Blog

  • नेपाली कांग्रेस छत्रकोट गुल्मीको प्रथम गाउँ सम्मेलन सम्पन्न ।

    नेपाली कांग्रेस छत्रकोट गुल्मीको प्रथम गाउँ सम्मेलन सम्पन्न ।

    नेपाली कांग्रेस छत्रकोट गुल्मीको प्रथम गाउँ सम्मेलन सम्पन्न ।
    भुवन भुषाल,
    भदौ २४
    गुल्मी

    नेपाली कांग्रेस छत्रकोट गाउँपालिका गुल्मीको गाउँ सम्मेलन सम्पन्न भएको छ । गाउँपालिकाको चोयगामा हिजो शनिवार एक समारोहका बीच कांग्रेस छत्रकोटले प्रथम गाउँ सम्मेलन सम्पन्न गरेको हो ।

    नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँ सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य मोती भण्डारी, कांग्रेस गुल्मीका उपसभापति अनन्त पौडेल, जिल्ला सह( सचिव छवि पाण्डे, क्षेत्रीय सभापति पारिश्वर ढकाल, जिल्ला समन्वय समितीका सदस्य एवं लुम्बिनी प्रदेश सदस्य महेश्वर भण्डारी, कांग्रेस जिल्ला सदस्य धातानन्द भण्डारी लगायत कांग्रेस पार्टिका नेता कार्यकर्ता लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुमै कार्यक्रमका सभापती एवम् नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पन्थीले नेपाली कांग्रेस छत्रकोट गाउँ कार्य समितिको कृयाशिलता लोभलाग्दो रहेको बताउँदै अझै बढी कृयाशिल भई आगामी निर्वाचन ढुक्कले जित्ने वातावरण बनाउन शुभकामना दिनुभयो ।

    वृद्धवृदा सम्मान गरेर सुरु गरिएको कार्यक्रममा तिजको शुभकामना आदानप्रदान गर्दै दरखाने कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित महिलाहरुले तिजको शुभकामना आदानप्रदान गर्दै तिज गित र नाच समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा छत्रकोटका नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • गुल्मीदरवार गाउँपालिकामा निजामति दिवस बहिस्कार

    गुल्मीदरवार गाउँपालिकामा निजामति दिवस बहिस्कार

    गुल्मीदरवार गाउँपालिकामा निजामति दिवस बहिस्कार ।
    भदौ २२
    गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले संयुक्त रुपमा निजामति दिवस बहिस्कार गरेका छन् ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संघीय संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामति सेवा ऐनको मस्यौदामा असहमति जनाउँदै दिवस बहिस्कार गरेका हुन् । उनीहरुले संघीयताको जग स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मानमर्दन हुने गरी तेस्रो दर्जाको कर्मचारीको रुपमा विभेदपूर्ण तथा संघीय कार्यालयका उपल्लो तहका सिमित कर्मचारीहरुको स्वार्थ र पदिय हितमा केन्द्रित मस्यौदा तयार भएको आरोप लगाएका छन् ।
    स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामति कर्मचारीको परिभाषामा समेत नसमेटिएको अवस्थामा यस गुल्मीदरबार गाउँपालिका मातहतमा कार्यरत स्थानीय सेवाका सम्पूर्ण कर्मचारीहरुले बहिष्कार गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिए ।
    कर्मचारीहरुको संयुक्त रुपमा जारी प्रेस बिज्ञप्तीमा नेपालको संविधानको धारा २४३ को मर्म बमोजिम संघीय निजामति सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐनको रुपमा जारी गर्नुपर्ने, तिनै तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सरुवा सहमितका आधारमा नभईचक्रिय प्रणालीमा हुनुपर्ने, प्राकृतिक न्यायको सिद्धान्त तथा संविधानको मर्म बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीयसेवाकै हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा प्राप्त अवसर तथा वृत्ति विकास सम्बन्धमाविभेद नभई समान आकर्षणको हुनुपर्ने उल्लेख छ ।
    तिनै तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको पाँच बर्ष सेवा अवधि भएका कर्मचारीहरुलाई एक तह र १० बर्ष भन्दा बढी सेवा अवधि भएका कर्मचारीहरुलाई दुई तह वृद्धिको व्यवस्था एकिकृत निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने, हाल सञ्चालनमा रहेको निजामति अस्पतालमा तत्कालै सबै तहका राष्ट्रसेवक कर्मचारीहरुले सेवा लिन पाउनेगरी समेट्नुपर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवा हुने गरी बढुवा तथा आन्तरिकरअन्तरतह प्रतिस्पर्धाको आधारमा प्रदेश तथा संघीय सेवामा जाने प्रावधान राखिनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने, योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी व्यवस्था तीनै तहको एकिकृत निवृत्तिभरण कोषबाट हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको अन्तरप्रदेश सरुवाको व्यवस्था एकिकृत निजामति सेवा ऐनमा नै उल्लेख भएको हुनुपर्ने माग बिज्ञप्ती मार्फत गरिएको छ ।

  • आज   भगवान कृष्णको  जन्म उत्सव  व्रत गरेर  मनाइदै

    आज भगवान कृष्णको जन्म उत्सव व्रत गरेर मनाइदै

    देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी,[५] १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए ।[६] कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए।[७]

    मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो। देवकीको भाइ राजा कंशले[८] आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए। एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए। भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो। कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन्। (यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो।

    जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्‍याउन लगाए,[९] जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे। वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्‍याए। त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए। कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए। तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन्।[९] कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए। पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे।

  • नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

    नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

    नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी ।
    भदौ २०

    नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । हिजोको मतपरिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन ।

    विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे ।

    पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये, ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।

  • निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

    निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

    भाद्र १८। गुल्मी

    निन्युखर्क माध्यमिक बिद्यालय धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीमा शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
    निन्युखर्क माध्यमिक बिद्यालयको सभाहलमा शिक्षक , अभिभावक ,विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि सहित बसेको भेलाले हरि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको छ । निन्युखर्क माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापाको सभाध्यक्षबाट सुरु भएको कार्यक्रममा धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बहादुर बिस्टको प्रमुख आथित्यता रहेको थियो शिक्षक अभिभावक संघमा क्रमस पृथ्वी लाल श्रेष्ठ ,पार्वती बिक,सीता बोहोरा,मधु खत्री साबित्रा पन्थी ,बिमला पुन रहनु भएको छ ।
    बिद्यालयका प्रध्यानाध्यापक कृष्ण बिस्टको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन दिपक श्रीस ले गर्नु भएको थियो ।

  • ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा  सन्चालित  वक्तृत्वकलामा शारदाकी गौतम  प्रथम

    ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा सन्चालित वक्तृत्वकलामा शारदाकी गौतम प्रथम

    श्रीराम गौतम
    भदौ १९
    चन्द्रकोट गाउँपालिका वडा नं ५ ग्वाघा गुल्मीमा अवस्थित ग्वाघा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना तथा ग्वाघा माध्यमिक विद्यालयको संरक्षकत्वमा सञ्चालित औपचारिक कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लील बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतथिको रुपमा चन्द्रकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तिर्थ बहादुर कार्की रहनुभएको हो । चन्द्रकोट क्षेत्रकै शैक्षिक व्यक्तित्व तथा समाजसेवी रामलाल सुबेदी रहनुभएको हो भने कार्यक्रममा अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    आधारभुत तह (६-८) लक्षित “मानवीय सेवामा युवा तथा जुनियरको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका १२ वटा विद्यालयको सहभागिता रहेको हो । सहभागी विद्यालय मध्य शारदा माध्यामिक विद्यालय चन्द्रकोट १ सराङ्गकी छात्रा रीतिका गौतम प्रथम, हिमालयन आधारभूत बिद्यालय चन्द्रकोट ५ जोगिस्थानकी छात्रा समीक्षा थापा द्वित्तिय तथा ज्ञानोदय माध्यमिक विद्यालय चन्द्रकोट ८ मजुवाजी छात्रा आकृति पराजुलीले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।


    प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धी हरुलाई क्रमशः ३०००,२००० र १५०० नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको हो । विद्यालयका प्रधानध्यापक प्रकाश थापाको स्वागत मन्तब्य साथै प्रमुख अतिथि र अन्य विशिष्ट अतिथिको शुभकामना मन्तब्यको साथमा विभिन्न साँस्कृतिक गीत तथा नृत्यहरू रहेको कार्यक्रमको सञ्चालन नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल ग्वाघा माध्यमिक विद्यालयका शिक्षक सह नायक बलराम कार्कीले गर्नुभएको हो ।

  • उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

    उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

    श्रीराम गौतम
    भदौ १९
    चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार गुल्मीमा अवस्थित उदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना तथा उदय माध्यमिक विद्यालयको संरक्षकत्वमा सञ्चालित औपचारिक कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा चन्द्रकोट गाउँपालिका प्रमुख युवराज के.सी. बिशिष्ट अतिथि पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा शाखा प्रमुख नयन सिंह ठकुरी, चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष वल बहादुर बस्नेत तथा नेपाल रेडक्रस सर्कल गुल्मी जिल्ला प्रतिनिधि भानुभक्त सुबेदी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चन्द्रकोट उपशाखा सभापति गीता थापा, नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल चन्द्रकोट गाउँपालिका प्रमुख मिठु कुमारी घिमिरे तथा अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
    माध्यमिक तह कक्षा (९-१२) लक्षित “मानवीय सेवामा युवा रेडक्रसको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयको सहभागिता रहेको हो । सहभागी विद्यालय मध्य ज्ञानोदय माध्यामिक विद्यालय चन्द्रकोट ८ मजुवाकी छात्रा समीक्षा सापकोटा प्रथम, ग्वाघा माध्यामिक बिद्यालय चन्द्रकोट ५ ग्वाघाका छात्र सुगम कार्की द्वित्तिय तथा शारदा माध्यमिक विद्यालय चन्द्रकोट १ सराङ्गकी छात्रा अनिशा खत्री क्षेत्रीले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
    प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धी हरुलाई क्रमशः २५००,२००० र १५०० नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो । विद्यालयका प्रधानध्यापक हरी प्रसाद न्यौपानेको शुभकामना मन्तब्य साथै प्रमुख अतिथि र अन्य विशिष्ट अतिथिको शुभकामना मन्तब्यको साथमा विभिन्न साँस्कृतिक गीत तथा नृत्यहरू रहेको कार्यक्रमको सञ्चालन नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल उदय माध्यमिक विद्यालयका शिक्षक नायक श्यामलाल गौतमले गर्नुभएको हो ।

  • पाल्पाको  तानसेनमा तिज गित प्रतियोगिता  सम्पन्न

    पाल्पाको तानसेनमा तिज गित प्रतियोगिता सम्पन्न

    सुमित्रा  कंडेल  पाल्पा । तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

    “स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“ विषयमा भएको प्रतियोगितामा तानसेन १४ अर्गलीको अर्गली बजार व्यवस्थापन समूह प्रथम भएको छ । सोही वडाको ऋषिकेश महिला जागरण कृषि समू दोस्रो, तानसेन ६ देवकोटा चोक आमा समूह तेस्रो र तानसेन ७ को बंशगोपाल आमा समूह सान्त्वना भएका छन् ।

    प्रतियोगितामा प्रथम हुने समूहले नगद ७ हजार,दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुने समूहले २ हजार र सहभागी समूहले हजार पाँच सय नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नगरपालिका भित्रका १४ वडामध्य ९ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक मन गहिरेले जानकारी दिनुभयो ।

    प्रतियोगितमा नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । जसका लागि तानसेन नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

    नगरपालिकाका उप प्रमुखउपाध्यक्ष प्रतिक्षा गाहा सिङजालीले कला संस्कृतिको संरक्षणका साथै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगरस्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

     

  • अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

    बिष्णु कुमार आले भदौं १८ अर्घाखाँची
    चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय मिलन खनाल रहेको प्रहरीले जनाएको छ । घाईतेहरूमा सोही ठाउँका २५ बर्षिय जेम बहादुर पुन , २८ बर्षिय लिल बहादुर पुन ,२१ बर्षिय दामोदर खनाल र २२ बर्षिय चन्द्र बहादुर खनाल रहेका छन् । बजार गरि घर जानेक्रममा ठूलो पानी परेपछि स्थानीय दुर्गा बहादुर पुनको घरमा ओत्तिन बसेका उनिहरू माथी चट्याङ परेको थियो । घाईतेहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको छ ।

  • पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते
    मनोज कार्की
    भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम आउदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको  प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

    दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ । ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित  लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ  ।

    स्कार्पियाे ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ । गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।