सत्यवती गाउँपालिकामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न

चुरामणि  तिमिल्सिना  असार  २२

सत्यवती गाउँपालिका गुल्मीमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, प्रधानाध्यापक , स्वास्थ्य स्वयंसेविका लाई पनि सहभागी गराएर तालिम प्रदान गरिएको थियो । बिद्यालय तहमा किशोर किशोरीहरुले खुलेर आफ्ना समस्याहरु सजिलैसङ्ग राख्न नसक्ने , लजाउने प्रबृत्तिले गर्दा पछिल्ला दिनमा कुनै पनि घटनाहरु हुन सक्ने र यसलाई समाधान गर्न पनि सजिलो होस भन्ने उद्देश्यका साथ अभिमुखिकरण तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारि दिनुभयो।

 

तालिम पछी बिद्यार्थीले आफ्ना हरेक समस्या हरु अब बिद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्य कर्मी स्वयं सेविकासङ्ग आफुहरुले नलजाइकन राख्न सकिने बिद्यार्थीले कार्यक्रम प्रस्तुत गर्नुभयो । तालिममा डा. प्रभात किरण न्यौपाने, यस्तै स्वास्थ्य शाखाका हिमलाल भण्डारी, रनमाया रानाले प्रशिक्षण दिनु भएको थियो। तालिममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामुले आफ्ना भनाइ राख्दै पालिका भित्र रहेका हरेक बिद्यालयमा यो कार्यक्रम पुर्याउन पालिका लागि पर्ने, बिद्यार्थीलाई यौन तथा प्रजनन कार्यक्रमलाइ प्रभावकारी बनाउदै स्वास्थ्य संस्था अगाडी बढ्ने बताउनु भयो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *