Blog

  • सत्यवती  गाउँपालिकामा एक दिने  अभिमुखीकरण  तालिम सम्पन्न

    सत्यवती गाउँपालिकामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न

    चुरामणि  तिमिल्सिना  असार  २२

    सत्यवती गाउँपालिका गुल्मीमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, प्रधानाध्यापक , स्वास्थ्य स्वयंसेविका लाई पनि सहभागी गराएर तालिम प्रदान गरिएको थियो । बिद्यालय तहमा किशोर किशोरीहरुले खुलेर आफ्ना समस्याहरु सजिलैसङ्ग राख्न नसक्ने , लजाउने प्रबृत्तिले गर्दा पछिल्ला दिनमा कुनै पनि घटनाहरु हुन सक्ने र यसलाई समाधान गर्न पनि सजिलो होस भन्ने उद्देश्यका साथ अभिमुखिकरण तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारि दिनुभयो।

     

    तालिम पछी बिद्यार्थीले आफ्ना हरेक समस्या हरु अब बिद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्य कर्मी स्वयं सेविकासङ्ग आफुहरुले नलजाइकन राख्न सकिने बिद्यार्थीले कार्यक्रम प्रस्तुत गर्नुभयो । तालिममा डा. प्रभात किरण न्यौपाने, यस्तै स्वास्थ्य शाखाका हिमलाल भण्डारी, रनमाया रानाले प्रशिक्षण दिनु भएको थियो। तालिममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामुले आफ्ना भनाइ राख्दै पालिका भित्र रहेका हरेक बिद्यालयमा यो कार्यक्रम पुर्याउन पालिका लागि पर्ने, बिद्यार्थीलाई यौन तथा प्रजनन कार्यक्रमलाइ प्रभावकारी बनाउदै स्वास्थ्य संस्था अगाडी बढ्ने बताउनु भयो ।

  • सत्यवती गाउँपालिकाले  बितरण  गर्यो  बिरामी लाई आर्थिक सहयोग

    सत्यवती गाउँपालिकाले बितरण गर्यो बिरामी लाई आर्थिक सहयोग

    चुरामणि  तिमिल्सिना असार   २२

    सत्यवती गाउँपालिका गुल्मीले एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिका भित्र रहेका मृगौला प्रत्यारोपण गरेका र डाइलायसिस गराइ राखेका तथा क्यान्सर रोगी लाई जनही मासिक रु ५००० हजारका दरले ३५ जनालाइ आर्थिक सहयोग गराइएको स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनुभयो । नेपाल सरकारले यो अभियान सन्चालन गरेर आफुहरु लाई निकै नै सहयोग पुगेको वडा न ६ का मेघराज भण्डारीले बताउनु भयो ।

    वितरण कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुडाथोकी , यस्तै वडा न ४ का वडा अध्यक्ष पिताम्बर ज्ञवाली , वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी वडा न ८ का वडा अध्यक्ष होम बहादुर रानाको आथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यो रकम बिरामीहरु ला्इ हस्तान्तरण गर्दै उपचारमै खर्च गरि सहि सदुपयोग गर्न आग्रह गर्दै स्वास्थ्य लाभको कामना गर्नु भयो। कार्यक्रम स्वास्थ्य शाखाका कर्मचारी हिमलाल भण्डारीले सन्चालन गर्नु भएको थियो।

  • गुल्मी दरबार गाउँपालिकामा  अध्यक्ष  सम्मान  कार्यक्रम   देखि विभिन्न  सम्मान  कार्यक्रम

    गुल्मी दरबार गाउँपालिकामा अध्यक्ष सम्मान कार्यक्रम देखि विभिन्न सम्मान कार्यक्रम

    “गुल्मीदरबार गाउँपालिकामा “अध्यक्ष कृषक सम्मान”लगायत विभिन्न कार्यक्रम सम्पन्न ”

    नवीन कार्की असार  २१

    गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष कृषक सम्मान,सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि जेहेन्दार छात्रावृत्ति,तथा उपाध्यक्ष छात्रा प्रोत्साहन रकम वितरण,दलित लक्षित कार्यक्रम अन्तर्गत पन्चेबाजा समुहलाई
    पोसाक वितरण तथा व्यावसायिक दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम एकैपटक गुल्मीदरबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा अध्यक्ष कृषक सम्मान कार्यक्रम अन्तर्गत १० जना कृषकलाई सम्मान गरिएको थियो भने दुग्ध उत्पादनमा अनुदान कार्यक्रम अन्तर्गत २६ जना कृषकलाई सम्मान गरिएको छ ।

