Category: समाचार

  • रुरु क्षेत्र  गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

    रुरु क्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा

    रीडि ।
    रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

    समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो।

    सबै वडाको प्रतिबेदन केलाउदा बसाई सराइ वृद्धि भएको ,योजना सन्पन्न गर्न सहज नभएको ,उपभोक्ता समितीमा बस्न नमान्नु ले योजना सम्पन्मा ढिलाइ ,उपभोक्ताले तालिम लाई ब्यबहारमा लागू नगर्दा समस्या भोग्नु परेको कार्यक्रममा वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले बताउनु भयो।

    कार्यक्रममा यस्तै पालिकाका विभिन्न शाखाहरु प्रमुख हरुले गरेका कामको प्रगती विवरण काम गर्ने तरिका शैली वर्ष भरी गर्ने कामको तयारीका विषयमा चर्चा गरेका थिए।

    कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिना गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडयाल सबै वडाका वडा अध्यक्षहरु कार्यापालिकाका सदस्य पत्रकार ,अन्य कर्मचारीको सहभागीता रहेको थियोे ।

    कार्यक्रममा पालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत बिच कार्य सम्पदान सम्झौता , यस्तै पालिका अध्यक्ष र वडाका अध्यक्ष बिच कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको हो।

    सम्झौता गर्न बाकी रहेका विभिन्न साखाका प्रमुखहरु सित अधिकृत पौडयाल ले बैठकमा सम्झौता गर्ने कार्यक्रममा बताउनु भयो।

    कार्यक्रमलाई समपन गर्दै अध्यक्ष ज्ञवालीले बिकासका योजनाहरु लाई ढिला सुस्ती नगरी समयमा सक्ने ,काममा अटेर गरी भुक्तानी लिन आउनेलाई निकासा नदिने ,कर्मचारी प्रशासन लाई चुस्तदुरुस्तका साथ राख्ने ,भएका समस्यालाई क्रमै सित आबस्यकता अनुसार पूरा गर्ने , बेरुजु न आउने तरीकाले कार्यसम्पादान गर्ने ,शिक्षा स्वास्थ सरसफाइ , बजार अनुगमन जस्ता विषयमा जनता लाई सजकता जस्ता विषयमा चनाखो बनाउने प्रतिबद्धता जायर गर्नु भयो ।

    कार्यक्रमको सन्चालन पालिकाका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ

    सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ

    बुटवल ।
    नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।

    उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।

    प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरे पनि एमाले खुसी भएको स्पष्ट पारे ।

    उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए ।‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’उनले भने,‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ।’

    उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए ।

    अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए ।

  • रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

    रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

    पाल्पा ।
    जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।

    उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा
    आए पछि भने उत्साहित भएका हुन् ।

    गत वर्ष २ सय ८० रुपैयाँ किलोमा बिक्री भएको अकबरे खुर्सानी अहिले बिक्री नभई बारीमै कुहिन थालेपछी यहाँका कृषकहरु चिन्तित बनेका थिए ।
    अहिले गाउँमै सञ्चालन भएको अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योगमा बारीमा कुहिन थालेको खुर्सानी बिक्री गर्न पाएपछी कृषकहरु
    खुसी भएका हुन् ।

    गाउँकै संकलन केन्द्रमा कृषकहरुले प्रति किलो १ सय रुपैयाँमा अहिले अकबरे खुर्सानी विक्रि गरिरहेका छन् ।उत्पादन भएको खुर्सानी गाउँघरमै १ सय रुपैयाँमा बिक्री गर्न पाउँदा आफुहरुलाई ठूलो राहत मिलेको रिव्दीकोट २ देउरालीका कृषक दिपक पाण्डेले बताए । उनले भने ‘दुई चार किलो खुर्सानी लिएर बजार जान पनि सकिएन, घरमा आएर कसैले किन्ने अवस्था भएन ।

    बारीमा अन्य कृषि उत्पादन लगायो जंगली जनावर बादर,दुम्सी,मृग,बदेलले सिध्याइदिन्छन्,नखाने यही खुर्सानी हो,तर उत्पादन भएको खुर्सानी समेत बिक्री नहुँदा हामी चिन्तित बनेका थियो, अहिले गाउँमै संकलन केन्द्र सञ्चालन भएपछी उत्साहित छौं ।’बजारमा प्रति किलो ८० रुपैयाँमा बिक्री हँुदै आएको अकबरे खुर्सानी रिब्दीकोट संकलन केन्द्रले कृषकहरुबाट प्रति केजी १ सय रुपैयाँमा खरिद गरेको छ ।

    पहिलो दिन संकलन केन्द्रमा रिब्दीकोट ७ पालुङमैनादीका कृषकहरुले करीव १ सय ५० किलो अकबरे खुर्सानी बिक्री गरेका छन् ।

