Blog

  • पुस १ गते रुरु क्षेत्रमा करोडौं  दीप  प्रज्वलन  सहित भजन प्रतियोगिता  हुने

    पुस १ गते रुरु क्षेत्रमा करोडौं दीप प्रज्वलन सहित भजन प्रतियोगिता हुने

    .यहि पुस १ गते रुरु क्षेत्र धाम रिडी जाउ भजन प्रतियोगिता सङ्गै करोड दीप प्रज्वलनमा सहभागी भइ पुण्य आर्जन गरौं
    हार्दिक निमन्त्रणा
    पाल्पा गुल्मी र स्याङ्जा को सङ्गम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरुक्षेत्र धाम रिडिमा बिगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि रुरु धार्मिक सेवा संचार प्रा.लि.ले नेपालमै नवौ भजन महोत्सव भजन प्रतियोगिता , दोहोरो शंख बजाउने प्रतियोगिता , कालीगण्डकीमा करोड दीप प्रज्वलन दुना टपरी प्रतियोगिता सिखा सूत्र प्रतियोगिता कार्यक्रममा पाल्पा स्याङ्जा गुल्मिका उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम बृहत पित्री भन्डारा चार जिल्ला पाल्पा गुल्मी स्याङ्जा र अर्घाखाँचीका एकजिल्ला एक उत्कृष्ट क्रियाशिल पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान पाल्पा गुल्मी स्याङ्जाका असल बुहारीको सम्मान सम्पुर्ण पितृहरुको सम्झनामा पितृमहापुरण पाठ पारायण कालीगण्डकमा तीन जिल्ला जोड्ने गरि तोरण तारने कार्यक्रम चौरासी पुजा , चन्डी पाठ , रुद्राभिसेक कर्म नबग्रह शान्ति पुजासहित जाप हबन तर्पण मार्जन लगायतका कार्यक्रम आयोजना गरियकाले सम्पुर्ण जन प्रतिनिधि सरकारि कार्यलय गैर सकारी कार्यलय पत्रकार सुरक्षानिकाय महिला समूह आमा समूह बित्तिय संस्था क्लब शिक्षाप्रेमी महानु भाबहरु दानवीर दाताहरु सहयोगि दाताहरु उधोग बाणिज्यसङ्ग तथा सम्पुर्ण धार्मिक तथा बिधालय हरुलाइ पत्रचार गरियको छ।कारण बस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधिकारिक सूचना मानी उपस्थितिको लागि हार्दीक निमन्त्रणा गर्दछौ।

    भजन प्रतियोगिताका पुरसकारहरु
    प्रथम पुरसकार नगद रु ११००० प्रमाणपत्र
    दुत्तिय पुरस्कार नगद रु ७००० र प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु ५००० र प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु २००० प्रमाणपत्र

    यस्तै शंख बजाउने प्रतियोगिता तर्फ
    प्रथम पुरसकार नगद रु १५०० र प्रमाणपत्र
    दुत्तिय पुरसकार नगद रु १००० प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु ७०० र प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र

    यस्तै दुना टपरी प्रतियोगिता तर्फ
    प्रथम पुर्सकार नगद रु २००० प्रमाणपत्र दुत्तिय पुरसकार नगद रु १५०० प्रमाणपत्र
    तृतीय पुरसकार नगद रु १००० प्रमाणपत्र
    सान्त्वना पुरसकार नगद रु ५०० प्रमाणपत्र

    यस्तै सिखा सुत्र प्रतियोगिता अन्तरगर सिखा प्रतियोगिता तर्फ
    प्रथम पुरसकार नगद रु १५०० प्रमाण पत्र
    दुत्तिय पुरसकार नगद १००० प्रमाणपत्र तृतीय पुरसकार नगद रु ५०० प्रमाण पत्र

