Blog

  • रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    चुरामणि तिमिल्सिना   बैशाख   १८

    रिडी माध्यमिक  बिद्यालय रिडी गुल्मीमा निशुल्क स्वास्थ  शिविर कार्यक्रम  सम्पन्न भएको  छ ।  बिद्यालयका पुर्व प्रधानाध्यापक  स्व : दिवाकर ज्ञवालीको स्मृतिमा  उहाँका परिवारबाट  दिवाकर स्मृति  प्रतिष्ठान  नेपालको आयोजनामा कार्यक्रम  गरिएको  हो ।

    बिद्यालयका शिक्षक बिद्यार्थी  तथा अभिभावक लाई   उहाँका जेष्ठ  छोरा  डा.मेघराज ज्ञवाली सहितको डाक्टर को समुहले सिविर प्रदान गरेको  हो। शिविरमा  नाक,कान,घाटी  तथा दातका रोगिलाई  उपचार  गरिएको  थियो।   बिद्यालय   ब्यवस्थापन  समितिका  अध्यक्ष  चन्द्रलाल कसजु को अध्यक्षतामा रहेको  कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक  रोहित भण्डारीले  कार्यक्रममा स्वागत मन्तब्य  राख्नु भएको  थियो।

    स्व : दिवाकर  गुल्मी जिल्लाका अङ्ग्रेजी  विषयका  प्रखर  शिक्षक  तथा शिक्षा क्षेत्रको नक्षत्रका  रुपमा परिचित रहनु भएको  थियो।

  • होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    बैशाख   १५  गुल्मी

    होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १३ केरवादी घरभइ हाल रेसुङ्गामा रहेको होटेल पौवा का ब्रान्च ब्य्वस्थापक प्रदिप घिमिरे ले सदाका वर्ष जस्तै यस वर्ष पनि उनले विभिन्न क्षेत्रमा सहयोग गरि जन्म उत्सव मनाय ।

    आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै गुल्मीको इस्मामा भएको आगलागी पीडितलाई आर्थिक सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने घिमिरेले बताए ।
    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक वर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु जन्म दिनको अवसरमा सहयोग गरेको घिमिरे बताउछन । घिमिररे लाई रुरु संचार अन्लाईन मिडियाकाका कार्यकारी प्रमुख पत्रकार चुरामणि तिमिल्सिना ले टेलीफोन गरि शुभकामना प्रदान गर्दै आगामी दिन्मा पनि यस्तै रचनात्मक कार्यमा अगाडी बढ्न आग्रह गर्नु भयो।

  • गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    वैशाख १४

    गुल्मीदरबार गाउँपाालिका गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको दुर्घटना मृत्यु ‍‍भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार, गौंडाकोटबाट बिरवासतर्फ आउदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल हिजो साँझ दुर्घटना भएको थियो ।

    मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

  • पाल्पामा कार दुर्घटना विवरण सहित

    पाल्पामा कार दुर्घटना विवरण सहित

    पाल्पा  चैत्र  ३० गते

    पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष रेसुंगा नगरपालिका–८ का ईश्वरी पौडेल, रेसुंगा नगरपालिका–१ का चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाग्रस्त कार सडकदेखि करिब ५० मिटर तल अर्को सडकमा खसेको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आज होली फागु पूर्णिमा पर्व

    आज होली फागु पूर्णिमा पर्व

    चैत ११

    आज फागु पर्व अर्थात् आज होली पर्व । काठमाडौं सहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साता अघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको हो।

    रंगचंगी तीन तले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । हर्ष र उमंगमा मनाइने यो पर्वमा एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर खुसी साटासाट गर्दै मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी प्रतिक होलीकालाई आगोले भष्म गरी बिष्णु भक्त सत्यवादी प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

    तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।

  • रूरूक्षेत्र गाउँपालिकाबासिले निशुल्क रगत पाउने

    रूरूक्षेत्र गाउँपालिकाबासिले निशुल्क रगत पाउने

    चैत ६
    रूरूक्षेत्र गाउँपालिका गुल्मीका नागरिकले निस्शुल्क रगत पाउने भएका छन् ।

    रूरू क्षेत्र गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र रुपन्देही बिच निस्शुल्क रगत उपलब्ध गर्ने गरि हिजो सम्झौता भएको हो ।

    रक्त सञ्चार केन्द्रमा बुटवलआयोजित एक कार्यक्रममा रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने र सदस्य सचिव राधा ज्ञवालीको सहभागितामा रूरू क्षेत्र गाउँपालिकाले निशुल्क रगत पाउने गरि सम्झौता भएको हेल्थ असिस्टेन्ट अमृत ज्ञवालीले रुरुएफ एमलाई बताए ।

    कार्यक्रममा रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रूरूका सेवाग्राहीलाई लक्षित गरि सेवाको भावनाका साथ काम अघि बढाएको बताए । केन्द्रले मासिक रुपमा रगत उपलब्ध गराएको रिपोर्ट पठाउने र त्यसवापत भुक्तानी हुने उनले बताए ।

    रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए ।

    रुरुक्षेत्र गाउँपालिकाले फागुन २७ गते स्थानिय तह स्थापना दिवसको अवसरमा नव निर्मित प्रहासकिय भवन परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

  • काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु २० जना घाइते

    काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु २० जना घाइते

    काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु २० जना घाइते

    काठमाडौँ जादै गरेको बस दुर्घटना ७ जनाको मृत्यु
    चैत ५
    कमल पौड्याल

    बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

    रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

    बस सडकबाट करिब १ सय ५० मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

  • जोहाङग प्राथमिक  स्वास्थ्य केन्द्रमा आधुनिक  ल्याब जडान

    जोहाङग प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक ल्याब जडान

    चुरामणि तिमिल्सिना  फागुन ३० रिडी

    सत्यवती गाउँपालिकामा आधुनिक ल्याब जडान,
    सत्यवती गाउँपालिका गुल्मीमा आधुनिक ल्याब उपकरण मंगलबार जडान गर्दै गाउँपलिका अध्यक्ष टिकाराम पाण्डे ले उत्घाटन गर्नु भएको छ ।
    सत्यवती गाउँपालिकाको समन्वयमा स्वास्थ्य सेवा विभाग, काठमाण्डौबाट प्राप्त आधुनिक ल्याब मेसिन जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र बाट सेवा प्रवाह गरिएको स्वास्थ शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनु भयो।
    गाउँपालिकाका नागरिकलाई थप स्वास्थमा सेवा प्रवाह गर्न , गाउँबाट नै सेवा लिन र नागरिकको पैसालाई बचत गर्न यो सेवा सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे ले जानकारी दिनुभयो।
    यो उपकरण अटोमिक उपकरण भएको ले नतिजामा कुनै प्रकारको समस्या नहुने , किड्नीको जाच, कलेजोमा रगतको चिल्लो मात्रा , सुगर, रगतमा प्रोटिनको मात्रा, युरिकेसिट जाँच तथा अन्य सेवा पनि यो उपकरण बाट लिन सकिने केन्द्रका मेडिकल अधिकृत डा. प्रभाकर किरण न्यौपानेले जानकारी दिनु भयो।


    कार्यक्रममा जनप्रतिनिधि ,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल स्वास्थका कर्मचारीहरुको आतिथ्यता रहेको थियो।
    सेवा लिन आएकाहरु लाई धेरै बेर बस्न नपर्ने धेरै जनाको एकै साथ ल्याब बाट नतिजा हात पर्ने हुँदा अत्यन्त उपयोगी र भर्पदो यो उपकरण रहेको अधिकृत भुसालले जानकारी दिनुभयो।

  • रुरु क्षेत्र  गाउँपालिकामा  रक्तदान कार्यक्रम  सम्पन्न

    रुरु क्षेत्र गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

    रुरुक्षेत्र गाउँपालिकाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनायो
    फागुन २८

    रुरुक्षेत्र गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘रक्तदान, जीवनदान’ भन्ने नारासहितको वृहत रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ ।

    कार्यक्रममा १०४ रक्तदाताहरुबाट रगत दान गरिएको थियो।

    २०७३ फागुन २७ गते स्थानीय तह स्थापना भएको दिनको अवसरमा गाउँपालिकाका सेवा प्रवाह, विकास निर्माणको साथमा मानव सेवामा समेत रहेको सन्देश दिनको वृहत रक्तदान कार्यक्रम गरिएको हो।

    रक्तदान कार्यक्रममा नागरिकको उल्लेखनीय उपस्थिती रहेको भन्दै यस्तो कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो।

    रुरुक्षेत्र गाउँपालिकाका नागरिकहरुलाई रगतको अभावले उपचारबाट बन्चित हुन नपरोस भन्ने मुख्य उद्देश्यको साथ गाउँपालिका समग्र क्षेत्रमा जस्तै मानव सेवामा पनि जनताको साथमै रहेको सन्देश दिन सिंहदरबारको अधिकार गाउँमा स्थापित भएको दिन स्थानीय तह स्थापनाको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।

    रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा गाउँपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो।

  • नयाँ मन्त्रीमण्डलका मन्त्रीहरु

    नयाँ मन्त्रीमण्डलका मन्त्रीहरु

    फागुन २४

    सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ विस्तार भएको छ।

    उक्त मन्त्रिपरिषद्‍मा १६ मन्त्री थपिएका छन्। उनीहरूलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

    नेकपा एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारीलाई उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    माओवादी केन्द्रका नरायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत उर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    रास्वपाका रवि लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय दिइएको छ।

    विनाविभागीय मन्त्रीको सपथ खाएका रास्वपाका डिपी अर्याल, एमालेका पदम गिरी र माओवादीका हितबहादुर तामाङलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको हो।

    यस्तै एकीकृत समाजवादीका भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्री बनाइएको छ।

    प्रतिक्रिया