    गाउँपालिकालाई कृषि उत्पादन मार्फत परिचित गराउने अभियान पालिकाको ८ वटै वडामा अकबरे खुर्सानी अभियान चलाएका
    निवर्तमान पालिका अध्यक्ष नारायण बहादुर जि.सी. स्थानीय निर्वाचनमा पराजित भएसंगै संकलन केन्द्र सञ्चालन गरी कृषकहरुसँग जोडिएका छन् ।

  • जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी ,विपन्न परिवारलाई खाद्यान्न

    जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी ,विपन्न परिवारलाई खाद्यान्न

    गीता पाण्डे
    साउन १९,गुल्मी ।

    गुल्मीमा जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

    जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको रेन्बो इङलिस सेकेन्डरी बोडिङ स्कुलमा रहेका शिक्षक र इच्छुक बिद्यार्थीहरुले जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी जम्मा गरेको कोषबाट विपन्नलाई खाद्यान्न सहयोग गरिएको ब्यबस्थापक अन्जु खत्रीले जानकारी दिनुभयो ।

    सो कोषमा जम्मा भएको रकमबाट रुरुक्षेत्र गाउँपालिकाका अति विपन्न तीन परिवारलाई करिब तीन महिनालाई पुग्ने खाद्यान्न वितरण गरिएको खत्रीले बताउनुभयो ।

    स्कुलमा कार्यरत शिक्षक ,कर्मचारी र इच्छुक बिद्यार्थीहरुबाट जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी सामाजिक क्षेत्रमा सहयोग गर्ने गरी नविनत्तम कार्यहरु गर्दै आएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

    सो कोषमा जम्मा भएको रकमबाट यस अघि पनि घातक रोग लागेका अभिभावकहरुलाई रु एक लाख रुपियाँसम्म सहयोग गर्दै आएको र आवश्यक परेमा सहयोग गर्ने कामबाट पछाडि नपर्ने ब्यबस्थापक खत्रीले दाबी गर्नुभयो ।

    घरको अवस्था कमजोर भएका र घातक रोग लागेका बिरामीहरुका लागि यो कार्यक्रम प्रभाबकारी भएको बिद्यालयले बताउँदै आएको छ ।

  • प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने

    प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने

    काठमाण्डौ ।
    सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

    सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

    मन्त्रिपरिषद्को बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको कार्यकालको विषयमा अहिले सरकारमा छलफल भइरहेको र प्रतिनिधि सभाका सदस्य,सभामुख,उपसभामुखले चुनावका निम्ति निर्वाचन आयोगमा
    गएर आफ्नो उम्मेदवारीको मनोनयन गरेपछि स्वतः प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने बताउनुभयो ।

  • दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    रिडी,गुल्मी ।
    रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ ।

    रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले यसबर्ष पनि बिगतका बर्षहरुमा जस्तै सामाजिक सन्जालबाट खुल्ला तिज नृत्यप्रतियोगिता गर्ने प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो।

    तिमिल्सिनाले गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सन्जाल बाट प्रचारप्रसार गर्न र नयाँ नया खोजी प्रतिभाको बिकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभा लाई स्थान दिन बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले बिगत बर्ष जस्तै यश बर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको बताउनु भयो।

    महिला हरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउदो २५ गते कार्यक्रमको उत्घाटन गरि भाद्र ९ सम्म कार्यक्रम सन्चालन गरिने र तिजकै आसपासमा नतिजा प्रकासन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो ।

    अनलाईन तिज कार्यक्रममा सहभागी सबै लाई प्रमाण पत्र समेत बितरण गरिने र विभिन्न बिधाका पुरस्कार हरुराखी कार्यक्रम लाई अझ प्रभाव कारी रुपमा सन्चालन गरिने मौलिक प्रतिभा लाई मध्यम नजर गरि विशेष पुरस्कर प्रदान गरिने, नतिजाका आधार हरु पनि केही दिनमा सार्वजनिक गरिने रुरु सन्चार अन्लाईन खबरका सम्पादक बिष्णु प्रसाद पाण्डेले बताउनु भयो ।

  • नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

    नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

    चुरामणी तिमिल्सीना,रिडी ।
    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ रातामाटामा नवनिर्मित सत्यवती डिभिजन बन कार्यालय भवनको एक कार्यक्रमका
    बिच लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्रालयलका सचिव दुर्गा बहादुर कार्कीले शिला अनावरण गरी उद्घाटन गर्नु भएको छ ।

