Category: समाचार

  • तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै

    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा मनाइँदै

    यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

    सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।

    यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

    आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

    लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो।

    लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

    पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउँछन्।

    दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

    लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

    लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ।

    आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

    लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ।

    शास्त्रीय रुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।

  • आह बाट तिहार सुरु हुँदै  पहिलो दिन काग तिहार , यम दीपदान पनि आजै

    आह बाट तिहार सुरु हुँदै पहिलो दिन काग तिहार , यम दीपदान पनि आजै

    कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ।

    बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ।

    सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ।

    कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

    काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने किरा-फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

    वैदिक सनातन परम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन मात्र नभई हरेक दिन आफूले बिहानको भोजन गर्नुअघि काग र कुकुरलाई खाना खुवाउनुपर्ने नियम छ।

    यमदीप दान पनि बुधबार नै

    कार्तिक कृष्ण त्रयोदशीका साँझ गरिने यमदीपदान पनि बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ। यद्यपि बुधबार १ बजेर ५ मिनेटदेखि नै चतुर्दशी तिथि लागिसकेको हुनेछ।

    यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनु भयो।

  • आउँदो मंसिर २१ गते रुरुधाममा  दशौ भजन महोत्सव हुने

    आउँदो मंसिर २१ गते रुरुधाममा दशौ भजन महोत्सव हुने

    कार्तिक  ५

    प्रतिमा  भट्टराई  रुरु धाम

    पाल्पा, गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले मंसिर २१ गते दशौ भजन महोत्सव तथा दोहोरो शङ्ख प्रतियोगिताको गर्न लागेको हो ।

    विवाह पञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको रुरु धार्मिक सेवा सञ्चारले जनाएको छ । पछिल्लो समय लोप हुन लागेका लोक भजनहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिना ले बताए । उनले भने ‘सनातन हिन्दू धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका लागि हामीले अगुवाइ गरिरहेका छौं ।’ महोत्सव गरेर होस् वा प्रतियोगिता आयोजना गरेरै किन नहोस् भजनहरुको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भनेर नै विगत ९ वर्षदेखि सक्रिय रुपमा लाग्दै आएको तिमिल्सिनाको भनाई छ । ‘युवा पुस्ता विदेश पलायन हुने बूढापाकाको भजनमोह पुस्तान्तरण नहुँदा समस्या छ, लोक भजन संरक्षण गर्नका लागि पुस्तान्तरण गर्न आवश्यक छ’, उनले भने । कार्यक्रममा विगतका वर्षहरुमा जस्तै दोहोरो शंख बजाउने प्रतियोगिता, करोड दीप प्रज्वलन, पत्रकार, उत्कृष्ट कृषक,दान दाताहरुलाई सम्मान गरिने छ ।यस्तै कार्यक्रममा विभिन्न पाठ, चौरासी पुजा, तुला दान , पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।भजन प्रतियोगितामा प्रथम हुनेलाई १४ हजार र प्रमाणपत्र ,द्धितिय हुनेलाई ९ हजार र प्रमाणपत्र, तृतीय हुनेलाई ६ हजार र प्रमाण पत्र र सान्त्वना हुनेलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागी प्रतियोगीलाई १ हजार र प्रमाणपत्र समेत दिइने जनाइएको छ । यस्तै शंख बजाउने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार र प्रमाणपत्र द्धितिय हुनेलाई १ हजार ५००र प्रमाणपत्र , तृतीय हुनेलाई १ हजार र प्रमाणपत्र, सान्त्वना हुने २ जनालाई ५ सयका दरले प्रदान गरिने छ ।महोत्वसको प्रचारप्रसार गर्न मर्यादित बनाउन पत्रचार गर्न , विभिन्न स्थानमा पुगेर कार्यहरु पनि अगाडी बढेको रुरु अनलाईन सञ्चार प्रालिका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले जानकारी दिए । महोत्वस अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भण्डाराको समेत व्यवस्थासँगै सम्पूर्ण पितृहरुको सम्झना गर्दै शिव महापुरण पाठपारायण, चौरासी पुजा, बेद पाठ, चण्डी पाठ, शिवजिको पुजा,ग्रहशान्ती पनि गरिने छ । कार्यक्रममा १ हजार भन्दा माथि दान गर्ने दातालाई सम्मान गरिने समेत सम्पादक पाण्डेले जानकारी दिए । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने पनि प्रालिका खेमराज ज्ञवालीले बताए ।

  • खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

    खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

    असोज २३  खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को
    वडादशैंको पावन अवसरमा सिगाहा दुर्गा पञ्चायन मन्दिरमा कथा श्रावण तथा पूजाआजा गर्नका साथै रात्रिकालिन भजन कृतन गर्नका लागि विभिन्न स्थानबाट दैनिक रुपमा भक्तजनको बाल्लो उपस्थिती रहेको छ । नवाहा देविभागवत महापुराण यज्ञमा कथा बाचक आचार्य पण्डित रविन्द्र चापागाईं तथा उपबाचकको रुपमा बिशाल न्यौपाने, संगीतमा पण्डित चुरामणि तिमिल्सिना रहनु भएको छ ।

    लामो समय देखि सन्चालन भएको महायज्ञले प्रत्येक वर्ष पुर्णता पाएदै आएको छ। कार्यक्रमलाई सफल बनाउन देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेल यस्तै उप-प्रमुख बिद्यालक्ष्मी गुरुङ, वडाका अध्यक्षहरु , जनप्रनिधिहरू विभिन्न कार्यालयका प्रमुखहरु, धार्मिक अभियान्ताहरु सहभागी जनाउदै कार्यक्रमलाई सफल बनाउन र धार्मिक जागरण ल्याउन सबैले सहयोग गर्ने प्रतिबद्धता जायर गरेको मन्दिर संचालन समितिका अध्यक्ष दिननाथ तिमिल्सिनाले बताउनुभयो ।

    यता कार्यक्रमलाई प्रचारप्रसार गर्ने फुलपातिलाई भब्य बनाउने र कार्यक्रममा कुनै कमि नगर्ने भन्दैसल्लाहकार टन्कनाथ पाण्डे , सहयोगी बिरेन्द्र पाण्डे , बिक्रम पाण्डे र कोषाध्यक्ष चुरामणि तिवारी निरन्तर खटिनु भएको छ ।

  • खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

    रुपन्देही   असोज   २३

    प्रतिमा तिमिल्सिना

    खैरेनी सिगाहा नवाहा यज्ञमा भक्तजनको लर्को

    वडादशैंको पावन अवसरमा सिगाहा दुर्गा पञ्चायन मन्दिरमा कथा श्रावण तथा पूजाआजा गर्नका साथै रात्रिकालिन भजन कृतन गर्नका लागि विभिन्न स्थानबाट दैनिक रुपमा भक्तजनको बाल्लो उपस्थिती रहेको छ । नवाहा देविभागवत महापुराण यज्ञमा कथा बाचक आचार्य पण्डित रविन्द्र चापागाईं तथा उपबाचकको रुपमा बिशाल न्यौपाने, संगीतमा पण्डित चुरामणि तिमिल्सिना रहनु भएको छ ।

    लामो समय देखि सन्चालन भएको महायज्ञले प्रत्येक वर्ष पुर्णता पाएदै आएको छ। कार्यक्रमलाई सफल बनाउन देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेल यस्तै उप-प्रमुख बिद्यालक्ष्मी गुरुङ, वडाका अध्यक्षहरु , जनप्रनिधिहरू विभिन्न कार्यालयका प्रमुखहरु, धार्मिक अभियान्ताहरु सहभागी जनाउदै कार्यक्रमलाई सफल बनाउन र धार्मिक जागरण ल्याउन सबैले सहयोग गर्ने प्रतिबद्धता जायर गरेको मन्दिर संचालन समितिका अध्यक्ष दिननाथ तिमिल्सिनाले बताउनुभयो ।