    भजन प्रतियोगिताका नियमहरु

    भजन प्रस्तुत गर्दा रामायण महाभारत कृष्ण चरित्र स्थानिय भजन टुक्कामा आधारित हुनु पर्ने छ
    १ समुहमा बाध्य बाधन तथा झाकि सहित १२ जना मात्र सहभागी हुन पाइने छ ।
    भजन गित १० मिनेट इस्टेजमा प्रस्तुत गर्नु पर्ने र केही समय फिल्डमा गाउनु पर्ने छ ।
    राधाकृष्ण राम सिता तथा ,सिव पार्वतिको झाकि प्रस्तुत गरेमा प्राथमिकता दिइने छ ।
    कार्यक्रममा बिवाद आयमा निर्णयक मन्डलको नतिजा नै सर्व मान्य हुने छ ।
    दर्ता शुल्क रु १०० मात्र लाग्ने छ ।
    दर्ता गर्ने अन्तिम मिति २०७९ साल मंसिर १२ गते बिहान १० बजे सम्म
    कार्यक्रम हुने मिति २०७९ साल मंसिर १२ गते बिहान ७ बजे बाटबैदिक बिधि सहित यज्ञमन्डप तर्फका कार्यक्रम उत्घाटन ।
    बिहान ११ बजे संख बजाउने सिखा सुत्र प्रतियोगिता
    १२ बजे बाट भजन तथा दुना टपरि प्रतियोगिता र बिच बिचमा बिबिध सम्मान कार्यक्रम
    स्थान रुरु क्षेत्र धाम रिडी
    थप सम्पर्क
    अध्यक्ष चुरामणि तिमिल्सिना 9847397323
    बिष्णु प्रसाद पाण्डे 9857062610 खेम राज ज्ञवाली 9857064164
    राजन आचार्य 9865092580

    आयोजक रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु क्षेत्र धाम रिडी

  • रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६ बर्षमा

    रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६ बर्षमा

    रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६ बर्षमा ।
    कार्तिक २६

    रुरु मल्टि मिडिया प्रा।लि द्वारा संचालित रुरु एफ एम ९४।८ मेगाहर्जले आफ्नो संचार यात्राको १६ बर्ष पुरा गरेको छ ।भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ २०६५ सालको लक्ष्मी पुजाको दिन बाट प्रसारण सुरू गरि स्थापित रुरु एफ एम, ५०० वाट क्षमतामा गुल्मी जिल्ला संगै छिमेकि जिल्ला सहित करिव २० भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।एफ एमले विभिन्न समाचारमुलक ,शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ ।आफ्नो १६ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युगराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता,विज्ञापनदाता,शुभचिन्तक,पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । साथै उहाँले दिपावली छट, नेपाल संवतको अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएको छ ।अझ धेरै श्रोताहरुको बिचमा पुग्ने र आवाज विहिन हरुको आवाजलाई अझै बुलन्द बनाउने उदेश्य सहित रेडियोले केही बर्ष देखि छत्रकोट २ पल्लिकोट कोट डाडाबाट दैनिक १८ घण्टा प्रसारण गरिरहेको छ ।

  • रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत

    रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ३ दिन सम्म सञ्चालित यो बर्षको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी जनबोध माविले आफ्नो हातमा पारेको छ। ८ स्वर्ण , ३ रजत र ५ कास्य सहित वडा नम्बर ४-५ काे जनबोध माध्यमिक बिद्यालय कुल १६ पदक लिएर रुरुक्षेत्र गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्डकाे यो बर्षको उपाधि हासिल गरेको हो ।

    रनिङ शिल्ड प्रतियोगितामा जनबोधको यो लगातार चौथौँ सफलता हो, यस अघि पनि लगातार तीन पटक प्रथम हुन सफल भएसङ्गै उसले सिङ्गो शिल्ड नै आफ्नो पक्षमा पारिसकेको थियो।

    प्रतियोगितामा दोस्रो वडा न.६ रिमुवामा रहेको जनज्योति मावि भएको छ, जसले स्वर्ण ३ ,रजत ८ र कास्य ४ गरि कुल १५ पदक जित्न सफल भएको छ। त्यस्तै वडा नम्बर २ मा रहेको ग्वादी माध्यमिक बिद्यालयले प्रतियोगितामा तृतीय स्थान हासिल गरेको छ । ग्वादी माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य सहित तृतीय स्थान सुरक्षित गर्न सफल भएको छ।

    प्रथम बनेको जनबोध माध्यमिक बिद्यालयले रु. १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ ।त्यस्तै दोस्रो हुने जनज्योति माविले रु. ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ भने तृतीय हुने ग्वादी माध्यमिक बिद्यालयले रु. ५ हजार नगद ,ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिका भित्र रहेका बिद्यालयमा रहेका बिद्यार्थीकाे क्षमता फरक फरक ढङ्गले मुल्यांकन गर्न सकिने र उनिहरुकाे प्रतिभाकाे उच्च मुल्यांकन गरिने ठाउँ राष्ट्रपति रनिङ शिल्ड पनि भएकाले सहभागी सम्पुर्ण बिद्यार्थीलाई धन्यवाद दिएका छन् । उनले कार्यक्रमलाइ सफल पार्न अनवरत खट्ने गाउँपालिकाका कर्मचारी र बिद्यार्थी उपस्थित बनाएर उनिहरुकाे प्रतिभाकाे पहिचान गराउन सहयोग गर्ने विद्यालयहरुलाई धन्यवाद दिएका छन् । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना गौतम, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका सदस्यहरु, समाजसेवी, सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम कार्तिक २२,२३ र २४ गते गरि तीन दिन सम्म सञ्चालन भएको हाे । कार्यक्रम गाउँपालिकाकाे खेलमैदान घ्युबेशीमा संचालन भएको थियो। समापन कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख झविलाल विकले गरेका थिए ।

