चुरामणि तिमिल्सिना रिडी १९
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल तथा पवित्र तीर्थस्थल रुरु क्षेत्र रिडी ऋषिकेश मन्दिर परिसरमा खाद्यान्न , लताकपडा फलफुल र एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कल्पवासी आमाबुबा तथा जेष्ठ नागरिकलाई खाद्यान्न, लत्ता कपडा, औषधि र फलफूल वितरण गरिएको थियो।
कार्यक्रमका अध्यक्ष जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे रहनु भएको थियो।
उहाँले जेष्ठ नागरिक र कल्पवासीको सेवामा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सधैं सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा उपाध्यक्ष खिमराज पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो। भने सचिव डी.बी. थापाले सहजीकरण गर्नु भएको थियो। । सो अवसरमा बिरामीलाई निःशुल्क औषधि वितरण र स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।
जेष्ठ नागरिक सरस्वती देवी चालिसीले संस्थाले घरदैलोमै सेवा पुर्याएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता कार्य निरन्तर हुने विश्वास व्यक्त गर्नु भयो। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका सदस्य प्रकाशलाल श्रेष्ठले कार्यक्रमप्रति शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै धन्यवाद दिनु भयो।








कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्नुभयो।
विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सम्पूर्ण शिक्षक–कर्मचारी र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले आगामी शैक्षिक सत्रलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकबीच करार सम्झौता गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, गृहकार्यमा अभिभावकको सक्रिय सहयोग सुनिश्चित गर्ने, होमवर्क डायरी कार्यान्वयन गर्ने, विद्यार्थीको उपस्थिति बढाउने, अभिभावक र सरोकारवालाले अनुगमन गर्ने तथा भौतिक सुधारका लागि योजना माग गर्ने निर्णय गरेको छ।
सहायक प्रधानाध्यापक बलराम पाण्डेको स्वागत, प्रधानाध्यापक गौतमको सहजीकरण, लेखापाल पौडेलको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




