    यता कार्यक्रमलाई प्रचारप्रसार गर्ने फुलपातिलाई भब्य बनाउने र कार्यक्रममा कुनै कमि नगर्ने भन्दैसल्लाहकार टन्कनाथ पाण्डे , सहयोगी बिरेन्द्र पाण्डे , बिक्रम पाण्डे र कोषाध्यक्ष चुरामणि तिवारी निरन्तर खटिनु भएको छ ।

  • रुरुक्षेत्र गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा प्राप्त गर्ने ८२ जना सहित १२ बिद्यालय सम्मानित, पालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले

    रुरुक्षेत्र गाउँपालिकाद्वारा उत्कृष्ट नतिजा प्राप्त गर्ने ८२ जना सहित १२ बिद्यालय सम्मानित, पालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले

    असोज  ९

    रुरुक्षेत्र गाउँपालिकाले बिभिन्न परिक्षामा उत्कृष्ट हुने बिध्यार्थी, बिषयगत रुपमा धेरै बिध्यार्थी उत्तिर्ण गराउने शिक्षक र उत्कृष्ठ बिद्यालयलाई सम्मान गरेको छ ।

    एस ई ईको ग्रेड बृद्धी परिक्षाको नतिजा सार्वजननिक भए लगत्तै आज गाउँपालिकाको सभाहलमा एक समारोहको आयोजना गरि बिभिन्न बिद्यालयका प्रतिनिधी तथा सरोकारवालाका बिच उत्कृष्ट हुने बिध्यार्थी, शिक्षक र बिद्यालयलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेमा बिद्यालय तर्फ कक्षा ५ र ८ मा जनसहयोग आधारभुत बिद्यालय रिमुवा, कक्षा १० एस ई ईमा रेन्बो इङ्गलिस सेकेन्डरी बोर्डिङ्ग स्कूल बलेटक्सार र कक्षा १२ मा जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मी परिक्षामा सर्बोउत्कृष्ठ सहित १२ वटा बिद्यालय, बिध्यार्थी तर्फ कक्षा ५ मा रेन्बो बोर्डिङ्गकी छात्रा साक्षी अधिकारी कक्षा ८ मा रिडी माबिकी छात्रा आबृत्ती अधिकारी, एसईईमा रेन्बो बोर्डिङ्गका छात्र पवन बिक र कक्षा १२ मा जनबोध माबिकी बिपना थापा परिक्षामा सर्बोउत्कृष्ठ सहित २८ जना बिध्यार्थी सम्मानित भएका छन ।

    यस्तै गाउँपालिकाले कक्षा १२ का शिक्षकलाई पहिलो पटक सम्मानमा सामेल गर्दै औषतमा उत्कृष्ठ नतिजा दिने ५४ जना शिक्षक लाई सम्मान गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथी पूर्व मुख्य सचिब लिलामणी पौड्यालले बिद्यालय स्तरको सिकाई उपलब्धी बढाउनु आजको मुख्य आवस्यकता रहेको बताउनु भयो । उहाले सम्मान संगै राम्रो नतिजा नल्याउने बिद्यालय र शिक्षकलाई दण्ड पनि सार्वननिक रुपमा गर्नु पर्ने बताउनु भयो । उहाले सिकाई जिवनोपयोगी हुनु पर्ने बताउनु भयो ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले लगानी अनुसार सिकाई उपलब्धी नबढेकोमा दु:ख ब्यक्त गर्दै, डिजिटल सिकाई पूर्णरुपमा शिक्षकले प्रयोग नगरेको बताउनु भयो । उहाले अव बिषय बिज्ञ सहित बिद्यालयको अनुगमन गर्ने बताउनु भयो । उहाले बिशेष गरि शिक्षक समय अनुसार अपडेट हुनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा स्वागत गर्दै सामानिक बिकास समितिका संयोजक एवं गाउँ शिक्षा सकितिका सदस्य शेषनारायण पौड्यालले गाउँपालिकाको सिकाई उपलब्धी नौ प्रतिशतले बृद्धी भएको बताउनु भयो ।

    कार्यक्रममा जनबोध माबिका प्रअ बामदेब ज्ञवाली, गाउँ शिक्षा सकितिका सदस्य तोयनारायण ज्ञवाली, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद ज्ञवाली र गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो ।

  • सत्यवती १मचाकोटमा गएराति १ बजे अचानक  अज्ञात  ब्यक्ति बाट  घर – गोठमा  आगो लागि

    सत्यवती १मचाकोटमा गएराति १ बजे अचानक अज्ञात ब्यक्ति बाट घर – गोठमा आगो लागि

    चुरामणि  तिमिल्सिना  रिडी   असोज  १

    गुल्मी सत्यवती गाउँपालिका वडा न १ अस्लेवा मोचाकोट निवासी सिता कुवरको गोठ र मिठु कुवरको घर र गोठमा गएराति १ बजे अज्ञात ब्यक्तिले आगो लगाइ फरार भएका छन। राति १२ बजे सम्म आफुहरु नसुतेको १ बजे झपक्क निदाएको बेला टिन बजेको आवाज र आगोको गन्ध थाहा पाएपछी बाहिर हेर्दा दन दन गोठ जलिरहेको छोरी लालुमाया कुवरले बताउनु भयो । गोठमा रहेको भैसि घाइते अवस्थामा छिमेकिको सहयोगमा दाम्ला काटेर बाहिर निकालियको थियो।
    गोठ जल्दा अन्नपात ,घास ,दाना , दार लगायतका जिन्सी सामाग्रीहरु जलेर नष्ट् भएको सिता कुवरले बताउनु भयो। यस्तै केही मिनेटकै फरकमा मानिस नबस्ने मिठु कुवरको घर र गोठमा पनि आगो लगाइएको थियो। उनको निवासमा ३ दिन अगाडी पनि यस्तै आगो लगाएको अचानक पानी परेर आगो आफै निभेको लालुमायाले बताउनुभयो। यस्को सुचनाको लागि वडा , पालिका प्रहरीलाई जानकारी पनि गराएको परिवार ले बताउनु भएको छ ।

  • गुल्मीको  रिडीमा  सचेतना  जगाउदै बजार  अनुगमन  गरियो ।

    गुल्मीको रिडीमा सचेतना जगाउदै बजार अनुगमन गरियो ।

    चुरामणि तिमिल्सिना  भदौ  १९  रिडी

    रुरु क्षेत्र गाउँपालिका वडा न. १ रिडी गुल्मीमा बजार अनुगमन तथा सल्लाहा सुझाव प्रदान गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा अनुगमन गरिएको हो। अनुगमनमा बसपार्क , तीन मुखे पुल चोक , लामो चौपारी , बजार केही क्षेत्र , विष्णुपन्जर र पुल क्याम्पमा अनुगमन टोली पुगेर म्याद गुज्रेका अखाद्य वस्तुहरू बरामद गरी संकलन गरिएको हो।

    अनुगमन कार्यमा पिए पदार्थ , कस्मेटिक सामग्री , दालमोठ ,पाउरोटी , चिउरा, भुजा , जुस लगायतका सामग्रीहरू भेटिएको थियो। अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना देवि गौतम , यस्तै कर्मचारीहरु , पत्रकार सुरक्षा निकाय , नगर प्रहरी लगायतको सहभागीता रहेको थियो। कार्यक्रम मा बरामद भएका सामाग्रीलाई मुचुल्का गरी ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरिएको हो।

    सामाग्री नष्ट गर्दै उपाध्यक्ष मिना देवि गौतमले बिगतका दिन्हरुमा भन्दा अहिले बजार क्षेत्र निकै सुधार भएको ब्यापारी सचेत भएको , लेभल राखेर समागृ बिक्रि बितरण गरिएको , साथै गुण र पानीको मुल्यमा पनि एकरुपता हुँदै आयको देख्दा खुशी व्यक्त गर्नु भयो।

    अनुगमन टोलिले सकेसम्म बजार लाई आगामी देखि मासिक रुपमा नै अनुगमन गर्ने , सामाग्री उठाउने भन्दा जनतालाई सचेत गराउने अभियान अगाडी बढाउने बताएको छ ।

