धुर्कोट गाउँपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सम्पन्न

  पालिका पेज

धुर्काेट गाउँपालिकाकाे आयाेजनामा २०८१/०८२ को दोस्रो चाैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
बिहीबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा दोस्रो चाैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हाे ।
धुर्काेट गाउँपालिका अन्तर्गतका विषयगत शाखा तथा वडाहरूले दोस्रो चाैमासिकमा सम्पादन गरेका कार्यहरूकाे विवरण पेश गर्नुभएको थियाे । कार्यक्रममा शाखा तथा वडाले गरेका कार्यहरूकाे समीक्षा गर्दै आगामी दिनमा कार्य सम्पादन थप व्यवस्थित गर्न जाेड दिइएको थियोे ।
समिक्षा कार्यक्रममा सम्पूर्ण वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी तथा सम्पूर्ण वडाका वडाअध्यक्षहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1006

Leave a Reply

Your email address will not be published. Required fields are marked *