चुरामणि तिमिल्सिना भदौ २३ रिडी गुल्मी,
सत्यवती गाउँपालिका–१ अस्लेवा स्थित जनता माध्यमिक विद्यालयमा गुल्मी सत्यवती समाज जापानको आयोजनामा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
१२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जनता माध्यमिक विद्यालय अस्लेवा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस्तै सत्यवती माध्यमिक विद्यालय हँसरा दोस्रो, सरस्वती माध्यमिक विद्यालय लिम्घा तेस्रो तथा राम माध्यमिक विद्यालय अस्लेवा सान्त्वना स्थानमा परेका छन्।
विजेता तथा उपविजेतालाई नगद धनराशि र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले वैदेशिक रोजगारीमा रहेका दाजुभाइ–दिदीबहिनीले शिक्षामा पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सत्यवती समाजले धर्म, पर्यटन, शिक्षा, स्वास्थ्य र वृद्धाश्रमजस्ता क्षेत्रमा अघि सारेका योजनामा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न वडाध्यक्ष, वडा सदस्य, विद्यालयका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै यस्ता रचनात्मक कार्यक्रम घुम्तीका रूपमा सञ्चालन गर्न सके विद्यार्थीमा उत्साह, ज्ञान र भ्रमणको अवसर बढ्ने सुझाव दिएका थिए।
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाण्डे र शिक्षक टिकाराम सुवेदीले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो।



