जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान

चुरामणि तिमिल्सिना  फागुन ३० रिडी

सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान,
सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ ।
सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट सेवा प्रवाह गरिएको स्वास्थ शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनु भयो।
गाउँपालिकाका नागरिकलाई थप स्वास्थमा सेवा प्रवाह गर्न , गाउँबाट नै सेवा लिन र नागरिकको पैसालाई बचत गर्न यो सेवा सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे ले जानकारी दिनुभयो।
यो उपकरण अटोमिक उपकरण भएको ले नतिजामा कुनै प्रकारको समस्या नहुने , किड्नीको जाच, कलेजोमा रगतको चिल्लो मात्रा , सुगर, रगतमा प्रोटिनको मात्रा, युरिकेसिट जाँच तथा अन्य सेवा पनि यो उपकरण बाट लिन सकिने केन्द्रका मेडिकल अधिकृत डा. प्रभाकर किरण न्यौपानेले जानकारी दिनु भयो।


कार्यक्रममा जनप्रतिनिधि ,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल स्वास्थका कर्मचारीहरुको आतिथ्यता रहेको थियो।
सेवा लिन आएकाहरु लाई धेरै बेर बस्न नपर्ने धेरै जनाको एकै साथ ल्याब बाट नतिजा हात पर्ने हुँदा अत्यन्त उपयोगी र भर्पदो यो उपकरण रहेको अधिकृत भुसालले जानकारी दिनुभयो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *