चैत ११
आज फागु पर्व अर्थात् आज होली पर्व । काठमाडौं सहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साता अघि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको हो।
रंगचंगी तीन तले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । हर्ष र उमंगमा मनाइने यो पर्वमा एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर खुसी साटासाट गर्दै मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी प्रतिक होलीकालाई आगोले भष्म गरी बिष्णु भक्त सत्यवादी प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।
तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।



