Category: स्वास्थ्य

  • महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

    महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

    चुरामणि तिमिल्सिना  रिडी जेष्ठ   १४

    “महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश
    “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकमार्फत महिनावारीसँग जोडिएका अन्धविश्वास, विभेद र सामाजिक गलत धारणाविरुद्ध सशक्त सन्देश प्रवाह गरिएको थियो। नाटकले महिनावारी प्राकृतिक र सम्मानजनक जैविक प्रक्रिया भएको तथा यसलाई लाज वा हेपाइको विषय नभई स्वास्थ्य र सचेतनासँग जोडेर हेर्नुपर्ने सन्देश दिएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुले यस्ता जनचेतनामूलक कार्यक्रमले ग्रामीण समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शहर केन्द्रित कार्यक्रमभन्दा गाउँगाउँमा पुगेर सचेतना फैलाउँदा नागरिकसम्म सूचना र ज्ञान छिटो तथा प्रभावकारी रूपमा पुग्ने धारणा व्यक्त गर्नुभयो।
    उहाँले महिनावारीप्रति समाजमा रहेका विभेदकारी सोच, छुवाछुत तथा अन्धविश्वासको अन्त्य गर्न सबै पक्षको साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
    यस्ता कार्यक्रममले “महिनावारी कमजोरी होइन, महिलाको प्राकृतिक शक्ति हो।“छाउपडी होइन, सम्मान र समानताको व्यवहार आवश्यक छ।“महिनावारीबारे खुला संवाद गरौँ, स्वस्थ र सभ्य समाज निर्माण गरौँ।”“सचेतना बढे विभेद घट्छ, सम्मान बढे समाज बदलिन्छ।”“महिनावारीलाई लाज होइन, ज्ञान र स्वास्थ्यसँग जोडौँ।”कार्यक्रमले किशोरी, अभिभावक तथा समुदायमा महिनावारी स्वच्छता र सम्मानजनक व्यवहारबारे सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

  • गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

    गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

    गुल्मी    जेष्ठ ११ चुरामणि तिमिल्सिना

    नेपाल रेडक्रस सोसाइटी रूपाकोट उपशाखाको सहजीकरण तथा व्यवस्थापनमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मी तथा शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा चन्द्रकोट गाउँपालिका–७ दमुकास्थित श्री रामकोट आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
    मिति २०८३ साल जेठ १० गते आइतबार सञ्चालन गरिएको शिविरमा २०५ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ११७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको आयोजकले जनाएको छ। त्यसैगरी १९३ जनालाई औषधि तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा ४ जनामा मोतियाबिन्दुको समस्या देखिएको र थप ४ जनामा जटिल आँखासम्बन्धी समस्या भेटिएकाले उनीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि भैरहवा आँखा अस्पताल रिफर गरिएको जानकारी दिइएको छ।
    शिविर सफल बनाउन सहयोग पुर्‍याउने चन्द्रकोट गाउँपालिका कार्यालय, वडा नं. ७ को कार्यालय रूपाकोट, शान्तिपुर आँखा उपचार केन्द्रका अध्यक्ष, सचिव, सदस्य, कार्यालय प्रमुख, चालक तथा सम्पूर्ण कर्मचारीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै सामाजिक व्यक्तित्व दिल्लीराज भण्डारी, सुरेश भण्डारी, भोजराज भण्डारी, युवराज भण्डारी, जङ्गबहादुर थापा, रामु भण्डारी, तुराङ उपशाखाका सभापति मुमलाल श्रेष्ठ, कार्यक्रम समन्वयमा सहजीकरण गर्ने यज्ञमुर्ति भण्डारी तथा आवश्यक भौतिक सहयोग उपलब्ध गराउने श्री रामकोट आधारभूत विद्यालय परिवारलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

  • रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

    रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

    रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा
    चुरामणि तिमिल्सिना रिडी बैशाख १०