    डिभिजन बनकार्यालय तम्घास गुल्मीका बन अधिकृत प्रभात सापकोटाको अध्यक्षमा कार्यक्रम गरिएको हो ।
    रिडी सत्यवती सब डिभिजन कार्यालय रिडीका प्रमुख दयाराम पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    ४० लाख लागतमा निर्माण भएको भवनमा ३कोठा सहित एक कार्यक्रम हल समेत निर्माण भएको छ ।
    तिलिस्मि कन्स्ट्रक्सन प्रा लि ले जिम्मेवारी पाएको भवन छोटो समयमै सम्पन्न गर्न सफल भएको भन्दै कम्पनीका सुन्दर भण्डारी र बिष्णु नेपाललाई सम्मान सहित भवन निर्माण पूरा गर्न सहयोग गर्नुहुनेअन्यलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रममा सुभकामना राख्दै वडा न १ का वडा अध्यक्ष नवराज बिकले यश कार्यालय लाई संरक्षण तथा पर्यटन प्रबन्धनम समेत
    टेवा पुर्याउन सक्ने हुनाले यश क्षेत्रमा रहेको सामुदायिक बनलाई हरियाली बनाउदै पिक निक स्पोट पार्क निर्माण ,चिडिया घर जस्ता
    नयाँ सम्रचना निर्माण गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा शुभकामना सहित सम्बोधन गर्दै प्रमुख अतिथी सचिव कार्कीले यश क्षेत्र लाई पर्यटन प्रबधानात्मक कार्यक्रमहरु सन्चालन गरिने , धार्मिक क्षेत्रमा धार्मिक क्षेत्रका लागि उपयुक्त हुने बृक्ष रोपण कार्यक्रम गरिने रुरु आउने पर्यटक लाई रेसुङगामा पुर्याउ विभिन्न योजनाका साथ कार्यक्रम अगाडी सारिने बताउदै यश भवनको लागि आवस्यक पर्ने बजेट्को थप प्रबन्ध मिलाउने प्रतिबद्धता जायर गर्नु भयो ।

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक म लाल बन्जाडे समाजसेबि हिमाल श्रेष्ठ ,अमुल्य श्रेष्ठ राजेन्द्र जबरा ,प्रेम भण्डारी, अशोक श्रेष्ठ, उमनाथ पाण्डे , महिला समुह पत्रकार लगायतको आथित्यता रहेको थियो।।

    कार्यक्रम पश्चात् वर पिपल इमिली श्रीखण्ड लगायतका बिरुवा समेत रोपण गरिएको थियो ।कार्यक्रमको सन्चालन मुना शर्माले गर्नु भएको थियो।

  • पाल्पाको  अर्गलीमा   सरसफाइ कार्यक्रम

    पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम

    अर्गली ,पाल्पा ।
    पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

    अर्गली बजार ब्यबस्थापन समिति अर्गली पाल्पाको आयोजना ,वडा न १४ वडा परिवार र प्रहरी चौकी अर्गली पाल्पाको समन्वयमा कार्यक्रम गरिएको हो। बजार क्षेत्र लाई सफा राख्न अभियान लाई निरन्तर दिने कार्यक्रममा चर्चा गरिएको थियो।

    सरसफाइ टोलिले सामाजिक भवनसडकका कुना कप्चेरा कुला लगायतका स्थानमा सरसफाइ गरेको ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु रेग्मीले बताउनु भयो ।

    कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष भट्टराईले कार्यक्रममा बोल्दै सरसफाइ जस्तो महत्त्वपूर्ण विषयबस्तु लामो समयको अन्तरालामा नगरी सकेसम्म बजार क्षेत्रमा साताको एक बार गर्न सके बजार तथा सडकहरु सफा हुने र विभिन्न रोगबाट वच्न पनि सकिने बताउदै यस्ता कार्यक्रममा वडा परिवारले आवस्यक सम्पुर्ण सहयोग उपलब्धगराउने प्रतिबद्धता जायर गर्नुभयो।

    यस्तै ब्यबस्थापनसमितिका अध्यक्ष बिष्णु रेग्मीले पर्व हरु नजिकिदै गर्दा यातायातमा मानिसहरुको भिड भाड पनि हुने हुँदा सरफाइ गरी चिटिक्क पार्न सके पर्यटनमा समेत टेवा पुग्ने बताउनु भयो ।

  • साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दै

    साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं ।
    २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ।

    खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ।

    नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

    आइतबारको खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने संभावना कठिन बनेको हो।

    प्रतियोगितामा सहभागी पाँच टिममध्ये माल्दिभ्स र श्रीलंका फाइनल होडबाट बाहिरिसकेका छन्।

  • आज नागपञ्चमी पर्व : मूलढोकामा नागको तस्विर  टाँसेर मनाइदैं

    आज नागपञ्चमी पर्व : मूलढोकामा नागको तस्विर टाँसेर मनाइदैं

    काठमाडौं ।
    सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।

    यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ।

    चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपु¥याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।

    मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो,धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।

    एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्।यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ।

    कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ। साथै नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरित गर्छ।