प्युठान ।
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिता हिजो माण्डवी-३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको हो। रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा.वि नयागाउ,दोस्रो गणेश मा.वि तिराम,तेस्रो कामाक्षी मा.वि उदयपुरकोट भयका छ्न । समापन कार्यक्रममा प्रमुखाअतिथी संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले बिजय खेलाडीहरुलाई बधाई दिदै मानव चेतनाको बिकासको लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भयको थियो । कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले खेलाडी सधै अनुशासित भयर अगाडी बढनु पर्ने बताउदै बर्दी बिनाको सिपाही भनेको खेलाडी भएको बताउनु भयको थियो । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुलसा कार्किले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी,गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी,गाउँपालिकाका प्रमुख प्राशासकीय प्रकाश पाण्डे,माण्डवी गाउँपालिका वडा.नं -१का अध्यक्ष बाम बहादुर बुढा,वडा .नं-२ का अध्यक्ष प्रकाश वलि,वडा नं-३ का अध्यक्ष धनेन्द्र कार्कि,वडा.नं -४ का अध्यक्ष डिल बहादुर घर्ती, गाउँपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्य बालिका नेपालीले खेलमा बिजय प्राप्त खेलाडीहरु,रेफ्ररी/एम्पाएर,बिधालयका खेलकुद शिक्षकहरुलाइ शिल्ड,प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । खेलकुदमा माण्डवी गाउँपालिका माध्यमिक तहका बिधालयका प्रतियोगीहरुको सहभागिता रहेको थियो।
Blog
-

प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न
-

अभिमुखीकरण कार्यक्रम सम्पन्न
टोपराम केसी
माघ-१७,२०७९
गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले शिक्षकहरुका लागि नाक, कान,घाँटी तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण /गोष्ठी कार्यक्रम गरेको छ। गाउँपालिकाको सभाहल चोयगामा आज सम्पन्न अभिमुखीकरणमा २० वटा विद्यालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो। कार्यक्रमको सहजीकरण श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्रका डा.विवेक बिराट खनालले गर्नु भएको थियो। -

प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
टोपराम केसी
माघ-१६,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा सदस्य सुर्य वहादुर थापाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले प्युठान जिल्लाको हरेक क्षेत्रको विकासका लागि आफुले पहल गर्ने र खेलाडी रास्ट्रको गहना भएको बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथी एवम् पुर्व संविधान सभा सदस्य समेत रहनु भएका नारायण प्रसाद अधिकारीले खेलाडीहरुले खेल क्षेत्रबाट रास्ट्रको पहिचान दिन सक्ने भन्दै कुनै पनि भूगोल बाट खेलाडी अगाडि बढन सक्ने बताउनु भयो । यता बिशिस्ट अतिथी रहनु भएका प्रदेश सांसद तुल्सिराम शर्माले हरेक क्षेत्रबाट खेलकुदको महत्त्व रहेको बताउदै स्वास्थ्य,शिक्षा र खेलकुद विद्यार्थीको लागि महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख दुर्गा रेग्मी,प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल र माण्डवी मा .वि का प्राधनाध्यापक मेघराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएकोे थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्न स्थानीय सरकार सधै तत्पर रहेको बताउनु भयो।कार्यक्रममा स्थानीय राजनैनिक दलका प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम जनप्रतिनिधिहरु,विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि, शिक्षक,बिद्यार्थी लगायत जनसमुदायको उपस्थिति रहेको थियो ।गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास,नृत्य लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरेका थिए। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको थियो।प्रतियोगिता आगामी बुधबार सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ। -

