Blog

  • चन्द्रकोटमा  शिक्षकको तालिम  समापन

    चन्द्रकोटमा शिक्षकको तालिम समापन

    श्रीराम गौतम
    असार १६

    चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा बिज्ञान बिषय अध्यापनरत शिक्षकहरु तथा आधारभूत तह (कक्षा १-५) मा अध्यापनरत शिक्षकहरुका लागि मिति २०८० असार १४ गतेदेखि संचालित ३ दिने ICT सम्बन्धी तालिम एवम् नेपाली र सामाजिक विषय शिक्षकको विषयगत गोष्ठी समापन भएको छ ।

    तालिम तथा गोष्ठीको समापन समारोह गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीज्युको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल लगायतको विशेष उपस्थितिमा भएको थियो । तालिम अवधिभर शिक्षा अधिकृत नयन सिंह ठकुरी, सूचना प्रविधी अधिकृत कृष्ण प्रसाद गौतम, ज्ञानोदय मा.बि. मजुवाका कम्प्युटर प्रशिक्षक अनिल अर्याल शर्मा, उदय माध्यमिक विद्यालयका शिक्षक गाजिराम गौतम, एम.आइ.एस. अपरेटर पवन पोख्रेलले सहजीकरण गर्नुभएको थियो ।

  • सत्यवतीमा सम्मान  कार्यक्रम  सम्पन्न

    सत्यवतीमा सम्मान कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  असार१६

    सत्यवती गाउपालिका जोहाङ गुल्मिमा  अवस्थित  सरस्वती मा.वि मा अध्यापनरत गणित शिक्षक मणिराम गौतम, अङ्ग्रेजी शिक्षक बाबु पोखरेल(होमनाथ पोखरेल) यस्तै बिज्ञान शिक्षक केशव ढकालले शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा गाउपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल हुनुभएको छ।

    सत्यवती गाउँ कार्यपालिकाले आयोजना गरेको यस पालिका भित्र अध्ययन गर्ने उत्कृष्ट बिद्यार्थी र उत्कृष्ट शिक्षक सम्मान कार्यक्रममा यस बिद्यालयबाट शैक्षिकसत्र २०७९ को एस.इ.इ परिक्षामा सहभागी भै पालिकामै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी आशिस पाण्डे र बिद्यालय कक्षा आठ, दश, र बाह्रमा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा यस बिद्यालयका प्रधानाध्यापक छबिलाल भन्डारी सत्यवती गाउँपालिकाबाट पुरस्कृत हुनुभएको छ ।

    यसरी बिद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत बिद्यार्थी पुरस्कृत हुनु सम्पुर्ण बिद्यालय परिवारलाइ नै गर्वको बिषय भएकोले पुरस्कृत हुने सम्पुर्ण गुरुहरु, बिद्यार्थी तथा यो सबैको लागि सहि ब्यवस्थापन र उत्प्रेरित गर्नुहुने प्रधानाध्यापक छविलाल भण्डारी लगायत सम्पुर्ण सम्बद्ध पक्षलाइ पालिकाको तर्फबाट बधाइ ज्ञापन गरिएको हो ।समारोहमा पालिकाका अध्यक्ष टिकारम पाण्डे यस्तै उपाध्यक्ष निरमाया तरामु , प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल जन जन प्रतिनिधि संमानित ब्याक्तीहरुको आथित्यता रहेको थियो।

     

  • रुरु क्षेत्र  गाउँपालिका वडा न ४ मा ३ दिने  सचेतना कार्यक्रम सम्पन्न

    रुरु क्षेत्र गाउँपालिका वडा न ४ मा ३ दिने सचेतना कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  असार  १६

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ बलेटक्सारमा ३ दिने महिला तथा दलित लक्षित सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ को आयोजनामा कार्यक्रम गरिएको हो । ३९ जनाको सहभागीता रहेको तालिममा युवराज बस्याल, इस्वरी बस्याल, दुर्गा घायल , यस्तै लेखा तर्फ सुकदेव ज्ञवाली र स्वस्थ्य सम्बन्धि जनार्दन बिस्ट ले प्रशिक्षण गर्नुभएको थियो ।
    गाउँका कुना काप्चामा रहेका तथा पिछडिएका दलित हरु लाई समाजमा जुटेर आफ्ना भनाइ राख्न सामाजिक संघ संस्थाको हिसाब राख्ने तरिका , यस्तै महिलाले लुकाएर राख्ने र परिवारलाई आफूलाई लागेको रोगका बारेमा बताउन पनि तालिममा सहजिकरण गरिएको थियो। वडा नं. ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठको अध्यक्षमा सन्चालित कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो। प्रमुख अतिथि अध्यक्ष ज्ञवालीले तालिम लाई व्यबहारमा ल्याइ समाज लाई शिक्षित बनाउदै तालिममा सिकेका विषय लाई अन्य सदस्यहरु सामु पनि पहिचान गराउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनु भयो । समापन सत्रमा वडाका जनप्रतिनिधिको आतित्यथा रहेको थियो। तालिममा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो।

  • गुल्मीको बलेटक्सारमा  वर्षाले घर भत्कियो  मानबिय क्षति भएन

    गुल्मीको बलेटक्सारमा वर्षाले घर भत्कियो मानबिय क्षति भएन

    चुरामणि  तिमिल्सिना असार  १६

    अबिरल ३ दिन देखि परेको पानीले रुरुक्षेत्र गा. पा. – ४ बलेटक्सार बजारमा खगेन्द्र श्रेस्ठको घर भत्किएको छ । घर भत्किदा अर्घाखाची चिदिका निवासी यसै घरमा फेन्सी पसल गर्ने अहमद मिया (जुठे मिया) को पसलमा सामन्य क्षति हुनुका साथै पछाडी पट्टी पार्किङ्ग गरेको बाईक पुरीएको छ।

    स्थानीय , बजारबासी तथा छिमेकीहरुको सकृयतामा पसलमा रहेका सामाग्रीहरु
    ईम बहादुर के. सी. र राज कुमार श्रेष्ठको घरमा राखिएको छ । सम्वन्धित पसल मालिक ईद मनाउन घर गएको अवस्था रहेकोले कुनै मानवीय क्षति भएन।।यता उधोग बाणिज्य संघ बलेट्क्सार अध्यक्ष तोयनारायण ज्ञवाली लगातार वर्षा भएकोले आवस्यक परेको ठाउँमा मात्र तथा छोटा दुरिकोयात्रा गर्न मात्र आग्रह गर्दै स्थानीय भेगमा कुनै पनि जुन प्रकारकाको क्षति भए पनि तत्काल नै आफ्नो कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।

  • आवरण गौतमको  जन्म दिन्मा आमा  पार्वती  गरिन धार्मिक  कार्यमा सहयोग

    आवरण गौतमको जन्म दिन्मा आमा पार्वती गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि  तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ।

    जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • छोरा  आवरणको जन्म दिनमा आमा पार्वतीले गरिन धार्मिक  कार्यमा सहयोग

    छोरा आवरणको जन्म दिनमा आमा पार्वतीले गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि  तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ।

    जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • छोरा आवरण गौतमको जन्म दिनमा आमा पार्वती ले  गरिन धार्मिक कार्यमा सहयोग

    छोरा आवरण गौतमको जन्म दिनमा आमा पार्वती ले गरिन धार्मिक कार्यमा सहयोग

    चुरामणि तिमिल्सिना  असार  १६

    गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कुसेनीमा रहेको रुरु गौ सेवा आश्रमका लागि रु ७७७७रुपियाँ यस्तै रुरु धार्मिक सेवा सन्चार प्रा लि को केन्द्रिय कार्यालय रिडी लाई

     

    १ महिनाको इन्टरनेट सेवा बापत रु १५०० उपलब्ध गराउनु भएको छ ।जन्म दिनमा गरिने फजुल खर्च लाई धार्मिक कार्यमा लगाउन सकेमा आफू र आपनो परिवारमा समेत पुन्य हुने र पछीका सन्तति लाई समेत ज्ञान हुने हुँदा यसरी धार्मिक अभियानमा जोडिएको पार्वती गौतमले बताउनु भयो। यता धार्मिक कार्यमा सहयोग रकम प्रदान गर्नु भएको मा सन्चारका अध्यक्ष चुरामणी तिमिल्सिनाले आवरण जन्म दिन्को शुभकामना प्रदान गर्दै सम्पुर्ण गौतम परिवार लाई ईन्टरनेटको माध्यम बाट आसिर्बचन प्रदान गर्नु भएको हो । हाल यश गौ आश्रममा १०० गाइरहेका छन गाइको दीर्घकालीन योजना बनाउन निरन्तर समिती लागि परेको छ

  • तिनाउ नदीमा पानीको सतह बढो  तटिय क्षेत्रमा  नवस्न उपमहानगरको आग्रह

    तिनाउ नदीमा पानीको सतह बढो तटिय क्षेत्रमा नवस्न उपमहानगरको आग्रह

    तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह।
    असार १६
    तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। तिनाउ नदिको आसपासका क्षेत्रहरूमा ठूलो वर्षा भएकोले तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा आज बिहान पानीको सतह ६.८८ मिटर पुगेको छ । ५.६ मिटरलाई खतराको तह मानिन्छ। अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको बताईएको छ । प्रशासनले खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह गरेको छ ।

  • तिनाउ नदीमा पानीको सतह बढ्दो  खोला किनारमा न्बस्न उप महानगरपालिकाको आग्रह

    तिनाउ नदीमा पानीको सतह बढ्दो खोला किनारमा न्बस्न उप महानगरपालिकाको आग्रह

    तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह।
    असार १६
    तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। तिनाउ नदिको आसपासका क्षेत्रहरूमा ठूलो वर्षा भएकोले तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा आज बिहान पानीको सतह ६.८८ मिटर पुगेको छ । ५.६ मिटरलाई खतराको तह मानिन्छ। अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको बताईएको छ । प्रशासनले खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह गरेको छ ।

  • तिनाउ नदीमा  बाढी आयो

    तिनाउ नदीमा बाढी आयो

    बुटवलको तिनाउँ नदिमा बाढी आयो ।
    असार १६
    लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा निरन्तर वर्षा भए पछि तिनाउ नदीमा यस वर्षकै पहिलो बाढी आएको छ । निरन्तरको वर्षासँगै नदीमा जलस्तर बढेकोले देखिएकोले सतर्क रहन चेतावनी दिइएको हो ।
    बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउको जलाधारका क्षेत्र बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको जानकारी दिएको छ ।
    तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकोले दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।