शिक्षा क्षेत्रमा पनि अब्बल धुर्कोट गाउपालिका

रमेश पन्थी गुल्मी जेठ २६

धुर्कोट गाउपालिका वडा न ३ हाडहाडे गुल्मीमा धुर्कोट गाउपालिका स्तरिय प्राध्यापकहरु को बैठक सम्पन्न भएको छ । सोमरभोमर माद्यामिक बिध्यालयमा सम्पन्न भएको बैठक मा धुर्कोट गाउपालिका वडा न ३ मा अबस्थित श्री सोमरभोमर माद्यामिक बिध्यालयका प्राध्यापक कृष्ण काउछा को सभाध्यक्ष्यवाट शुरु भएको कार्यक्रममा धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेलको प्रमुख आथित्यता उपाध्यक्ष सीता गिरि यस्तै धुर्कोट गाउपालिका ३ जा वडा अध्यक्ष पदम बिस्ट ,वडा सदस्यहरुको आथित्यता रहेको थियो । कार्यक्रम प्रमुख अतिथी पोखरेल बाट दियो बाली उद्घाटन गरिएको थियो । कार्यक्रमना बोल्दै प्रमुख अतिथी पोखरेलले कार्यक्रम २०८२ सालको पहिलो बैठक भएको बताउनु भयो । भने अर्को बैठक वाग्लामा हुने बताउनु भयो । श्री सोमरभोमर माविका सहायक प्राध्यापक बाबुराम खनालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम को सन्चालन शिक्षा युवा तथा खेल साखा प्रमुख दामोदर घिमिरेले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1082