  • भूकम्पपीडितलाई रुरुक्षेत्रको पाँच लाख सहयोग

    भूकम्पपीडितलाई रुरुक्षेत्रको पाँच लाख सहयोग

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भूकम्पपीडितलाई पाँच लाख सहयोग गरेको छ ।
    कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि यस गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

    भूकम्पको कारण घाईते हुनुभएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घरवारविहिनलाई तत्काल राहत उपलब्ध गराउन पाँच लाख रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा  गरिने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

  • पाल्पामा पनि भुकम्पको महसुस

    पाल्पामा पनि भुकम्पको महसुस

    पाल्पा, पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन

  • नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको   भूकम्पमा परेर  मृत्यु

    नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

    जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

     

    उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

  • प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प गएको ठाउँ तर्फ जाँदै,मौसमका कारण जान केही ढिलाइ, केही सडकहरू बन्द

    प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प गएको ठाउँ तर्फ जाँदै,मौसमका कारण जान केही ढिलाइ, केही सडकहरू बन्द

    प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प गएको ठाउँ तर्फ जाँदै,मौसमका कारण जान केही ढिलाइ, केही सडकहरू बन्द ।
    कार्तिक १८ शनिबार

    जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ ।

    त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको छ ।

    मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयो। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प गएको छ । राति ११स्४७, १२स्०८, १२स्२९ र १२स्३५ गरी ४ पटकको क्रमशः ६।४, ४।८, ४।२ र ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय लाग्नुभएको छ।

    सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको बताईएको छ। केही सडकहरू बन्द भएका छन्।

    खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्री सहितको स्वास्थ्यकर्मीको टिम अहिले स्थलगत जाँदैछ। बिहानैदेखि घाईतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुनेछन्।

  • शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस

    शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस

    केहि समय अगाडी जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि ।
    कार्तिक १८ शनिबार

    केहि मिनेटप अगाडी शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।
    गुल्मी लगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।

    ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

  • रुरुक्षेत्र गाउँपालिकाको एकीकृत घुम्ती सेवा प्रभाव कारी बन्दै

    रुरुक्षेत्र गाउँपालिकाको एकीकृत घुम्ती सेवा प्रभाव कारी बन्दै

    रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ ।
    कार्तिक १७
    रुरुक्षेत्र गाउँपालिका गुल्मीले नागरिकलाई सजिलो संग सेवा दिन एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कात्तिक १५ गते देखि २० गते सम्म सबै वडाहरुमा सञ्चालन हुने एकीकृत घुम्ती सेवाको गाउँपालिकाको वडा नम्बर–१ रिडीबाट सुरु गरिएको छ ।

    एकीकृत घुम्ति सेवामार्फत उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण, उपभोक्ता समितिसँग योजना सम्झौता, व्यवसाय दर्ता एवम् नविकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, कृषकको माटो परीक्षण, कृषि तथा पशुपालन सम्बन्धी परामर्श तथा औषधीहरु वितरण, आयुर्वेद औषधी वितरण तथा स्वास्थ्य परिक्षण लगायतका विभिन्न सेवाहरु एकीकृत रुपमा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो।

  • गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

    गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

    आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
    जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए ।

    स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ की किशोरी उदय मावि अगाडिको झोलोङ्गे पुल तल नग्न अवस्थामा मृत फेला परेको शान्तिपुरका युवा समाजसेवि कमल खत्रीले जानकारी दिए ।
    मृत अवस्थामा भेटिएकी ति किशोरी स्थानीय कक्षा ९ मा अध्ययन गर्ने मनिषा रुचाल भएको स्थानीयलेले दाबी गरेका छन् ।
    शवको बारेमा प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै नाम खुलाएको छैन ।

    मृतक कि आम धनमाया का अनुसार बिहान ११ बजे खेतमा धान झाट्दै दाइ लगाउदै थियौ। काम गर्ने खेताला ले सुर्ती लिन आग्रह गरे पछि उनि श्रीलंकाटोलको पसल तर्फ लागेकी थियिन। तत् पश्चात उनि सम्पर्क बिहिन भएको पारिवारिक स्रोत ले जानकारी दिएको छ। हाल उनि शान्तिपुर को पुल मुनि नग्न अवस्थामा मृत फेला परेकी हुन्