यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ।
यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।
लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतम बताउँछन्।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ।
आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ।
शास्त्रीय रुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।




भजन प्रतियोगितामा प्रथम हुनेलाई १४ हजार र प्रमाणपत्र ,द्धितिय हुनेलाई ९ हजार र प्रमाणपत्र, तृतीय हुनेलाई ६ हजार र प्रमाण पत्र र सान्त्वना हुनेलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने छ । साथै सहभागी प्रतियोगीलाई १ हजार र प्रमाणपत्र समेत दिइने जनाइएको छ । यस्तै शंख बजाउने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार र प्रमाणपत्र द्धितिय हुनेलाई १ हजार ५००र प्रमाणपत्र , तृतीय हुनेलाई १ हजार र प्रमाणपत्र, सान्त्वना हुने २ जनालाई ५ सयका दरले प्रदान गरिने छ ।
महोत्वसको प्रचारप्रसार गर्न मर्यादित बनाउन पत्रचार गर्न , विभिन्न स्थानमा पुगेर कार्यहरु पनि अगाडी बढेको रुरु अनलाईन सञ्चार प्रालिका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले जानकारी दिए । महोत्वस अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भण्डाराको समेत व्यवस्थासँगै सम्पूर्ण पितृहरुको सम्झना गर्दै शिव महापुरण पाठपारायण, चौरासी पुजा, बेद पाठ, चण्डी पाठ, शिवजिको पुजा,ग्रहशान्ती पनि गरिने छ । कार्यक्रममा १ हजार भन्दा माथि दान गर्ने दातालाई सम्मान गरिने समेत सम्पादक पाण्डेले जानकारी दिए । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने पनि प्रालिका खेमराज ज्ञवालीले बताए ।













सामाग्री नष्ट गर्दै उपाध्यक्ष मिना देवि गौतमले बिगतका दिन्हरुमा भन्दा अहिले बजार क्षेत्र निकै सुधार भएको ब्यापारी सचेत भएको , लेभल राखेर समागृ बिक्रि बितरण गरिएको , साथै गुण र पानीको मुल्यमा पनि एकरुपता हुँदै आयको देख्दा खुशी व्यक्त गर्नु भयो।









