Category: विजनेश

  • स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला 

    स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला 

    स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला
    प्रेस दैनिक
    सुशील सुवेदी
    २ भाद्र १२:१०

    स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय एक बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक बालक निशान थापा स्थानीय श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत थिए ।

    विद्यालयमा परीक्षा सकेर घर फर्किएका निशान घरमै बहिनीको साथमा थिए । सो समयमा घरमा उनकी आमा भने छिमेकीको मेलामा गएकी थिइन् । दिउँसोको समयमा वर्षा भइरहेका बेला निशान घरको माथिल्लो तलातर्फ गएको बुझिएको छ । त्यसपछि उनी एक्कासी हराएपछि परिवार र छिमेकीहरूले खोजी गरेका थिए ।

    केही समयको खोजीपछि घरकै आटीमा रहेको बाकसभित्र निशानको शव फेला परेको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि गएरति करिब ९ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ ।

    वालिङ–५ का वडाध्यक्ष छवि आलेका अनुसार घटनास्थललाई शिलबन्दी गर्दै प्रहरीको निगरानीमा राखिएको छ । हाल वडा प्रहरी कार्यालय वालिङले घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्र निशानको मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।

  • पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

    सुरेश छन्त्याल, गलकोटको माटो र जनताको आवाजसँग गहिरो सम्बन्ध राख्ने एक साधारण तर समर्पित व्यक्ति। मेरो यात्रा कुनै पद वा सम्मानको खोजी होइन, सत्य, सूचना र समाजको सेवामा समर्पण हो।

    बाल्यकालमै मैले देखेको गाउँको यथार्थ—अभाव, मौन पीडा, अनि आवाजविहीन समुदायको संघर्ष—ले मलाई पत्रकारितातर्फ आकर्षित गर्यो। रेडियोको आवाजमा भविष्य देख्ने र आफ्नो समाजको कथा सबैले सुन्न सक्ने गरी सुनाउने सपना त्यतिबेलै पलाएको थियो।

    यस यात्रामा सहज बाटो कहिल्यै थिएन। पैदलै गाउँ–गाउँ पुगेर समाचार संकलन गर्नुपर्थ्यो, कहिले आर्थिक कठिनाइ, कहिले दबाब र चुनौतीको सामना गर्नुपर्थ्यो। तर सत्य बोल्ने, तथ्य प्रस्तुत गर्ने, र जनताको पक्षमा उभिने मेरो संकल्प कहिल्यै डगमगाएन।

    आजसम्म मैले घुम्टे खबर, रेडियो रेसुङ्गा, सामुदायिक रेडियो गलकोट एफएम, गलकोट साप्ताहिक, सारठी एफएम जस्ता संचार माध्यममा काम गर्दै जनताको मुद्दा, आवाज र संस्कृतिलाई मञ्चमा पुर्याएको छु। घुम्टे सांस्कृतिक संरक्षण मञ्चजस्ता संस्थासँग आवद्ध भई सांस्कृतिक धरोहर जोगाउने प्रयास पनि निरन्तर चलाइरहेको छु।

    विशेषगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि म वकालत गर्छु, उनीहरूको कथा सुन्छु, र त्यो कथा संसारसम्म पुर्याउन प्रयास गर्छु।

    मेरो भविष्य दृष्टि स्पष्ट छ— पत्रकारिता र सामाजिक सेवाको संगममार्फत स्थानीय आवाजलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने। आधुनिक प्रविधिको प्रयोग गर्दै सामुदायिक रेडियोको प्रभावकारिता बढाउने, र प्रत्येक आवाजलाई सुन्ने र सम्बोधन गर्ने वातावरण निर्माण गर्ने।

    म विश्वास गर्छु— निष्पक्ष, तथ्यपूर्ण र संवेदनशील पत्रकारिताले मात्र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ। र यही विश्वास मेरो यात्राको ऊर्जा हो।

    शब्द र सेवा दुवैमा समर्पण
    गलकोटको जनजीवन, संस्कृति र समस्याहरूको दस्तावेजीकरण गर्दै ती आवाजलाई मञ्चमा पुर्याउने व्यक्ति हुन् — पत्रकार सुरेश छन्त्याल। पत्रकारितालाई पेशा मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात् गरेका उनी, सूचनाको अधिकार र मानवअधिकारको वकालत गर्दै निरन्तर अग्रपंक्तिमा रहँदै आएका छन्।

    व्यक्तिगत प्रेरणा
    बाल्यकालमै गाउँको वास्तविकता, अभाव, र आवाजविहीन समुदायको पीडा देख्दा सुरेश छन्त्यालले बुझेका थिए — सूचना नै परिवर्तनको आधार हो। रेडियोबाट सुनेका समाचार र अनुभवले उनलाई पनि आफ्नो समाजको कथावाचक बन्न प्रेरित गर्यो। यही कारण उनले पत्रकारिता रोजे, जसले उनलाई जनताको पक्षमा बोल्ने शक्ति दियो।

    संघर्षको यात्रा
    सुरुवाती दिनहरू सजिला थिएनन्। सीमित स्रोतसाधन, ग्रामीण भौगोलिक चुनौती, र पत्रकारितामा आवश्यक उपकरणको अभावका बीच उनले गाउँ–गाउँ पैदल यात्रा गर्दै समाचार संकलन गरे। कहिले कार्यक्रम कभर गर्न टाढा–टाढासम्म पुग्दा आर्थिक समस्या झेल्नुपर्यो, कहिले संवेदनशील मुद्दामा लेख्दा दबाब सहनुपर्यो। तर सत्य बोल्ने र लेख्ने संकल्प कहिल्यै कमजोर भएन। उपलब्धि र योगदान रेडियो रेसुङ्गा, स्काई एफएम, रुरु एफएम, गलकोट एफएम, गलकोट साप्ताहिक लगायत थुप्रै सञ्चारमाध्यममा सक्रिय।

    घुम्टे सांस्कृतिक संरक्षण मञ्च जस्ता संस्थासँग आवद्ध भई संस्कृति संरक्षणमा योगदान।
    शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि सचेतना अभियान र वकालत।
    स्थानीय समाचार र तथ्यमा आधारित रिपोर्टिङमार्फत आम जनताको मुद्दा उठान।
    ऐतिहासिक, सामाजिक र आर्थिक अनुसन्धानमा चासो राखी सामग्री प्रकाशन, जस्तै मध्ययुगीन युरोप सम्बन्धी सामग्री।

    भविष्य दृष्टि
    सुरेश छन्त्यालको दृष्टि स्पष्ट छ — पत्रकारिता र सामाजिक सेवाको माध्यमबाट स्थानीय आवाजलाई राष्ट्रिय मञ्चसम्म पुर्याउने। उनी सूचना प्रवाहमा आधुनिक प्रविधिको प्रयोग बढाउने, सामुदायिक रेडियोको प्रभावकारिता विस्तार गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयनमा ठोस कार्यक्रम सञ्चालन गर्ने योजनामा छन्।

    उनको विश्वास छ — जब पत्रकारिता निष्पक्ष, तथ्यपूर्ण र संवेदनशील हुन्छ, तब मात्र समाजले वास्तविक परिवर्तन अनुभव गर्न सक्छ।

  • पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

    पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

    पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर सुरेश छन्त्याल

    गलकोट नगरपालिका–१० पाण्डबखानीदेखि गलकोट नगरपालिका–७ झिर्कासम्मको मोटरबाटो मर्मत तथा सम्भार कार्य सम्पन्न भएको छ। गत असार १ र २५ गतेको अविरल वर्षाका कारण पहिरोले सडक विभिन्न स्थानमा अवरुद्ध भएको थियो।

    यसबाट पाण्डबखानीदेखि पोखरासम्म यात्रा गर्ने जनसमुदायलाई आवागमनमा निकै कठिनाइ परेको थियो। यसैबीच, ड्राइभर उत्तम काउचाको नेतृत्वमा डाग्डीखोला देखि झिर्कासम्मको अति बिग्रिएको सडकमा स्वेच्छिक रूपमा मर्मत तथा सुधार कार्य गरिएको हो।

    स्थानीय बासिन्दा र यात्रुहरूले पटक–पटक वडा कार्यालय तथा नगरपालिका प्रशासनलाई सडक सुधारका लागि ध्यानाकर्षण गराए पनि कुनै चासो नदेखाएको जनगुनासो व्यक्त गरेका छन्।

  • पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न
    सुरेश छन्त्याल

    गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

    गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला छोरा पौडेल इन्जिनियरको रूपमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत थिए।

    आज नवौँ दिनको पुण्यतिथिका अवसरमा गलकोट नगरपालिका–१० वडा कार्यालय, पाण्डबखानी माध्यमिक विद्यालय, नेपाली कांग्रेस वडा समिति, र घुम्टे प्रसारण मिडिया प्रालि संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी संस्थाहरूले श्रद्धाञ्जली पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए।

  • शिक्षा क्षेत्रमा पनि अब्बल धुर्कोट गाउपालिका

    शिक्षा क्षेत्रमा पनि अब्बल धुर्कोट गाउपालिका

    रमेश पन्थी गुल्मी जेठ २६

    धुर्कोट गाउपालिका वडा न ३ हाडहाडे गुल्मीमा धुर्कोट गाउपालिका स्तरिय प्राध्यापकहरु को बैठक सम्पन्न भएको छ । सोमरभोमर माद्यामिक बिध्यालयमा सम्पन्न भएको बैठक मा धुर्कोट गाउपालिका वडा न ३ मा अबस्थित श्री सोमरभोमर माद्यामिक बिध्यालयका प्राध्यापक कृष्ण काउछा को सभाध्यक्ष्यवाट शुरु भएको कार्यक्रममा धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेलको प्रमुख आथित्यता उपाध्यक्ष सीता गिरि यस्तै धुर्कोट गाउपालिका ३ जा वडा अध्यक्ष पदम बिस्ट ,वडा सदस्यहरुको आथित्यता रहेको थियो । कार्यक्रम प्रमुख अतिथी पोखरेल बाट दियो बाली उद्घाटन गरिएको थियो । कार्यक्रमना बोल्दै प्रमुख अतिथी पोखरेलले कार्यक्रम २०८२ सालको पहिलो बैठक भएको बताउनु भयो । भने अर्को बैठक वाग्लामा हुने बताउनु भयो । श्री सोमरभोमर माविका सहायक प्राध्यापक बाबुराम खनालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम को सन्चालन शिक्षा युवा तथा खेल साखा प्रमुख दामोदर घिमिरेले गर्नु भएको थियो।

  • धुर्कोट गाउँपालिकामा  दोस्रो  चौमासिक   प्रगति  समिक्षा  सम्पन्न

    धुर्कोट गाउँपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सम्पन्न

      पालिका पेज

    धुर्काेट गाउँपालिकाकाे आयाेजनामा २०८१/०८२ को दोस्रो चाैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
    बिहीबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा दोस्रो चाैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हाे ।
    धुर्काेट गाउँपालिका अन्तर्गतका विषयगत शाखा तथा वडाहरूले दोस्रो चाैमासिकमा सम्पादन गरेका कार्यहरूकाे विवरण पेश गर्नुभएको थियाे । कार्यक्रममा शाखा तथा वडाले गरेका कार्यहरूकाे समीक्षा गर्दै आगामी दिनमा कार्य सम्पादन थप व्यवस्थित गर्न जाेड दिइएको थियोे ।
    समिक्षा कार्यक्रममा सम्पूर्ण वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
    धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी तथा सम्पूर्ण वडाका वडाअध्यक्षहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

  • लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सोमवार सार्वजनिक विदा

    लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सोमवार सार्वजनिक विदा

    दाङ

    लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो ।

     

    बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । झाँकीहरुको विचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

     

    प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

  • राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    भाद्र २ कमल भट्टराई
    राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

    लोक संगीतलाई जोगाऔ लोक भजनमा भक्तजनलाइ नचाऔ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको सनिबार तानसेन शिवालय मन्दिरमा सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकालीले संस्थागत विकासमा र भजन चड्का संरक्षणका लागिसबै जोडिन सकिने बताउनु भयो। कार्यक्रममा केन्द्रीय सदस्य जय प्रकाश उप्रेती,प्रदेशका अध्यक्ष काशीराम पाख्रेल , सहकोषाध्यक्ष मन्जु पाण्डे, राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका अध्यक्ष कमल प्रसाद भट्टराई शिवालय मन्दिरका पण्डित संकर गिरी लगायतले मन्तव्य राख्नु भयो ।

    निर्वाचन समितिका संयोजक मुक्ति शर्मा को रोहोवरमा काशी राम पोख्रेल, जय प्रकाश उप्रेती, मन्जु पाण्डे कमल प्रसाद भट्टराईको रोहोवरमा भरत खड्गीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसमा उपाध्यक्ष सुरेश न्यौपाने महिला उपाध्यक्ष तुल्सा शर्मा गैरे सचिव चुरामणि तिमिल्सिना सह सचिव विष्णु गिरि कोषाध्यक्ष विमला गैरे , सहकोषाध्यक्ष विष्णु गिरी सदस्य पदमा पुरुषोत्तम गैरे,रिता भट्टराई,लक्ष्मी भट्टराइ,विष्णु गैरे,शान्ती कार्कि, जनक अर्याल सर्बसहमतिमा निवार्चित हुनु भयो ।
    कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाका सचिव चुरामणि तिमिल्सिनाले संचालन गर्नु भएको थियो भने राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पा जिल्लाका ईन्चार्ज मुक्ति राम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

    गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

    चुरामणि तिमिल्सिना
    श्रावण २६ रिडी

    गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको देख्दा खुशी व्यक्त गर्दै आफुले पनि यश धार्मिक कार्यक्रमम सहयोग गर्ने वडा न१४ का वडा अध्यक्ष शोभाखर भट्टराईले प्रतिबद्धता जायर गर्नु भयो। गुफाको रिपोर्टिङको लागि र कार्यक्रमको जानकारको लागि स्थलगमा पुगेको रुरु सन्चार अन्लाईन सित कुरा गर्दै स्थानीय बासी तथा कार्यक्रम संयोजक कमल खनालले यो पोखरी ओझेलमा परेकोले यस्को महिमा पोखरी स्नानको महत्त्व र यहाँ पर्यटन लाई लोभ्याउने आकर्षक केही गराउन सकियो भने पकै पनि यहाँको प्रचारप्रसारमा टेवा पुग्ने बताउनु भयो।

