गाउँपालिका वासीहरुको निशुल्क स्वास्थ्य विमा हुने

टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।प्युठानको माण्डवी गाउँपालिले लागू गर्न खोजेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ।यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।आज सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९पारित गरे सँगै कार्यान्वयन प्रकृयामा पुगेको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।योसँग‌ै गाउँपालिका वासी मध्ये प्रतिव्यक्तिलाई रु. १ लाख सम्मको नि:शुल्क स्वास्थ्य विमाको व्यवस्था हुने पनि उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै आजको अधिवेशनले अपाङ्ग परिचय पत्र वितरण कार्यविधि २०७५ संसोधन र विपदवाट प्रभावित परिवारका लागि राहत वितरण तथा आर्थिक सहयोग मापदण्ड २०७९समेत पारित गरेको उहाँले बताउनु भयो।यी उल्लेखित कार्यहरु जनचाहना ,आवश्यकता ,माग र समस्या बमोजिम यस अघि वसेको गाउँकार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरि पारित गरी सकेको थियो।यस्ता उदाहरणीय तथा महत्वकांक्षी कार्यहरुको आम गाउँपालिकावासीले खुसी व्यक्त गरेको उपाध्यक्ष कालाथोकीको भनाइ छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1099