रुरुक्षेत्र रिडीमा तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान

चुरामणि तिमिल्सिना   भदौ  १६

चेतनशिल महिला बिकास बहुउद्देश्य सहकारी सस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले महिलाहरुको महान पर्व हरितालिका तीजको पावन असवसरमा शुभकामना सहित दरखाने कार्यक्रम सम्पन् गरेको छ

। सस्थाकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो।कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका कार्यपालिका सदस्यहरु उधोग बाणिज्य संघ जन प्रतिनिधिहरु टोल बिकास सस्था लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लेखा सपरिक्षेक गोमा मरासिनिले स्वागत मनतब्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष बिक ले यो महान पर्वलाई भडकिलो नबाइ गाउँघरका पुराना भाकाहरु लाई गुन्जायमान गराउनु पर्ने पर्वको रुपमा पोषाक ,गर्गहना अनावश्यक खरिद गर्दा भार नपर्ने तरिकाले खरिद गर्नु पर्ने , मौलिक भाका लाई संरक्षण गर्दै लैजादा यो पर्व दिगोपन हुने बताउनु भयो ।कार्यक्रमको सन्चान रेणुका पन्थिले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1006

Leave a Reply

Your email address will not be published. Required fields are marked *