Category: समाचार

  • रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न

    रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न

     

    चुरामणि तिमिल्सिना  रिडी भदौ  १६

    रुरु क्षेत्रधाम रिडीमा रहेको शोभा भागवती माताको रथयात्रा निकालिएको छ। रिडी बजारस्थित भागवती मन्दिरको विभिन्न धार्मिक कार्यक्रम गरी परिक्रमा गराइएको थियो।

    स्थानीयवासी सुवर्णलाल कक्षपतिका अनुसार परम्परागत रूपमा सञ्चालन हुँदै आएको रथयात्रामा विगतका केही वर्षयता परिमार्जन गर्दै ल्याइएको छ

    । धार्मिक व्यक्तित्व जीवनकुमार कसजुले रिडी बजारमा रहेका मठमन्दिरहरूको वार्षिक विशेष पूजा, रथयात्रा र आपसी सद्भाव विकास गर्ने परम्परा निरन्तर रहँदै आएको जानकारी दिनुभयो।

    समाजसेवी चन्द्रलाल कसाजुले शोभा भागवती मन्दिर कसले कहिले स्थापना गर्यो भन्ने विषयमा प्रामाणिक तथ्य फेला नपरेको र खोज अनुसन्धान भइरहेको बताउनुभयो।

    रथयात्रामा बजारबासी, स्थानीय संघसंस्था, विद्यालय, महिला समूह, वित्तीय संस्था तथा सुरक्षा निकायको उल्लेखनीय सहभागिता रहेको थियो।

  • लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

    लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

    चुरामणि  तिमिल्सिना रिडी  भदौ १३

    तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्नुभयो।विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सम्पूर्ण शिक्षक–कर्मचारी र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।कार्यक्रमले आगामी शैक्षिक सत्रलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकबीच करार सम्झौता गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, गृहकार्यमा अभिभावकको सक्रिय सहयोग सुनिश्चित गर्ने, होमवर्क डायरी कार्यान्वयन गर्ने, विद्यार्थीको उपस्थिति बढाउने, अभिभावक र सरोकारवालाले अनुगमन गर्ने तथा भौतिक सुधारका लागि योजना माग गर्ने निर्णय गरेको छ।सहायक प्रधानाध्यापक बलराम पाण्डेको स्वागत, प्रधानाध्यापक गौतमको सहजीकरण, लेखापाल पौडेलको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

     

  • पाल्पा समाज जापानमा नयाँ नेतृत्व: ववि यश अध्यक्षमा निर्वाचित

    पाल्पा समाज जापानमा नयाँ नेतृत्व: ववि यश अध्यक्षमा निर्वाचित

    पाल्पा समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा वविन राना
    जापान । पाल्पा समाज जापानको चौथो अधिवेशनले सम्पन्न गरेको छ ।
    टोकियोमा अगस्ट २४ तारिख आईतवार पाल्पा समाज जापानले चौथो अधिवेशनले वविन रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मतिबाट चयन गरेको हो ।
    जापानमा बसोबास गर्ने पाल्पालीहरूको साझा संस्था पाल्पा समाजका अध्यक्ष निरन्जन गैरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा समाजका सल्लाहाकार तोयानाथ पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    सांगठनिक अधिवेशनसँगै कार्यक्रमलाई सांस्कृतिक उत्सवको रूप पनि दिइएको थियो। हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित विशेष दर खाने कार्यक्रम ले जापानमा रहेका पाल्पालीहरूलाई एकै ठाउँमा ल्याएर पर्वको उल्लास साट्ने अवसर प्रदान गर्‍यो। अधिवेशन र तीजको कार्यक्रम दुवै भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

    अधिवेशनवाट बरिष्ठ उपाध्यक्षमा सुवास बस्याल र दूई उपाध्यक्षहरूमा सुमन न्यौपाने र ज्ञान जंग रायमाझी, महासचिवमा गंगालाल जि आर, सचिवमा बिश्व अर्याल,कोषाध्यक्षमा आकाश अर्याल र सह कोषाध्यक्षमा सागर पोखरेल निर्बिरोध चयन हुनुभएको निर्वाचन समितीका संयोजक भरत ज्ञवालीले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा बिश्वबन्धु भण्डारी , युवराज अर्याल, बिबेक न्यौपाने, हिमाल अर्याल, नारायण भट्टराई, सागर अर्याल, मधुसुदन अर्याल र अस्मिता न्यौपाने चयन हुनुभएको छ ।

  • तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

    तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

    चुरामणि तिमिल्सिना रिडी भदौ १०

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पुजारी गाउँका कृषक तथा सामाजिक अभियन्ता गीता भट्टराई भन्छिन् – “सबै दिदीबहिनी माइत गएका छन्, मेरा पनि नन्द–अमाजु माइत आएका छन्। तर, म भने मकैको चटारोले गर्दा घरमै व्यस्त भएँ।”

    गीता भट्टराई र उनका श्रीमान् अच्युत भट्टराईलाई यसपालि तीज पर्वले खासै छोएन। बारीभरि, दलानभरि र ढिकाभरि सुकाउन राखिएका मकै व्यवस्थापनमै उनीहरू व्यस्त छन्।

    अच्युत भट्टराईका अनुसार मौसमअनुसारको खेतीपाती गर्दा खाद्यान्नको कमी छैन। यस वर्ष मात्र ४५ मुरीभन्दा बढी मकै उत्पादन भएपछि हातैले मात्र सम्भव नभएकाले उपकरण प्रयोग गरी सुकाउने काम भइरहेको छ।

    “सबैजना दर खाने काममा व्यस्त छन्, हामी भने कामसँगै परिवारले सन्तुलन मिलाउँदै रमाइलो गर्छौँ,” गीता भट्टराई भन्छिन्। गाउँभरि तीजका गीत गुञ्जिरहे पनि भट्टराई परिवार भने मकै व्यवस्थापनमै व्यस्त छ।

    प्रत्येक वर्ष मकैबाट राम्रो आम्दानी गर्दै आएका भट्टराई दम्पतीले यस वर्ष पनि उस्तै आशा राखेका छन्। उनीहरू भन्छन्– “पर्व नमान्दा पनि हामी उत्पादन र आम्दानीमै सन्तुष्ट छौँ।” यति मात्रै होइन गीता भट्टराईका श्रीमान अच्युत भट्टराई बिहान कलेज पढाउन व्यस्त हुनुहुन्छ दिउँसो विद्यालय जान यस्तै गीता भट्टराई लाई सामाजिक काम भनेपछि हुरुक्कै हुने प्रवृत्तिले गर्दा अझै घरधन्दामा समय कम दिँदा पनि यसरी उत्पादन भएको देख्दा आफूहरू खुसी भएको बताउनुहुन्छ

  • सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

    सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

    भदौँ-१०
    भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।

     

    भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ।

    सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

     

    सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउनु भयो। ‘सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उहाँले भन्नु भयो भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिए पछि तीजको व्रत पूर्ण भएको मानिन्छ।

     

    विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। अटल सौभाग्य र असल सन्तान प्राप्तिको कामना सहित विवाहितले तथा असल वर तथा वधुप्राप्तिका लागि अविवाहितले ​पनि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री ​प्राडा देवमणि भट्टराईले बताउनु भयो। व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँको भनाइ छ।

     

    आज काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत देशभरका शिवालय मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

     

    तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने र अघिल्लो दिन बेलुकी ‘दर’ खाने चलन छ। वर्षभर घरव्यवहारमा भोगेका दुःखकष्ट सामूहिकरूपमा पोखेर उनीहरू नाचगान गर्छन्।पछिल्लो समय तीज मनाउने मौलिक परम्परा भने फेरिदैँ गएको छ।

  • सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

    सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

    भदौँ-१०
    भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।

     

    भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ।

    सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

     

    सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउनु भयो। ‘सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उहाँले भन्नु भयो भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिए पछि तीजको व्रत पूर्ण भएको मानिन्छ।

     

    विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। अटल सौभाग्य र असल सन्तान प्राप्तिको कामना सहित विवाहितले तथा असल वर तथा वधुप्राप्तिका लागि अविवाहितले ​पनि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री ​प्राडा देवमणि भट्टराईले बताउनु भयो। व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँको भनाइ छ।

     

    आज काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत देशभरका शिवालय मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

     

    तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने र अघिल्लो दिन बेलुकी ‘दर’ खाने चलन छ। वर्षभर घरव्यवहारमा भोगेका दुःखकष्ट सामूहिकरूपमा पोखेर उनीहरू नाचगान गर्छन्।पछिल्लो समय तीज मनाउने मौलिक परम्परा भने फेरिदैँ गएको छ।

  • फेरि भेटौँला’ कार्यक्रममार्फत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिदाइ

    फेरि भेटौँला’ कार्यक्रममार्फत प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिदाइ

     

    चुरामणि तिमिल्सिना  रिडी  भदौ ९

    पाणिनी गाउँपालिकामा करिब दुई वर्ष कार्यरत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने गैडहवा गाउँपालिका र सब–इन्जिनियर रञ्जु पोखरेल तिलोत्तमा नगरपलिकामा सरुवा भई जाने अवसरमा विशेष ‘फेरि भेटौँला’ कार्यक्रममार्फत बिदाइ गरिएको छ।

    बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता रहेको थियो यस्तै उपाध्यक्ष नर्मदा पौडेल, वडाका वडा अध्यक्ष हरु जन प्रतिनिधि बिद्यालययका प्रधानाध्यापक , पालिकाका कर्मचारीसहित विभिन्न सरोकारवालाको उपस्थितिमा कार्यक्रम आयोजना गर्दै उहाँहरूको आगामी कार्यकाल सफल र सार्थक होस् भन्ने शुभकामना समेत व्यक्त गरिएको थियो। अधिकृत न्यौपाने सरल स्वभाव कम बोल्ने काममा बढि समय प्रदान गर्ने , समस्या परेका लाई तत्काल छलफल गरि समाधानको बाटो औल्याउने खालका हुनुहुन्थियो ।

    अधिकृत न्यौपानेले कार्यक्रममा आफुले बिताएका अनुभवहरू साझा गर्दै आफ्नो कार्यकाल अवधिमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त समेत गर्नुभयो।

  • इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

    इम्बोस नम्बरको विरोध अर्घाखाँचीमा

    अर्घाखाँची   गुरुदेव खनाल  भदौ ९

    सोमबार   ईम्बुस नम्बर प्लेट प्रणालीको विरोध अर्घाखाँची जिल्लामा गरिएको छ सोही जिल्लाको सन्धिखर्क नगरपालिका २ भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिक हरूको साेतह स्पुत आयोजनामा इम्बोस् नम्बर सिस्टम चाहिँदैन। नागरिक लुट्न पाइँदैन इम्बोस सिस्टम खारेज गर नेपाली भाषा मेट्न पाइँदैन। लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहितको नारा जुलुस कार्यक्रम कोण सभा सम्पन्न भएको छ ।
    स्वतन्त्र पत्रकार अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालको आयोजना सँगै सञ्चालन गरेका थिए स्वतन्त्र तथा समाजसेवी नागरिक हेमराज भुसालले इम्बोस नम्बर सिस्टमको विरोध गर्न पर्ने अवस्था र यसले नागरिकलाई पर्न गएको असरको बारेमा सम्बोधन गरेका थिए। विरोध प्रदर्शनमा निकै बाक्लो उपस्थिति देखिएको थियो ।

  • तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

    तीजको दर खान घरतर्फ यात्रुहरूको भीड

    चुरामणि तिमिल्सिना  रिडी  भदौ  ९

    तीज पर्व नजिकिँदै गर्दा अघिल्लो दिन अर्थात् दर खाने दिन देशभरका सडक तथा यातायात सेवामा यात्रुको चाप असामान्य रूपमा बढ्ने गरेको छ। आज पनि विभिन्न स्थानमा घर फर्किने यात्रुहरूको भीड देखिएको छ।

    घर पुग्न गाडी छुट्ने डरले लामो समयदेखि बसपार्कमा प्रतीक्षा गरिरहेका यात्रुहरू आफ्ना परिवारसँग दर खाने उत्साहका साथ घरतर्फ लागेका छन्। तीमध्ये केही यात्रुले भने, “दर खानकै लागि विशेष गरी आज अनिवार्य रूपमा घर पुग्नुपर्ने भएकाले बस कुर्दै छौँ,” भन्ने बताएका छन्।

    यातायात व्यावसायीहरूका अनुसार तीजकै दिनभन्दा अघिल्लो दिन धेरै यात्रुहरूको भीड हुने भएकाले चापलाई व्यवस्थापन गर्न अतिरिक्त बस सञ्चालन गरिने जानकारी दिएका छन्।

  • जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

    जोगीथुम को कालिका आधारभूत विद्यालयमा दर खान पाउँदा विद्यार्थी उत्साहित

    चुरामणि तिमिल्सिना   भदौ ८ रिडी

    कालिका आधारभूत विद्यालयमा हरितालिका तीज-२०८२का अवसरमा दरखाने तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।
    पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं.-१ जोगिथुम्बा अवस्थित उक्त विद्यालयले आज विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि तीजको शुभकामना आदानप्रदान तथा दरखुवाउने कार्यक्रम गरेको हो। जहाँ अधिकांश विद्यार्थी हरू कुमाल समुदायका रहेका छन्। दिवा खाजा कार्यक्रमले विद्यार्थीको आकर्षण बढेपछि विद्यालयमा रौनकता थपिएको छ।

    यस विद्यालयले विद्यार्थीलाई बडा दशैंमा टिका जम्रा लगाइदिने कृष्ण जन्माष्टमीमा कृष्ण र राधा बनाउने यस्तै तीज पर्वमा दर खुवाउने गर्दा पनि विद्यार्थीमा थप आकर्षण बन्दै गएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमाल बताउनुहुन्छ