- रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफलu भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो ।
२०६३ मा शिलान्यास भई २०७१ सालदेखि निर्माण शुरु भएको विमानस्थल १६ वर्षपछि २०७९ मा सम्पन्न भएको हो । ३३ करोड लगानीमा सम्पन्न भएको सो विमानस्थलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ पुग्न ४५ मिनेटको समय लाग्छ । प्रर्दशन उडानको काम सकिएकाले अब नियमित उडानको काम हुने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
रेसुङ्गा विमानस्थलबाट गुल्मी लगायत छिमेकी जिल्ला अर्धाखाँची, प्यूठान, वाग्लुङ्ग र पाल्पाका यात्रुहरुले सेवा लिनेछन् । गुल्मी देखी राजधानी जाने समय १४ घण्टाबाट छोटिएर ४५ मिनेट हुने भएपछि स्थानीयले छिटो नियमित संचालनको आशा राखेका छन् । प्रदर्शन उडानमा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवाली, राम कुमारी झाँक्री माननीय चन्द्र भण्डारी लगायत जिल्ला आएका थिए ।
Blog
-

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल
-

साना किसान कृषि सहकारीपाल्पाको १३ औं साधारण सभा सम्पन्न
तिमिल्सिना पुस -२३ साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको १३ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सोभाकर भट्टराईको प्रमुख आथित्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष भट्टराईले सहकारी संस्थाहरु सञ्चालन गर्न चुनौतीहरु आउने हुँदा चुनौती लाई पार गर्न संस्थाका सेयर सदस्यहरु, संचालक समिति लेखा समिति र बिमा समितिले गरेका आर्थिक क्रियाकलाप पारदर्शी भएमा सहकारीले सफलता प्राप्त गरेको हुने बताउनु भयो। यस्तै कार्यक्रममा साना किसान लघु बितिय लिमिटेड ईलाका कार्यालय बुटवलका अधिकृत राजेश भट्टराई विशिष्ट अतिथि रहनु भएको थियो। भट्टराईले सहकारीका बिधान ब्याज तालिम शिक्षा आम्दानीका श्रोत तथा हाल बैंकको अवस्थाका बारेका प्रष्ट पार्नु भएको थियो। सस्थाका सन्चालक समिति सदस्य बिष्णु प्रसाद पराजुलीले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। समारोहमा संस्थाका अध्यक्ष नारायण ध्वज रानाले बार्सिक प्रतिबेदन प्रबन्धक जानकि अधिकारीबाट वार्षिक प्रतिबेदनका साथै लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। यस्तै तोयनारायण पाण्डेले पशु बिमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बितिय संस्थाका प्रमुखहरु, सहकारी सस्थाका प्रतिनिधिहरु , बिद्यालयका प्रधानाध्यापकहरु ,पत्रकार महिला समुह सुरक्षा निकाय तथा सियर सदस्य हरुको आथित्यता रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रमा सफलता हासिल गरेका तथा पशुपालनमा भैसि प्रबन्धन तर्फ आत्मनिर्भर बनेकालाई जिन्सि सामाग्री सहित सम्मान पत्र प्रदान गरिएको थियोे। कार्यक्रमको ब्यबस्थापन मधु गैरेले गर्नु भएको थियो कार्यक्रमको सन्चालन सह प्रबन्धक सागर गैरेले गर्नु भएको थियो ।
-

भारतमा उच्च चिसोको कारण २२ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन् । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार अस्ति बिहीवार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७ सय २३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १५ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो ।
अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचापमा वृद्धि भएको र त्यसले हृदयघात निम्त्याएको बताएका छन् । कानपुरमा व्यापक शीतलहर रहेको र हृदय रोगबाट पीडित हुनेको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका निर्देशक विनय कृष्णले बताउनुभएको छ । स्वास्थ्य विज्ञले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह समेत दिएका छन् । भारतको उत्तरी राज्यमा केहीदिनदेखि तापक्रम निक्कै घटेको छ ।
-

दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण तथा योजना संझौता एकीकृत घुम्ती शिबिर सम्पन्न भएको छ ।
वडा कार्यालयमा संचालित शिबिर बाट २ जनाले अपाङ्गता र ८२ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन ।

यस्तै बिभिन्न ३५ वटा योजना संझौता गरिएको छ । शिबिरमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुन, वडा अध्यक्ष नारायण रेस्मी लगायत विभिन्न शासा प्रमुख तथा कर्मचारीले सहजिकरण गर्नु भएको थियो । स्थनियले आफ्नै वडामा सुबिधा पाएकोमा खुसी ब्यक्त गरेका थिए । -

रिब्दीकाेट ख्याहाका व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण
पाल्पा- कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित पाल्पाको रिब्दीकाेट गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले हेफरसँगकाे सहकार्य र कृषकसँगको ५० प्रतिशत लागत साझेदारी अनुदानमा ५ वटा हातेट्र्याक्टर वितरण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले कृषकहरूलाई यान्त्रिकरणकाे प्रयाेग गरि कृषि उपजमा वृद्धि गर्नका लागि हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो । यान्त्रिकरणकाे प्रयाेग गरि कृषि उपजका कार्यहरू गर्दा समय र पैसाकाे बचत हुने र कृषि उपजमा समेत वृद्धि हुने परिस्थितिलाई मध्ये नजर गरि प्रति ट्र्याक्टर ५५ हजार मूल्यमा कृषकले ५० प्रतिशत साझेदारी अनुदानमा ट्याक्टर वितरण गरिएको बताउनुभयो । जमीन खनजोतका लागि गोरू पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित भएको बताउनुभयो । गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष कार्कीले ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना गाउँपालिकाकाे रहेको बताउनुभयो । समृृद्ध रिब्दीकाेट निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएकाे बताउनुभयो ।
कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पुर्याउने वडा अध्यक्ष चिरञ्जीवी पाेखरेलले बताउनुभयो । कृषकहरूले वितरित कृषि अाैजारहरूकाे प्रयाेग गरि कृषि उत्पादनमा वृद्धि गर्न अार्गह गर्नु भएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रन्जिव कुवरले रिब्दीकाेट गाउँपालिकाका अधिकाश नागरिकहरू कृषि पेशामा अाश्रित रहेकाले गाउँपालिकाले कृषि क्षेत्रमा नागरिकहरूकाे निर्भरतालाई मध्ये नजर गरि कृषिलाई अाधुनिकिकरण गर्न गाउँपालिका विशेष याेजनाका साथ अगाडि बढेको बताउनुभयो ।
-

जनता मावि गुल्मीको ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न
चुरामणि तिमिल्सिना
पुस-२२ जनता माध्यमिक बिद्यालय सत्यवती गाउँपालिका गुल्मीले ३ दिने कार्यक्रम गरि ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डको अध्यक्षता रहेको कार्यक्रमा प्रमुख अतिथि सत्यवति गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि पाण्डेले शिक्षा जस्तो महत्त्वपूर्ण बिषयमा कसैले पनि खेलवाड नगरि शिक्षक बिद्यार्थी अभिभावक निरन्तर लागेमा शिक्षामा आमुल परिवतन हुने बताउदै बिद्यालयले अगाडि प्रस्तुत गरेको भावि योजनालाई सम्पन्न गर्न पालिकाको सिङ्गो टिमनै लागि पर्ने बताउनु भयो। बिद्यालयका शिक्षक मणि ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा पालिकाका पुर्व अध्यक्ष पारिस्वर ढकाल माद्यामिक तहका सस्थापक समाजसेवि पदमप्रसाद पाण्डे विशिष्ट अतिथि रहनु भएको थियो।
बिद्यालयका प्रधानाध्यापक युवराज पाण्डेले आर्थिक बर्ष ७८ ७९ को आय व्यय प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो प्रतिबेदन प्रस्तुत गर्दै पाण्डेले बिध्यालयका भावि कार्यक्रमलाई पुरा गर्न स्थानिय तहलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा जनप्रतिनिधि विभिन्न बिद्यालयका प्रधानाध्यापक , सामाजिक अभियानताहरु महिला समुह आमा समुह सुरक्षा निकाय अभिभावक , लगायतको आथित्यता रहेको थियो। कार्यक्रममा विद्यालयका विभिन्न बिधाका नगद तथा जिन्सि वितरण गरिएको थियो समारोहमा बिद्यार्थीले समाजमा परिवर्तन ल्याउन र समाज लाई सुधार्न सन्देश मुलक नाटक , संस्कृती झल्किने गित नृत्य समेत पस्तुत गरिएको थियो। कार्यक्रमको संचालन शिक्षक बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो।
-

पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते
पाल्पा
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै धारादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, गुनी गाहा र दानकुमारी खत्रीको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी -ढाेरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ । -

गाउँपालिका वासीहरुको निशुल्क स्वास्थ्य विमा हुने
टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।प्युठानको माण्डवी गाउँपालिले लागू गर्न खोजेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ।यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।आज सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९पारित गरे सँगै कार्यान्वयन प्रकृयामा पुगेको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।योसँगै गाउँपालिका वासी मध्ये प्रतिव्यक्तिलाई रु. १ लाख सम्मको नि:शुल्क स्वास्थ्य विमाको व्यवस्था हुने पनि उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै आजको अधिवेशनले अपाङ्ग परिचय पत्र वितरण कार्यविधि २०७५ संसोधन र विपदवाट प्रभावित परिवारका लागि राहत वितरण तथा आर्थिक सहयोग मापदण्ड २०७९समेत पारित गरेको उहाँले बताउनु भयो।यी उल्लेखित कार्यहरु जनचाहना ,आवश्यकता ,माग र समस्या बमोजिम यस अघि वसेको गाउँकार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरि पारित गरी सकेको थियो।यस्ता उदाहरणीय तथा महत्वकांक्षी कार्यहरुको आम गाउँपालिकावासीले खुसी व्यक्त गरेको उपाध्यक्ष कालाथोकीको भनाइ छ। -

अर्घाखाँचीमा ढुङ्गाले आगेर एकको मृत्यु
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ११ जोगीमारेका ओम प्रकाश थापोको ढुंगाले लागेर मृत्यु भएको छ । ६२ वर्षिय थापा कामको शिलशिलामा मालारानी गाउँपालिका वडा नं. २ झरनामा गएका थिए ।
काम गर्ने क्रममा ढुंगो उच्छिट्टिएर लाग्दा उनको टाउकोमा चोट लागेको थियो । टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा दिउँसो करिव ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।
-

गाउँपालिका वासीलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयनको चरणमा
टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।प्युठानको माण्डवी गाउँपालिले लागू गर्न खोजेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ।यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।आज सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९पारित गरे सँगै कार्यान्वयन प्रकृयामा पुगेको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।योसँगै गाउँपालिका वासी मध्ये प्रतिव्यक्तिलाई रु. १ लाख सम्मको नि:शुल्क स्वास्थ्य विमाको व्यवस्था हुने पनि उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै आजको अधिवेशनले अपाङ्ग परिचय पत्र वितरण कार्यविधि २०७५ संसोधन र विपदवाट प्रभावित परिवारका लागि राहत वितरण तथा आर्थिक सहयोग मापदण्ड २०७९समेत पारित गरेको उहाँले बताउनु भयो।यी उल्लेखित कार्यहरु जनचाहना ,आवश्यकता ,माग र समस्या बमोजिम यस अघि वसेको गाउँकार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरि पारित गरी सकेको थियो।यस्ता उदाहरणीय तथा महत्वकांक्षी कार्यहरुको आम गाउँपालिकावासीले खुसी व्यक्त गरेको उपाध्यक्ष कालाथोकीको भनाइ छ।