हर्मिचौर माध्यमिक बिध्यालयको ६३ औ बार्सिउत्सव सम्पन्न
चुरामणि तिमिल्सिना हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका वडा न १ ले ३ दिने कार्यक्रमका साथ स्थापनाको ६३ औ बार्सिउत्सव त्था अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको हो
। लुम्बिनी प्रदेश गुल्मी क्षेत्र न १ का क का माननिय साम्सद चिन्तामणि पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।। यस्तै समारोहमा कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे शिक्षा शाखा प्रमुख अग्निधर पराजुली वडाका अध्यक्षहरु को विशिष्ट आथित्यता रहेको थियो बिध्यालयका सहायक प्रधानाध्यापक तारापति पाण्डे कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि साम्सद पाण्डे ले शिक्षा जस्तो महत्त्वपुर्ण विषयमा सबैको ध्यान आकर्षण हुनु पर्ने शैक्षिक सुधार र गुणात्मक नतिजाको लागि बेला बेलमा अन्तर्कृया हुनु पर्ने अभिभावकले बिद्यार्थी लाई घर पनि ध्यान दिनु पर्ने बताउदै बिध्यालयकोभौतिक बिकासको लागि मन्त्रालय बाट पनि बजेट ब्यबस्थापन गर्न आफु लागि पर्ने बताउनु भयो। बिध्यालयका प्रधानाध्यापक तिलाचन पाण्डेले आर्थिक तथा शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। समारोहमा पुर्व विद्यार्थी शैक्षिक नक्षत्र भोज कुमारी पाण्डे र राजेन्द्र पाण्डेले संगीतका माध्यम बाट कार्यक्रम लाई संगीत मय बनाउनु भएको थियो । समारोहमा बोल्दै विशिष्ट अतिथि पुर्व विद्यार्थी तथा कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले विद्यार्थी लाई लगन शिल बनायर पठन पाठन गर्ने योजना बनाउनु पर्ने शैक्षिक कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाउन शिक्षक विद्यार्थी अभिभावक र सरोकार वालाहरु बिच अंतरक्रिया कार्यक्रम सन्चालन गरिनु पर्ने, पुर्वधार रप्रयोगशाला लाई संघ प्रदेश र स्थानीय तह सघ सङै सहकार्य गरेर बजेटको ब्यबस्थापन गर्न पुर्व विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो। कार्यक्रममा बिचबिचमा बिद्यार्थी हरुले सन्देश मुकल नाटक मौलिक प्रतिभा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रम पछी लालु माया कुवर राजेन्द्र पाण्डे र लुम्पेकी टिमले नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो। -

बिकास सडक निर्माण कार्यमा कालीगण्डकीले फड्को मार्दै
चुरामणि तिमिल्सिना
कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाले चैत्र तिर सक्ने गरि हटिया रानि घाट ग्रामीण सडक स्तर उन्नति कार्यक्रम कालीगण्डकी गाउँपालिकाका स्याङ्जा का अध्यक्ष खिम बहादुर थापा र पालिका उपाध्यक्ष साबित्रा कोइरालाले संयुक्त रुपमा सिलिन्यास कार्यक्रम गर्नु भएको हो । वडा न १ का वडा सदस्य राम प्रसाद श्रेष्ठले कार्यक्रममा स्वागत मनतब्य गर्नु थियो । कार्यक्रममा विशिष्ट अतिथि पालिकाकी उपाध्यक्ष साबित्रा कोइराला प्रमुख प्रशासकीय अधिकृत देबेन्द पाण्डे रहनु भएको थियो। कार्यक्रममा पालिकाका इन्जिनियर सागर आचार्य ले सडक् निर्माण भनेकै समयम नै मापदण्ड अनुसार पुरा गर्न कम्पनी लाई आग्रह गर्दै सहजीकरण र आर्थिकमा कुनै पनि समस्या हुन नदिने गरि पालिका लाई प्रतिबेदन पेस गर्ने प्रतिबद्धता जायर गर्नु भयो । यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष थापाले पालिकाले योजना बनाउदा गुरुयोजनाका साथ अगाडी बढेककोले पछिल्लो समय बिकास का पुर्वधार्हरु तथा सडक निर्माण स्वास्थ खानेपानी प्राबिधिक सिक्षा लगायतका कार्यक्रमहरु लाई सजिलै पुरा गर्न सकि रहेको आफ्नो कार्य काल सम्म १०० किलो मिटर सडक लाई काले पत्रे समेत गर्ने र बाकी रहेका अन्य भित्री सडक हरु पनि क्रमश स्तर उन्नति गर्ने प्रतिबद्धता जायर गर्नु भयो । थापाले यसै बर्ष देखि हरेक बिध्यालय लाई सडकको पहुच सङग जोडन योजना पनि अगाडी बढेको बताउनु भयो। कार्यक्रममा जन प्रतिनिधि सरोकारवालाहरु पालिकाका कर्मचारी, स्थानीय , शिक्षण सस्थाका ब्यक्तित्वहरु लगायतको आथित्यता रहेको थियो कार्यक्रमको अध्यक्षता वडा न १ का वडा अध्यक्ष तथा पालिकाका प्रबक्ता कृष्ण बहादुर लामिछानेको रहेको थियो। करिव २करोड ७३ लाखमा सम्पन्न हुने योजना २२०० मिटर सडक्को काम हुने छ ।
-