    आउँदो श्रावण३१ गते बिहिवार एकादशी पर्वको अवसर पारेर दिनभर भजन कृतन संगै यस गुफाको महत्त्व , इतिहास माथि प्रकाश पार्दै कार्यक्रम पनि गरिने र आउने सम्पुर्ण भक्तजनलाइ निशुल्क प्रसादिको ब्यवस्थापन गरिने कार्यक्रमका सहयोग दाता खिमानन्द सापकोटाले बताउनु भयो ।

    बिहिवार गुफा अवकोलन गर्न पुगेका टोलिका अग्रज भाष्करमणि खनालले यस क्षेत्रमा २०२९ साल तिर पनि अखण्ड भजन किर्तन गरेको आफुले अग्रज बाट सुनेको ताजै रहेकोले पछिल्ला दिनमा यसरि यस्तो कार्यक्रमको आयोजना नभएकोले आफुले पनि यश अभियानमा सक्दो सहयोग गर्ने र सहयोग जुटाउन सबै लाई आग्रह समेत गर्ने बताउनु भयो ।

    गुफामा हनुमान को मुर्ति पनि रहेकोले सरसफाइ गर्ने, जाने बाटो लाई केही दिनमा सरसफाइ गरेर चिटिक्क पारि धेरै भक्तजन कार्यक्रम स्थानमा पुर्याइने लक्ष राख्दै आफुले कार्यक्रमलाई प्रचारप्रसार गर्न लागि पर्ने बताउनु भयो
    कालीगण्डकी को तटमा यो गुफा र यो पोखरी रहेको छ यहाँ प्रचारप्रसार गर्न सकेमा मात्र पनि पिक खान , पोखरी नुहाउन संगै गुफाको अवलोकन गर्न भक्तजन आउने गर्दछन।

    यता पोखरी र गुफामा निकै चासो राख्ने स्थानीय खिम प्रसाद गौतम र मिन बहादुर कुवरले आगामी वडाबाट प्राप्त हुने बजेट यहीँ प्रयोग गर्ने , पोखरी लाई ब्यवस्थापन गर्ने , अति आवस्यक सम्रचनाहरु निर्माण गर्ने , पाकशाला निर्माणका लागि पुर्वधार निर्माण गर्ने जस्ता कार्यहरुपनि यसै वर्ष गरिने बताउदै यो कार्यक्रम लाई सफल बनाउन सबै लाई सहयोग गर्न आग्रह समेत गर्नु भयो।

  • चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

    चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

    महेश बोहरा, असार २१,

    गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

    महिला स्वस्थ्य स्वमसेविकालाई बलाग्केट करुवा सहित सम्मान पत्रले सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्र, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद र सम्मान, असल बुहारीको रुपमा देवा खराल, जमुना बिक र सुमित्रा खरेल सम्मानित हुनुभएको छ । यस्तै उत्कृष्ट शिक्षक रामप्रसाद अर्याल, डिलाराम खरेल, शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, शिर्जना बलाल, साबित्रा पौडेल सम्मानित हुनुभएको छ ।

    ad
    उत्कृष्ट निर्माण ब्याबसायी, उत्कृष्ट एवम समय अगाबै काम सम्पन्न गर्ने उपभोक्ता समिती, समाजसेवी, उकृष्ट वडा कार्यालयका कर्मचारी राजन सुनार र सब ईन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्य कर्मी बिष्नबहादुर थापा, वडाका बिद्यालय एवम विभिन्न कार्यलायबाट भरखरै मात्र अवकाश हुनुभएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शुरेन्द्र भण्डारी सम्मानित हुनुभएको थियो ।

    गाउँपालिकाको वडा नम्बर १ दिवुङ्गको वडा कार्यालय परिसरमा भएको प्रोत्साहन सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रसासकिय अधिकृत बुद्धप्रकाश पौडेल, घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख शुरेन्द्र भण्डारी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत नारायण घर्ती, प्रहरी निरीक्षक रामकुमार केसीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा सम्मानित हुनुभएका सबैलाई बधाई तथा शुभकामना दिदैं आगामी दिनहरुमा पनि अझै राम्रो गर्न गाउँपालिका अध्यक्ष युवराज केसीले आग्रह गर्नुभयो । वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलको कार्यक्रमको सभाध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य गोपाल अर्यालको स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडासचिब दुर्गाप्रसाद शर्माले गर्नुभएको थियो ।