हर्मिचौर माध्यमिक बिध्यालयको ६३ औ बार्सिउत्सव सम्पन्न

चुरामणि तिमिल्सिना हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका वडा न १ ले ३ दिने कार्यक्रमका साथ स्थापनाको ६३ औ बार्सिउत्सव त्था अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको हो । लुम्बिनी प्रदेश गुल्मी क्षेत्र न १ का क का माननिय साम्सद चिन्तामणि पाण्डे प्रमुख अतिथि रहनु भएको थियो।। यस्तै समारोहमा कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे शिक्षा शाखा प्रमुख अग्निधर पराजुली वडाका अध्यक्षहरु को विशिष्ट आथित्यता रहेको थियो बिध्यालयका सहायक प्रधानाध्यापक तारापति पाण्डे कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि साम्सद पाण्डे ले शिक्षा जस्तो महत्त्वपुर्ण विषयमा सबैको ध्यान आकर्षण हुनु पर्ने शैक्षिक सुधार र गुणात्मक नतिजाको लागि बेला बेलमा अन्तर्कृया हुनु पर्ने अभिभावकले बिद्यार्थी लाई घर पनि ध्यान दिनु पर्ने बताउदै बिध्यालयकोभौतिक बिकासको लागि मन्त्रालय बाट पनि बजेट ब्यबस्थापन गर्न आफु लागि पर्ने बताउनु भयो। बिध्यालयका प्रधानाध्यापक तिलाचन पाण्डेले आर्थिक तथा शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। समारोहमा पुर्व विद्यार्थी शैक्षिक नक्षत्र भोज कुमारी पाण्डे र राजेन्द्र पाण्डेले संगीतका माध्यम बाट कार्यक्रम लाई संगीत मय बनाउनु भएको थियो । समारोहमा बोल्दै विशिष्ट अतिथि पुर्व विद्यार्थी तथा कालीगण्डकी गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले विद्यार्थी लाई लगन शिल बनायर पठन पाठन गर्ने योजना बनाउनु पर्ने शैक्षिक कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाउन शिक्षक विद्यार्थी अभिभावक र सरोकार वालाहरु बिच अंतरक्रिया कार्यक्रम सन्चालन गरिनु पर्ने, पुर्वधार रप्रयोगशाला लाई संघ प्रदेश र स्थानीय तह सघ सङै सहकार्य गरेर बजेटको ब्यबस्थापन गर्न पुर्व विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो। कार्यक्रममा बिचबिचमा बिद्यार्थी हरुले सन्देश मुकल नाटक मौलिक प्रतिभा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रम पछी लालु माया कुवर राजेन्द्र पाण्डे र लुम्पेकी टिमले नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1099