभयो।
    कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य ऋषिराम भण्डारीले गर्बिलो र राम्रो कार्यको थालनी आफ्नै वडाबाट शुरुआत गरेकोमा खुशीका भनाइ राख्नुभयो।त्यसै गरि प्रधानाध्यापक कृष्ण भण्डारीले गुल्मी जिल्लामै नबिनतम कार्य भएको प्रशंसा गर्नुभयो।

    ।त्यसै गरि ग्रामीण अल्ट्रासाउन्ड तालिम प्राप्त स्टाफ नर्स रुपा रिजालले गर्भवतीको गर्भको बच्चाको अबस्थाको जाँच गराउनुपर्ने र अल्ट्रासाउन्डमा कुनै विकिरण नरहेको जानकारी गराउदै आठ पटक स्वास्थ्य संस्थामा निशुल्क जाँच गर्ने र संस्थामै प्रसुती हुनुपर्ने कुराको जानकारी दिदै यो कुरा जनप्रतिनिधिबाट सुझाव सल्लाहको रुपमा दिदा प्रभाबकारी हुने र यस्तो राम्रो अभियानमुलक कार्यमा म पनि जोडिन र सेवा गर्ने अबसर पाएकोमा खुसी ब्यक्त गर्नुभयो।उपाध्यक्ष निरमाया तरामुले एउटा परिपक्व महिला आमा बन्न पाउनु र चाहाना राख्नु उनको नैसर्गिक अधिकार हो र कार्यक्रममा सहभागी ८ जना गर्भवती र १७जना सुत्केरीहरुलाई तपाईं महान नारी हो यसर्थ म सबैलाई सम्मान गर्न चाहान्छु भन्दै हरेक बार खाना चारका बिषयमा प्रकाश पार्दै समय समयमा नजिकको स्वास्थ्य संस्थामा गर्भ जाँच गर्नुपर्न, स्वास्थ्य सँस्थामै प्रसुती गराउनुपर्ने र स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक अबस्था कमजोर भएकाको लागि यातायात सुबिधा दिएको कुरा राख्दै गर्भवती महिला,सुत्केरी आमा र बच्चाको स्वास्थ्य लाभको कामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो भने तत्पश्चात गर्भवती महिलाहरूले अल्ट्रासाउन्ड सेवा लिनुभयो साथै सबैलाई एकथान न्यानो कपडा,एक ओटा हर्लिक्स,सन्देशमुलक शुभकामना कार्ड बितरण गरियो।

    उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुर्य रानाले स्वागत गर्दै गर्भाबस्थादेखी सुत्केरी भएको २ बर्षसम्म गर्नुपर्ने हेरचाह र नेपाल सरकारको सन 2030 सम्ममा मातृशिशु मृत्युदर कम गर्ने लक्ष्यमा यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हिमलाल भण्डारी(हरि)ले गर्नुभएको र सञ्चालन कै कर्ममा मातृशिशु भेटघाट कार्यक्रम अन्य पालिका/नगरपालिकामा भए पनि अल्ट्रासाउन्ड सहितको गर्भवती सुत्केरी भेट कार्यक्रम सत्यवती गाउँपालिकामा पहिलो पटक भएको दाबी गर्नुभएको थियो।

  • रिब्दीकोटमा अध्यक्षको तलव भत्ताबाट विपन्न परिवारको स्वास्थ्य बीमा

    रिब्दीकोटमा अध्यक्षको तलव भत्ताबाट विपन्न परिवारको स्वास्थ्य बीमा

    पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले पालिका अध्यक्षको रुपमा रहँदा पाउने तलव भत्ताको रकमबाट पालिकाभित्रका ६५ परिवार बिपन्न नागरिकहरुको स्वास्थ्य बीमा गरिदिनुभएको छ । अध्यक्ष कार्कीले निर्वाचनको समयमा नै आफूले पाउने सेवा सुविधा जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही बमोजिम उहाँले यो वर्ष म बनाउँछु मेरो रिब्दीकोट अभियान अन्तरगत स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाउनुभएको हो ।

    ३ हजार ५ सय रुपैयाँ तिरेपछि ५ जनासम्मको परिवारले स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्नेगरी उक्त सहयोग गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीले श्रम गर्ने तर बचत नगर्ने र मदिरापान गर्ने लगायतका समस्याहरुको समाधानका लागि कार्यक्रमकै अवसरमा परामर्श समेत दिइएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने अध्यक्ष कार्कीले बताउनुभयो ।

    सोही अभियान अन्तरगत बिहीवार गाउँपालिकाको सभाहलमा पालिका भित्रका श्रमिकहरुलाई पोशाक सहित सम्मान गरिएको छ । सबै वडाको प्रतिनिधित्व हुने गरी श्रमिकहरुलाई सम्मान गरिएको हो । सबै वडाबाट तथ्यांक संकलन गर्न लगाएर उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिकाभित्रका ८ वटै वडाबाट प्रतिनिधित्व हुने गरी श्रमिकहरुलाई बोलाइ सम्मान गरिएको उहाँले बताउनुभयो ।

    सम्मानका लागि पालिका भित्रका ८ वडाका गरी ६४ जना श्रमिकलाई बोलाइएको थियो । ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरवस्थानका ८, कुसुमखोलाका ३, ठिमुरेका ७ पालुङमैनादीका ४ र फेकका ४ जनालाई सम्मान गरिएको हो । गाउँघरमा बसेर पनि श्रम गरेर जिविकोपार्जन गर्नेहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसरी सम्मान गरिएका गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

    गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले मादक पदार्थको सेवनबाट स्वास्थ्यमा पर्ने समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा श्रमिकहरुको क्षयरोग परीक्षण समेत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले रिब्दीकोटको यो अभ्यास जिल्लामै नमुना रहेको बताउनुभयो । उहाँले नागरिक असल बन्दा परिवार र सिंगो पालिका समृद्ध हुन सहयोग पुग्ने भन्दै यस कार्यक्रमले श्रमिकहरुलाई पनि असल मार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

    पत्रकार तथा प्रशिक्षक रामप्रसाद न्यौपानेले श्रम अनुसारको पारिश्रमिक पाउनु र बचत गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । प्रहरी चौकी हार्थोकका प्रहरी जवान गोविन्द किसानले मादक पदार्थ सेवनबाट हुने सक्ने जोखिम र घटनाबारे अवगत गराउनुभएको थियो । गाउँपालिकाकी रोजगार कार्यक्रम संयोजक दुर्गा पछाईले प्रधानमन्त्री रोजगार कार्यक्रम र महत्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम गाउँपालिकाका अधिकृत रुकलाल भट्टराईको संचालनमा चलेको थियो ।

  • स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी

    स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी

     

    पाल्पा । माथागढी गाउँपालिकाले स्थानीय कच्चा पदार्थहरुबाट निर्मित मसला उत्पादन बजारीकरण र ब्रान्डिङ कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

    प्रारम्भिक चरणमा माथागढी–कसेनीमा दालचिनी र प्रसोधन तथा मसला उद्योगको स्थापना गरिएको छ । गत आर्थिक वर्षमा उक्त भवन निर्माणसँगै प्रसोधन मेसिनरीहरुको पनि ब्यवस्था गरिएको थियो । जुन उद्योग स्थापनाका लागि गाउँलेहरुले उत्साही भएर जनश्रमदान समेत गरेका थिए । कुल २६ लाख ९५ हजार ७ सय २६ रुपैयाँको लागतमा निर्मित उद्योगमा गाउँलेहरुको तर्फबाट उक्त उद्योग स्थापनाका लागि २ लाख ४५ हजार ७ सय २६ रुपैयाँको श्रमदान भएको थियो ।

    यो उद्योगबाट बिशेषतः माथागढीका महिला र युवाहरुलाई उद्यमशील बनाउने योजना गाउँपालिकाको रहेको छ । अध्यक्ष चिदीले नेपालीहरुको भान्छामा प्रयोग हुने धेरै मसला बाह्य देशबाट आयातित रहेको बताउनुभयो । चिदीले स–साना उपभोग्य वस्तु किन्दा पैसा देश बाहिर जाने र यहीं मसला बनाउ“दा अर्गानिक मसलाको प्रयोग गर्न पाईने र धेरैथोरै बेचेर महिला र युवाहरुले आम्दानी समेत गर्न सक्ने भएकोले पनि गाउँपालिकाले उद्योग स्थापनाका लागि कार्यक्रम बनाएको बताउनुभयो । माथागढी अदुवा उत्पादनका लागि प्रख्यात छ । यहाँ टिमुरको पनि उत्पादन छ । दालचिनी र बेसार पनि यहाँ प्रसस्त रुपमा उत्पादन हुन्छ । खुर्सानीका लागि समस्या छैन । धनियाँ पनि यही उत्पादन हुन्छ । यी स्थानीय उत्पादनहरुलाई मसला बनाई बजारी गर्न सक्ने हो भने राम्रो आम्दानी हुने भएकोले पनि गाउँपालिकाले यसप्रकारको पहल थालेको अध्यक्ष चिदीले बताउनुभयो ।

    गाउँपालिकाले यो उद्योगलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल अगाडि बढाएको छ । स्थानीय समुदायको अपनत्व हुने गरी उद्योग समुदायमा हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यदि त्यसो भएमा उद्योग प्रति स्थानीयको अपनत्व हुने गाउँपालिकाले आर्थिक प्राविधिक सहयोग गर्ने उहाँको भनाई छ ।

    लुम्बिनी प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित नवप्रवर्तन साझेदारी कोष अन्र्तगत मसला उद्योग भवन र मेसिन खरिद गरिएको थियो । यस आर्थिक वर्षमा महिलाहरुलाई उद्यमशील बनाउने योजना रहेको अध्यक्ष चिदीले बताउनुभयो ।

    यसअघि स्थानीय महिलाहरुलाई २ दिने तालिम समेत संचालन गरिसकेको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिइसकेको जनाइएको छ । तालिममा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाइएको थियो । यसरी गाउँमै मसला उद्योग खुलेपछि स्थानीय महिलाहरू पनि खुशी भएका छन् । यसअघिमा तालिममा सहभागी २० जना महिलाहरुले पालिकाले आफूहरुलाई जिम्मेवारी दिएमा कुशलतापुर्वक उद्योग संचालन गर्ने तयारी समेत गरेका छन् ।

    स्थानीय हेमा दर्लामीले यो उद्योगबाट आफू जस्तै धेरै महिलाहरू उद्यमशील बन्न सक्ने बताउनुभयो । “उद्योग भएको स्थानमा पानीको ब्यवस्था पालिकाले गर्दिएर उद्योग संचालनको जिम्मेवारी हामीलाई दिनुभयो भने हामीले राम्रो गरेर देखाउ“छौं ।” उहाँले भन्नुभयो ।

    तस्बिरः कसेनीमा निर्मित मसला उद्योग भवन