तीजमा चेलीबेटी दर खान व्यस्त, अर्गलीका भट्टराई परिवार भने मकै छोडाउने सुकाउनै व्यस्त

चुरामणि तिमिल्सिना रिडी भदौ १०

पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पुजारी गाउँका कृषक तथा सामाजिक अभियन्ता गीता भट्टराई भन्छिन् – “सबै दिदीबहिनी माइत गएका छन्, मेरा पनि नन्द–अमाजु माइत आएका छन्। तर, म भने मकैको चटारोले गर्दा घरमै व्यस्त भएँ।”

गीता भट्टराई र उनका श्रीमान् अच्युत भट्टराईलाई यसपालि तीज पर्वले खासै छोएन। बारीभरि, दलानभरि र ढिकाभरि सुकाउन राखिएका मकै व्यवस्थापनमै उनीहरू व्यस्त छन्।

अच्युत भट्टराईका अनुसार मौसमअनुसारको खेतीपाती गर्दा खाद्यान्नको कमी छैन। यस वर्ष मात्र ४५ मुरीभन्दा बढी मकै उत्पादन भएपछि हातैले मात्र सम्भव नभएकाले उपकरण प्रयोग गरी सुकाउने काम भइरहेको छ।

“सबैजना दर खाने काममा व्यस्त छन्, हामी भने कामसँगै परिवारले सन्तुलन मिलाउँदै रमाइलो गर्छौँ,” गीता भट्टराई भन्छिन्। गाउँभरि तीजका गीत गुञ्जिरहे पनि भट्टराई परिवार भने मकै व्यवस्थापनमै व्यस्त छ।

प्रत्येक वर्ष मकैबाट राम्रो आम्दानी गर्दै आएका भट्टराई दम्पतीले यस वर्ष पनि उस्तै आशा राखेका छन्। उनीहरू भन्छन्– “पर्व नमान्दा पनि हामी उत्पादन र आम्दानीमै सन्तुष्ट छौँ।” यति मात्रै होइन गीता भट्टराईका श्रीमान अच्युत भट्टराई बिहान कलेज पढाउन व्यस्त हुनुहुन्छ दिउँसो विद्यालय जान यस्तै गीता भट्टराई लाई सामाजिक काम भनेपछि हुरुक्कै हुने प्रवृत्तिले गर्दा अझै घरधन्दामा समय कम दिँदा पनि यसरी उत्पादन भएको देख्दा आफूहरू खुसी भएको बताउनुहुन्छ

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *