रुरु क्षेत्रमा अटिजम पाठशाला सचेताना दिवस मनाइयो

चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ मा २०७४ मा स्थापना भएकोअटिजम पाठशाला नेपालले औपचारिक कार्यक्रमका साथ आफ्नै कार्यालयमा बिस्व अटिजम सचेतना दिवस कार्यक्रम मनाएको हो। सस्थाका कार्याबहाक अध्यक्ष तथा पालिका उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षता रहेको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो । यस्तै सचेतना दिवस कार्यक्रममा पुर्व सामसद कमल राज श्रेष्ठ, पुर्व पालिका अध्यक्ष निलकण्ठ गौतम विशेष अतिथि रहनु भएको थियो। यस्तै कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिक वडा न ३का वडा अध्यक्ष शेषनारायण पौडेल , वडा ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ पुर्व समन्वय उपप्रमुख तथा जगादाता तुल्सि कुमारी श्रेष्ठ ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडे वडाका सद्स्य हरु ,विभिन्न संघ सस्थाका पधाधिकारीहरु महिला समुहका पदाधिकारीहरु तथा अभिभावकहरुको आथित्यता रहेको थियो। पालिका पुर्व उपाध्यक्ष सस्थापक तथाआजिवन सदस्य लक्ष्मी देवि पन्थले कार्यक्रममा स्वागत मनत्ब्य राख्नु भएको थियो । यस्तै अतिथिमा वृद्ध आश्रमका अध्यक्ष जिवन कुमार कसजु जगादाता राम प्रसाद ज्ञवाली रहनु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष ज्ञवालीले यस पाठशाला लाई अगाडी बढाउनका लागि पालिकाले आर्थिकभौतिक समन्वय भुमिका लगायतका विषयमा सहयोग गर्ने प्रतिबद्धता जायर गर्दै यस पाठशाला लाई शिक्षक दरबन्दीको लागि निरन्तरता दिनको लागि मुख्य मन्त्री कार्यालयमा आफुलेध्यानाकर्षण गराउने बताउनु भयो । यस्तै कार्यक्रममा पुर्व साम्सद श्रेष्ठले अटिजम आफुले चाहेर नहुने हुँदा उनि बाबु नानुहरुलाइ ब्यबहारमा परिवर्तन ल्याउन सहजकर्ताको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आफु पनि यस सस्थाको आजिवन सदस्य बन्ने घोषणा गर्नु भयो।यस्तै कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि पुर्व अध्यक्ष गौतमले कार्यक्रममा शुभकामना मात्र दियर नहुने बताउदै यसको लागि आवस्यक पर्ने भैतिक निर्माण बिद्यार्थी , आवास र क्षात्रवृत्ति दिवा खाज प्रदान गर्नु पर्ने सिर्जनात्मक विषयमा सबैको ध्यान जान आवस्यक रहेको बताउनु भयो।कार्यक्रममा पालिकाका सामाजिक शिक्षा बिकास समितिका समयोजक तथा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले सिकाइको माद्यम बाट पनि अटिजम कम हुने हुँदा यो अपांग बर्गका अभिभावक लाई सचेतना जगाउन आग्रह गर्नु भयो।कार्यक्रममा पुर्व वडा अध्यक्ष रामलाल बिकले यो भवन कसरि बनो अव कसरि चलाउने भन्ने इतिहास प्रष्ट पार्नु भयो। कार्यक्रमको अध्यक्ष कार्यबाहक अध्यक्ष मिना देवि गौतमले अव बन्ने सम्चना र विभिन्न तहमा समस्या पुर्याउन आफ्नो टिम लाग्ने बताउनु भयो। कार्यक्रमको सन्चालन सस्थापक बिष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो अहिले अटिजम पाठशालामा ९ जना बिद्यार्थी पढिरहेका छन

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1100