  • रुरुक्षेत्र गाउँपालिकामा तीज गीत प्रतियोगिता सम्पन्न

    चुरामणि  तिमिल्सिना  भदौ  १८

    रुरुक्षेत्र गाउँपालिकामा गाउँपालिका स्तरिय खुल्ला तीज गीत प्रतियोगिता सोमबार नाच्ने डाडामा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम का अध्यक्ष पालिका उपाध्यक्ष मिना देवि गौतमले बताउनु भयो। प्रतियोगितामा १४ समुहको सहभागीता रहेको थियो। जस्मा देवि महिला समुह रुरु क्षेत्र गाउँपालिका वडा न ४ ले प्रथम स्थान हासिल गरेको हो।

    ।यस्तै प्रतियोगितामा रुरु क्षेत्र ४ कै समाजसेवि महिला समुह बलेट्क्सारले दुत्तिय स्थान हासिल गर्न सफल भएको हो , प्रतियोगितामा भट्कुवा भ्युपोइन्ट रुरु १ ले तृतीय स्थान हासिल गरेको हो । यस्तै उत्कृष्ट नृत्यमा मिनाकोट आमा समुहकी कलाकार अमृता सारुले हासिल गर्नु भएको हो।

    प्रतियोगितामा प्रथम हुने समुहलाई रु १५००० र प्रमाणपत्र दुत्तिय हुने समुहलाई रु १०००० र प्रमाणपत्र तृतीय हुने समुह लाई रु ५००० र प्रमाणपत्र यस्तै उत्कृष्ट नृत्य लाई रु २००० प्रदान गरिएको थियो। प्रतियोगितामा राष्टिय लोक तथा दोहोरि गीत प्रतिष्ठान गुल्मी का सल्लाहकार जनार्दन घिमिरे , सह सचिव अनिल खत्री र बिष्णु ज्ञवाली ले निर्यायक मन्डलको भुमिका निर्बाहा गर्नु भएको थियो।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे , जनप्रतिनिधि बाणिज्य संघ , पत्रकार ,सुरक्षा निकायको आतिथ्यता रहेको थियो

    । समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष यदु ज्ञवालीले गीत मार्फत पालिकाका गतिबिधि , पालिकाकाको नतिजा , कृषि , शिक्षा , स्वास्थ्य , पर्यटन , रोजगार जस्ता विषयलाई केन्द्र बिन्दु बनाइ भावका माध्यम बाट सहभागी जनाएर गीत प्रस्तुत गर्नु भएकोमा सबै लाई धन्यवाद दिदै आगामी दिन्मा पनि यस्तै रचनात्मक कार्यक्रममा सहभागी हुन अनुरोध गर्नु भयो।

    कार्यक्रममा सहभागी समुह सबैलाई सहभागी पुरस्कार समेत प्रदान गरिएको थियो। कार्यक्रमको संचालन दिपा गैरेले गर्नु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

  • रुरुक्षेत्र रिडीमा तीज विशेष  कार्यक्रममा  शुभकामना  आदानप्रदान

    रुरुक्षेत्र रिडीमा तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान

    चुरामणि तिमिल्सिना   भदौ  १६

    चेतनशिल महिला बिकास बहुउद्देश्य सहकारी सस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले महिलाहरुको महान पर्व हरितालिका तीजको पावन असवसरमा शुभकामना सहित दरखाने कार्यक्रम सम्पन् गरेको छ

    । सस्थाकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो।कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका कार्यपालिका सदस्यहरु उधोग बाणिज्य संघ जन प्रतिनिधिहरु टोल बिकास सस्था लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा लेखा सपरिक्षेक गोमा मरासिनिले स्वागत मनतब्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष बिक ले यो महान पर्वलाई भडकिलो नबाइ गाउँघरका पुराना भाकाहरु लाई गुन्जायमान गराउनु पर्ने पर्वको रुपमा पोषाक ,गर्गहना अनावश्यक खरिद गर्दा भार नपर्ने तरिकाले खरिद गर्नु पर्ने , मौलिक भाका लाई संरक्षण गर्दै लैजादा यो पर्व दिगोपन हुने बताउनु भयो ।कार्यक्रमको सन्चान रेणुका पन्थिले गर्नु भएको थियो।