गुल्मीको रिडीमा सचेतना जगाउदै बजार अनुगमन गरियो ।

चुरामणि तिमिल्सिना  भदौ  १९  रिडी

रुरु क्षेत्र गाउँपालिका वडा न. १ रिडी गुल्मीमा बजार अनुगमन तथा सल्लाहा सुझाव प्रदान गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाको आयोजनामा अनुगमन गरिएको हो। अनुगमनमा बसपार्क , तीन मुखे पुल चोक , लामो चौपारी , बजार केही क्षेत्र , विष्णुपन्जर र पुल क्याम्पमा अनुगमन टोली पुगेर म्याद गुज्रेका अखाद्य वस्तुहरू बरामद गरी संकलन गरिएको हो।

अनुगमन कार्यमा पिए पदार्थ , कस्मेटिक सामग्री , दालमोठ ,पाउरोटी , चिउरा, भुजा , जुस लगायतका सामग्रीहरू भेटिएको थियो। अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना देवि गौतम , यस्तै कर्मचारीहरु , पत्रकार सुरक्षा निकाय , नगर प्रहरी लगायतको सहभागीता रहेको थियो। कार्यक्रम मा बरामद भएका सामाग्रीलाई मुचुल्का गरी ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरिएको हो।

सामाग्री नष्ट गर्दै उपाध्यक्ष मिना देवि गौतमले बिगतका दिन्हरुमा भन्दा अहिले बजार क्षेत्र निकै सुधार भएको ब्यापारी सचेत भएको , लेभल राखेर समागृ बिक्रि बितरण गरिएको , साथै गुण र पानीको मुल्यमा पनि एकरुपता हुँदै आयको देख्दा खुशी व्यक्त गर्नु भयो।

अनुगमन टोलिले सकेसम्म बजार लाई आगामी देखि मासिक रुपमा नै अनुगमन गर्ने , सामाग्री उठाउने भन्दा जनतालाई सचेत गराउने अभियान अगाडी बढाउने बताएको छ ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *