चैत-२३,२०७९
प्युठान।
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सुरु भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर गत चैत १९ गते आईतवार देखि वडा नं.-१ तिराम स्वास्थ्य चौकीबाट अौपचारिक रुपमा सुरु भएको थियो।जस अनुसार आज अन्तिम दिनको शिविर वडा नं.-४ उदयपुरकोट स्थित धाेवाघाटमा रहेको कामाक्षी माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको थियो।गाउँपालिका अध्यक्ष नमराज अधिकारीले ब्यानर पढेर शिविरको उद्घाटन गर्नु भएको थियो।उद्घाटन कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष अधिकारीले उक्त शिविर जनमुखी,सेवामुखी भएको बताउनु भयो । यस्तै उहाँले स्थानीय सरकारले जनताको सहज सेवा र आवश्यकतालाइ केन्द्रित गरी आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गर्नु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले स्थानीय सरकारले जनताका लागि प्रदान गर्न खोजेका विभिन्न सेवाहरुको अधिक्तम सदुपयोग भएकोमा खुसी व्यक्त गर्नु भयो।यी र यस्तै विविध सेवालाई थप गरेर आगामी दिनमा समेत स्थानीय सरकारले घुम्ती शिविरलाई निरन्तरता दिने उपाध्यक्ष कालाथोकीको भनाई थियो। वडा नं.४ का अध्यक्ष डिल बहादुर घर्तीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले गर्नु भएको थियो।साथै उद्घाटन कार्यक्रममा शिविरको आवश्यकता, महत्त्व र उद्देश्यका बारेमा माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले सहजीकरण गर्नु भएको थियो ।शिविरमा स्वास्थ्य सेवा तर्फ २५ जनाले ग्रामीण अल्ट्रासाउण्ड,४१ जनाले VIA /पाठेघरको जाँच र २३२ जनाले सामान्य स्वास्थ्य परिक्षणको सेवा लिईएका जनस्वास्थ्य निरिक्षक ध्रुर्व कुमार पोख्रेलले बताउनु भयो।यस्तै ९५ जनाको सुगर तथा १९ जनाको खकार परिक्षण गरिएको छ। पशुसेवा तर्फ १२० जनाले माटाे परिक्षण ,१३ जनाले नमुना सङ्कलन गराएका थिए ।साथै २जनाले जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन्। शिविरमा डा.सुप्रिम वन्जाडे ,डा.सन्तोष केसि सहितको टाेलीले स्वास्थ्य परिक्षण गरेको थियोे।गाउँपालिका भित्रका पाँच वटै वडाहरुमा सञ्चालन गरिएको शिविरमा स्वास्थ्य,पशु,कृषि,जेष्ठ नागरिक,अपाङ्ग परिचय पत्र वितरण,व्यक्तिगत घटना तथा व्यवसाय दर्ता लगायतका गाउँपालिकाद्वारा प्रदान गरिने अत्यावश्यक सेवाहरु प्रवाह गरिएको थियो। शिविरमा जनप्रतिनिधि, कर्मचारी,स्थानी समाजसेवी एवम् वुद्धीजिवी सहितको उपस्थिति रहेको थियो। आज शिविरमा भने जिल्ला स्वास्थ्य कार्यालय प्युठानका चिकित्सक सहितको टाेलीकाे पनि सहभागिता रहेको थियो।शिविरबाट पालिका भरका झण्डै १९५० जना विभिन्न सेवा द्वारा लाभान्वित भएका छन्।यस्तै एकीकृत सेवा सहितको घुम्ति शिविरलाई समयको माग अनुसार निरन्तरता दिन विज्ञहरुको सुझाव छ।शिविरले गाउँपालिका वासीहरुमा सकारात्मक प्रभाव पारेको गाउँपालिकाको विस्वास छ।
Blog
-

एकीकृत घुम्ति शिविरको प्रभाव ???
-

रुरु क्षेत्रमा अटिजम पाठशाला सचेताना दिवस मनाइयो
चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ मा २०७४ मा स्थापना भएकोअटिजम पाठशाला नेपालले औपचारिक कार्यक्रमका साथ आफ्नै कार्यालयमा बिस्व अटिजम सचेतना दिवस कार्यक्रम मनाएको हो।
सस्थाका कार्याबहाक अध्यक्ष तथा पालिका उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षता रहेको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो । यस्तै सचेतना दिवस कार्यक्रममा पुर्व सामसद कमल राज श्रेष्ठ, पुर्व पालिका अध्यक्ष निलकण्ठ गौतम विशेष अतिथि रहनु भएको थियो। यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिक वडा न ३का वडा अध्यक्ष शेषनारायण पौडेल , वडा ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ पुर्व समन्वय उपप्रमुख तथा जगादाता तुल्सि कुमारी श्रेष्ठ ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडे वडाका सद्स्य हरु ,विभिन्न संघ सस्थाका पधाधिकारीहरु महिला समुहका पदाधिकारीहरु तथा अभिभावकहरुको आथित्यता रहेको थियो। पालिका पुर्व उपाध्यक्ष सस्थापक तथाआजिवन सदस्य लक्ष्मी देवि पन्थले कार्यक्रममा स्वागत मनत्ब्य राख्नु भएको थियो । यस्तै अतिथिमा वृद्ध आश्रमका अध्यक्ष जिवन कुमार कसजु जगादाता राम प्रसाद ज्ञवाली रहनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष ज्ञवालीले यस पाठशाला लाई अगाडी बढाउनका लागि पालिकाले आर्थिकभौतिक समन्वय भुमिका लगायतका विषयमा सहयोग गर्ने प्रतिबद्धता जायर गर्दै यस पाठशाला लाई शिक्षक दरबन्दीको लागि निरन्तरता दिनको लागि मुख्य मन्त्री कार्यालयमा आफुलेध्यानाकर्षण गराउने बताउनु भयो । यस्तै कार्यक्रममा पुर्व साम्सद श्रेष्ठले अटिजम आफुले चाहेर नहुने हुँदा उनि बाबु नानुहरुलाइ ब्यबहारमा परिवर्तन ल्याउन सहजकर्ताको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आफु पनि यस सस्थाको आजिवन सदस्य बन्ने घोषणा गर्नु भयो।
यस्तै कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि पुर्व अध्यक्ष गौतमले कार्यक्रममा शुभकामना मात्र दियर नहुने बताउदै यसको लागि आवस्यक पर्ने भैतिक निर्माण बिद्यार्थी , आवास र क्षात्रवृत्ति दिवा खाज प्रदान गर्नु पर्ने सिर्जनात्मक विषयमा सबैको ध्यान जान आवस्यक रहेको बताउनु भयो।कार्यक्रममा पालिकाका सामाजिक शिक्षा बिकास समितिका समयोजक तथा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले सिकाइको माद्यम बाट पनि अटिजम कम हुने हुँदा यो अपांग बर्गका अभिभावक लाई सचेतना जगाउन आग्रह गर्नु भयो।कार्यक्रममा पुर्व वडा अध्यक्ष रामलाल बिकले यो भवन कसरि बनो अव कसरि चलाउने भन्ने इतिहास प्रष्ट पार्नु भयो। कार्यक्रमको अध्यक्ष कार्यबाहक अध्यक्ष मिना देवि गौतमले अव बन्ने सम्चना र विभिन्न तहमा समस्या पुर्याउन आफ्नो टिम लाग्ने बताउनु भयो। कार्यक्रमको सन्चालन सस्थापक बिष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो अहिले अटिजम पाठशालामा ९ जना बिद्यार्थी पढिरहेका छन -

मदन भण्डारी राज मार्गमा सडक बिस्तार कार्यको शुभारम्भ
चुरामणि तिमिल्सिना मदन भण्डारी राजमार्ग अन्तर्गत (रिडी भेडुवा NH-09)२५किमी को निर्माण कार्यको बैदिक बिधि बिधान सहित रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले रिवन काटेर शुभार्भ गर्नु भएको हो। शुभार्भ गर्दै अध्यक्ष ज्ञवालीले निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम भनेकै समयमा सम्पन्न गर्ने ,तोकिएको गुणस्तरमा कामगर्ने समस्या उत्पन्न भएमा पालिकामा खबर गर्ने र समन्वय गर्न पर्ने ठाउमा पालिका निरन्तर लाग्ने बताउनु भयो। समानान्तर इलाइट जे भि ले काम गर्ने योजना का साथ अगाडी बद्ने क्रममा स्थानीय बासिले पनि हाते मालो गर्दै अगाडी बढ्न पर्ने बताउनु भयो। ३६ महिना भित्र काम सम्पदान गर्ने योजना सम्झौता भएकोले काम छिटो र भनेकै समय भन्दा अगाडी निर्माण सम्पन्न गर्ने आफ्नो योजना रहेको कम्पनीले जनाएको छ । शुभार्म्भ कार्यक्रममा सामाजिक अभियानता रबि कंडेल पोमलाल कंडेल सडक का इन्जिनियर लगायतको आथित्यता रहेको थियो । अहिले सडक निर्माण हुँदा बैकल्पिक सडकको रुपमा पानी टंकी थोर्गा हुदै रिडी जान निर्माण कम्पनीले बोड समेत राखेर आग्रह गरेको छ ।
-

गुल्मी जिल्लामा एसइईको सम्पुर्ण तयारी पुरा
चुरामणि तिमिल्सिना गुल्मी जिल्लामा एसइई परिक्षाको सम्पुर्ण तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी दिइयको हो। जिल्लाका २८ परिक्षा केन्द्रमा ४७२२ विद्यार्थी सहभागी हुने छन । जिल्लामा प्राबिधिक धार तर्फको पढाई हुने हुँदा प्राबिधिक धार तर्फ १६ बिद्यालय ३४२ जना बिद्यार्थीहरु सहभागी हुने इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनु भयो । यस बर्ष खुल्ला तर्फ ४२ जना बिद्यार्थी सहभागी हुने छन ।
परीक्षा लाई मर्यादित हो हल्ला तथा शान्त बाताबरणमा सम्पन्न गर्न इकाई कार्यालयले विभिन्न विषयमा जिल्लाका सम्बन्धित कार्यालय प्रमुख सित बैठक समेत बसेर निर्णय समेत गरेको छ । मरासिनीले परिक्षा केन्द्रका लागि आवस्यक पर्ने सम्पुर्ण सामाग्री, सुरक्षा , केन्द्राध्यक्ष , निरीक्षक तथा कर्मचारिको ब्यबस्था मिलाइ सकेको बताउनु भयो। परिक्षा केन्द्रमा पालिका अध्यक्ष उपाध्यक्ष शिक्षा प्रमुख यस्तै प्रमुख जिल्ला अधिकारी सहितको टोलिले परिक्षाको अवलोकन गर्ने भिड भाडा नगरी कन केन्द्रमा पुग्ने कार्यक्रम रहेको मरासिनीले बताउनु भयो।यता रुरु क्षेत्रमा परिक्षा लाई मर्यादित गराउन र शान्त बाताबरणमा सम्पन्न गर्न सुरक्षाको ब्यबस्था मिलाइको , विभिन्न स्थानमामा प्रहरीको गोस्ति सन्चालन गरिएको, बिद्यार्थीहरु खोला किनारमा नुहाउन जादा तथा कपडा धुन पौडि खेल्न जादा सम्यामित भएर जान र गहिरो स्थानमा नुवाइ ध्वाइ नगर्न सबैलाई आफुले आग्रह गरेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनु भयो। केही बर्ष पहिला परीक्षा दिन आयका धर्मपुर माध्यमिक बिध्यालयका १ बिद्यार्थीको गहिरो स्थानमा पौडिने क्रममा मृत्यु भएकोले बिद्यार्थी लाई सचेत भएर खोला तथा नदिमा जान आग्रह गर्नु भयो। यस्तै बाहिर बाट आउने विद्यार्थी लाई नडाराइकन निर्धक्क तरीका ले परिक्षा दिन परिक्षा केन्द्र रहेको स्थानमा अनावश्यक ब्यक्तिहरु लाई न आउन हुन आफुले अनुरोध समेत गरेको रिडी माध्यमिक बिध्यालयका प्रधानाध्यापक तथा रिडी परिक्षा केन्द्रका प्रमुख रोहित भण्डारीले जानकारी दिनु भयो। बिद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा दिने छन ।रिडीमा दुई परिक्षा केन्द्र तोकिएको छ । रिडी माध्यमिक परिक्षा केन्द्र र सस्कृत तथा साधरण मा बि परिक्षा केन्द्र रहेका छन ,जस्मा रिडी माद्यामिक परिक्षा केन्द्र बाट सस्कृत तथा साधरण माबि , धर्मपुर माबि , राम माबि, र ग्वादि मा बि रहेका छन, यस केन्द्र बाट १३५ जना विद्यार्थी सहभागी हुने छन । यस्तै सस्कृत तथा साधरण माबि केन्द्रमा रिडी मा बि जनता माबि , र लक्ष्मी पुर माबि गरि १२२ बिद्यार्थी सहभागी हुने छन। दुई केन्द्रमा २५७ जना बिद्यार्थी सहभागी हुने सस्कृत तथा साधारण माबिका प्रधानाध्यापक तथा परिक्षा केन्द्र प्रमुख माधव प्रसाद ज्ञवालीले बताउनु भयो। आज बसेको दुवै परिक्षा सन्चालन सहयोग समितिले परिक्षालाई शान्त र मर्यादित बनाउन आफुहरु पनि लागि पर्ने बताउनु भयो ।
-

पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका छहरा बजार र मेहलढाप बजार अनुगमन
पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका छहरा बजार र मेहलढाप बजार अनुगमन गरिएको छ । छहरा र मेहलढाप बजारका करिव तिन दर्जज पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरु र पेयपदार्थहरु जफद गरेको छ ।करदाता कार्यालय पाल्पा घरेलु कार्यालय र जिल्ला प्रशासन कार्यालय सहित रैनादेवी छहरा गाउँपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन गरिएका सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद नाघी सकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको कारण केही सामान जफत गरि नष्ट गरेको जिल्ला प्रशासान कार्यालय पाल्पाका प्रशासकिय अधिकृत रामा श्रेष्ठले जानकारी दिनुभयो ।
दुइ स्थानमा गरिएको अनुगमनमा अखाद्य वस्तु वितरण भएको, म्याद गुज्रेको, गोदाम अव्यवस्थित भएको बताउदै ‘पहिलोपटक भएर कुनै कारबाही नगरेकोे तर अब अर्को चोटी अनुगमन गर्दा गल्ती भेटिएमा कानुनी कारबाही गर्ने घरेलु कार्यालय पाल्पाका प्रमुख देवीराम भन्डारीले जानकारी दिनुभयो । होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरेको कर दातासेवा कार्यालय पाल्पाका प्रमुख गिता पान्डेले बताउनुभयो ।रैनादेवी छहराका अध्यक्ष रुक्मांगत भटराईले अब गाउँपालिकाले पालिकि भित्रका पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएको पाएमा पालिकाले कानुनि कारवाही गर्ने बताउदै अब यो कार्य निरन्तर अगाडी बढ्ने बताउनुभयो ।उपभोक्ता पनि उपभोग्य सामग्री खरिद गर्दा सचेत हुनुपर्ने अनुगमन टोलीले सुझाव दिएका थिय ।अनुगमन रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत दिनेश सारु,ब्यापार संघ पाल्पाका सदस्य लक्ष्मण बराल उद्योग बाणिज्य संघका सदस्य खुम प्रसाद पोखरेल घरेलु कार्यालयका मनोज घिमिरे ईलाका प्रहरी मुझुङ र पत्रकारहरुको टोलीले बजार अनुगमन गरेका थियो ।
बजार अनुगमनको अभियान नियमित रूपमा चल्नुका साथै ग्रामीण क्षेत्रमा पनि अनुगमन हुने जानकारी गराईएको छ । तर उपभौकता लाई दैनिक ठगी गर्ने व्यवसायीलाई कारवाही नहुँदा अधिकांश सामानमा आफूहरू ठगिने गरेको गुनासो उपभोक्ताको रहेको छ । रैनादेवी छहरा करिव २३ हजार बढी मुल्य बराबरको म्याद नाघेका, खाद्य सामग्रीहरू जफत गरिएको थियो ।
-

धुर्काेट १ मा वडा कार्यालयले कृषकलाई टनेल वितरण
बिष्णु कुवर चैत्र १३ धुर्कोट नयाँगाउ
गुल्मी जिल्ला धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ वडा कार्यालय द्वारा नयाँगाउका ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण एक कार्यक्रमका बिच हस्तान्तरण कार्य सम्पन्न गरेकाे छ।
धुर्काेट गाउँपालिका वडा नं १ काे आ ब २०७९/०८० काे बार्षिक कार्यक्रम एक घर एक करेसाबारी कार्यक्रम अनुसार प्रतेक कृषकलाई घरघर टनेल र अर्गानिक तरकारी उत्पादन गर्ने उदेश्यले याे कार्यक्रम लिएकाे वडा नं १ वडा अध्यक्ष चेतमान कुवरले जानकारी दिनुभयाे। उहाँले भन्नुभयाे हामिले टनेल बितरण विगत जस्ताे गर्दैनाै जाे कृषकले टनेल घर निर्माण गरि आउनुहुन्छ हामिले प्राविधिक पठाउदछाै।र अनुगमन पश्चात मात्र उहाँ हरुलाई टनेल हस्तान्तरण गर्छाै भन्नू भयाे ।
वडा कार्यालयले निबेदन माग गरे अनुसार ३० जना कृषकले आबेदन पेश गरेता पनि हाल अनुगमनमा जाँदा ९ जनाले मात्र टनेलघर निर्माण गरेकाे पाईएकाेले उहाँहरुलाई मात्र वितरण गरेकाे कृषि प्राविधिक भावना महतले जानकारी दिनुभयाे।साेहि कार्यक्रमकाे बारेमा वडा सचिव नारायण पाेख्रेलका अनुसार टनेल बुझ्न बाकि रहेका कृषकलाई टनेल घर बनाउन भनेका छाै उहाँहरुले टनेल घर बनाएपछि हाम्रा प्राविधिक साथिहरुलाइ कृषककै घरमा अनुगमन गरेर टनेल हस्तानतरण पनि साेहि ठाउँवाटै गराउनेछाै । कृषकले टनेल लिनकाे लागि पटक पटक वडा कार्यालय धाउनु नपर्ने बताउनु भयाे।
धुर्काेट गाउँपालिका वडा नं १ नयाँगाउ वडा अध्यक्ष चेतमान कुबरकाे अध्यक्षता रहेकाे कार्यक्रममा , कार्यपालिका सदस्य कस्मिरा अधिकारी, वडा सदस्य लक्ष्मण थापा, वडा सचिव नारायण पाेख्रेल, कृषि प्राविधिक भावना महत र कृषक हरुकाे उपस्थिति रहेकाे कार्यक्रमकाे संचालन पशु प्राविधिक नारायण जि सी काे संचालनमा सम्पन्न भएकाे थियाे ।
-

स्वास्थ शिविर सहित बलेट्क्सार स्वास्थ चौकीको उत्घाटन
चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ मा नवनिर्मित बलेट्क्सार स्वास्थ चौकि भवनको लुम्बिनी प्रदेश सरकारका स्वास्थ मन्त्री माननिय बिष्णु प्रसाद पन्थिले उत्घाटन गर्नु भएको हो।उत्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री पन्थीले मानिसको सबैभन्दा ठुलो धन स्वास्थ भएकोले स्वास्थ जस्तो गम्भीर विषयमा कसैले पनि हेल्च्याक्राइ नगरीकन हरेक नागरिकहरुले स्वास्थ सस्था बाट हरेक प्रकारका स्वास्थ सेवा लिन सदै अगाडी सर्नु पर्ने , आगामी ५ बर्षमा लुम्बिनी प्रदेश सरकारले सबै सेवा सहितको प्रादेशिक अस्पताल लाई विशेष सेवा सहितको सुबिधा दिने कार्यक्रम पनि मन्त्रालयले अगाडी सारेको यस स्वास्थ क्षेत्रमा पनि मनत्रालयले थप सेवा दिन्को लागि पनि सहयोग गर्ने बताउदै यो पालिका सुगम र बिकसित भएकोमा पालिका परिवारलाई थप जिम्मेवारी थपिएको बताउनु भयो। कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली पुर्व साम्सद कमल राज श्रेष्ठ उपाध्यक्ष मिना देवि गौतम पुर्व अध्यक्ष निलकण्ठ गौतम उपाध्यक्ष लक्ष्मी देवि पन्थ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल पालिकाका प्रबक्ता हरि प्रसाद ज्ञवाली वडा २ का वडा अध्यक्ष घन्याम अर्याल वडा न ६का वडा अध्यक्ष रोमनाथ पौडेल विभिन्न दलका पाटि प्रमुखहरु शिक्षा क्षेत्रका अग्रजहरु कार्यापालिका परिवार पत्रकार सुरक्षा निकायको आथित्यता रहेको थियो १ करोड १३लाखमा निर्माण सम्पन्न भएको भवन सुबिधा सम्पन्न रहेको छ ।उपाध्यक्ष मिना देवि गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जगा दाता लाई लाई र रेन्बो इङलिस बोडीङ स्कुलका छात्रा छात्र लाई सम्मान समेत गरिएको थियो। यता अध्यक्ष ज्ञवालीले आफ्नो कार्याकाल सम्म हरेक बिकासका पुर्वधार हरुलाइ सबै सुबिधा सन्पन्न गराउने स्वास्थ क्षेत्रमा थप बजेटको माग गर्ने हरेक नागरिकको घर दैलोमा स्वास्थ चेक जाच सहित स्वास्थ सेवा प्रदान गर्ने बताउनु भयो । भवन उत्घाटन सत्रको अवसरमा पालिकाको सहकार्यमा स्वास्थ निर्देशनालय प्रदेश सरकारको आयोजना निशुल्क स्वास्थ सिबिर समेत सन्चालन गरिएको थियो सिबिरमा डा नन्दु पाठक सहितको टोलिले सेवा प्रदान गरेको थियो शिविर बाट २०० जनाले सेवा लियका थिए ।कार्यक्रमको अध्यक्षता वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठको रहेको थियो अध्यक्ष श्रेष्ठले स्वास्थ सस्थाको इतिहास प्रकाश पार्नु भएको थियो कार्यक्रम सन्चालन स्वास्थ शाखा प्रमुख छत्र बहादुर अधिकारीले गर्नु भएको थियो।
-

धुर्कोटमा कृषकहरुलाइ मल तथा सिंचाइको को लागि ड्रम बितरण
धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा कारिदास साडेक नेपाल र धुर्कोट गाउपालिका को सहकार्यमा नयागाउँ झल्याकोट कृषि तथा पसु बिकास सहकारिका सदस्यमध्ये २५ जना कृषकलाई झोल मलको लागि २५ वटा ड्रम र सिंचाइको लागि ४ वटा ड्रम ४ जनालाइ बितरण गरिएको हो सोहिअबसरमा ३ जना नमुना कृषकलाइ प्रोत्साहन स्वरुप नगद पुरस्कार बितरण गरिएको छ
कार्यक्रममा सहकारी अध्यक्ष ममता सुनारको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा राधा पोखरेलको स्वागत मन्तब्य रहेको थियो सबै महिलाहरुलाइ गुन्द्रुक उत्पादन गर्न अनुरोध गर्दै सबै गाउँपालिकाले खरिद गर्ने प्रतिबद्धता गर्नु भएको छ !धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा अध्यक्ष चेतमान कुवर, साडेक नेपालका अध्यक्ष महेन्द्र भण्डारी ,वडा सदस्य चन्द्र बिक,सहजकर्ता अस्मिता खत्री को विशेष आथित्यता रहेको कार्यक्रममा सन्चालन संयोजक शिव जि सि ले गर्नु भएको सामाजिक अभियान्ता बिष्णु कुवर ले जानकारी दिनु भयो
-

धुर्कोटमा कृषकहरुलाइ मल तथा सिंचाइको को लागि ड्रम बितरण
बिष्णु कुवर
चैत्र ११
नयागाउ । धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा कारिदास साडेक नेपाल र धुर्कोट गाउपालिका को सहकार्यमा नयागाउँ झल्याकोट कृषि तथा पसु बिकास सहकारिका सदस्यमध्ये २५ जना कृषकलाई भ्रमिक मलको लागि २५ वटा ड्रम र सिंचाइको लागि ४ वटा ड्रम ४ जनालाइ बितरण गरिएको हो सोहिअबसरमा ३ जना नमुना कृषकलाइ प्रोत्साहन स्वरुप नगद पुरस्कार बितरण गरिएको छ
कार्यक्रममा सहकारी अध्यक्ष ममता सुनारको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा राधा पोखरेलको स्वागत मन्तब्य रहेको थियो सबै महिलाहरुलाइ गुन्द्रुक उत्पादन गर्न अनुरोध गर्दै सबै गाउँपालिकाले खरिद गर्ने प्रतिबद्धता गर्नु भएको छ !धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडा अध्यक्ष चेतमान कुवर, कारिदास नेपालमा अध्यक्ष महेन्द्र भण्डारी ,वडा सदस्य चन्द्र बिक,सहजकर्ता अस्मिता खत्री को विशेष आथित्यता रहेको कार्यक्रममा सन्चालन संयोजक शिव भण्डारीले गर्नु भएको थियो ।
-

धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न
बिष्णु कुवर
धुर्कोट नयाँगाउमा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्
गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको साबिक वडा न ०५ को बडाखोलामा सरसफाइ तथा फोहोरमैला ब्यबस्थापन अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ !
कार्यक्रममा धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउका वडा अध्यक्ष चेतमान कुवर को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा वास एकाइ प्रमुख छबिलाल बिस्वाकर्मा ले सरसफाइका सुचकहरुको बारेमा प्रस्ट पार्नु भएको थियो अध्यक्ष उमबहादुर थापा रहने गरि संरक्षक वडा सदस्य लक्ष्मण थापा सहित बैशाख १५ भित्र पुर्ण सरसफाइ टोल घोषण गर्नी सर्बसहमत भएको छ !
कार्यक्रममा कार्यपालिका सदस्य कस्मिरा अघिकारी, बिमला सुनार वडा सदस्य चन्द्र बि क,लक्ष्मण थापा , वास एकाइ प्राबिधिक जगत पराजुली को विशेष आथित्यता रहेको कार्यक्रमको सन्चालन वडा सचिव नारायण पोख्रेल ले गर्नु भएको थियो !