महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ   १४

“महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश
“महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकमार्फत महिनावारीसँग जोडिएका अन्धविश्वास, विभेद र सामाजिक गलत धारणाविरुद्ध सशक्त सन्देश प्रवाह गरिएको थियो। नाटकले महिनावारी प्राकृतिक र सम्मानजनक जैविक प्रक्रिया भएको तथा यसलाई लाज वा हेपाइको विषय नभई स्वास्थ्य र सचेतनासँग जोडेर हेर्नुपर्ने सन्देश दिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामुले यस्ता जनचेतनामूलक कार्यक्रमले ग्रामीण समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शहर केन्द्रित कार्यक्रमभन्दा गाउँगाउँमा पुगेर सचेतना फैलाउँदा नागरिकसम्म सूचना र ज्ञान छिटो तथा प्रभावकारी रूपमा पुग्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले महिनावारीप्रति समाजमा रहेका विभेदकारी सोच, छुवाछुत तथा अन्धविश्वासको अन्त्य गर्न सबै पक्षको साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
यस्ता कार्यक्रममले “महिनावारी कमजोरी होइन, महिलाको प्राकृतिक शक्ति हो।“छाउपडी होइन, सम्मान र समानताको व्यवहार आवश्यक छ।“महिनावारीबारे खुला संवाद गरौँ, स्वस्थ र सभ्य समाज निर्माण गरौँ।”“सचेतना बढे विभेद घट्छ, सम्मान बढे समाज बदलिन्छ।”“महिनावारीलाई लाज होइन, ज्ञान र स्वास्थ्यसँग जोडौँ।”कार्यक्रमले किशोरी, अभिभावक तथा समुदायमा महिनावारी स्वच्छता र सम्मानजनक व्यवहारबारे सकारात्मक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *