चुरामणि तिमिल्सिना फागुन १८ गुल्मी
सत्यवती गाउँपालिका गुल्मीकी उपाध्यक्ष निरमाया तरामुले निति तथा कार्यक्रममा उल्लेख गरिएको एक कार्यक्रम गर्भवती तथा सुत्केरीसंँग उपाध्यक्ष भेटघाट कार्यक्रम अल्ट्रासाउन्ड सेवा सहित कोशेली भेटघाट कार्यक्रम सत्यवती गाउँपालिका वार्ड नं ५ जहाँ शुन्य होम डेलिभरी कार्यक्रम लागू भएको छ सोही वडाबाट शुभारम्भ गर्नुभएको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रमको समुद्घघाट्न गर्नुभएको हो भने शुभकामना मन्तव्यमा भौतिक बिकासले मात्र दिगो बिकास हुदैन सामाजिक बिकास पनि हुनुपर्छ भन्ने कुरामा जोड दिदै WHO को सुचक पूरा गर्न सबै क्षेत्रको सक्रियता हुनुपर्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य ऋषिराम भण्डारीले गर्बिलो र राम्रो कार्यको थालनी आफ्नै वडाबाट शुरुआत गरेकोमा खुशीका भनाइ राख्नुभयो।त्यसै गरि प्रधानाध्यापक कृष्ण भण्डारीले गुल्मी जिल्लामै नबिनतम कार्य भएको प्रशंसा गर्नुभयो।
।त्यसै गरि ग्रामीण अल्ट्रासाउन्ड तालिम प्राप्त स्टाफ नर्स रुपा रिजालले गर्भवतीको गर्भको बच्चाको अबस्थाको जाँच गराउनुपर्ने र अल्ट्रासाउन्डमा कुनै विकिरण नरहेको जानकारी गराउदै आठ पटक स्वास्थ्य संस्थामा निशुल्क जाँच गर्ने र संस्थामै प्रसुती हुनुपर्ने कुराको जानकारी दिदै यो कुरा जनप्रतिनिधिबाट सुझाव सल्लाहको रुपमा दिदा प्रभाबकारी हुने र यस्तो राम्रो अभियानमुलक कार्यमा म पनि जोडिन र सेवा गर्ने अबसर पाएकोमा खुसी ब्यक्त गर्नुभयो।उपाध्यक्ष निरमाया तरामुले एउटा परिपक्व महिला आमा बन्न पाउनु र चाहाना राख्नु उनको नैसर्गिक अधिकार हो र कार्यक्रममा सहभागी ८ जना गर्भवती र १७जना सुत्केरीहरुलाई तपाईं महान नारी हो यसर्थ म सबैलाई सम्मान गर्न चाहान्छु भन्दै हरेक बार खाना चारका बिषयमा प्रकाश पार्दै समय समयमा नजिकको स्वास्थ्य संस्थामा गर्भ जाँच गर्नुपर्न, स्वास्थ्य सँस्थामै प्रसुती गराउनुपर्ने र स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक अबस्था कमजोर भएकाको लागि यातायात सुबिधा दिएको कुरा राख्दै गर्भवती महिला,सुत्केरी आमा र बच्चाको स्वास्थ्य लाभको कामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो भने तत्पश्चात गर्भवती महिलाहरूले अल्ट्रासाउन्ड सेवा लिनुभयो साथै सबैलाई एकथान न्यानो कपडा,एक ओटा हर्लिक्स,सन्देशमुलक शुभकामना कार्ड बितरण गरियो।
उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख
सुर्य रानाले स्वागत गर्दै गर्भाबस्थादेखी सुत्केरी भएको २ बर्षसम्म गर्नुपर्ने हेरचाह र नेपाल सरकारको सन 2030 सम्ममा मातृशिशु मृत्युदर कम गर्ने लक्ष्यमा यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हिमलाल भण्डारी(हरि)ले गर्नुभएको र सञ्चालन कै कर्ममा मातृशिशु भेटघाट कार्यक्रम अन्य पालिका/नगरपालिकामा भए पनि अल्ट्रासाउन्ड सहितको गर्भवती सुत्केरी भेट कार्यक्रम सत्यवती गाउँपालिकामा पहिलो पटक भएको दाबी गर्नुभएको थियो।