चौथो पटक नमुना जनबोध माबिम ज्ञवाली सर्बम्बत रुपमा अध्यक्ष
चुरामणि तिमिल्सिना नमुना जनबोध माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका गुल्मीको चौथो पटक पनि हरि ज्ञवाली बिध्यालय ब्यबस्थापन समितीको निर्बिरोध अध्यक्ष बन्न सफल हुनु भएको छ । सनिबार बृहत रुपमा सम्पन्न भएको अभिभावक भेलाले वडा न ५ का वडा अध्यक्ष ज्ञवालीले लाई चौथो कार्याकालका लागि निर्बिरोध अध्यक्ष बनाएको बिध्यालयका प्रधानाध्यापक बाम देव ज्ञवालीले बताउनु भयो । बिध्यालय ब्यब्स्थापन समिति चयन गर्ने कार्यक्रममा रुरु क्षेत्र पालिकाका का अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा जस्तो महत्त्वपूर्ण विषयमा कसैले पनि राजनिती गर्न नहुने हरेक बिकासका पुर्वधारहरु निर्माण गर्न सक्षम टिम लाग्नु पर्ने बताउदै बिद्यार्थीहरुको गुणस्तर वृद्धि गर्न शिक्षक अभिभावक बिद्यार्थी र शिक्षा प्रेमीहरुको एक जुट हुन आवस्यक रहेको बताउनु भयो ।कार्यक्रममा पालिका की उपाध्यक्ष मिना देवि गौतम शिक्षा शाखा प्रमुख तेज बहादुर कुमाल वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो। भेलाले कुल चन्द्र ज्ञवाली , तुल्सा आचर्य, मोति कला क्षेत्री बाबुराम पौडेल , र सान्ता परियार लाई सदस्यमा चयन गरेको हो । यस्तै शिक्षक अभिभावक संघ तर्फ बिमल ज्ञवाली अध्यक्ष बन्नु भएको छ । बिध्यालयका गतिबिधि र बिकासका योजनाहरु लाई सरल र पार्दसितापुर्वक सम्म गरेको र हरेक बर्ष नयाँ योजनाका साथ बिध्यालय अगाडी बढेको हुनाले अध्यक्ष ज्ञवाली लाई पुन अध्यक्ष नै दिइयको स्थानियको भनाइ रहेको छ । कार्यक्रममा चक्रपाणि गौतम , हरि ज्ञवाली , मिन प्रसाद ज्ञवाली , नारायण पौडेल शालिक राम पौडेल ले शिक्षालाई बचाउन र अगाडी बढाउन हामि अभिभावकको महत्त्वपूर्ण भुमिका भएकोले सबै लाई हाते मालो गरेर अगाडी बढ्न आग्रह गर्नु भयो यता अध्यक्षज्ञवाली सभामा बोल्दै बिध्यालयको चौतर्फी बिकास गुणस्तर कायम र वृद्धि भौतिक पुर्वधारमा आफ्नो योजना अगाडी बढ्ने प्रतिबद्धता जायर गर्न भयो। अध्यक्ष ज्ञवाली बिध्यालय समिती अध्यक्ष बने पछी शैक्षिक सुधारका कार्यक्रम , नमुना बिध्यालय, कृषि बालि शिक्षा, कम्प्युटर ल्याप भैतिक पुर्वधाराका कार्यक्रम लाई निरन्तर सफल पुर्याउन लाग्ने बताउनु भयो ।
-

गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए ।
शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।
शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।
गंगादेवीकी आफन्त सुनील शेरचेनले घटना संकास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् ।
-

सहकारीको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न
कालिदास आत्रेय
माघ-१४,२०७९
गुल्मी।
भविश्य निर्माण साना किसान कृषि सहकारी सस्था लि.छत्रकोट गाउँपालिका -६ गैरिखुट्टा गुल्मीको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाको कार्यालय गैरिखुट्टामा सम्पन्न साधारण सभामा संस्थाको आ.व २०७८/०७९ को कुल आम्दानी २५ लाख १६ हजार ९ सय ८३ रुपैया ३३पैसा , कुल खर्च १३ लाख १४हजार ९ सय ७० रुपैयाँ ६७पैसा , वार्षिक नाफा १२ लाख ०२हजार १२ रुपैयाँ ६७ पैसा को आम्दानी खर्चको विवरण पेश गरिएको थियोे । छत्रकोट ५ खर्ज्याग र छत्रकोट ६ दौघाका कुल ७१० सेयर सदस्य रहेको सहकारीमा सबै सेयर सदस्य महिला रहेका छन्। चार बर्ष अघि स्थापित सहकारी संस्थाको कुल पुजी १ करोड ७५ लाख ८८ हजार ७११ रुपैयाँ २३ पैसा रहेको छ । यता आज सम्पन्न प्रथम अधिबेशनले मिना लम्साल अर्याल को अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र कमला पोखरेल ढकालको अध्यक्षतामा ५ सदस्यीय लेखा समिति समेत निर्बिरोध रूपमा चयन गरेको छ। भबिस्य निर्माण साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष मिना अर्याल को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती छत्रकोट गा.पा उपाध्यक्ष साबित्रा ज्ञवाली रहनु भएको थियो । त्यस्तै विशिष्ट अथितीमा छत्रकोट ५ का वडा अध्यक्ष राम प्रसाद कंडेल र वडा नम्बर ६ का वडा अध्यक्ष नारायण रेस्मी रहनु भएको थियो । सीता सोमरे बगालेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहकारी संस्थाका सदस्य लक्ष्मी घिमिरे , सल्लाहाकार समिति सदस्य कालिदास आत्रेय , पुर्ब कार्यपालिका सदस्य कमला ढकाल ,साना किसान सहकारी संस्था गौडाकोट्का शाखा प्रमुख भुपाल थापा , पुर्ब वडा अध्यक्ष एबम सल्लाहकार समिति सदस्यहरु थम्मन ज्ञवाली , कृष्ण पन्त , सल्लाहकार समिति सदस्यहरु लोक बहादुर ज्ञवाली, तुल्सिराम पन्त वडा अध्यक्ष हरु राम प्रसाद कंडेल , नारायण रेस्मी पुर्ब गा पा अध्यक्ष मधु कृष्ण पन्त लगायत ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम को संचालन सस्थाका कर्मचारी उषा सिंजालीले गर्नु भएको थियोे । -

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
टोपराम केसी
माघ-१२,२०७९
प्युठान ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुआज देखि माण्डवी -१ तिराममा देखि सुभाराम्भ भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नु भएको छ ।कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु पर्ने बताउनु भएको छ । साथै उहाँले रोजगारको क्षेत्रमा नमूना योग्य काम गर्ने अनुरोध गर्नु भएको छ । वाड न.१ का अध्यक्ष बाम बहादुर बुढाको अध्यक्षतामा भएको सुभाराम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,जनप्रतिनिधि,कर्मचारी, रोजगार कार्यक्रममा सहभागीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण माण्डवी गाउँपालिका रोजगार संयोजक भेषराज अधिकारीले गर्नु भएको थियोे । -

प्रधानाध्यापकहरुको वैठक सम्पन्न
टोपराम केसी
माघ-१२,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका प्युठानमा प्रधानाध्यापकहरुको समिक्षा बैठक सम्पन्न भएको छ। आज सम्पन्न समीक्षा बैठकमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले शिक्षा सुधारको प्रमुख खम्बा शिक्षक भएको हुँदा विद्यालय सुधार गर्न तर्फ केन्द्रित हुनु पर्ने बताउनु भयो । साथै अध्यक्ष अधिकारीले शिक्षा नै समाजको ज्योति भएको उल्लेख गर्दै शिक्षकले कौशल्यता र क्षमता प्रदर्शन गरि गाउँपालिकामा शिक्षालाई अग्रिम परिवर्तन गर्नु पर्ने वताउनु भएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शिक्षा सम्बन्धि स्थानीय सरकारले गरेको निर्णय कार्यन्वयन गर्ने दायित्व सबै शिक्षकको रहेको बताउदै ब्यबहारिक शिक्षालाई पनि जोड दिन पर्ने बताउनु भएको छ । समिक्षा बैठक को सहजीकरण शिक्षा शाखा प्रमुख तुल्सी कार्किले गर्नु भएको थियो ।