    यसैगरी उपाध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका विभिन्न बिधालयबाट छनोट गरि पठाइएका १७ जना छात्रालाई सम्मान गरिएको थियो भने
    जेहेन्दार छात्रवृत्ति कार्यक्रम अन्तर्गत ३६ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    सोहि कार्यक्रममा गुल्मीदरबार गाउँपालिका बडा न.१ मा रहेको बोटेमाझी गाउँमा अध्ययनरत अति सीमान्तकृत ४ जना छात्राहरू लाइपनि प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
    यसैगरी हाम्रो कला संस्कृत जोगाउने अभिप्रायले पन्चेबाजा समुहलाइ पोसाक वितरण गर्नुका साथै २ बटा (दमाह) बाजा हस्तान्तरण गरिएको थियो।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मीदरबार गाउँपालिकाका
    अध्यक्ष सरोज कुमार थापाले आफू सधैं जनताको साथमा रहेको बताउदै सम्मानित हुने किसानहरु लाई अब अझ बढी चुनौती थपिएको बताउनु भयो। अबदेखि हाम्रो गाउँपालिकाले दुध,तरकारी फलफूल जस्ता चिज बाहिर बाट आयातीत गर्न नपरोस तपाईंहरुले उत्पादन गरेका हरेक चिजको लागि बजारीकरण गर्ने कुरामा ढुक्क हुनुस बन्दै आफनै उत्पादनमा निर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    बडा न.२ का बडा अध्यक्ष बिस्नु गौतमको स्वागत मन्तव्य बाट सुरु भएको सो कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा,प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी,सामाजिक बिकास संयोजक मुकेश थापा लागायतले आफनो मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमको सहजीकरण भने गुल्मीदरबार गाउँपालिका शिक्षा शाखामा कार्यरत खिम थापाले गर्नुभएको थियो।

  • रुरुक्षेत्र  गाउँपालिकाले  रिमुवा र रिडीमा गर्यो  सार्वजनिक सुनुवाइ

    रुरुक्षेत्र गाउँपालिकाले रिमुवा र रिडीमा गर्यो सार्वजनिक सुनुवाइ

    चुरामणि  तिमिल्सिना  असार   २१

    रुरु क्षेत्र गाउँपालिकाको वडा न ६ रिमुवा र वडा नं १ रिडीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा शुभारम्भमा आफ्ना भनाइ राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले चालू आर्थिक वर्षमा गाउँपालिकाले सम्पन्न गरेका कामका बिषयमा जानकारी राख्दै ती बिषयमा नागरिकका जिज्ञासा भए प्रश्नगर्न आग्रह गर्दै आगामी आर्थिक वर्षको लागि महत्वपूर्ण सुझाव छन भने दिन समेत आग्रह गर्नुभएको थियो। गाउँपालिका गरेका महत्त्वपूर्ण उपलब्धिलाई समाजमा पहिचान गर्न हरेक नागरिकलाई चासो राख्न , भए गरेका कामलाई प्रचारप्रसार गर्न पनि यस कार्यक्रममले टेवा पुर्याउने र आगामी गर्न सल्लाह सुझाव समेत प्राप्त हुने हुँदा यो सार्वजनिक सुनुवाइ कार्यक्रम अत्यन्तै आवस्यक भएको अधिकृत पौडेलले बताउनु भयो।
    कार्यक्रममा पालिकाबासीले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, सडक पुर्वधार निर्माण, पर्यटन क्षेत्र, तटिय क्षेत्र तथा विपन्न बर्गका लागि कार्यक्रम जस्ता विषयहरु लाई केन्द्रबिन्दु बनाइ कार्यक्रममा प्रस्तुत गरेका थिए । सुनुवाइ कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवालीले बजेटको अभाव भएता पनि स्थानीय तहका कामले निरन्तरता पाउने स्वास्थ, शिक्षा, खानेपानी लाई महत्त्वपूर्णका साथ केन्द्र बाट पहल गरेर भए पनि योजनाहरु सम्पन्न गरिने, यस्तै पुर्वधार निर्माण जस्ता काम लाई समेत पालिकाले क्रमिक रुपमा पूरा गर्ने प्रतिबद्धता जायर गर्नुभयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष मिना देवि गौतम विभिन्न वडाका जनप्रतिनिधिहरु, सरोकारवालाहरुको उल्लेखनिय सहभागीता रहेको र थियो।

  • अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    चुरामणि तिमिल्सिना  असार   २१

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    स्वास्थ्यमा कालीगण्डकी  गाउपालिकाका नागरिकको लागि   सरल र सहज पहुँच  साथमा  नयाँ सुविधा भित्र्याएको छ ।
    हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परिक्षण गरि तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने गरि ईजरायलि प्रविधिको जाँच गर्ने सुविधा (Lab in a Bag) बुधबार गाउँपालिकाको कार्यालयमा परिक्षण गरि स्वास्थ्यकर्मिहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो।

    पालिकाका स्वास्थ्यकर्मिहरू घरघरमै पुगि नागरिकको स्वास्थ्य जाँच (तत्काल ल्याब रिपोर्टसहित) गर्ने कार्यबाट स्वास्थ्यमा कालीगण्डकी गाउपालिकाका नागरिकको अझै बढि सरल र सहज पहुँच स्थापित गर्ने योजना अगाडी सारीएको उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो । यता प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले नागरिकलाई स्वस्थ राख्न हरेक नागरिकको घर दैलोमा पुगेर स्वास्थ परिक्षण गरि सेवा दिने पालिकाको दायित्व भएकोले पालिकाको सिङ्गो टिम नै लागिपरेर यो सेवा लाई प्रभाव कारी बनाइने अधिकृत पाण्डेले प्रतिबद्धता जायर गर्नु भयो।

    यस्तै पालिकाको निति कार्यक्रममा अध्यक्ष थापाले पालिका बासी लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्ने घोषण गरेसंगै थप पालिका बासिमा खुशी समेत छाएको छ।

  • घर घरमा स्वास्थ  सेवा ल्याब सहित  कालीगण्डकी  गाउँपालिका  स्याङ्जाले थाल्ने भयो अभियान

    घर घरमा स्वास्थ सेवा ल्याब सहित कालीगण्डकी गाउँपालिका स्याङ्जाले थाल्ने भयो अभियान

    चुरामणि तिमिल्सिना  असार   २१

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    स्वास्थ्यमा कालीगण्डकी  गाउपालिकाका नागरिकको लागि   सरल र सहज पहुँच  साथमा  नयाँ सुविधा भित्र्याएको छ ।
    हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परिक्षण गरि तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने गरि ईजरायलि प्रविधिको जाँच गर्ने सुविधा (Lab in a Bag) बुधबार गाउँपालिकाको कार्यालयमा परिक्षण गरि स्वास्थ्यकर्मिहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो।

    पालिकाका स्वास्थ्यकर्मिहरू घरघरमै पुगि नागरिकको स्वास्थ्य जाँच (तत्काल ल्याब रिपोर्टसहित) गर्ने कार्यबाट स्वास्थ्यमा कालीगण्डकी गाउपालिकाका नागरिकको अझै बढि सरल र सहज पहुँच स्थापित गर्ने योजना अगाडी सारीएको उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो । यता प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले नागरिकलाई स्वस्थ राख्न हरेक नागरिकको घर दैलोमा पुगेर स्वास्थ परिक्षण गरि सेवा दिने पालिकाको दायित्व भएकोले पालिकाको सिङ्गो टिम नै लागिपरेर यो सेवा लाई प्रभाव कारी बनाइने अधिकृत पाण्डेले प्रतिबद्धता जायर गर्नु भयो।

    यस्तै पालिकाको निति कार्यक्रममा अध्यक्ष थापाले पालिका बासी लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्ने घोषण गरेसंगै थप पालिका बासिमा खुशी समेत छाएको छ।

  • गुल्मीको  पिपलधारामा जिप  दुर्घटना  ३ जना घाइते

    गुल्मीको पिपलधारामा जिप दुर्घटना ३ जना घाइते

    असार २० तम्घास

    तम्घास वाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्जाङ जाने बाटाे मा  दुर्घटना  ग्रस्त  भएको  छ । ध १ ज ३० नं काे वाेलेराे जिप दुर्घटना मा परी ३ जना घाईते   भएका हुन    घाईतेलाई उपचारकाे लागि तम्घास पठाईएकाे  स्थानीयले  बताएका  छन अन्य  थप विवरण आउन  बाकी  रहेको।

    घाईते  हुनेमा  चालक बिमल महत, निरन कुबर  र कपिल कुबर  रहेका  छन  । चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर माडमा दुर्घटना हुन पुगेकाे चालकले बताएका छन्।