    रुरु क्षेत्र गाउँपालिका ले रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट औपचारिक समारोहका बीच थाइराइड जाँच सेवा कार्यक्रमको शुभारम्भ गरेको छ।
    समारोहमा सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि यदु ज्ञवाली ले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गाउँपालिकाले महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै यो सेवा थपिँदा सर्वसाधारणलाई ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले अब ग्रामीण भेगका नागरिकले सामान्य जाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्नुभयो।
    उहाँका अनुसार यो सेवा गुल्मी जिल्ला मात्र नभई पाल्पा जिल्ला, स्याङ्जा जिल्ला र अर्घाखाँची जिल्ला का नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ। उहाँले सबैलाई उक्त सेवा उपयोग गर्न आग्रह गर्नुभयो।
    स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति, उपकरण तथा सामग्रीसहित सेवा सुरु गरिएको हो। एकैपटकमा ४५ जनासम्मलाई सेवा दिन सक्ने आधुनिक उपकरण यस क्षेत्रमा पहिलो पटक जडान गरिएको हो। उक्त उपकरणले करिब ४५ मिनेटमै रिपोर्ट तयार गर्ने भएकाले सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।
    कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज बिक को अध्यक्षता रहेको थियो। उहाँले लामो प्रयासपछि सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउँदै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।
    यसैगरी गाउँपालिकाका उपाध्यक्ष मीनादेवी गौतम ले यस्तो सेवा ग्रामीण भेगमै उपलब्ध हुनु सकारात्मक कदम भएको बताउँदै अन्य पालिकालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेल ले उपकरणको विशेषता र फाइदाबारे जानकारी गराउनुभयो भने स्वास्थ्य केन्द्रका डाक्टर सुर्तासन ज्ञवाली ले स्वागत मन्तव्यसहित थाइराइडसम्बन्धी जानकारी दिनुभयो।
    उद्घाटन समारोहमा स्थानीय संघसंस्था, जनप्रतिनिधि, सुरक्षा निकाय, महिला समूह तथा शैक्षिक संस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

    रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

    पाल्पा प्रतिनिधि  जेष्ठ  ३
    पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र ७२ जना स्वास्थ्य स्वयंसेविका गरि करिब २००जनाबढी सहभागीता रहेको कार्यक्रमकाे पहिलो दिन खस्याैली,दाेस्राे दिन पालुङमैनादी र तेस्रो दिन देउरालीमाअभिमुखिकरण कार्यक्रमकाे सञ्चालन हुनेछ ।

    कार्यक्रमका प्रमुखअतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै स्वस्थ्य रहने उपाय घरमा आफैसँग छ भन्ने कुरालाई आम नागरिकलाई बताउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि कार्कीले प्रत्येक व्यक्तिले स्वास्थ्यका सामान्य नियमहरू लाई आत्मसात् गर्ने हाे स्वास्थ्य क्षेत्रकाे उपचारमा हुने ठुलो रकम खर्च समेत बचत हुने बताउँदै उहाँले जीवनशैली परिवर्तनले उच्च मनाेवल वृद्धि हुने र चित्त शुद्ध बनाउन सकिने भएकोले पनि सानो प्रयासमा धेरै लाभ लिन सकिने र सधै स्वस्थ रहन सकिने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आयुर्वेद,योग तथा जडिबुटिको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र व्यक्तित्व विकास गर्न साथै नसर्ने रोगहरुको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पुर्‍याउने उद्धेश्य अनुसार नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्वस्थ जीवनशैली,सन्तुलित आहार आजको आवश्यकता भएकोले पनि कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी “भन्ने लक्ष्य रउद्धेश्य अनुसार गरिएको कार्यक्रमलाई सार्थक बनाउन आमनागरिकलाई शारीरिक मानसिक एवं आध्यात्मिक रूपमा स्वस्थ र सफल बनाई विश्वव्यापी रूपमा आक्रान्त बनेको नसर्ने राेगकाेप्रकाेपलाई न्युनीकरण गर्न स्थानीय परिवेशका आवश्यकताकाआधारमा उपलब्ध स्राेतहरूलाई अधिकतम् रूपमा प्रयाेग गरिस्वस्थ शरीर ,सकरात्मक साेँच एवं व्यक्तित्वकाे विकास गर्दै अघि बढनु कार्यक्रमकाे उद्धेश्य रहेको बताउनुभयो ।

    उहाँले याेग ध्यान र प्राकृतिक उपचार विधिबाट हुने उपचारलेव्यक्तिमा शारीरिक तन्दुरुस्ती एवं स्वस्थ जीवनशैली जिउनलाईमद्धत समेत पुग्ने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार ध्यान र योगा सम्बन्धी छलफलकाे प्रयोगात्मक अभ्यासबाट नागरिकमा पर्ने प्रभाव र सर्ने तथा नसर्ने राेगबाट कसरी बच्ने लगायत विषय केन्द्रित भएर सहजीकरण गर्नुभएको थियो । पालुङमैनादी आयुर्वेद औषधालय प्रमुख डा.राेमहर्ष नेपालले “नागरिक आराेग्य कार्यक्रम “ र स्वास्थ्य जीवनशैली तथा नसर्नेराेग सम्वन्धि आयुर्वेदकाे महत्त्व बुझाउदै आफ्नै भान्सा नै घरकाे अस्पताल रहेकोले व्यक्ति स्वस्थ रहन दैनिक आनीबानी बदल्न र व्यक्तिको खानपिनले स्वास्थ्यमा पर्ने असरबाट कसरी बच्ने भन्ने विषयमा बताउँदै शारीरिक तन्दुरुस्ती रहनका लागि ध्यान याेगकाे बारेमा सहजीकरण गर्नुभएको थियोे ।

    त्यस्तै अर्का प्रशिक्षक डा.प्रशान्त बस्नेतले आयुर्वेदिक उपचार रबैकल्पिक उपचारका बारेमा बताउँदै दैनिक जीवनमा गरिने खानपानमा सतर्कता अपनाउन सके मात्र खानपिनबाट व्यक्तिको स्वास्थ्यमा पर्ने असरबाट जाेगिन सकिन्छ भन्ने विषय केन्द्रित सहजीकरण गर्दै सबै राेगकाे उपचार व्यक्तिकाे बानी व्यवहार भएकोले दैनिक जीवनमा स्वस्थ रहन आफु नै परिवर्तन हुनुपर्ने बताउनुभयो ।

    वडाअध्यक्षहरू ओमप्रसाद पाेखरेल,नारायणबहादुर केसी, साेमबहादुर कार्की,मनबहादुर अस्लामी,कार्यपालिका सदस्य रञ्जना आचार्य र गाेमा पचभैयाकाे आथित्यता रहेको कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषय शिक्षक शिक्षिका तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत दुई सय बढीको सहभागी रहेको कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलकाे अध्यक्षतामा भएको थियोे । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

  • जोहाङग प्राथमिक  स्वास्थ्य केन्द्रमा आधुनिक  ल्याब जडान

    जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान

    चुरामणि तिमिल्सिना  फागुन ३० रिडी

    सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान,
    सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ ।
    सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट सेवा प्रवाह गरिएको स्वास्थ शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनु भयो।
    गाउँपालिकाका नागरिकलाई थप स्वास्थमा सेवा प्रवाह गर्न , गाउँबाट नै सेवा लिन र नागरिकको पैसालाई बचत गर्न यो सेवा सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे ले जानकारी दिनुभयो।
    यो उपकरण अटोमिक उपकरण भएको ले नतिजामा कुनै प्रकारको समस्या नहुने , किड्नीको जाच, कलेजोमा रगतको चिल्लो मात्रा , सुगर, रगतमा प्रोटिनको मात्रा, युरिकेसिट जाँच तथा अन्य सेवा पनि यो उपकरण बाट लिन सकिने केन्द्रका मेडिकल अधिकृत डा. प्रभाकर किरण न्यौपानेले जानकारी दिनु भयो।


    कार्यक्रममा जनप्रतिनिधि ,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल स्वास्थका कर्मचारीहरुको आतिथ्यता रहेको थियो।
    सेवा लिन आएकाहरु लाई धेरै बेर बस्न नपर्ने धेरै जनाको एकै साथ ल्याब बाट नतिजा हात पर्ने हुँदा अत्यन्त उपयोगी र भर्पदो यो उपकरण रहेको अधिकृत भुसालले जानकारी दिनुभयो।

  • डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

    डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

    पाल्पा । बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँने कार्यक्रम रहेको छ । यही फागुन ११ र १२ गते दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर हुने र शिविरमा डा. कोइराला सहितको टोली आउने भएको हो ।

    रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह–आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगण बगनासकाली ८ बराङ्दीमा सञ्चालन हुने सहकारीका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

    शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक भएमा निशुल्क औषधी उपलब्ध गराइने छ । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिने सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताउनुभयो ।

    रिडी राम्दी समाजले बिभिन्न समयमा सामाजिक कार्य गदै आएको छ । आउदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरू विभिन्न सामाजिक कार्य गर्दै जाने समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो ।

  • सत्यवती गाउँपालिकामा दुई दिने  निशुल्क बृहत स्वास्थ्य  शिविर   बस्दै

    सत्यवती गाउँपालिकामा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर बस्दै

    चुरामणि तिमिल्सिना  माघ २८

    गुल्मीको सत्यवती गाउँपालिकामा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । आउँदो फागुन ७ र ८ गते हुने शिविरको सञ्चालन सत्यवती गाउँपालिका गुल्मी, लायन्स क्लब अफ काठमाडौ देउराली को आयोजनामा गर्न लागीएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो। कार्यक्रममा लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल स्वास्थ्य प्राविधिक संघ गुल्मी, थाप्ले सत्यवती मेडिटेल्स बुटवलको सह- आयोजनामा कार्यक्रम गर्न लागीएको हो।

    शिविरमा विभिन्न सेवा उपलब्ध  गराउने    , शिविर लाई प्रभावकारी बनाउन टोल टोलमा प्रचारप्रसार पनि गरिएको र सकेसम्म धेरै बिरामीको सहभागी हुने पालिकाकी उपाध्यक्ष निरमाया तरामुले बताउनु भयो l

  • यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

    यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

     

    पाल्पा

    बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै बगनासकालीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरी प्रसाद पाठकले सामुदायिक स्वास्थ्य सुधारका लागि स्वास्थ्य संस्थासँगै नागरिकहरुको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । उपाध्यक्ष पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमितरूपमा जनशक्ति औषधी, औजार र उपकरण आपूर्ति गर्ने विषयमा गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, प्रवक्ता टिका बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिना, इन्जिनियर प्रमोद कुवर, निर्माण समितिका अध्यक्ष पोषकान्त बस्याल लगायतका वक्ताहरुले नागरिकको स्वास्थ्यलाई ख्याल राखी गाउँपालिकाले काम गर्नुपर्ने बताउनुभयो । यम्घामा वजेट व्यवस्थापन गर्ने अर्थ मन्त्रालयमा कार्यरत कर्मचारी तुल्सीराम बस्याल, निर्माण कार्यमा सहयोग गर्ने विभिन्न सहयोगी, निर्माण समिति लाई सम्मान गरिएको थियो ।

    चिर्तुङ्धारा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्ने ढुङ्गाना परिवारलाई सम्मान गरिएको थियो । जनसहभागिता सहित ४१ लाख,८१ हजार ९१७ रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य एकाई यम्घा र १ करोड ९० लाखको लागतमा स्वास्थ्य चौकी चुर्तुङ्धारा को भवन निर्माण गरिएको इन्जिनियर प्रमोद कुँवरले जानकारी गराउनुभयो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर चिदी, वडा न ं६ यम्घाका अध्यक्ष लक्ष्मीप्रसादले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

  • शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

    शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

    श्रीराम  गौतम  चन्द्रकोट    गुल्मी असार  २८

    शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा माध्यमिक बिद्यालयको संरक्षकत्वमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सन्चालन हुने भएको छ । उक्त तालिम श्रावण ३ गतेदेखि ५ गतेसम्म तीन दिन सन्चालन गरिने भएको छ ।

    सन्चालन हुने तालिममा सोही बिद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरुमध्ये ३० जना सहभागी हुने जनाइएको छ ।  तालिम लिए पश्चात गाउँघरमा भैरहने सामान्य चोटपटक आदिबाट थप जोखिम न्यूनीकरण गरि बिरामिलाइ सहज रुपमा अस्पताल पुर्याउने काममा सहज बनोस भन्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको सर्कलका शिक्षक नायक श्रीराम गौतमले जानकारी दिनुभयो । तालिम सकिएपछि बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने गरि संचालन गरिने तालिमको प्रशिक्षण सर्कलका सल्लाहकार तथा बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर रानाले गर्नुहुने छ ।

  • सत्यवती  गाउँपालिकामा एक दिने  अभिमुखीकरण  तालिम सम्पन्न

    सत्यवती गाउँपालिकामा एक दिने अभिमुखीकरण तालिम सम्पन्न

    चुरामणि  तिमिल्सिना  असार  २२

    सत्यवती गाउँपालिका गुल्मीमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, प्रधानाध्यापक , स्वास्थ्य स्वयंसेविका लाई पनि सहभागी गराएर तालिम प्रदान गरिएको थियो । बिद्यालय तहमा किशोर किशोरीहरुले खुलेर आफ्ना समस्याहरु सजिलैसङ्ग राख्न नसक्ने , लजाउने प्रबृत्तिले गर्दा पछिल्ला दिनमा कुनै पनि घटनाहरु हुन सक्ने र यसलाई समाधान गर्न पनि सजिलो होस भन्ने उद्देश्यका साथ अभिमुखिकरण तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारि दिनुभयो।

     

    तालिम पछी बिद्यार्थीले आफ्ना हरेक समस्या हरु अब बिद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्य कर्मी स्वयं सेविकासङ्ग आफुहरुले नलजाइकन राख्न सकिने बिद्यार्थीले कार्यक्रम प्रस्तुत गर्नुभयो । तालिममा डा. प्रभात किरण न्यौपाने, यस्तै स्वास्थ्य शाखाका हिमलाल भण्डारी, रनमाया रानाले प्रशिक्षण दिनु भएको थियो। तालिममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामुले आफ्ना भनाइ राख्दै पालिका भित्र रहेका हरेक बिद्यालयमा यो कार्यक्रम पुर्याउन पालिका लागि पर्ने, बिद्यार्थीलाई यौन तथा प्रजनन कार्यक्रमलाइ प्रभावकारी बनाउदै स्वास्थ्य संस्था अगाडी बढ्ने बताउनु भयो ।