रुरुक्षेत्र गाउँपालिकाको एकीकृत घुम्ती सेवा प्रभाव कारी बन्दै

रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ ।
कार्तिक १७
रुरुक्षेत्र गाउँपालिका गुल्मीले नागरिकलाई सजिलो संग सेवा दिन एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कात्तिक १५ गते देखि २० गते सम्म सबै वडाहरुमा सञ्चालन हुने एकीकृत घुम्ती सेवाको गाउँपालिकाको वडा नम्बर–१ रिडीबाट सुरु गरिएको छ ।

एकीकृत घुम्ति सेवामार्फत उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण, उपभोक्ता समितिसँग योजना सम्झौता, व्यवसाय दर्ता एवम् नविकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, कृषकको माटो परीक्षण, कृषि तथा पशुपालन सम्बन्धी परामर्श तथा औषधीहरु वितरण, आयुर्वेद औषधी वितरण तथा स्वास्थ्य परिक्षण लगायतका विभिन्न सेवाहरु एकीकृत रुपमा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1103