  • धुर्कोट वडा न ७ मा सार्वजनिक  सुनुवाइ कार्यक्रम  सम्पन्न

    धुर्कोट वडा न ७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    रमेश  पन्थी  असार २०धुर्कोट गाउँपलिकामा वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सीता गिरिले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी कार्यपालिकाले काम गरीरहेको जानकारी दिए । जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै गाउँपलिकाका सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे ।

    उहाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले पालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी धुर्कोटमा योजनाहरु भित्राउनका लागि पहल गरीरहेको बताउनु भयो यस्तै   उपाध्यक्ष सीता गिरि पालिकाले न्यायीक, महिला, बालबालिकाको क्षेत्रमा पलिकाले गरेको कामको बारे जानकारी दिएकी छ्न्।

    त्यस्तै ७ वडा अध्यक्ष लिला खनाल वडा सचिव सुवास पन्थीले वडा भित्र उठेका प्रश्नको जबाफ दिएका थिए।

    वडा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।

    सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालित विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए ।

  • जन्मदिनमा फजुल खर्च कटौती गरेर चन्द्रकोटका अर्यालले बिद्यालयलाई गरे शैक्षिक सामाग्री प्रदान

    जन्मदिनमा फजुल खर्च कटौती गरेर चन्द्रकोटका अर्यालले बिद्यालयलाई गरे शैक्षिक सामाग्री प्रदान

    श्रीराम गौतम असार २०

    शारदा माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक,अभिभावक एवम शाइन रेशुङ्गा विकास बैंक, शान्तिपुर शाखामा कार्यरत कर्मचारी कमल अर्यालले आफ्नो जन्मदिनको अवसरमा प्रधानाध्यापक राम प्रसाद शर्मा अर्याल विद्यालय व्यवस्थापन समिती अध्यक्ष गोपाल अर्याल,वालशिक्षा सहजकर्ता राधिका सापकोटाको रोहवरमा बालबालिकाको लागि उपयोगी विभिन्न सामग्रीहरु प्रदान गरि रचनात्मक कार्य गर्नुभएको छ ।

    बिद्यालयका प्रधानाध्यापक सङ्ग कुरा गर्दै उहाले भन्नुभयो जन्मदिन, बैवाहिक बर्षगाठ तथा अन्य उत्सवहरुमा केक काट्ने र भोज भतेरमा खर्च गर्ने रकम कटौती गरेर शैक्षिक संस्थाहरुमा सहयोग गर्ने हो भने स-साना बालबालिकाले खेल्दै सिक्दै गरि भविष्यको लागि दक्ष जनशक्ति उत्पादन गर्न सहज हुन्छ तसर्थ हामिहरुले शुभकार्य हरुमा फजुल खर्च नगरी यस्ता संस्थाहरुमा सहयोग गर्नु उपयुुक्त हुन्छ । साथै उहाँको यो रचनात्मक कामको प्रशंसा गर्दै बिद्यालय परिवारले कमल अर्यालको जिवनमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

  • रुरु क्षेत्र  गाउँपालिकाले प्रबिधियुक्त  कक्षा सन्चालन गर्दै

    रुरु क्षेत्र गाउँपालिकाले प्रबिधियुक्त कक्षा सन्चालन गर्दै

    रूरूक्षेत्र गाउँपालिकामा, प्रविधियुक्त कक्षा सन्चालन सुरु हुदै ।
    असार २०

    रूरूक्षेत्र गाउँपालिका गुल्मीका सामुदायिक बिद्यालयमा प्रविधियुक्त कक्षाहरू सन्चालन सुरु हुने भएको छ ।

    लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारिमा करिब २ करोड बढीको लगानिमा गाउँपालिका भित्रका मा बि तह संचालन भएका बिद्यालयहरुमा आधुनिक प्रबिधियुक्त पाठ्य सामाग्री बाट अध्यापन गर्न लागिएका हो ।

    साधारणधार संचालन भएका मा बिमा कक्ष ६ देखि ८ मा र प्राबिधिकधार पनि संचाला भएका मा बिमा ११ र १२ कक्षामा पनि अंग्रेजी, गणित, बिज्ञान र सामाजिक गरि ४ बिषयको अध्यापन डिजिटल माध्यम बाट सुरु गरिने भएको छ । अहिले बिद्यायहरुमा उपकरण जडानको काम भएको छ ।