प्रतिमा भट्टराई रिडी
तानसेनमा मौलिक भजन संगीत प्रशिक्षण, गाउँघरका प्रतिभा उजागर गर्ने अभियान
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१, गैरागाउँमा भाद्र २० गतेदेखि एक महिने मौलिक भजन तथा हार्मोनियम प्रशिक्षण तालिम सञ्चालन भइरहेको छ। गाउँघरमा पुस्तौँदेखि घन्किँदै आएका पुराना मौलिक गीत, रोइला, चुड्का, आरती तथा विभिन्न प्रकारका कीर्तनका भाका र संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा राष्ट्रिय भजन गायक मनोज प्रसाई र रुरु सञ्चार कलाघरका सञ्चालक तथा अध्यक्ष चुरामणि तिमिल्सिनाले प्रशिक्षण दिइरहनुभएको छ। प्रशिक्षार्थीहरूलाई बिहान तथा साँझको समयमा नियमित कक्षा सञ्चालन गरी भजन संगीतसँगै हार्मोनियम बजाउने, मौलिक भाका पहिचान गर्ने तथा विभिन्न धार्मिक एवं सांस्कृतिक गीत प्रस्तुत गर्ने सीप सिकाइँदै आएको छ।
गाउँघरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने तथा मौलिक संगीत र संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण माध्यमका रूपमा तालिमलाई लिइएको छ। पछिल्लो समय मोबाइल तथा डिजिटल प्रविधिमा बढी समय बिताउने प्रवृत्तिका बीच संगीत सिकाइले युवा तथा पाका पुस्तालाई सिर्जनात्मक गतिविधिमा जोड्ने अपेक्षा गरिएको छ।
संगीत तथा भजन अभ्यासले फुर्सदको समय सदुपयोग गराउनुका साथै मनलाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा केन्द्रित गर्न सहयोग पुग्ने प्रशिक्षकहरूको भनाइ छ। भजन संगीतप्रतिको आस्था र रुचिका कारण पछिल्लो समय युवा पुस्तादेखि पाका पुस्तासम्मका व्यक्तिहरू तालिममा उत्साहपूर्वक सहभागी भइरहेका छन्।
भजन, कीर्तन तथा मौलिक संगीतलाई केवल मनोरञ्जनका रूपमा मात्र नभई आध्यात्मिक शान्ति, संस्कार र सांस्कृतिक पुस्तान्तरणको माध्यमका रूपमा समेत लिइएको छ। जीवनमा आनन्द र सकारात्मक सोच विकास गर्नुका साथै धार्मिक विश्वासअनुसार मृत्युपछि समेत सुमार्ग प्राप्त हुने भावनाले भजन संगीतप्रति आकर्षण बढिरहेको देखिन्छ।
यसैगरी पाल्पाको तानसेन र रैनादेवी छहरा गाउँपालिकामा एकैसाथ मौलिक भजन तथा संगीत प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जनाएको छ। एक महिने तालिम असोज२२ गतेसम्म सञ्चालन हुने बताइएको छ।
गाउँघरमा हराउँदै गएका मौलिक भाका, रोइला, चुड्का, आरती तथा कीर्तनलाई प्रशिक्षणमार्फत संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने यो अभियानले पाल्पाको मौलिक कला, संस्कृति र संगीत संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको

Leave a Reply