चुरामणि तिमिल्सिना श्रावण ६
गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको देख्दा खुशी व्यक्त गर्दै आफुले पनि यश धार्मिक कार्यक्रमम सहयोग गर्ने वडा न१४ का वडा अध्यक्ष शोभाखर भट्टराईले प्रतिबद्धता जायर गर्नु भयो। गुफाको रिपोर्टिङको लागि र कार्यक्रमको जानकारको लागि स्थलगमा पुगेको रुरु सन्चार अन्लाईन सित कुरा गर्दै स्थानीय बासी तथा कार्यक्रम संयोजक कमल खनालले यो पोखरी ओझेलमा परेकोले यस्को महिमा पोखरी स्नानको महत्त्व र यहाँ पर्यटन लाई लोभ्याउने आकर्षक केही गराउन सकियो भने पकै पनि यहाँको प्रचारप्रसारमा टेवा पुग्ने बताउनु भयो। 
आउँदो श्रावण १३ गते सनिबार एकादशी पर्वको अवसर पारेर दिनभर भजन कृतन संगै यस गुफाको महत्त्व , इतिहास र पुर्षोत्तम महात्म्य कार्यक्रम पनि गरिने र आउने सम्पुर्ण भक्तजनलाइ निशुल्क प्रसादिको ब्यवस्थापन गरिने कार्यक्रमका सहयोग दाता खिमानन्द सापकोटाले बताउनु भयो ।

सनिवार गुफा अवकोलन गर्न पुगेका टोलिका अग्रज भाष्करमणि खनालले यस क्षेत्रमा २०२९ साल तिर पनि अखण्ड भजन कृतन गरेको आफुले अग्रज बाट सुनेको ताजै रहेकोले पछिल्ला दिनमा यसरि यस्तो कार्यक्रमको आयोजना नभएकोले आफुले पनि यश अभियानमा सक्दो सहयोग गर्ने र सहयोग जुटाउन सबै लाई आग्रह समेत गर्ने बताउनु भयो ।
गुफामा हनुमान को मुर्ति पनि रहेकोले सरसफाइ गर्ने। जाने बाटो लाई केही दिनमा सरसफाइ गरेर चिटिक्क पारि धेरै भक्तजन कार्यक्रम स्थानमा पुर्याइने लक्ष राख्दै आफुले कार्यक्रमलाई प्रचारप्रसार गर्न लागि पर्ने बताउनु भयो।











विद्यार्थीहरूलाई व्यवहारोपयोगी र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तरपुस्तिकाबिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको बताउँदै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै अन्य विषयमा पनि यो परीक्षा प्रणाली लागु गर्दै जाने बताउनुभयो भने कम्तीमा प्रविधिसँग सम्बन्धित विषयको परीक्षा सबै शैक्षिक संस्थाहरूले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेमा विद्यार्थीहरूमा व्यावहारिक सिप र प्रविधिमैत्री कार्यकुशलता वृद्धि हुने कुरा बताउनुभयो ।











रेडक्रस सर्कलका अध्यक्ष एलिष्मा बिश्वकर्माको अध्यक्षतामा संचालित कार्यक्रममा चन्द्रकोट गाउपालिका वडा नं. १ का वडा अध्यक्ष घनश्याम खरेलको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोपाल अर्याल, शिक्षक अभिभावक संघ अध्यक्ष डिलबहादुर बिश्वकर्मा, बिद्यालयका सुचना अधिकारी तथा बरिस्ठ शिक्षक बिष्णु प्रसाद सुबेदि यस्तै नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल शान्तिपुर उपशाखा प्रमुख मिठु कुमारी गौतमको आतिथ्यता रहेको कार्यक्रमको प्रशिक्षक बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर राना हुनुहुन्थ्यो ।